साधारण सम्मेलन
आस्थाका साथ अघि बढ्नुहोस्
अप्रिल २०२० साधारण सम्मेलन


आस्थाका साथ अघि बढ्नुहोस्

म तपाइँहरूलाई शान्ति र परमप्रभुमाथिको बढ्दो आस्थाको आशीष दिन्छु|

मेरा प्यारा दाजुभाइ दिदीबहिनिहरू, यो ऐतिहासिक सम्मेलनको अन्त्यमा हामी परमप्रभुलाई धन्यवाद दिन्छौँ। सङ्गीत उत्कृष्ट थियो, र सन्देशहरू प्रेरणादायी थिए |

यो सम्मलेन भारी हामीले धेरै उल्लेखनीय अनुभव गर्‍यौं। यस द्विसतवार्षिक वार्षिकोत्सवमा, हामीले येशू ख्रीष्टको सुसमाचारको बहालीको वास्तविकता घोषणा गर्दै संसारमा एउटा घोषणा प्रस्तुत गर्‍यौं।

होसान्ना गायनका साथ हामीले पुनर्स्थापनाको स्मरण गर्‍यौं।

येशू ख्रीष्ट माथिको हाम्रो आस्थालाई संकेत दिन र चर्चका आधिकारिक सुचना र समाग्रीहरूको पहिचानका लागि एक चिनोको अनावरण गर्‍यौं।

वर्तमान महामारी नियन्त्रित होस्, हेरचाह गर्नेहरूलाई सुरक्षित रहून, अर्थव्यवस्था सुदृढ होस् र जीवन पून: सामान्य बनून् भनेर हामीले उपवास र प्रार्थनाको विश्वव्यापी दिनको लागि आह्वान गरेका छौं। अप्रिल १२ को असल शक्रबारमा त्यो उपवास हुनेछ। अनि त्यो कस्तो राम्रो शुक्रबार हुनेछ !

अर्को आइतबार इस्टर हो, हामी फेरी परमप्रभु येशू ख्रीष्टको प्रयाश्चित्त र पुनरुत्थानलाई सम्झनेछौं| उहाँको प्रयाश्चित्तका कारण पृथ्वीमा जन्मेका सबैलाई उहाँको पुनरुत्थानको उपहार मिल्नेछ| अनि मन्दिरमा गरिएका विधिहरू र करारहरूप्रतिको आज्ञाकारीताद्वारा योग्य भएका सबैले उहाँको अनन्त जीवनको उपहार पाउनेछन्|

यो अप्रिल २०२० साधारण सम्मलेनका धेरै भागहरू—र हामीले अब सुरु गर्न गइरहेको यो पवित्र हप्तालाई—इश्वरीय आदेशका दुइ शब्दमा संक्षिप्त गर्न सकिन्छ: “उहाँलाई सुन्नुहोस्|” हामी प्रार्थना गर्दछौं कि स्वर्गमा रहनुहुने पिता र उहाँका प्रिय पुत्र, येशू ख्रीष्टमा तपाईंको ध्यान केन्द्रित भएको छ जुन तपाईंको समरणमा रहेका सबै घटनाहरू मध्ये सबैभन्दा विशाल हुनेछ। हामी प्रार्थना गर्छौं कि तपाइँहरूले मुक्तिदाताका वचनहरूलाई साँच्चै सुन्न, अनुसरण गर्न, र ध्यान दिन सुरु गर्नुहुनेछ| म प्रतिज्ञा गर्छु कि त्यसो गरेपछि तपाइँको भय घट्नेछ र आस्था बढ्नेछ|

आफ्नो घरलाई आस्थाको आश्रम बनाउने तपाईंहरूको चाहानालाई धेरै धन्यवाद दिन्छु, जहाँ परमप्रभुको आत्मा बस्न सक्नेछ। हाम्रो सुसमाचार अध्यन पाठ्यक्रम, आऊ मेरो अनुशरण गर ले तपाइँको जीवनमा निरन्तर आशिष दिनेछ| विशेष रूपमा तपाईं सफल हुनुभएको छैन भनेर तपाईंलाई लागिरहेको ती क्षणहरूमा पनि यस प्रयासमा तपाईंका निरन्तर प्रयासहरूले-तपाईंको जीवन, तपाईंको परिवार र विश्व परिवर्तन गर्दछ। हामी जहाँसुकै खडा भएर पनि जब हामी उहाँको पक्षमा बोल्छौं हामी अझै मजबुत हुन्छौं, परमप्रभुका अझै साहसी चेलाहरू बन्छौं।

