साधारण सम्मेलन
जीवनका आँधिबेहरीहरूबाट आश्रय प्राप्त गर्ने
अप्रिल २०२० साधारण सम्मेलन


2:3

जीवनका आँधिबेहरीहरूबाट आश्रय प्राप्त गर्ने

हाम्रा जीवनहरुलाई जस्तासुकै आँधिबेहरीहरूले पिटीरहेपनि ख्रीष्ट र उहाँको प्रायश्चित्त हामी सबैलाई चाहिने आश्रयहरु हुन् ।

नब्बेको मध्यतिर, मेरो महाविद्यालय अध्ययनका क्रममा, म चिलेमा सान्टियागो अग्नि विभागको चौथो कम्पनिको हिस्सा थिएँ । त्यहाँ सेवा गर्दा, रात्री गार्डका रुपमा म अग्नि स्टेशनमा बस्थें । वर्षको अन्त्यतिर, मलाई भनियो कि नयाँ वर्षको अघिल्लो दिन म अग्नि स्टेशनमा बस्नुपर्छ किनभने त्यो दिन प्रायजसो कुनै न कुनै आपत आइपर्छ । अचम्म मान्दै मैले जवाफ दिएँ, “साँच्चै?”

हो, मलाई मेरा सहकर्मीहरुसंग प्रतिक्षा गरिरहेको याद छ जब, मध्य रातमा, डाउनटाउन सान्टियागोमा पटकाहरु उड्नथाले । नयाँ वर्षको शुभकामना दिदैं हामीले एक अर्कालाई अंगालो हाल्न थाल्यौं । कुनै आपत परेको संकेत गर्दै अचानक अग्नि स्टेशनका घन्टीहरु बज्न थाले। हामीले हाम्रा औजार लियौं र दमकलमा चढ्यौँ । आपत परेको ठाउँमा जाँदैगर्दा, जब हामी नयाँ वर्ष मनाइरहेका मानिसका भीडहरु कट्यौं, मैले देखें कि उनीहरु धेरैजसो उदासीन र लापरवाह थिए । उनीहरु निश्चिन्त थिए र ग्रीष्म ऋतुको न्यानो रातमा रमाइरहेका थिए । तर कहीँ नजिकै, हामी सहयोग गर्न हतारिएका मानिसहरु गम्भीर समस्यामा थिए ।

यो अनुभवले मलाई महसुस गर्न सहयोग गर्यो कि हाम्रो जीवन कहिलेकाहीँ तुलनात्मक रुपमा राम्रो भए तापनि, त्यो समय हामी प्रत्येकका लागि आउनेछ जब हामीले नसोचेका चुनौतीहरु र आँधिबेहरीहरूको सामना गर्नेछौं जसले हामीलाई सामना गर्न सक्ने हाम्रो समार्थ्य भन्दा बाहिर लानेछ । शारीरिक, मानसिक, पारिवारिक र रोजगारीका चुनौतीहरु; प्राकृतिक प्रकोपहरु; अनि जीवन र मरणका अन्य मामलाहरु त हामीले जीवनमा सामना गर्ने आँधिबेहरीहरूका केही उदाहरणहरू मात्र हुन् ।

जब हामीले यी आँधिबेहरीहरूको सामना गर्छौं, हामीले प्राय निराशा र डरको भावनाको अनुभव गर्छौं । अध्यक्ष रासल एम. नेल्सनले भन्नुहुन्छ, “आस्था नै डरको प्रतिकारक हो”-येशू ख्रीष्ट मा आस्था (“Let Your Faith Show,” Liahona, May 2014, 29)—faith in our Lord Jesus Christ. मैले आँधिबेहरीले मानिसहरुका जीवनहरुमा असर गरेको देखेंको हुनाले, म निष्कर्षमा पुंगे कि जुनसुकै आँधिबेहरीले हामीलाई थिचिरहे तापनि - त्यसको समाधान भएन भए तापनि वा त्यसको अन्त देखे नदेखे तापनि - एउटा मात्र आश्रय छ, र सबै प्रकारका आँधिबेहरीका लागि त्यो उही हो । स्वर्गमा रहनुहुने हाम्रा पिताले हामीलाई दिनुभएको यो एकल आश्रय भनेको हाम्रा परमप्रभु येशू ख्रीष्ट र उहाँको प्रायश्चित्त हो ।

