साधारण सम्मेलन
हाम्रो जीवनमा निर्देशन दिन अगमवक्तालाई दिइएको निरन्तर प्रकाश र हामीलाई दिइएको व्यक्तिगत प्रकासको आशिष
अप्रिल २०२० साधारण सम्मेलन


हाम्रो जीवनमा निर्देशन दिन अगमवक्तालाई दिइएको निरन्तर प्रकाश र हामीलाई दिइएको व्यक्तिगत प्रकासको आशिष

म गम्भीरताका साथ् घोषणा गर्छु कि निरन्तर प्रकाश प्राप्त गरिएको छ र परमप्रभुले स्थापना गरेको माध्यम मार्फत प्राप्त गरीइरहेकोछ|

आज म हाम्रो जीवनमा निर्देशन दिन अगमवक्तालाई दिइएको निरन्तर प्रकाश र हामीलाई दिइएको व्यक्तिगत प्रकासको आशिषको बारेमा बोल्दछु|

कहिलेकाहीं हामीले परमप्रभुको उद्धेश्य नबुझ्दा पनि प्रकाश पाउँछौं| जेफ्रे आर. हलाण्डलाई १९९४ को जुनमा प्रेरितको रुपमा बोलावट हुनुभन्दा केहि पहिले उहाँलाई त्यो बोलावट हुनेछ भनी मिलाई एक सुन्दर प्रकाशको अनुभव भएको थियो| म एक क्षत्रिय प्रतिनिधि थिएँ र मलाई त्यो ज्ञान हुनुपर्छ भन्ने कुनै कारण थिएन| तर हामी युवा सुसमाचार प्रचारकको जोडी भएर १९६०को दशकको बेलायतमा सेवा गरेका थियौं, र म उहाँलाई धेरै प्रेम गर्छु| मैले त्यो अनुभवलाई एक परमेश्वरको दयाको रुपमा लिएको छु| विगतका केहि वर्षमा, मलाई लाग्छ कि हुन सक्छ परमप्रभुले उहिलेको आफू भन्दा कान्छो सुसमाचार प्रचारकको अहिले बाह्रमा आफूँ कान्छो हुनको लागि मलाई तयारि गर्नुभएको थियो| म आजकल युवा सुसमाचार प्रचारकहरूलाई आफू भन्दा कान्छा जोडीहरूप्रति दयालू हुन चेतावानी दिन्छु किनभने कुनै दिन तिनीहरू आफू भन्दा जेठा जोडी हुन सक्छन्|

मसँग यो पुनर्स्थापित चर्चको हाम्रो मुक्तिदाता, येशू ख्रीष्टद्वारा अगुवाई गरिएको छ भन्ने दृढ गवाही छ| उहाँले कसलाई आफ्नो प्रेरितको रुपमा बोलावट गर्ने र कुन क्रममा उनीहरुलाई बोलावट गर्ने भन्ने थाहा छ | उहाँलाई आफ्नो वरिष्ठ प्रेरितलाई चर्चको अध्यक्ष र अगमवक्ता हुन कसरि तयार गर्नुपर्छ भन्ने पनि थाहा छ|

आज बिहान हामी आशिषित भएका थियौं कि हाम्रो प्रिय अगमवक्ता अध्यक्ष रसल एम. नेल्सनले येशू ख्रीष्टको सुसमाचारको पूर्णताको पुनर्स्थापना सम्बन्धमा संसारसामु द्विसतवार्षिकी उत्सवको एक गम्भीर घोषणा गर्नुभएको सुन्न पायौं| अध्यक्ष नेल्सनद्वारा गरिएको त्यो प्रभावकारी घोषणाले येशू ख्रीष्टको चर्च आफ्नो आरम्भ, अस्तित्व र भविष्यको दिशा निरन्तर प्रकाशको सिद्धान्तमा आधारित छ भन्ने कुरा स्पष्ट बनाएको छ| त्यो घोषणाले मायालु पिताको आफ्ना सन्तान प्रतिको संदेशको प्रतिनिधित्व गर्छ|

