साधारण सम्मेलन
आउनुहोस् र सहभागी हुनुहोस्
अप्रिल २०२० साधारण सम्मेलन


आउनुहोस् र सहभागी हुनुहोस्

यस महान प्रयासमा हामीसँग सामेल हुनका लागि हामी विश्वभारीका परमेश्वरका सबै सन्ततिहरूलाई आमन्त्रण गर्दछौं ।

मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, मेरा प्यारा साथीहरू, हरेक हप्ता, संसारभरीका पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका सदस्यहरू स्वर्गमा रहनुहुने हाम्रा प्रिय पिता, ब्रह्माण्डका परमेश्वर र राजा, अनि उहाँको प्रिय पुत्र, येशू ख्रीष्टको आराधना गर्छन्। हामी येशू - एक मात्र पापरहित आत्मा, स्कलङ्क परमेश्वरको थुमा ख्रीष्टको जीवन र शिक्षालाई चिन्तन गर्दछौं । जति सम्भव हुन्छ त्यति हामी उहाँको वलिदानको सम्झनामा प्रभुभोज लिन्छौं र उहाँ हाम्रो जीवनको केन्द्र हुनुहुन्छ भन्ने स्वीकार्छौं।

हामी उहाँलाई माया गर्छौं र सम्मान गर्छौं। उहाँको गहिरो र अनन्त प्रेमका कारण, येशू ख्रीष्टले कष्ट भोग्नुभयो र तपाईं र मेरा लागि मर्नुभयो। उहाँले मृत्युको ढोका तोड्नुभएको छ, जसका कारण मित्रहरु र प्रियहरुलाई अलग पार्ने बाधाहरु चकनाचूर भएका छन्।अनि आशा नभएकाहरूका लागि आशा ल्याएको छ, बिरामीहरूलाई निको पार्छ र कैदमा परेकाहरूलाई मुक्त गराउँछ।

उहाँप्रति हामी हाम्रो हृदय, हाम्रो जीवन र हाम्रो दैनिक भक्ति समर्पण गर्दछौं। यस कारणले, “हामी ख्रीष्टका बारेमा कुरा गर्छौं, हामी ख्रीष्टमा रमाउँछौं, [र] हामी ख्रीष्टको प्रचार गर्छौं, … ताकि हाम्रा सन्ततिहरूले आफ्ना पापहरूको क्षमा पाउन कुन स्रोतको खोजी गर्न सक्छन् भनेर जान्न सकुन्।

अनुयायीपनको अभ्यास

जेभएतापनि येशू ख्रीष्टको शिष्य बन्ने कुरा ख्रीष्टका कुरा गर्नु र प्रचार गर्नु भन्दा धेरै हुन्छ। हामीलाई उहाँ जस्तै बन्ने बाटोमा सहयोग गर्न मुक्तिदाता आफैले उहाँको चर्चलाई पुनर्स्थापित गर्नुभयो। पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च, अनुयायीपनका आधारभूत अभ्यासहरू अवसरहरू प्रदान गर्ने गरी संरचना गरिएको छ। चर्चमा हाम्रो सहभागिताबाट हामी पवित्र आत्माको प्रेरणालाई चिन्न र त्यसमा कार्य गर्न सिक्छौं। अरूहरूलाई सहयोग गरेर हामीले करुणा र सहानुभूतिको विकास गर्दछौं।

यो जीवनभरको प्रयास हो, र यसका लागि अभ्यासको आवश्यकता पर्दछ।

कुशल खेलाडीहरूले आफ्ना खेलका आधारभूत अभ्यासहरूमा अनगन्ती घण्टाहरू बिताउँछन्। नर्सहरू, नेटवर्कर्स, आणविक ईन्जिनियरहरू, र म पनि हेरिएटको भान्सामा एक प्रतिस्पर्धी सौखिन पकाउने व्यक्तिका रुपमा सक्षम र कुशल बन्छु जब हामीले लगनपूर्वक हाम्रो शिल्पको अभ्यास गर्छौं।