हामी कसैले पनि यी आँधिबेहरीहरूको सामना गर्नबाट छुट्कारा पाउने छैनौं । मोर्मनको पुस्तकका एक अगमबक्ताले हामीलाई यसरी सिकाए: “सम्झ कि यो उद्धारकर्ताको चट्टानमाथि हो, जो ख्रीष्ट, परमेश्वरका पुत्र, हुनुहुन्छ, कि तिमीहरूले आफ्नो जग बनाउनुपर्छ; कि जब सैतानले आफ्ना शक्तिशाली हुरी, हो, हावाको भूमरीका उसका तीरहरू पठाउँछ, हो, जब उसका सबै असिना र उसका शक्तिशाली आँधीले तिमीहरूलाई हिर्काउँदछ, तिनीहरूसँग तिमीहरूलाई शोकको अनन्त खाडी र अन्त्यहीन धिक्कारतिर घिसार्ने शक्ति हुनेछैन, तिमीहरूलाई बनाइएको जग बसालेको चट्टानका कारण, जुन बलियो जग हो, यदि त्यसमा मानिसहरूले जग बनाए भने उनीहरूको पतन हुन सक्दैन”। (हेलामान ५:१२).

एल्डर रोबर्ट डि. हेल्स, जोसंग आँधिबेहरीहरुसंग सामना गरेको आफ्नै अनुभव छ ले भन्नुभयो: “कष्ट सार्वलौकिक हो; हामीले कष्ट प्रति कसरी प्रतिक्रिया गर्छौं भन्ने कुरा व्यक्तिगत हो। कष्टले हामीले दुई मध्ये एउटा बाटोमा लैजान सक्छ । यदि हामीमा परमप्रभुको प्रायश्चित्तको वलिदानमा आस्था छैन भने” आस्था सम्मिलित सुदृढ पार्ने र शुद्धिकरण गर्नेअनुभव हुन सक्छ, वा यो हाम्रो जीवनमा एउटा विनाशकारी शक्ति हुनसक्छ (“Your Sorrow Shall Be Turned to Joy,” Ensign, नोभे. १९८३, 66).

येशू ख्रीष्ट र उहाँको प्रायश्चित्तले दिने आश्रय प्राप्त गर्न, हामीमा उहाँ प्रति आस्था हुनुपर्छ - एउटा आस्था जसले हामीलाई पार्थिव परिप्रेक्ष्यको सिमित पिडाहरु माथि उठ्न सहयोग गर्छ । यदि हामी आफुले गर्ने सबै कुरामा उहाँकोमा आयौं भने उहाँले हामीलाई बाचा गर्नुभयो कि उहाँले हाम्रा बोझहरुलाई हलुका गरिदिनुहुनेछ ।

“मकहाँ आआओ,” उहाँले भन्नुभयो, “सबै थाकेका र बोझले दबिएका अनि मैले तिमीहरुलाई विश्राम दिनेछु ।

“मेरो जुवा आफु माथि लेओ, र मसँग सिक; किनभने म विनम्र र कोमल हृदयको छु: अनि तिमीहरुले आफ्नो आत्मामा विश्राम पाउनेछौँ ।

“कि मेरो जुवा सजिलो छ, र मेरो बोझ हलुका छ” मात्ति ११:२८-३०;पनि हेर्नुहोस्मोसीयाह २४:१४-१५

भनिन्छ कि “ आस्था हुनेलाई, कुनै ब्याख्या जरुरी हुँदैन। आस्था नहुनेलाई, कुनै ब्याख्या सम्भव छैन।” यो भनाइको श्रेय थोमस आक़ुइनासलाई जान्छ तर सम्भवत यो उहाँले सिकाएका कुराहरुको हल्का संक्षिप्त व्याख्या हुनसक्छ । यद्यपि, यो पृथ्वीमा हुने कुराहरूका बारेमा हाम्रो सीमित बुझाइ छ , र प्राय हामीसंग किन भन्ने प्रश्नको उत्तरहरु हुँदैन । यो किन भइरहेको छ यो मलाईकिन भइरहेको छ ? मैले सिक्न पर्ने के हो? जब उत्तरहरुले हामीलाई छल गर्छन्, त्यतिबेला मुक्तिदाताले अगमवक्ता जोसेफ स्मिथलाई लिबर्टी जेलमा व्यक्त गरेका शब्दहरु पूर्ण रुपमा उपयुक्त हुन्छन् ।

“मेरा छोरा, तिम्रो आत्माले शान्ति पाओस; तिम्रो कठिनाइ र तिम्रा पिडाहरू केही समयका लागि मात्र हुनेछन्;