धेरै समय अगाडी, अध्यक्ष स्पेन्सर डब्लु. किम्बलले अहिलेको मेरो भावनालाई यसरि व्यक्त गर्नुभयो| उहाँले भन्नुभयो: “हामीसँग भएका सबै कुराहरू मध्ये यसकुरामा हामी आभारी हुनुपर्छ कि स्वर्ग वास्तवमा खुलेको छ र कि प्रकाशको जगमा येशू ख्रीष्टको पुनर्स्थापित चर्चको शिल्यान्यास गरिएको छ| निरन्तर प्रकाश नै जिउँदो परमप्रभु र मुक्तिदाता, येशू ख्रीष्टको सुसमाचारको जीवनरक्त हो|”

अगमवक्ता इनकले हाम्रा यी दिनहरूलाई देखेका थिए| परमप्रभुले एनक सामु आउँदो महान दुष्टताको स्विकार्नु भयो र हुन जाने त्यो “महान आपत्ति” को वारेमा अगमवाणी गर्नुभयो| तैपनि, परमप्रभुले वाचा गर्नुभयो, “तैपनि, म आफ्ना जनको जगेर्ना गर्नेछु|” “अनि नेरो एक मात्र जन्माइएकाको गवाही दिन म धर्मलाई स्वर्गबाट पठाउनेछु र पृथ्वीबाट सत्यलाई पठाउनेछु|”

अध्यक्ष इज्रा ट्याफ्ट बेन्सनले महान सक्तिका साथ् सिकाउनुभयो कि, हाम्रो धर्मको आधार, मोर्मोनको पुस्तक परमप्रभूले इनकसामु गरेको घोषणाको साक्षतिकरण हो| पिता र पुत्र र स्वर्गदूतहरू र अगमवक्ताहरू अगमवक्ता जोसेफ स्मिथ सामु देखा पर्न “अधिराज्यका आवश्यक शक्तिहरू पुनर्स्थापित गर्न स्वर्गबाट निर्देषित भएर” भएका हून्|

अगमवक्ता जोसेफ स्मिथले प्रकाश पछि प्रकाश प्राप्त गर्नुभयो| ती मध्ये केहिलाई यो सम्मलेनमा उल्लेख गरिएको छ| अगमवक्ता योसेफले प्राप्त गरेका कैयौं प्रकाशहरू हाम्रा निम्ति सिद्धान्त र करारमा जगेर्ना गरिएको छ| चर्चका मान्यता प्राप्त धर्मशास्त्रमा यो अन्तिम वितरणमा हाम्रा लागि परमप्रभुको इच्छा र चाहना समावेश छ|

ती आधारभूत वचनहरूको अलावा, जिउँदा अगमवक्ताहरूले निरन्तर प्राप्त गरेको प्रकाशबाट हामी आशिषित छौ| अगमवक्ताहरू “उहाँका निम्ति बोल्न अधिकार दिइएको, परमप्रभुका आधिकारिक प्रतिनिधित्व हुन्|”

केहि प्रकाशहरू स्मरणीय महत्वका हुन्छन भने अरूले इश्वरीय आधारको हाम्रो ज्ञानलाई वृद्धि गर्छन र हाम्रा दिनहरूमा निर्देशन उपलब्ध गराउँछन्|

१९७८ को जुन ८ मा पादरित्व र मन्दिरमा उपलब्ध आशिषहरू सम्पूर्ण योग्य पुरुष सदश्यहरूलाई दिन अध्यक्ष स्पेन्सर डब्लु. किम्बललाई दिएको प्रकाशप्रति हामी सबै अति आभारी छौं|१०

त्यो अनमोल प्रकाश प्राप्त गरेको समयमा उपस्थित र सहभागी हुनुभएका बाह्रमध्ये धेरैसंग मैले सेवा गरेको छु| हाम्रा व्यक्तिगत वार्तालापमा ती मध्ये प्रत्येकले उहाहरूले र अध्यक्ष किम्बलले अनुभव गरेको शक्तिशालि र एकीकृत गर्ने आत्मिक निर्देशनलाई पुष्टि गर्नुभयो धेरैले भन्नुभयो कि उहाहरूले प्राप्त गरेका प्रकाशहरूमा त्यो सबभन्दा शक्तिशालि थियो|११

