येशूको गवाही
मेरो आमन्त्रण येशूको गवाहीमा साहसी व्यक्तिका रूपमा आफ्नो स्थान सुरक्षित गर्न अब कार्य गर्नु हो ।
१८३२ मा जोसेफ स्मिथ र सिड्नी रिग्डनले परमेश्वरका सन्ततिहरूको अनन्त गन्तव्यका सम्बन्धमा एक उल्लेखनीय दर्शन प्राप्त गर्नुभयो । यस प्रकाशले स्वर्गका तीन अधिराज्यहरूका सम्बन्धमा उल्लेख गरेको थियो । अध्यक्ष ड्यालिन एच् ओक्सले गत अक्टोबर मा यी “महिमाका अधिराज्यहरू” का सम्बन्धमा बोल्नुभएको थियो, “थुमाको विजय र महिमा द्वारा,” तिनीहरूका छनौटहरूद्वारा प्रकट गरिएका चाहनाहरूद्वारा अपेक्षाकृत रूपमा थोरै व्यक्तिहरू बाहेक सबैलाई अन्ततः यी अधिराज्यहरू मध्ये एउटामा उद्दार मिल्छ भनेर उल्लेख गर्नुहुन्छ ।” जुनसुकै समयमा र पृथ्वीको जहाँसुकै बसोबास गरेका उहाँका सबै सन्ततिहरूका लागि परमेश्वरको उद्दारको योजना विश्वव्यापी अवसर हो ।
जबकि तीनवटा अधिराज्यहरू मध्ये सबैभन्दा सानो टेलेस्टियल अधिराज्यको महिमा, “सबै समझभन्दा पर गर्छ,” हाम्रा पिताको आशा छ कि हामीहरूले छनोट गर्ने छौँ—र उहाँका पुत्रको अनुग्रहद्वारा यी अधिराज्यहरूमध्ये सबैभन्दा उच्च र सबैभन्दा महिमित सेलेस्टियल अधिराज्य—का लागि योग्य बन्ने छौँ, जहाँ हामी “ख्रीष्टसँग संयुक्त उत्तराधिकारी” का रूपमा अनन्त जीवनको आनन्द लिन सक्छौँ । अध्यक्ष रसल एम्. नेल्सनले हामीलाई सेलेस्टियल अधिराज्यलाई हाम्रो अनन्त लक्ष्य बनाउन “सेलेस्टियल सोच” र त्यसपछि “यहाँ पृथ्वीमा हुँदा [हाम्रा] निर्णयहरू मध्ये प्रत्येकले अर्को संसारमा [हामीलाई] कहाँ राख्छ भनेर होशियारीपूर्वक विचार गर्न” आग्रह गर्नुभएको छ ।
सेलेस्टियल अधिराज्यमा हुनेहरू “येशूको गवाही प्राप्त गर्नेहरू हुन्, … जो नयाँ करारको मध्यस्थ येशूद्वारा पूर्ण बनाइएका मानिसहरू हुन् ।” दोस्रो वा टेरेस्ट्रियल अधिराज्यका बासिन्दाहरूलाई वास्तविक रूपमा असल भनेर वर्णन गरिएको छ, जसमा “मानिसहरूको कपटले अन्धा भएका पृथ्वीका सम्मानयोग्य मानिसहरू” पनि समावेश छन् । तिनीहरूको आधारभूत सीमित सत्य यो हो कि तिनीहरू “येशूको गवाहीमा साहसी छैनन् ।” यसको विपरित, तल्लो, टेलेस्टियल अधिराज्यमा भएकाहरू ती हुन् जसले “सुसमाचार, न त येशूको गवाही नै ग्रहण गरे।”
ध्यान दिनुहोस् कि प्रत्येक अधिराज्यका बासिन्दाहरूका लागि विशिष्ट विशेषता भनेको तिनीहरू “येशूको गवाही” सँग कसरी सम्बन्धित छन् (१) पूर्ण हृदयको भक्तिबाट (२) साहसी नहुने (३) पूर्ण रूपमा अस्वीकार गर्ने । प्रत्येक व्यक्तिको प्रतिक्रियामा उसको अनन्त भविष्यको झुकाव हुन्छ ।
१.
येशूको गवाही के हो?