एयरलाइन्स कप्तानका रुपमा, म अक्सर उडान सिम्युलेटर प्रयोग गर्ने पाइलटहरूलाई प्रशिक्षण दिन्छु - यो परिष्कृत मेसिनले उडान अनुभवको अनुशरण गर्दछ। सिम्युलेटरले पाइलटहरूलाई उडानका आधारभूत कुराहरू सिक्न मात्रै सहयोग गर्दैन; यिनले तिनीहरूलाई विमानमा उनीहरूले सामना गर्नुपर्ने अप्रत्याशित घटनाहरूमा प्रतिक्रिया दिन र नियन्त्रण गर्न सक्षम बनाउँछन्।

येशू ख्रीष्टका अनुयायीहरूका सन्दर्भमा पनि यही सिद्धान्त लागू हुन्छ।

येशू ख्रीष्टको चर्चमा सक्रियताका साथ सहभागी हुनु र यसका विभिन्न अवसरहरूले जे जस्तोसुकै भए पनि हामीलाई जीवनलाई नै परिवर्तन गरिदिने परिस्थितिहरूका लागि अझै बढी तयार हुन सहयोग गर्दछन्। चर्चका सदस्यहरूका रुपमा हामीलाई पुराना र आधुनिक अगमवक्ताहरूका माध्यमबाट आफूलाई परमेश्वरका वचनमा डुबाउन प्रोत्साहित गरिएको छ। स्वर्गमा रहनुहुने हाम्रा पितालाई इमान्दार र नम्र प्रार्थनाका माध्यमबाट हामी पवित्र आत्माको आवाज चिन्न सिक्छौं। हामी सेवा गर्ने, सिकाउने, योजना बनाउने, सेवा गर्ने, र प्रशासन गर्ने बोलावटहरू स्वीकार गर्दछौं। यी अवसरहरूले हामीलाई आत्मिक, मानसिक र चारित्रिक रुपमा बढ्न दिन्छन् ।

तिनीहरूले हामीलाई पवित्र करार गर्न र पालन गर्न तयार गर्दछन् जसले हामीलाई यस जीवन र आगामी जीवनमा आशीर्वाद दिनेछन् ।

आउनुहोस्, हामीसँग सहभागी हुनुहोस् !

यस महान प्रयासमा हामीसँग सामेल हुनका लागि हामी विश्वभारीका परमेश्वरका सबै सन्ततिहरूलाई आमन्त्रण गर्दछौं । आउनुहोस् र हेर्नुहोस् ! कोभिड-१९ को यो चुनौतीपूर्ण समयमा पनि हामीसँग अनलाइनमा भेट्नुहोस्। हाम्रा सुसमाचार प्रचारकहरूसँग अनलाइनमा भेट्नुहोस्। यो चर्च के हो भन्ने बारेमा आफु स्वयं थाहा पाउनुहोस् ! यो कठीन समय बितिसके पछि हामीसँग हाम्रा घरहरू र हाम्रा उपासना स्थलहरूमा भेट्नुहोस् !

हामी तपाईंलाई आएर सहयोग गर्नका लागि आमन्त्त्रण गर्दछौं! आउनुहोस् र हामीसँगै सेवा गर्नुहोस्, परमेश्वरका सन्ततिहरूको सेवा गर्दै, मुक्तिदाताका पाइला पछ्याउँदै, अनि यो संसारलाई अझ राम्रो स्थान बनाउँनुहोस्।

आउनुहोस् र सहभागी हुनुहोस् ! तपाईंले हामीलाई बलियो बनाउनुहुनेछ। अनि तपाई पनि अझ असल, दयालु र खुशी हुनुहुनेछ। तपाईंको विश्वास बढ्दै जान्छ र अझ लचिलो हुन्छ - अशान्ति र जीवनको अनपेक्षित परीक्षाहरूको सामना गर्न अधिक सक्षम हुनुन्छ।

अनि हामीले कसरी सुरु गर्छौं? त्यहाँ धेरै सम्भावित तरिकाहरू छन्।

हामी तपाईंलाई मोर्मोनको पुस्तक पढ्न आमन्त्रण गर्दछौं। यदि तपाईंसँग प्रतिलिपि छैन भने, तपाईं यसलाई ChurchofJesusChrist.org मा पढ्न सक्नुहुन्छ वा मोर्मोनको पुस्तकको एप डाउनलोड गर्न सक्नुहुन्छ। मोर्मोनको पुस्तक येशू ख्रीष्टको अर्को गवाही हो र पुरानो र नयाँ करारको साथी हो। हामी यी सबै पवित्र धर्मशास्त्रहरूलाई प्रेम गर्छौं र तिनीहरूबाट सिक्छौं।