हामी अहिले बाह्रको गणमा सेवागर्नेहरूले पनि त्यस्तै अनुभवले आशिषित भएका छौं जब वर्तमान अगमवक्ताहरूले ती महत्वपूर्ण प्रकाशहरू प्राप्त गर्नुभयो१२ अध्यक्ष रसल एम. नेल्सन परमप्रभूको आधिकारिक प्रतिनिधि हुनुभएको छ विशेषत परिवारहरूलाई आफ्नो घर कसरी आस्थाको आश्रयस्थल बनाउने, पर्दाको दुवै पट्टि इस्राएलको भेला गराउने, र इन्डाओमेन्ट प्राप्त गरिसकेका सदस्यहरूलाई पवित्र मन्दिरका विधिहरूका सम्बन्धित आशिष दिने बारेमा|

२०१८को अक्टोबरमा जब हाम्रा घरहरूलाई आशिषित बनाउने महत्वपूर्ण घोषणा गरियो, मैले गवाही दिएँ “कि मन्दिरमा भएको प्रथम अध्यक्षताको परिषद र बाह्र प्रेरितको गणको विमर्शमा … हाम्रो प्रिय अगमवक्ताले प्रभुसामु प्रकाशका लागि विन्ती गरे पछि … हामी सबैले एक शक्तिशाली पुष्टि पायौं|”१३

त्यस समयमा, मन्दिरका पवित्र विधिहरूका सम्बन्धमा अन्य प्रकाश प्राप्त गरिएको थियो तर घोषणा गरिएको थिएन|१४ त्यो निर्देशन अध्यक्ष रसल एम. नेस्लनलाई प्राप्त भविष्यसूचक व्यक्तिगत प्रकाश र त्यो प्रक्रियामा सहभागीहुनेले प्राप्त कोमल र शक्तिशालि पुष्टिबाट थालनी भएको थियो| अध्यक्ष नेल्सनले त्यो प्रक्रियामा विशेष गरी राहत समाज, युवती र प्राइमरी संगठनका अध्यक्षता गर्ने सिस्टरहरूलाई सम्मिलित गराउनुभएको थियो | मन्दिरमा प्रथम अध्यक्षता र बाह्र प्रेरितहरूले प्राप्त अन्तिम निर्देशन गहन आत्मिक र शक्तिशाली थियो| हामी प्रत्येकले बुझ्यौं कि हामीले परमप्रभुको सोचाइ, इच्छा र अवाज प्राप्त गरेका थियौं|१५

म गम्भीरताका साथ् घोषणा गर्छु कि निरन्तर प्रकाश प्राप्त गरिएको छ र परमप्रभुले स्थापना गरेको माध्यममार्फत प्राप्त गरीइरहेकोछ| अध्यक्ष नेल्सनले आज बिहान गरेको घोषणा सबै जनहरूलाई आशिषित गर्न हो भनी गवाही दिन्छु|