यो पवित्र आत्माको साक्षी हो कि उहाँ परमेश्वरका दैवी पुत्र, मसीह र उद्धारकर्ता हुनुहुन्छ । यो यूहन्नाको गवाही यो छ कि येशू प्रारम्भमा परमेश्वरसँग रहेर, उहाँ स्वर्ग र पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ र “उहाँमा सुसमाचार थियो र सुसमाचार जीवन थियो अनि जीवन मानिसहरूको ज्योति थियो ।” यो “प्रेरितहरू र अगमवक्ताहरूको गवाही हो, … कि उहाँको मृत्यु भयो, उहाँलाई दफनाइयो र तेस्रो दिनमा पुनरुत्थान हुनुभयो र स्वर्गमा उक्लिनुभयो ।” यो ज्ञान हो कि “त्यहाँ अर्को कुनै नाम दिइएको छैन जसबाट मुक्ति आउँछ ।” यो अगमवक्ता जोसेफ स्मिथले दिएको “सबै गवाहीहरूको अन्तिम हो” “कि उहाँ जीवित हुनुहुन्छ! … ताकि उहाँ पिताबाट जन्माइएका एकमात्र हुनुहुन्छ—कि उहाँका माध्यमद्वारा, उहाँद्वारा र उहाँबाट, संसारहरू छन् र सृष्टि गरिएका हुन् र त्यहाँका बासिन्दाहरू परमेश्वरका छोराहरू र छोरीहरू हुन् ।”
II.
यो गवाहीभन्दा पर प्रश्न छ: हामी यसका सम्बन्धमा के गर्छौं?
सेलेस्टियल अधिराज्यका उत्तराधिकारीहरूले बप्तिस्मा लिएर, पवित्र आत्मा ग्रहण गरेर र आस्थाद्वारा विजयी भएर पूर्ण अर्थमा येशूको गवाही “प्राप्त” गर्छन्। येशू ख्रीष्टको सुसमाचारका सिद्धान्तहरू र सत्यहरूले तिनीहरूका प्राथमिकताहरू र छनोटहरूलाई नियत्रण गर्छन् । येशूको गवाही तिनीहरू के हुन् र तिनीहरू के बन्न गइरहेका छन् भन्नेमा प्रकट हुन्छ । तिनीहरूको उद्देश्य करुणा हो, “ख्रीष्टको विशुद्ध प्रेम ।” तिनीहरूको ध्यान “ख्रीष्टको पूर्णता” प्राप्त गर्नेमा केन्द्रित छ ।
कम्तिमा टेरेस्ट्रियल अधिराज्यमा भेट्टाइनेहरू मध्ये केहीले येशूको गवाहीलाई स्वीकार गर्छन् तर तिनीहरूले यसका सम्बन्धमा के गर्दैनन् भन्ने विषयबाट भिन्न छन् । मुक्तिदाताको साक्षीमा साहसी नहुनुले उदासीनता वा लापरवाहीको एक तह— “न्यानो मात्र” हुनुलाई बुझाउँछ— मोर्मोनको पुस्तकमा अम्मोनका जनहरूका विपरीत, उदाहरणका लागि, जो “परमेश्वरप्रतिको आफ्नो उत्साहका लागि प्रतिष्ठित” थिए ।
टेलेस्टियल अधिराज्यका बासिन्दाहरू ती हुन् जसले येशूको सुसमाचार, उहाँका करारहरू र उहाँका अगमवक्ताहरूको गवाहीलाई अस्वीकार गर्छन् । तिनीहरूलाई अबिनादीले यसरी वर्णन गरेका छन् “आफ्नै शारीरिक इच्छा र चाहनाअनुसार चलेका; कृपाका बाहुहरू तिनीहरूतर्फ फैलिएका समयमा परमप्रभुलाई कहिल्यै पुकार नगरेका; किनकि कृपाका बाहुहरू तिनीहरूतर्फ फैलिएका थिए र तिनीहरूले स्वीकार गरेनन् ।”
III.
येशूको गवाहीमा साहसी हुनुको अर्थ के हो?