हामी तपाईंलाई चर्चका सदस्यहरूले के सिकाउनुहुन्छ र विश्वास गर्नुहुन्छ भन्ने जान्न ComeuntoChrist.org मा केही समय खर्च गर्न आमन्त्रण गर्दछौं।

सुसमाचार प्रचारकहरूलाई तपाइँसँग अनलाइन वा तपाइँको घरको गोपनीयता सम्भव हुने स्थानमा भेट्न आमन्त्रण गर्नुहोस् - उनीहरूसँग आशा र चङ्गाइको सन्देश छ। यी सुसमाचार प्रचारकहरू हाम्रा बहुमूल्य छोरा र छोरीहरू हुन् जसले आफ्ना समय र पैसामा विश्वका धेरै स्थानहरूमा सेवा गर्दछन्।

येशू ख्रीष्टको चर्चमा तपाईले त्यस्ता मानिसहरूको परिवार पाउनुहुनेछ जो तपाईं भन्दा धेरै फरक छैनन्। तपाईसँग ती मानिसहरु भेटिन्छ जसलाई तपाईको सहयोग चाहिन्छ र जसले तपाईलाई सहयोग गर्न चाहान्छन् तपाई आफैं सर्वश्रेष्ठ संस्करण बन्न प्रयास गर्दै हुनुहुन्छ - जसलाई परमेश्वरले तपाईलाई सृष्टि गर्नुभयो।

मुक्तिदाताको अङ्कमाल सबैलाई छ।

तपाईं सोचिरहनुभएको हुन सक्छ, “मैले मेरो जीवनमा गल्तीहरु गरेको छु। म येशू ख्रीष्टको चर्चको हुँ भन्ने महसुस गर्ने कुरामा म निश्चित छैन। परमेश्वरले म जस्तो कोहीमा रुचि राख्न सक्नुहुन्न।“

येशू ख्रीष्ट, “राजाहरूका राजा,” मसीह, जीवित परमेश्वरका पुत्र,” भएपनि उहाँले परमेश्वरका सन्तति हरेकलाई गहिरो चासो राख्नुहुन्छ। उहाँले - को कति गरीब वा धनी, कति अपूर्ण वा प्रमाणित व्यक्तिको स्थितिलाई नहेरी ख्याल राख्नुहुन्छ। आफ्नो नश्वर जीवनको समयमा, मुक्तिदाताले सुखी र पूर्ण भएका, टुटेका र हराएकाहरू, र आशा नभएकाहरू सबैलाई सेवा गर्नुभयो । प्रायश: उहाँले सेवा गर्नुभएका मानिसहरू प्रतिष्ठा, सौन्दर्य वा धन भएका व्यक्तित्वहरू थिएनन्। प्रायश: उहाँले माथि उठाएका व्यक्तिहरुसँग बदलामा दिन सक्ने कृतज्ञता, नम्र हृदय, र आस्था राख्ने चाहना बाहेक अरु थोरै थियो।

यदि येशूले आफ्नो नश्वर जीवन “यिनीहरू मध्ये सब भन्दा कम” लाई सेवा गर्दै बिताउनुभयो भने, के उहाँले तिनीहरूलाई आज प्रेम गर्नुहुन्न? के उहाँको चर्चमा परमेश्वरका सबै सन्ततिहरूका लागि ठाउँ छैन? अयोग्य, बिर्सिएको वा एक्लो महसुस गर्नेहरूका लागि पनि?