परमप्रभुको टेबलमा भोज गर्न हामी सबैलाई निम्त्याउँछौं|

आफ्नो गवाहीसँग संघर्ष गरिरहेकाहरू, कम सक्रिय भएकाहरू, र चर्चको अभिलेखबाट आफ्नो नाउँ मेटाएकाहरूसँग फेरी चर्चमा एकीकृत हुने हाम्रो हृदयदेखिकै चाहनालाई पनि घोषणा गर्दछौं | हामीले गर्न पर्ने कार्यहरू सिक्न परमप्रभुको टेबलमा ‘ख्रीष्टका वचनहरूमा’ तपाइँहरूसंग भोज गर्न हाम्रो इच्छा छ|१६ हामीहरूलाई तपाइँको खाँचोछ| चर्चलाई तपाइँको खाँचोछ| परमप्रभुलाई तपाईंको खाँचोछ| हाम्रो हृदय देखिको प्रार्थना यो यो कि संसारको मुक्तिदाताको आराधना गर्न तपाईं हामीसँग सम्मिलित हुनुहुनेछ| हामीलाई थाहा छ कि तपाइँहरूमध्ये केहिले अपमान, निर्दयीपन अथवा ख्रीष्टको जस्तो नभएको व्यवहार भोग्नु परेको हुनसक्छ| हामीलाई यो पनि थाहा छ कि केहिले आफ्नो आस्थामा केहि संघर्ष गर्नुपरेको छ जुन संघर्षलाई पूर्णरुपमा कदर नगरिएको, बुझ्ने प्रयास नगरिएको, अथवा समाधान नगरिएको हुन सक्छ|

हाम्रा केहि अडिग र आस्थावान सदस्यहरू मध्ये केहिले केहि समयका लागि उनीहरूको आस्थाको लागि संघर्ष गर्नुपरेको थियो| डब्लु, डब्लु. फेल्पसको सत्य विवरण मलाइ अति मनपर्छ, जसले चर्चलाई त्यागेका थिए र मिसौरीको एक अदालतमा अगम्बक्ता योसेफ विरुद्ध गवाही दिएका थिए | पश्चात्ताप पछि, उनले योसेफलाई लेखे कि, “मलाई मेरो परिस्थितिको बारेमा थाहा छ, मलाई थाहा छ, परमेश्वरलाई थाहा छ, यदि मेरा मित्रहरू चाहान्छन् भने म आफूलाई उद्धार गरिएको चाहान्छु|”१७ योसेफले उनलाई क्षमा दिनुभयो, र कार्यमा लगाउनु भयो, र प्रेमपुर्वक लेख्नुभयो, “पहिलेका मित्र अन्त्यमा फेरी पनि मित्र|”१८

दाजुभाइ दिदिबहिनिहरू, तपाइँहरूको जस्तो सुकै परिस्थिति भए पनि, कृपया यो थाहा पाउनुहोस् कि चर्च र यसका सदस्यहरूले तपाइँहरूलाई स्वागत गर्नुहुनेछ|

व्यक्तिगत प्रकासले हाम्रो जीवनमा निर्देशन दिन्छ|

परमप्रभुबाट निर्देशन खोज्ने प्रत्येकका निम्ति व्यक्तिगत प्रकाश उपलब्ध छ| यो भाविश्यसूचक प्रकाश जत्तिकै महत्वपूर्ण छ| पवित्र आत्माबाट प्राप्त व्यक्तिगत आत्मिक प्रकासद्वारा लाखौँले बप्तिस्मा लिन र पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका सदस्य हुन पुगेका छन्|

बप्तिस्मा पछि जब हामीलाई “पवित्र आत्माको प्राप्तिद्वारा पवित्र” बनाइएको हुन्छ त्यसपछि प्राप्त हुने गहन आशिष व्यक्तिगत प्रकाश हो|१९ म १५ वर्षको हुँदा प्राप्त गरेको एक विशेष आत्मिक प्रकाशलाई अझै पनि सम्झन सक्छु| हाम्रो प्रिय पिताले मेरा दाजु सुसमाचार प्रचारमा नगएको चाहनुहुन्थ्यो, र मेरा दाजुले पितालाई के भन्ने बिषयमा परमप्रभुसँग निर्देशन माग्दै हुनुहुन्थ्यो| मैले पनि स्वच्छ चाहानासहित प्रार्थना गरें र सुसमाचारको सत्यताका बारेमा व्यक्तिगत प्रकाश पाएँ|