यस प्रश्नको उत्तरमा मनन गर्न सकिने धेरै सम्भावनाहरू छन् । म केहीका सम्बन्धमा उल्लेख गर्ने छु । येशूको गवाहीमा साहसी हुनुमा निश्चय नै त्यो गवाहीलाई पोषित र मजबुत बनाउने विषय समावेश छ । सत्य अनुयायीहरूले प्रार्थना, धर्मशास्त्रको अध्ययन, विश्रामको दिनको पालना र प्रभुभोजमा सहभागी हुने, पश्चात्ताप गर्ने, सेवा गर्ने र परमप्रभुको गृहमा आराधना गर्ने जस्ता स-साना विषयहरूलाई बेवास्ता गर्दैनन् जसले येशूको गवाहीलाई निरन्तरता दिन्छ र मजबुत बनाउँछ । अध्यक्ष नेल्सनले हामीलाई स्मरण गराउनुहुन्छ कि “द्रुत गतिमा, ‘परमेश्वरका असल वचनद्वारा’ दैनिक पोषण नभएको गवाही [मोरोनी ६:४] विखण्डित हुन सक्छ । तसर्थ, … हामीलाई परमप्रभुको आराधना र उहाँको सुसमाचार अध्ययन गर्ने दैनिक अनुभवहरू आवश्यक पर्छन् ।” त्यसपछि उहाँले थप्नुभयो: “म तपाईंसँग बिन्ती गर्छु कि परमेश्वरले तपाईंको जीवनमा विजय प्राप्त गर्नुहुने छ । उहाँलाई आफ्नो समयको उचित अंश दिनुहोस् । जब तपाईंहरूले गर्नुहुन्छ, तपाईंहरूको सकारात्मक आध्यात्मिक गतिमा के हुन्छ भनेर ध्यान दिनुहोस् ।
साहसी हुनुले आफ्नो साक्षीका सम्बन्धमा खुला र सार्वजनिक हुनुलाई पनि सङ्केत गर्छ । बप्तिस्मामा, हामी “सबै समय र सबै विषयमा र सबै स्थानहरूमा जहाँ [हामी] रहन सक्छौँ, मृत्युसम्म पनि परमेश्वरको साक्षीका रूपमा खडा हुने” हाम्रो चाहनालाई प्रमाणित गर्छौँ । यस ईस्टरको समयमा विशेष गरी, हामी प्रसन्नतापूर्वक, सार्वजनिक रूपमा र निष्कपटतापूर्वक पुनरुत्थापित् जीवित ख्रीष्टका सम्बन्धमा हाम्रो साक्षीको घोषणा गर्छौँ ।
येशूको गवाहीमा साहसी हुनुको एउटा पक्ष उहाँका सन्देशवाहकहरूलाई सुन्नु हो । परमेश्वरले हामीलाई असल मार्ग, करार मार्गमा जबरजस्ती गर्नुहुन्न, तर उहाँले आफ्ना अगमवक्ताहरूलाई हाम्रा छनोटहरूको नतिजाहरूका सम्बन्धमा पूर्ण रूपमा सचेत गराउन निर्देशन दिनुहुन्छ । अनि यो उहाँको चर्चका सदस्यहरूलाई मात्रै होइन । उहाँका अगमवक्ताहरू र प्रेरितहरूद्वारा, उहाँले तिनीहरूलाई मुक्त गराउने सत्यलाई सुन्नका लागि सारा संसारलाई, तिनीहरूलाई अनावश्यक दुःखबाट जोगाउन र तिनीहरूमा प्रसन्नता ल्याउन प्रेमपूर्वक बिन्ती गर्नुहुन्छ ।
येशूको गवाहीमा साहसी हुनु भनेको अरूहरूलाई शब्द र उदाहरणद्वारा, त्यसै गरी, विशेष गरी हाम्रो आफ्नै परिवारका सदस्यहरूलाई साहसी हुन प्रोत्साहन दिनु हो । एल्डर नील ए. म्याक्सवेलले “[चर्चका] अपरिहार्य रूपमा ‘सम्माननीय’ सदस्यहरूलाई सम्बोधन गर्नुभयो जो आफ्नो शिष्यत्वलाई गहन बनाउनका लागि ‘गहन रूपमा संलग्न’ हुनुको सट्टा लापरबाही रूपमा सहभागी हुनुभएको छ (सिद्धान्त र करार ७६:७५; ५८:२७) ।” सबै छनोट गर्न स्वतन्त्र हुनुहुन्छ भन्ने विषयलाई ध्यानमा राख्दै, एल्डर म्याक्सवेलले खेद व्यक्त गर्नुभयो: “दुर्भाग्यवश, यद्यपि, जब कसैले सुस्तता छनोट गर्नुहुन्छ उहाँहरूले आफ्ना लागि मात्रै होइन, तर अर्को पुस्ता र अर्को पुस्ताका लागि पनि छनोट गर्नुहुन्छ । अभिभावकहरूको सानातिना प्रसङ्गहरूले आफ्ना छोराछोरीहरूमा ठूलो विचलन उत्पन्न गर्न सक्छ! परिवारमा यसपूर्वका पुस्ताहरूले समर्पण प्रतिबिम्बित गरेका हुन सक्छन्, जबकि हालको पुस्तामा कसैले अनेकार्थताको प्रमाण दिएको हुन सक्छ । दुःखको विषय, अर्कोमा, कसै-कसैले मतभेद छनोट गर्न सक्छन् किनभने क्षयले यसको असर देखाउँछ ।”