परमेश्वरको अनुग्रहका लागि योग्य हुन तपाईंले प्राप्त गर्नुपर्ने पूर्णताको तह छैन। स्वर्गमा पुग्नका लागि तपाईंका प्रार्थनाहरू चर्का वा स्पष्ट वा व्याकरणका आधारमा शुद्ध हुनुपर्छ भन्ने छैन।

वास्तवमा भन्ने हो भने, परमेश्वरले पक्षपात गर्नुहुन्न - संसारले मूल्यवान मान्ने कुराहरु उहाँका लागि कुनै अर्थ राख्दैन। उहाँले तपाईको हृदयलाई चिन्नुहुन्छ, र तपाईको उपाधि, वित्तीय मूल्य, वा इन्स्टाग्राम अनुयायीहरूको संख्याका बावजुद पनि तपाईलाई माया गर्नुहुन्छ।

जब हामी आफ्नो हृदय स्वर्गमा रहनुहुने हाम्रा पितामा झुकाउछौं र उहाँको नजिक जान्छौं, हामीले उहाँ हाम्रो नजिक आएको महसुस गर्नेछौं।

हामी उहाँका प्रिय सन्ततिहरू हौं।

उहाँलाई अस्वीकार गर्नेहरू पनि।

तिनीहरू जो हठी छन्, अनियन्त्रित केटाकेटी जस्ता परमेश्वर र उहाँको चर्चसँग रिसाउँछन्, उनीहरूको झोला पोको पर्छन्, र जोडले ढोका बाहिर धकेलेर तिनीहरू दूर भागिरहेका छन् र कहिल्यै फर्किँदैनन्।

जब सन्तान घरबाट भाग्छ, ऊ वा उसले सम्बन्धित आमाबाबुले झ्यालबाट बाहिर हेरेको याद नगर्न सक्छ। कोमल हृदयले उहाँहरूले आफ्ना छोरा वा छोरीलाई हेरिरहनुभएको छ-आशा छ कि उहाँहरूका बहुमूल्य सन्ततिले यस हृदयविदारक अनुभवबाट केही सिक्छ र सायद जीवनलाई नयाँ दृष्टिले हेर्छ - र अन्ततः घर फर्कन्छ।

हाम्रो स्वर्गमा रहनुहुने पिताको पनि त्यस्तै हो। उहाँले हाम्रो आगमनको प्रतिक्षामा गरिरहनुभएको छ।

तपाईंका मुक्तिदाता, आफ्ना आँखामा प्रेम र करुणाका आँसु सहित फेरी तपाईंको आगमनका लागि प्रतिक्षा गर्दै हुनुहुन्छ। तपाईं परमेश्वरबाट टाढा भएको महसुस गर्दा पनि, उहाँले तपाईंलाई देख्नुहुनेछ; उहाँले तपाईंका लागि अनुकम्पा देखाउनुहुनेछ र दौडिएर तपाईंलाई अङ्कमाल गर्नुहुनेछ।१०

आउनुहोस् र सहभागी हुनुहोस्

परमेश्वरले हामीलाई हाम्रा गल्तीहरूबाट पाठ सिक्न दिनुहुन्छ

अर्थ र अन्तिम सत्यको उत्तम खोजीमा हामी नश्वराताको बाटोमा हिडिरहेका तीर्थयात्रीहरू हौं। प्रायश: हामीले देख्ने भनेको सिधा अगाडिको मार्ग हो- सडकका घुम्तीहरूले हामीलाई कता निर्देशित गर्छन् भनेर हामी देख्न सक्दैनौं। स्वर्गमा रहनुहुने हाम्रा प्रिय पिताले हामीलाई हरेक जवाफ दिनुभएको छैन। उहाँले हामी स्वयंले धेरै कुरा पत्ता लगाऊन भन्ने अपेक्षा गर्नुहुन्छ। कठीन परिस्थितिमा पनि हामीले विश्वास गरौं - भनेर उहाँले अपेक्षा गर्नुहुन्छ।

उहाँले हाम्रो काँध मजवुत पार्न र थोरै संकल्पको विकास - थोरै मेरुदण्डको विकास गर्ने अनि अर्को पाइला अगाडि बढाउने अपेक्षा गर्नुभएको छ।

हामीले सिक्ने र उन्नति गर्ने तरिका त्यही हो।

के तपाईं इमान्दारिताका साथ सबै विवरण शब्दमा चाहनुहुन्छ? के तपाई इमान्दारितापूर्वक हरेक प्रश्नको उत्तर चाहानुहुन्छ? सबै गन्तव्यको नक्साङ्कन गरिएको छ?