पवित्र आत्माको भूमिका

व्यक्तिगत प्रकाश पवित्र आत्माबाट प्राप्त आत्मिक सत्यहरूको आधारमा हुन्छ|२० पवित्र आत्मा, विशेष गरी मुक्तिदातासंग सम्बन्धित, सबै सत्यको प्रकाशक र साक्षी हो| पवित्र आत्मा बिना हामीले वास्तवमा थाहा पाउन सक्दैनौं कि येशू नै ख्रीष्ट हुनुहुन्छ| पिता र पुत्र र उहाँहरूको उपाधि र उहाँहरूको महिमाको गवाही दिनु उसको प्राथमिक भूमिका हो |

पवित्र आत्माले प्रत्येकलाई शक्तिशाली तरिकाले प्रभाव पार्न सक्छ|२१ यदि हामीले बप्तिस्मा नलिने र पवित्र आत्माको उपहार प्राप्त नगर्ने हो भने त्यो प्रभाव निरन्तर रहँदैन| पश्चाताप र क्षमाको प्रक्रियामा पवित्र आत्माले सफा गर्ने एक कर्ताको रुपमा पनि सेवा गर्छ|

आत्माले एक आश्चर्य लाग्दो तरिकाले सम्बाद गर्छ| परमप्रभुले यो सुन्दर वर्णन प्रयोग गर्नुभयो:

“म तिमीलाई तिम्रो मस्तिस्क र तिम्रो हृदयमा, पवित्र आत्माद्वारा भन्नेछु, जो तिमीमा आउनेछ, र जो तिम्रो हृदयमा बस्नेछ |

अब हेर यो प्रकाशको आत्मा हो।.”२२

यसको असर अत्यन्तै शक्तिशालि भए पनि, यो अक्सर एक स्थिर अनि सानो स्वरमा सान्त तरिकाले आउँछ23 धर्मशास्त्रमा हाम्रो मस्तिस्क ओगट्दै, २५हाम्रो मस्तिस्कलाई प्रकाश २६ र आवाज दिंदै|२७ कसरि आत्माले हाम्रो मस्तिस्कमा प्रभाव पार्छ भन्ने, हाम्रो मस्तिस्कलाई कसरि शान्ति दिन्छ भन्ने सहितका धेरै उदाहारणहरू उल्लेख गरिएको छ, २४

हामीलाई प्रकाश प्राप्त गर्न तयार पर्ने सिद्धान्तहरूमा केहि यी हुन्:

  • आत्मिक निर्देशनका निम्ति प्रार्थना गर्नू| सम्मान र नम्रताका साथ हामीले माग्नुपर्छ२८ र धैर्य र आज्ञाकारी हुनुपर्छ|२९

  • प्रेरणाका लागि तयारी| यसका निम्ति प्रभुको शिक्षासंग एक हुनुपर्छ र उहाँको आदेशहरूको पालना गर्नुपर्छ|

  • योग्य भई प्रभुभोजमा सहभागिता| जब हामीले यसो गर्छौं, हामीले प्रभुसँग साक्षी दिन्छौं र गवाही दिन्छौं कि हामीले आफूँमा उहाँको पवित्र पुत्रको नाम लिन्छौं र हामीले उहाँलाई सम्झन्छौं र उहाँका आदेशहरूको पालना गर्छौं |

ती सिद्धान्तले हामीलाई पवित्र आत्माका संदेशहरू र निर्देशनहरू प्राप्त गर्न, चिन्न र पालना गर्न तयार गर्छन्| यसमा “सान्तिका कुराहरू… जसले खुसियाली[र] … अनन्त जीवन ल्याउँछ|”३०

यदि हामी धर्मशास्त्र र सुसमाचारका सत्यहरूको अध्ययन गर्छौं र हामीले खोजेको निर्देशनको बारेमा हाम्रो मस्तिस्कमा मनन गर्छौं तबे हाम्रो आत्मिक तयारि अझ बढी प्रभावकारी बन्नेछ| तर धैर्य हुन र प्रभुको समयतालिकामा भरोसा गर्न सम्झनुहोस| सर्वज्ञ प्रभुद्वारा हो निर्देशन दिइने, जब उहाँ “जानीजानी हामीलाई सिकाउन खोज्नुहुन्छ|”३१