“त्यस पछि, यदि तिमीले राम्रोसंग सह्यौ भने, परमेश्वरले तिमीलाई माथि उत्कर्ष गर्नुहुनेछ” (सिद्धान र करार १२१:७-८)

धेरै मानिसहरुले येशू ख्रीष्ट माविश्वास गरे तापनि, प्रश्न चाहिँ हामीले विश्वास गर्छौं कि गर्दैनौं र उहाँले हामीलाई सिकाएका र गर्न भानिएका कुराहरु विश्वास गर्छौं कि गर्दैनौं भन्ने हो । सम्भवतया “मलाई के भइरहेको छ भन्ने बारेमा येशू ख्रीष्टलाई के थाहा छ ? भनेर कसैले सोच्न सक्छ। मलाई खुसी हुन के चाहिन्छ भन्ने उहाँलाई कसरी थाहा हुन्छ ? साँच्चै नै, यशैयाले हाम्रा उद्धारकर्ता र मध्यस्थकर्तालाई उल्लेख गर्नुभएको हो जब उहाँले भन्नुभयो:

“उहाँ मानिसहरुबाट घृणित र इन्कार गरिनुभयो; दु:खहरुमा परेको मानिस, कष्टसित परिचित । …

निश्चय नै उहाँले हाम्रा पीडाहरू बोक्नुभएको छ र हाम्रा दु:खहरू लैजानुभयो। …

“तर उहाँलाई हाम्रा उल्लङ्घनहरूका निम्ति घाइते बनाइएको थियो, उहाँलाई हाम्रा दुष्टताहरूका निम्ति चोट लगाइएको थियो: हाम्रा शान्तिको ताडना उहाँमाथि थियो; र उहाँका डामहरूद्वारा हामीलाई निको पारियो” (यशैया ५३:३–५)।

प्रेरित पत्रुसले पनि हामीलाई येशूका बारेमा सिकाउनुभयो, भन्नुभयो, “जसले आफै आफ्नै शरीरमा रुखमा हाम्रा पापहरु बोक्नुभयो, ताकि हामी, पापका लागि मारेर धार्मिकताका मा जिओं: जसका चोटहरुद्वारा तिमीहरु निको भयौ”(१ पत्रुस २:२४)।

पत्रुसको आफ्नै शहादतको समय आउदै गर्दापनि, उहाँका शब्दहरु डर वा निराशावादले भरिएको छैन; बरु, उहाँले सन्तहरुलाई उनीहरु “धेरै प्रलोभनले गर्दा गार्हो भइरहेको बेलामा” पनि “रमाउन,” सिकाउनुभयो । पत्रुसले यो सम्झन सल्लाह दिनुभयो कि “हाम्रो आस्था को परीक्षा, … आगोले लिएपनि, “येशू ख्रीष्टको उपस्थितिमा प्रशंसा र सम्मान र महिमा अनि “हाम्रा आत्माहरुको मुक्ति” ल्याउनेछ (१ पत्रुस १:६-७, ९)

पत्रुसले निरन्तरता दिनुभयो:

“प्रियहरू, तपाईंहरूलाई परीक्षण गर्ने अग्नि परीक्षामा तपाईलाई यो केही अनौंठो कुरा भयो भनेर अचम्म नमान्नुहोस् ।”

“तर ख्रीष्टको पीडामा सहभागी हुँदा रमाओ; ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरु पनि आनन्दित र हर्षित हुन सक” (१ पत्रुस ४:१२-१३)।

अध्यक्ष रसल एम. नेल्सनले सिकाउनुभयो कि “सन्तहरु हरेक परिस्थितिमा खुसि हुन सक्छन् । … “जब हाम्रो जीवनको ध्यान परमेश्वरको मुक्तिको योजनामा … र येशू ख्रीष्ट अनि उहाँको सुसमाचारमा हुन्छ, हामीले हाम्रो जीवनमा के भईरहेको वा नभईरहेको बावजुत पनि आनन्दको अनुभव गर्न सक्छौँ । आनन्द उहाँबाट र उहाँको कारण आउछ । उहाँ नै सबै आनन्दको स्रोत हुनुहुन्छ” (“Joy and Spiritual Survival,” Liahona, Nov. 2016, 82).