अब मन्दिरका बारेमा कुरा गरौँ | अहिले सम्म हामी सँग समर्पण गरिसकिएका १६८ मन्दिरहरू छन्। अरू योजना र निर्माणका विभिन्न चरणहरूमा छन्| जब हामी नयाँ मन्दिर बनाउने घोषणा गर्छौं, यी हाम्रो पवित्र इतिहासका एक अंश बन्छन्।

केही समयका लागि सार भरीका मन्दिरहरू बन्द भएको अहिलेको यो समयमा नयाँ मन्दिर बनाउने घोषणा गर्दा अनौठो लाग्न सक्छ।

एक शताब्दी भन्दा पनि अगाडि, १८९३ मा दिएको साल्ट लेक मन्दिरको अर्पण प्रार्थनामा लेखीए अनुसार अध्यक्ष विल्फ्रड वोड्रफले हाम्रा यी दिनहरूका परिस्थितिलाई देख्नुभएको थियो| तपाईंहरू मध्य कतिले माजिक संजालमा हालसालै यो उल्लेखनीय प्रार्थनाका केही अंशहरू देख्नुभएको हुनसक्छ |

“जब हजुरका जनहरू यो पवित्र भवन प्रवेश गर्ने अवसरबाट वन्चित हुन्छन् … अनि उनीहरू उत्पीडित र कठिनाइले घेरिएर समस्यामा छन् …अनि मुक्तिका निम्ति, सहयोगका निम्ति, आफ्ना निम्ति हजुरका हातहरू लम्ब्याइन यो पवित्र भवन तिर फर्कन्छन्, हामी हजुरसामु विन्ती गर्छौं, हजुरले आफ्नो पवित्र वासस्थानबाट करुणाका साथ हेरिदिनुहोस् … अनि उनीहरूका क्रन्दनहरू सुनिदिनुहोस्| अथवा जब हजुरका जनहरूका सन्ततीहरू, आगामी वर्षहरूमा, कुनै कारणवस, यो स्थानबाट अलग हुनु परेमा … र उनीहरू आफ्ना कष्ट र पिडाका गहिराइबाट राहत र मुक्तिका निम्ति हजुरसामु विन्ती गरेमा, हामी हजुरसामु विनम्र विन्ती गर्छौं, … उनीहरूका क्रन्दनहरू सुनिदिनुहोस, उनीहरूले मागेका आशीषहरू प्रदान गर्नुहोस्।

दाजुभाइ दिदीबहिनीहरू, हाम्रा यी विपदका घडीहरूमा जब मन्दिरहरू बन्द छन्, तपाइँहरूले आफ्नो करारको सम्मान गरेमा, तपाइँहरूले अहिले पनि आफ्ना मन्दिरका करारहरू र अभिदानमा निर्भर रहन सक्नुहुन्छ| मन्दिरहरू बन्द भएको यो समयमा कृपया मन्दिर योग्य जीवन जिउनुहोस्, अथवा मन्दिरका लागि योग्य बन्नुहोस् |

आफ्नो परिवार र साथीहरूलाई मन्दिरका बारेमा सुनाउनुहोस्| मन्दिरका हाम्रा सबै कार्यहरूमा येशू ख्रीष्टनै केन्द्रबिन्दु भएकाले, जब तपाइँ मन्दिरका बारेमा सोच्नुहुन्छ तब तपाइँ उहाँका बारेमा सोच्नुहुनेछ| तपाइँलाई प्रदान गरिएको—अथवा प्रदान गरिने—शक्ति र ज्ञानका बारेमा अझ थप अध्ययन् र प्रार्थना गर्नुहोस्|

आज हामी निम्न स्थानहरूमा आठ नयाँ मन्दिरहरू निर्माण गर्ने योजनाहरूको घोषणा गर्न पाउँदा खुसी छौं: बहाना ब्लान्का, अर्जेन्टिना; तल्लाहसी, फ्लोरिडा; लुबुम्बाशी, कंगो को प्रजातान्त्रिक गणतन्त्र; पिट्सबर्ग, पेन्सिलभेनिया; बेनिन शहर, नाइजेरिया; सिराकुज, यूटा; दुबई, संयुक्त अरब एमिरेट्स; र जनगणतन्त्र चीनको शङ्घाई, ।

आठै स्थानमा, चर्च आर्किटेक्टले स्थानीय अधिकारीहरूसँग काम गर्नेछन् ताकि मन्दिर स्वरुपमा एकरूपता हुनेछ र हरेक देशमा एक सुन्दरता थपिनेछ।