स्वर्गको यस प्रकारको सूक्ष्म प्रवन्धमा हामी मध्ये अधिकांश चाँडो थाक्नेछौं भनेर म विश्वास गर्दछु । हामी अनुभवका माध्यमबाट जीवनका महत्त्वपूर्ण पाठहरू सिक्छौं। हाम्रा गल्तीहरूका माध्यमबाट सिक्ने। दुष्टता कहिल्यै पनि सुख थिएन भनेर आफु स्वयंका लागि पश्चाताप र महसुस गर्नुपर्छ।११

परमेश्वरका पुत्र येशू ख्रीष्ट मर्नुभयो ताकि हाम्रा गल्तीहरूले हामीलाई दोषी बनाउन नपाउन् र हाम्रो प्रगतिलाई सदाका लागि नारोकुन । उहाँका कारण, हामी पश्चात्ताप गर्न सक्छौं, र हाम्रा गल्तीहरू अझ महान् महिमाका लागि कोशेढुङ्गा बन्न सक्छन्।

यस मार्गमा तपाईंले एक्लै हिड्नुपर्दैन। स्वर्गमा रहनुहुने हाम्रा पिताले हामीलाई अन्धकारमा विचलित बन्न छोड्नुभएको छैन।

यसैकारण, सन्‌ १८२० को वसन्त ऋतुमा उहाँ आफ्ना पुत्र, येशू ख्रीष्टसँग एक जवान युवक जोसेफ स्मिथसामु प्रकट हुनुभयो।

एकछिन त्यसका बारेमा सोच्नुहोस्। ब्रह्माण्डका परमेश्वर मानिससामु प्रकट हुनुभयो!

जोसेफले परमेश्वर र स्वर्गका अन्य व्यक्तित्वहरूसँग गरेका धेरै भेटघाटहरू मध्येको यो पहिलो घटना थियो। यी दिव्य व्यक्तिहरूले उहाँसँग बोलेका धेरैजसो शब्दहरू पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका धर्मशास्त्रहरूमा अभिलेख गरिएका छन्। तिनीहरूको पहुँच सजिलो छ। हाम्रा दिनहरूमा परमेश्वरले हाम्रा लागि दिनुभएको ती सन्देश जो कोहीले पढ्न सक्नुहुन्छ र आफ्नै लागि जान्न सक्नुहुन्छ ।

तपाईं स्वयंका लागि अध्ययन गर्न हामी तपाईंलाई आमन्त्रण गर्दछौं।

यी प्रकाशहरू प्राप्त गर्दा जोसेफ स्मिथ एकदम कम उमेरको हुनुहुन्थ्यो। धेरै जसो उहाँ ३० वर्षको हुनु अघि आयो। १२ उहाँसँग अनुभवको कमी थियो अनि केही व्यक्तिका लागि उहाँ परमप्रभुको अगमवक्ता हुनका लागि अयोग्य जस्तो देखिनुहुन्थ्यो।

तर पनि हामीले पवित्र धर्मशास्त्रभरी भेटाउने एउटा ढाँचा अनुरुप- उहाँलाई बोलाउनुभयो ।

परमेश्वरले सुसमाचारको पूर्नस्थापनाका लागि कुनै निपूर्ण व्यक्तिको प्रतिक्षा गर्नुभएन।

यदि उहाँले त्यसो गर्नुभएको भए उहाँ अझै पर्खिरहेको हुनुहुन्थ्यो।

जोसफ अधिकांश रुपमा तपाईं र म जस्तो हुनुहुन्थ्यो। जोसेफले गल्ती गरेतापनि, परमेश्वरले उहाँलाई आफ्नो महान् उद्देश्य पूरा गर्न प्रयोग गर्नुभयो।

अध्यक्ष थमस एस मोनसनले अक्सर सल्लाहका यी शब्दहरू स्मरण गराइरहनुहुन्थ्यो: “जसलाई परमप्रभु बोलावट दिनुहुन्छ, परमप्रभु उसलाई योग्य बनाउनुहुन्छ।१३