वर्षौंपूर्व, एल्डर जन एच ग्रोबर्गले सन् १९०० को प्रारम्भमा हवाईको एउटा सानो शाखामा बस्ने एक जवान परिवारको कथा सुनाउनुभयो । उहाँहरू करीब दुई वर्षदेखि चर्चका सदस्यहरू हुनुहुन्थ्यो जब उहाँहरूका छोरीहरू मध्ये एक अज्ञात रोगले बिरामी परिन् र अस्पतालमा भर्ना भइन् । अर्को आइतबार चर्चमा, पिता र उहाँका छोराले अधिकांश हप्ताहरूमा जस्तै प्रभुभोज तयार पार्नुभयो तर जवान पिताले रोटीलाई आशीर्वाद दिन घुँडा टेक्दा, शाखा अध्यक्षले, अचानक प्रभुभोजको टेबलमा को हुनुहुन्छ भन्ने जानकारी प्राप्त गरेर उठ्नुभयो र चिच्याउनुभयो,” रोक्नुहोस् । तपाईं प्रभुभोज छुन सक्नुहुँदैन । तपाईंकी छोरीलाई अज्ञात रोग छ । अरू कसैले अर्को रोटी व्यवस्था गर्नुहुन्छ, तत्कालै छोड्नुहोस् । हामी तपाईंलाई यहाँ राख्न सक्दैनौँ । जानुहोस् ।” स्तब्ध भएका पिताले शाखा अध्यक्ष र त्यसपछि चर्चलाई अवलोकन गर्नुभयो र सबैबाट व्याकुलता र असजिलोपना महसुस गर्दै आफ्नो परिवारलाई सङ्केत गर्नुभयो र उहाँहरू मौन रूपमा सभागृहबाट बाहिर निस्किनुभयो ।
एक शब्द पनि नबोलिकन, निराश भएर त्यो परिवार आफ्नो सानो घरतर्फको बाटोतिर लागे । त्यहाँ उहाँहरू वृतमा बस्नुभयो र पिताले भन्नुभयो, “कृपया म बोल्न तयार नभएसम्म मौन बस ।” जवान छोराले आफूले भोगेको लाजको बदला लिन के गर्ने भनेर सोचे: के तिनीहरूले शाखा अध्यक्षका सुँगुरहरूलाई मार्ने छन् वा उहाँको घर जलाउने छन् वा अर्को चर्चमा सहभागी हुन जाने छन्? पाँच, दश, पन्ध्र, पच्चीस मिनेट मौनतामा बित्यो ।
पिताको बन्द मुट्ठी खुल्न सुरू भयो र आँसु बग्यो । आमा रून सुरू गर्नुभयो र छिट्टै हरेक बालबालिकाहरूले मौन रूपमा विलाप गरे । पिताले उहाँकि पत्नीतर्फ फर्कनुभयो र भन्नुभयो, “म तिमीलाई प्रेम गर्छु” र त्यसपछि ती शब्दहरू आफ्ना प्रत्येक छोराछोरीलाई दोहोर्याउनुभयो । “म तिमीहरू सबैलाई प्रेम गर्छु र म हामी सदैव एक परिवारका रूपमा सँगै रहौं भन्ने चाहन्छु । अनि त्यसो हुने एक मात्र तरिका भनेको हामी सबै पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको असल सदस्य हुनु र मन्दिरमा पवित्र पादरित्वद्वारा बाँधिनु हो । यो शाखा अध्यक्षको चर्च होइन । यो येशू ख्रीष्टको चर्च हो । हामी कुनै पनि मानिस वा कुनै चोट वा अपमान वा घमण्डले हामीलाई सदाका लागि सँगै हुनबाट रोक्न अनुमति दिने छैनौँ । अर्को आइतबार हामी पुन चर्च जान्छौँ । छोरीको रोग थाहा नभएसम्म हामी एक्लै बस्ने छौँ तर हामी पुन: जाने छौँ ।