हाम्रो जिम्मेवारी र बोलावटमा प्रकाश

पवित्र आत्माले हाम्रो वोलावट र जिम्मेवारीमा पनि प्रकाश उपलब्ध गराउनेछ| मेरो अनुभवमा, महत्वपूर्ण आत्मिक निर्देशन अक्सर गरेर अरूलाई आशिषित गर्ने हाम्रो जिम्मेवारी पूरा गर्न प्रयास गरेको समयमा आउँछ|

म सम्झना सक्छु कि जब म भर्खरको विशप थिए, म कामको शिलशिलामा प्लेन चढ्न जानु भन्दा छोटो समय अगाडी एक विवाहित दम्पत्तिबाट एउटा विपत्तिको फोन आयो | उनीहरू आइपुग्नु अगाडी मैले प्रभु सँग उनीहरूलाई कसरी आशिष दिन सक्छु भनि बिन्ति गरें| मैले उनीहरूको समस्याको बारेमा र उनीहरूलाई कसरी उत्तर दिनुपर्छ भनी प्रकाश प्राप्त गरें| समयको अभाव भए पनि त्यो निर्देशनले मलाई विशपको पवित्र जिम्मेवारी पूरा गर्न अवसर दियो| संसार भरिका विशपहरूले मेरो त्यो अनुभव जस्तै अनुभव गरेका छन्| स्टेक अध्यक्षको रूपमा, मैले महत्वपूर्ण प्रकाश मात्र पाइन तर व्यक्तिगत सुधार पाए कि जुन प्रभुको उद्धेश्य पुरा गर्न आवश्यक थिए|

परमप्रभुको दाखबारीमा विनम्र भएर श्रम गर्दा हामी सबैले निश्चय नै मार्गदर्शन प्राप्त गर्न सक्छौं भनेर म तपाइँलाई आश्वस्त गर्दछु। हाम्रा अधिकांश निर्देशनहरू पवित्र आत्मा मार्फत आउँछन्| कहिलेकाँही अनि कुनै उद्देश्यका लागि यो प्रत्यक्ष रुपमा परमप्रभुबाट आउँछ। म व्यक्तिगत रूपमा गवाही दिन्छु कि यो सत्य हो। चर्चको लागि मार्गनिर्देशन, समग्रमा, चर्चका अध्यक्ष र अगमवक्तालाई आउँछ।

आधुनिक प्रेरितहरूका रुपमा, हाम्रा हालका अगमवक्ता, अध्यक्ष नेल्सनसंग काम गर्ने र यात्रा गर्ने अवसर हामीले पाएका छौं| विल्फ्रड उड्रफले अगमवक्ता जोसेफ स्मिथका बारेमा भनेको भनाइलाई उद्धृत गर्न चाहान्छु; अध्यक्ष नेल्सनका सन्दर्भमा पनि यो उत्तिकै सत्य छ| मैले “उहाँसँग परमेश्वरको आत्माले काम गरेको, उहाँमा येशू ख्रीष्टको प्रकाश र ती प्रकाशहरू साक्षात भएको”३२देखेको छु|

मेरो आजको विनम्र विन्ती यो हो कि हामी प्रत्येकले हाम्रा जीवनमा निरन्तर प्रकाश खोजौं र येशू ख्रीष्टको नाउँमा परमेश्वर पिताको आराधना गर्दै आत्माको अनुसरण गरौँ, येशू ख्रीष्टको नाउँमा म मेरो गवाही दिन्छु, आमीन

सूचीहरुः

  1. १९६० मा, सुसमाचार प्रचारकको उमेर २० बाट १९ वर्षमा घटाइएको थियो, २० वर्षमा जानेहरू मध्येको म अन्तिम थिएँ भने १९ वर्षमा जानेहरू मध्येमा एल्डर हलाण्ड पहिलो हुनुहुन्थ्यो |