हामीहरू आँधिबेहरीहरूको बीचमा हुँदा ती अनुरुप जिउन र तिनीहरूको उपयोग गर्नु भन्दा आँधिबेहरीहरूको बीचमा नहुँदा नि:शन्देह, यी कुराहरू भन्न धेरै सजिलो छ । तरपनि तपाईंको दाजुभाइका रुपमा, हाम्रा जीवनहरुलाई जस्तोसुकै आँधिबेहरीले थिचिरहे तापनि, हामीलाई चाहिएको आश्रय नै येशू ख्रीष्ट र उहाँको प्रायश्चित्त हो भन्ने थाहा पाउनु कति मुल्यवान छ भनेर मैले इमान्दारीपूर्वक यो तपाईहरुसंग बाँढ्न चाहिरहेको छु जुन तपाईले महसुस गर्नुहुन्छ भनेर म अपेक्षा गर्दछु ।

हामी सबै परमेश्वरका सन्तान हौँ, उहाँले हामीलाई माया गर्नुहुन्छ, र हामी एक्लो छैनौँ भनेर मलाई थाहा छ। म तपाईंलाई आएर हेर्न आमन्त्रण गर्दछु ताकि उहाँले तपाईंको भारी हलुका गर्न र तपाईंले खोज्नुभएको आश्रय हुनुहुन्छ। आउनुहोस् र अरूहरूले खोजिरहेको आश्रय पत्ता लगाउन उहाँहरुलाई सहयोग गर्नुहोस्। आउनुहोस् र यो आश्रयमा हामीसंगै बस्नुहोस्, जसले जीवनका आँधिबेहरीहरुको प्रतिरोध गर्न तपाईहरूलाई सहयोग गर्नेछ । यदि तपाई आउनुभयो भने, तपाईले देख्नुहुनेछ, तपाईले सहयोग गर्नुहुनेछ, र तपाई बस्नुहुनेछ भनेर मेरो हृदयमा कुनै शङ्का छैन।

अगमवक्ता अल्माले आफ्नो छोरा हेलामानलाई यो गवाही दिनुभयो: “ जसले आफ्ना भरोसा परमेश्वरमा राख्दछ उसलाई उसका परीक्षाहरूमा र उसका समस्याहरूमा र उसका कष्टहरूमा सहयोग गरिनेछ र अन्तिम दिनमा उत्थान गरिनेछन भनेर मलाई थाहा छ।”(अल्मा३६:३)।

मुक्तिदाता आफैले भन्नुभयो:

“तिमीहरुको हृदयहरुले सान्त्वना पाउन् … ; किनभने सबै जीवन मेरा हातमा छन् ; शान्त होऊ र थाहा पाउ कि म परमेश्वर हुँ । …

“त्यसैले, मृत्युसंग पनि नडराउ; किनभने यो संसारबाट तिम्रो खुशी पूरा हुनेछैन, तर ममा तिम्रो खुशी पूरा हुनेछ”(सिद्धान्त र करार १०१:१६, ३६)।

“शान्त होऊ, मेरो आत्मा” भन्ने भजन, जसले धेरै पटक मेरो हृदय छोएको छ, यसमा हाम्रा आत्माहरुका लागि सान्त्वनाको सन्देश छ । यो गीत यसरी लेखिएको छ:

शान्त होऊ, मेरो आत्मा: समय छिटो आउँदैछ

जब हामी सदाका लागि परमप्रभुसंग हुनेछौँ,

जब निराशा, शोक, र डरहरु जान्छन्,

दु:ख बिर्सिन्छ, प्रेमका विशुद्ध आनन्दहरु पुनर्स्थापित हुन्छन्,

शान्त होऊ, मेरो आत्मा: जब परिवर्तन र आँसु कट्छन्,

सुरक्षित र आशीषित हामी सबै अन्तमा भेट्नेछौँ । (भजनहरु, न. १२४)

मलाई थाहा छ, हामीले जीवनका आँधीबेहरीहरूको सामना गर्दा यदि हामीले यथाशक्य प्रयास गयौं अनि येशू ख्रीष्ट र उहाँको प्रायश्चितलाई हाम्रो आश्रय स्थलका रुपमा भरोसा गर्यौं भने, हामीले खोजिरहेको राहत, सान्त्वना, शक्ति, संयम, र शान्तिले हामी आशीषित हुनेछौँ। पृथ्वीमा हाम्रो जीवनको अन्तमा, हाम्रो हृदयमा निस्सन्देह हामीले मालिकका यी शब्दहरू सुन्नेछौं: “स्याबास, असल र विश्वासी सेवक: … तिमी आफ्ना परमप्रभूको खुशीमा सहभागी होऊ। ”मत्ती २५:२१। येशू ख्रीष्टको नाउँमा, आमिन |