उहाँहरू चर्चमा फर्किनुभयो, उहाँहरूकी छोरीको स्वाथ्यलाभ प्राप्त गरिन् र यो पूरा भएपछि परिवार लेई हवाई मन्दिरमा बाँधियो । आज, १०० भन्दा बढी आत्माहरूले आफ्ना बुबा, हजुरबुबा र हजुरबुबालाई धन्य भन्छन् किनभने उहाँले अनन्ततामा दृष्टि दिनुभयो ।
येशूको गवाहीमा साहसी हुनुको अन्तिम पक्ष जुन म उल्लेख गर्ने छु त्यो हो व्यक्तिगत पवित्रताको हाम्रो व्यक्तिगत खोज । येशू हाम्रा आवश्यक उद्धारकर्ता हुनुहुन्छ, र उहाँले बिन्ती गर्नुहुन्छ, “पृथ्वीका सीमान्तहरू सबै हो, पश्चात्ताप गर र मकहाँ आओ र मेरो नाममा बप्तिस्मा लिनु, ताकि तिमीहरू पवित्र आत्माको प्राप्तिद्वारा पवित्र हौ, ताकि त्यो अन्तिम दिनमा तिमीहरू मेरो सामु निष्कलंक उभिन सकौ ।”
अगमवक्ता मोर्मोनले सन्तहरूको एउटा समूहलाई वर्णन गर्नुभयो जसले “धेरै दुःखको सामना गर्नुपरेको” भए तापनि यस तरीकामा अडिग रहनुभयो:
यद्यपि उनीहरूले बारम्बार उपवास बसे र प्रार्थना गरे र तिनीहरूको विनम्रतामा अझै मजबुत बन्दै गए र ख्रीष्टको आस्थामा अझै अडिग हुँदै गए, तिनीहरूका जीवात्माहरूलाई प्रसन्नता र सान्त्वनाले भर्नका लागि, हो, तिनीहरूका हृदयहरूलाई शुद्धीकरण र पवित्रीकरणसम्म समेत, जुन पवित्रीकरण उनीहरूका हृदयहरूको परमेश्वर प्रतिको तिनीहरूको समर्पणका कारण आउँछ।” यो हृदयको यो शक्तिशाली परिवर्तन हो—हाम्रो हृदयलाई परमेश्वरमा समर्पण गर्ने र मुक्तिदाताको अनुग्रहद्वारा आत्मिक रूपमा पुनर्जन्म भएको—हामीले खोज्छौँ ।
मेरो आमन्त्रण येशूको गवाहीमा साहसी व्यक्तिका रूपमा आफ्नो स्थान सुरक्षित गर्न अब कार्य गर्नु हो । पश्चात्ताप आवश्यक हुन सक्छ, “आफ्नो पश्चात्तापको दिन ढिलाइ नगर्नुहोस्,” अन्यथा “तपाईंले नसोचेको समयमा ग्रीष्म बितेर जाने छ र फसल समाप्त हुन्छ र तपाईंको आत्माले मुक्ति प्राप्त गरेको हुँदैन ।” परमेश्वरसँग भएका आफ्ना करारहरू पूरा गर्न उत्साही हुनुहोस् । “वचनको कठोरताले [अपमानित]” महसुस नगर्नुहोस् । “[ख्रीष्टको] नाम सदैव आफ्नो हृदयमा धरण गरेको सुनिश्चित गर्नुहोस्, …ताकि तपाईंहरूले नाम सहित तपाईंहरूलाई बोलाउनुहुने वाणी लाई तपाईंहरूले सुन्नु र जान्न अनि उहाँले (सक्नुहुन्छ) ।” अनि अन्तमा, “तपाईंहरूले [येशूले] सिकाउनुहुने र आज्ञा गर्ने विषयहरू गर्नुहुने छ भनेर आफ्नो हृदयमा स्थापित गर्नुहोस् ।”
हाम्रा पिताले चाहना राख्ने आफ्ना सबै छोराछोरीहरूले उहाँको स्वर्गको अधिराज्यमा उहाँसँग अनन्त जीवनको आनन्द लिउन् भन्ने चाहनुहुन्छ। येशूले पीडा भोग्नु भयो, मर्नु भयो र यो सम्भव बनाउन पुनरुत्थान हुनुभयो । उहाँ “स्वर्गमा उक्लनुभएको छ र परमेश्वरको दाहिने बाहुतर्फ विराजमान हुनुहुन्छ, पितासँग उहाँको कृपाको अधिकार दाबी गर्न जुन उहाँले मानिसहरूका छोराछोरीहरूमाथि गर्नुभएको छ ।” म प्रार्थना गर्छु कि हामी सबै परमप्रभु येशू ख्रीष्टको ज्वलन्त गवाही बनौँ, त्यो गवाहीमा आनन्दित र साहसी बनौँ र उहाँको अनुग्रहको फल हाम्रो जीवनमा निरन्तर उपभोग गरौँ । येशू ख्रीष्टको नाममा, आमीन ।