  2. हेर्नुहोस् “येशू ख्रीष्टको सुसमाचारको पूर्णताको पुनर्स्थापना: संसारलाई द्विसतवार्षिकको घोषणा” । रसल एम्. नेल्सन,“ उहाँलाई सुन,” ,”लियाहोना, मे २०२०, ९१। प्रथम अध्यक्षता र बाह्र प्रेरितहरूको गणद्वारा यो समयावधिमा प्रदान गरिएका अन्य पाँच घोषणाहरूसँग यो घोषणा सम्वद्ध छ।

  3. चर्चका अध्यक्षहरूको शिक्षा: स्पेन्सर डबल्यू किमबल (२००६) २४३;पनि हेर्नुहोस्। मत्ती १६:१३-१९.

  4. मोसा ७:६१

  5. मोसा ७:६२। परमप्रभुले निरन्तरता दिनुभयो, “अनि पृथ्वीका चारै कुनाबाट छनौट गरिएका मानिसहरूलाई भेला गराउनका लागि धार्मिकता र सत्यतालाई म पृथ्वीको बाढीले झैँ बढारीदिनेछु।” (मोसा ७:६२; हेर्नुहोसभजनसंग्रह ८५:११).

  6. एज्रा टाफ्ट बेन्सन, “आधुनिक प्रकाशको उपहार,” इन्जाइन, नोभे. १९८६, ८०।

  7. हेर्नुहोस् एज्रा टाफ्ट बेन्सन, “ आधुनिक प्रकाशको उपहार,” ८०।

  8. ह्यूग बी. ब्राउन, “अगमवक्ताहरूका बीचमा जोसेफ स्मिथ,” (जोसेफ स्मिथको सोह्रौं वार्षिक स्मृति प्रवचन, धर्मको लोगन धार्मिक संस्था, डिसेम्बर ७ १९५८), ७।

  9. हेर्नुहोस् ह्यूग बी. ब्राउन, “अगमवक्ताहरूका बीचमा जोसेफ स्मिथ,” ७। सबै परिस्थितिहरूमा, यी अभिव्यक्तिहरू अघिल्ला अगमवक्ताहरूलाई दिइएका परमेश्वरका वचनहरूसँग मिल्दाजुल्दा छन्।

  10. हेर्नुहोस् Official Declaration 2; पनि हेर्नुहोस् २-नफी २६:३३. यो प्रकाशले “परमेश्वरसँग सबै एकसाथ छन्”, जसमा “कालो र सेतो, बन्धन र स्वतन्त्र, पुरुष र महिला” समावेश छन् भन्ने मोर्मोनको पुस्तकमा स्थापित सिद्धान्तलाई कार्यान्वयन गर्‍यो। (२-नफी २६:३३). यस उल्लेखनीय प्रकाशलाई प्रथम अध्यक्षता र बाह्र प्रेरितहरुको गणको सभाद्वारा सल्ट लेक मन्दिरको माथिल्लो पवित्र कोठामा प्राप्त गरी पुष्टि गरिएको थियो।

  11. धेरै प्रेरितहरूले सङ्केत गरे अनुसार यो प्रकाश यति शक्तिशाली र पवित्र थियो कि यसलाई वर्णन गर्न प्रयोग गरिएका कुनै पनि शब्दहरू अपर्याप्त हुनेछन् र केही तरिकामा त्यसो गरिएमा प्रकाशको गहिराइ र शक्तिशाली प्रकृतिलाई कम गरिने थियो।

  12. हेर्नुहोस् “ परिवार: संसारका लागि एक घोषणा,” लियाहोना, मे २०१७, १४५ । यो घोषणा सेप्टेम्बर २३, १९९५ मा युटाको सल्ट लेक सिटीमा सम्पन्न राहत समाजको साधारण वैठकमा अध्यक्ष गोर्डन बी. हिङ्क्लीद्वारा गरिएको थियो। पनि हेर्नुहोस् थोमस-एस्. मनसन, “ सम्मेलनमा स्वागत छ”,” लियाहोना,नोभे. २०१२, ४–५। अध्यक्ष मनसनले सुसमाचार प्रचार सेवाका लागि कम उमेरको अवश्यकताको घोषणा गर्नुभयो ।