दुबईमा एउटा मन्दिरको योजना उहाँहरूको भव्य आमन्त्रणको प्रतिक्रियामा आउँछ जुन हामी कृतज्ञताका साथ स्वीकार गर्दछौं।

सङ्घाईका लागि योजनाको सन्दर्भ धेरै महत्वपूर्ण छ। दुई दशक भन्दा पनि बढी समय देखि, जन गणतन्त्र चीनमा मन्दिर जान योग्य सदस्य हरूले हङ्गकङ्ग चीन मन्दिरमा सहभागी हुनु भएको छ। तर जुलाई २०१९ मा, दीर्घकालिन योजनावद्ध र अत्यावश्यक पूनर्निर्माणका लागि त्यो मन्दिर बन्द गरिएको थियो।

सङ्घाईमा, एक आधुनिक बहुउद्देश्यीय वैठक स्थानले चिनियाँ सदस्यहरूलाई उनीहरु र उनीहरुका पुर्खाहरुका लागि - जनताको गणतन्त्र चीनमा मन्दिरका विधिहरूमा सहभागी हुनका लागि एक मार्गदर्शन प्रदान गर्नेछ।

सबै देशहरूमा यस चर्चले आफ्ना सदस्यहरूलाई कानूनको सम्मान गर्न, पालन गर्न र त्यसलाई कायम राख्न सिकाउँछ। हामी राम्रो अभिभावक र उदाहरणीय नागरिक भएर परिवारको महत्त्व सिकाउँछौं। किनकि हामी चीनको जनगणतन्त्रको कानून र कानूनको सम्मान गर्दछौं, न त अब चर्चले सुसमाचार प्रचार गर्ने सुसमाचार प्रचारकहरूलाई त्यहाँ पठाउँछन त ; हामी अब त्यसो नै गर्नेछौं।

प्रवासी र चिनियाँहरूले छुट्टा-छुट्टै रुपमा साभाहरूमा भेट्न निरन्तरता दिनेछन्। त्यहाँ चर्चको कानूनी स्थिति अपरिवर्तित छ । प्रारम्भिक चरणमा संरचनाको उपयोग, प्रवेश केवल नियुक्तिद्वारा हुनेछ। सङ्घाईमा परमप्रभुको घर अन्य देशका पर्यटकहरूका लागि गन्तव्य स्थान हुनेछैन।

यी आठ नयाँ मन्दिरहरूले पर्दाका दुबै तर्फका धेरै जनहरूको जीवनलाई आशीषित गर्नेछन्। मन्दिरहरू येशू ख्रीष्टको सुसमचारको पूर्णताको पुनर्स्थापनाको मुकुट हुन् | परमेश्वरको असलपना र करुणामा, उहाँले सबै तिरका आफ्ना सन्तानहरूका नजिक मन्दिरका आशीषहरू लैजाँदै हुनुहुन्छ|

जसरी पुनर्स्थापना जारी रहन्छ, परमेश्वर आफ्नो अधिराज्य यस पृथ्वीमा स्थापना गर्न धेरै महान र महत्वपूर्ण कुराहरूलाई निरन्तर प्रकट गर्नुहुनेछ भनेर मलाई थाहा छ।| पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च, त्यो अधिराज्य हो|

प्रिय दाजुभाइ दिदीबहिनीहरू, म तपाईंहरू प्रतिको मेरो प्रेम व्यक्त गर्दछु| यो तनाव र अनिश्चितताको समयमा, ममा भएको अधिकारलाई आह्वान गर्दै, तपाइँहरू माथि प्रेरितको आशीष खन्याउन चाहन्छु|

म तपाइँहरूलाई शान्ति र परमप्रभु माथिको बढ्दो आस्थाको आशीष दिन्छु|

म तपाइँहरूलाई पश्चात्ताप गर्ने र प्रत्येक दिन अझै बढी उहाँ जस्तै बन्ने चाहाना प्राप्त होस् भनी आशीष दिन्छु|

म तपाईहरूलाई जोसेफ स्मिथ येशू ख्रीष्टको सुसमाचारको पूर्णताको पुनर्स्थापनाका अगमवक्ता हुनुहुन्छ भनेर जान्नका लागि आशीष दिन्छु |

यदि तपाईं अथवा तपाईंका आफन्तहरूमा कुनै रोग बिमार भएमा परमप्रभुको इच्छा अनुसार चङ्गाइको आशीष दिन्छु|

तपाइँहरू प्रतिको आफ्नो प्रेम फेरी एक पटक व्यक्त गर्दै म तपाइँहरूलाई आशीष दिन्छु, येशू ख्रीष्टको पवित्र नाममा,आमीन।

प्रिन्ट गर्नुहोस्