प्रेरित पावलले कोरिन्थिका सन्तहरूसँग तर्क गर्नुभयो: “दाजुभाइहरू हो, आफ्नै आह्वानलाई विचार गर्नुहोस्: तपाईंहरूमध्ये धेरै जना मानव स्तरको आधारमा विद्धिमान्‌ हुनुहुन्न; धेरै शक्तिशाली हुनुहुन्न; धेरै जना महान जन्मका हुनुहुन्न।१४

परमेश्वरले आफ्ना उद्देश्यहरू पूरा गर्न कमजोर र साधारणलाई प्रयोग गर्नुहुन्छ। यो मानवको नभई परमेश्वरको शक्ति हो भन्ने कुरा सत्य गवाहीका रुपमा खडा छ, जसले पृथ्वीमा उहाँको काम पूरा गर्दछ।

उहाँलाई सुन, उहाँको अनुशरण गर।

जब परमेश्वर जोसेफ स्मिथका सामु प्रकट हुनुभयो, उहाँले आफ्ना पुत्र, येशू ख्रीष्टलाई परिचित गराउनुभयो, र भन्नुभयो, “उहाँलाई सुन।”१६

जोसेफले आफ्नो बाँकी जीवन उहाँलाई सुन्ने र उहाँलाई अनुशरण गर्ने कार्यमा बिताउनुभयो ।

जोसेफलाई जस्तै, अनुयायी बन्ने हाम्रो निर्णय मुक्तिदाता येशू ख्रीष्टलाई सुन्ने निर्णयबाट शुरू हुन्छ।

यदि तपाईं उहाँलाई अनुशरण गर्न चाहानुहुन्छ भने, तपाईंको विश्वासलाई एकतृत गर्नुहोस् अनि आफैमा उहाँको क्रूस बोक्नुहोस।

तपाईंले आफु उहाँको चर्चको हुनुहुन्छ भन्ने थाहा पाउनुहुनेछ - यो हार्दिकता र स्वागत गर्ने ठाउँ जहाँ तपाईं अनुयायीका रुपमा खुशीको भव्य खोजीमा सामेल हुन सक्नुहुन्छ।

येशू ख्रीष्टको चर्चको पुनर्स्थापनाको यस द्विशतवार्षिक वर्षमा हामीले प्रथम दर्शनका बारेमा बुझ्ने क्रममा यो एक ऐतिहासिक घटना मात्र होइन भन्ने मेरो आशा छ । निरन्तर चलिरहने यस महान, काहानीमा तपाईं र मैले महत्त्वपूर्ण भूमिका खेल्दछौं।

त्यसो भए तपाईं र मेरो दायित्व के हो?

यो येशू ख्रीष्टका बारेमा सिक्नु हो। उहाँका वचन अध्ययन गर्नु। यस महान कार्यमा सक्रियताका साथ भाग लिएर उहाँलाई सुन्नु र अनुशरण गर्नु। म तपाईंलाई आउन र सहभागी बन्न आमन्त्रण गर्दछु!

तपाईं पूर्ण हुनुपर्दैन। तपाईंसँग केवल गहिरो आस्था विकास गर्ने र उहाँसँग दिनदिनै नजिक आउने चाहना हुनुपर्दछ।

हाम्रो दायित्व भनेको परमेश्वरलाई प्रेम गर्नु र सेवा गर्नु हो अनि परमेश्वरका सन्ततिहरूलाई माया गर्नु र सेवा गर्नु हो।

तपाईंले त्यसो गर्नुभयो भने,परमेश्वरले तपाईंलाई सबैभन्दा गम्भीर परिस्थितिहरू र त्यस भन्दा पनि पछाडि समेत आफ्नो प्रेम, आनन्द, र निश्चित निर्देशन सहित यस जीवनका माध्यमबाट सम्रक्षित गराउनुहुनेछ ।

म यसको गवाही र तपाईंहरू प्रत्येकका लागि गहिरो कृतज्ञता र प्रेम सहित मेरा आशीषहरू दिन्छु, हाम्रा मुक्तिदाता, हाम्रा मास्टर येशू ख्रीष्टको पवित्र नाममा,आमीन।

प्रिन्ट गर्नुहोस्