  13. क्विनटन एल. कुक, “ स्वर्गमा रहनुहुने पिता र परमप्रभु येशू ख्रीष्टका लागि गहिराइ र दिगो रूपान्तरण,” लियाहोना, नोभ. २०१८।

  14. पवित्र मन्दिरका विधिहरू सम्बन्धी प्रकास जनवरी-१, २०१९ देखि सबै मन्दिरहरूमा लागू गरिएको थियो। यो बुझ्न जरुरी छ कि मन्दिरका बिधिहरुका बारेमा विशिष्ट विवरण मन्दिर भित्र मात्र छलफल गरिनुपर्छ । तथापी, सिद्धान्तहरु सिकाइन्छ। एल्डर डेभिड ए. बेडनारले मन्दिरका विधिहरु र करारहरुको महत्व अनि यिनीहरुका माध्यमबाट कसरी “धार्मिकताको शक्ति हाम्रो जीवनमा प्राप्त हुन सक्छ “ भनेर रोचक तरिकाले सिकाउनुभयो। (“यो घर मेरो नाममा निर्माण हुन दियौँ। ,” लिहोना, मे २०२०) ८६)।

  15. यो प्रक्रिया र बैठकहरू सल्ट लेक मन्दिरमा जनवरी, फेब्रुअरी, मार्च, र अप्रिल २०१८ मा भएका थिए। अप्रिल २६-२०१८ को प्रकाश प्रथम अध्यक्षता र बाह्र प्रेरितको गणको अन्तिम प्रकाश थियो।

  16. हेर्नुहोस २-नफी ३२:३

  17. सन्तहरू: पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको कथा, vol. 1, सत्यको मानक, १८१५–१८४६ (२०१८), ४१८।

  18. सन्तहरू, १:४१८।

  19. ३-नफी २७:२०

  20. पवित्र आत्मा देवत्वको सदस्य हो। (हेर्नुहोस् १-यूहन्ना ५:७; सिद्धान्त र करार २०:२८). ऊसँग मानिसको जस्तै आत्माको शरीर छ। (हेर्नुहोस् सिद्धान्त र करार १३०:२२{२००}). उसको प्रभाव जताततै हुन सक्छ। उहाँ उद्देश्यका साथ स्वर्गमा रहनुहुने हाम्रा पिता र हाम्रा मुक्तिदाता येशू ख्रीष्टसँग एक छ।

  21. ख्रीष्टको प्रकाशको विस्तृत बुझाइ अनि ख्रीष्टको प्रकाश र पवित्र आत्मा बीचको भिन्नता बुझ्न, हेर्नुहोस् २-नफी ३२;सिद्धान्त र करार ८८:७, ११-१३;”ख्रीष्टको प्रकाश,” बाइबल शब्दकोष । पनि हेर्नुहोस् बोइड के. प्याकर,“The ख्रीष्टको प्रकाश,” लियाहोना, अप्रिल २००५, ८-१४।

  22. सिद्धान्त र करार ८:२-३

  23. हेर्नुहोस हिलामान५:३०; सिद्धान्त र करार ८५:६

  24. हेर्नुहोस् सिद्धान्त र करार ६:२३

  25. हेर्नुहोस्सिद्धान्त र करार १२८:१

  26. हेर्नुहोस् सिद्धान्त र करार ११:१३

  27. हेर्नुहोसइनस १:१०.

  28. हेर्नुहोस मत्ती ७:७-८

  29. हेर्नुहोस् मोसीयाह ३:१९

  30. सिद्धान्त र करार ४२:61

  31. निल ए. मैक्सवेल, यी सबै चीजहरूले तपाईंलाई अनुभव दिनेछन् (२००७), ३१।

  32. विल्डफोर्ड उड्रफ, मा चर्चका राअध्यक्षहरूको शिक्षा: जोसेफ स्मिथ (२००७), २८३।

प्रिन्ट गर्नुहोस्