साधारण सम्मेलन
प्रार्थना गर्नुहोस्, उहाँ त्यहाँ हुनुहुन्छ
शब्दहरूको महत्त्व छ


प्रार्थना गर्नुहोस्, उहाँ त्यहाँ हुनुहुन्छ

म तपाईंहरूलाई स्वर्गका पिता त्यहाँ हुनुहुन्छ भनेर जान्नका लागि प्रार्थना गर्न, उहाँ जस्तै बन्न प्रगति गर्नका लागि प्रार्थना गर्न र अरूहरूलाई उहाँको प्रेम देखाउन प्रार्थना गर्न आमन्त्रण गर्छु ।

दाजुभाइ तथा दिदीबहिनीहरू, बालबालिकाहरूसँग कुरा गर्ने प्रभाव प्राप्त गरेर प्रतिक्रिया दिँदा मलाई आनन्द लाग्छ!

बालबालिकाहरू, तपाईं संसारमा जहाँ भए पनि, म तपाईंसँग केही चीज बाढ़्न चाहन्छु ।

हाम्रा स्वर्गका पिताले तपाईंहरूलाई माया गर्नुहुन्छ ! तपाईंहरू उहाँका सन्तति हुनुहुन्छ । उहाँले तपाईंहरूलाई चिन्नुहुन्छ । उहाँले तपाईंहरूलाई आशीर्वाद दिन चाहनुहुन्छ । म मेरो सारा हृदयले प्रार्थना गर्छु कि तपाईंहरूले उहाँको प्रेम महसुस गर्नुहुने छ ।

के तपाईंहरू उपहारहरू प्राप्त गर्न चाहनुहुन्छ? म तपाईंहरूलाई स्वर्गका पिताले तपाईंहरूलाई सहयोग गर्न दिनुभएका धेरै विशेष उपहारका सम्बन्धमा बोल्न चाहन्छु । यो प्रार्थनाको उपहार हो । प्रार्थना आशीर्वाद हो ! हामी स्वर्गको पितासँग कुनै पनि समय, जहाँसुकै वार्तालाप गर्न सक्छौँ ।

छवि
येशू ख्रीष्ट बालबालिकाहरूसँग ।

जब येशू पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले हामीलाई प्रार्थना गर्न सिकाउनुभयो । उहाँले भन्नुभयो, “माग अनि तिमीहरूले प्राप्त गर्ने छौ ।”

तपाईंहरू कुन उपहारहरूका लागि प्रार्थना गर्न सक्नुहुन्छ? त्यहाँ धेरै छन्, तर आज म तीनवटा बाँढ़्न चाहन्छु:

  1. जान्नका लागि प्रार्थना गर्नुहोस् ।

  2. प्रगति गर्नका लागि प्रार्थना गर्नुहोस् ।

  3. देखाउनका लागि प्रार्थना गर्नुहोस् ।

हरेकका सम्बन्धमा कुरा गरौँ ।

पहिला, जान्नका लागि प्रार्थना गर्नुहोस्

तपाईंहरूलाई के जान्नका लागि आवश्यक छ?

प्रार्थनाका सम्बन्धमा एउटा गीत छ जुन प्राथमिकका बालबालिकाहरूले संसारभर गाउँछन् । यो प्रश्न सहित सुरू हुन्छ । जानकारी छ यो कुन गीत हो ? यदि म वास्तवमा नै साहसी भएको भए, म यो तपाईंहरूका लागि गाउने थिएँ !

“स्वर्गका पिता, के हजुर वास्तवमा नै त्यहाँ हुनुहुन्छ? अनि के हजुर हरेक बालबालिकाहरूको प्रार्थनालाई सुन्नुहुन्छ र त्यसको जवाफ दिनुहुन्छ?”

तपाईंहरूले उहाँलाई देख्न नसक्नु भएतापनि स्वर्गको पिता वास्तवमा नै त्यहाँ हुनुहुन्छ भनेर तपाईंहरूले कसरी थाहा पाउन सक्नुहुन्छ?

अध्यक्ष रसल एम्. नेल्सनले तपाईंहरूलाई आमन्त्रण गर्नुभएको छ “आफ्नो हृदय तपाईंहरूका स्वर्गका पितालाई पोख्नुहोस् । … अनि त्यसपछि सुन्नुहोस् ।” तपाईंहरूले हृदयमा गर्नुहुने महसुस अनि तपाईंहरूका मस्तिष्कमा आउने विचारहरूलाई सुन्नुहोस् ।

स्वर्गका पिताको मासु र हाड भएको महिमित शरीर छ र उहाँ तपाईंको आत्माको पिता हुनुहुन्छ । किनभने स्वर्गका पितासँग सबै शक्ति छ र सबै विषयहरू जान्नुहुन्छ, उहाँले आफ्ना सबै बालबालिकाहरूलाई देख्न सक्नुहुन्छ र हरेक प्रार्थना सुन्न र जवाफ दिन सक्नुहुन्छ । उहाँ त्यहाँ हुनुहुन्छ र उहाँले तपाईंहरूलाई प्रेम गर्नुहुन्छ भनी तपाईंहरूले आफैँले जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।

जब तपाईंहरूलाई जानकारी छ कि स्वर्गका पिता वास्तविक हुनुहुन्छ र उहाँले तपाईंहरूलाई प्रेम गर्नुहुन्छ, तपाईंहरू साहस र आशासहित जिउन सक्नुहुन्छ! “प्रार्थना गर्नुहोस्, उहाँ त्यहाँ हुनुहुन्छ; बोल्नुहोस्, उहाँले सुनिरहनुभएको छ ।”

के तपाईंहरूले कहिल्यै एक्लो महसुस गर्नुभएको छ? एक दिन जब हाम्री नातिनी एश्ली छ वर्षकी थिइन्, विद्यालयको खेल मैदानमा खेल्ने साथी कोहीपनि नभएकाले उनी मात्र एक्ली थिइन् । जब उनी त्यहाँ उभिरहेकी थिइन्, महत्त्वहीन र अदृश महसुस गर्दै, उनको मस्तिष्कमा एक विशेष विचार आयो: “पर्ख! म एक्लो छैन! मसँग ख्रीष्ट हुनुहुन्छ!” एश्लीले खेल मैदानको बीचमा घुँडा टेकेर, आफ्नो हात बाँधेर स्वर्गका पितालाई प्रार्थना गरिन् । जब उनले आँखा खोलिन् उनकै उमेरकी एउटी केटी त्यहाँ उभिरहेकी थिइन् उनलाई खेल्न चाहन्छन् कि भनेर सोध्दै । एश्लीलाई थाहा भयो, “हामी परमप्रभुका लागि महत्त्वपूर्ण छौँ र हामी वास्तवमा कहिल्यै एक्लो छैनौँ ।”

कहिलेकाहीँ तपाईंहरू आफ्ना जीवनमा किन कठिनाइ आइरहेको छ वा तपाईंहरूले प्रार्थना गर्नुभएका आशीर्वाद किन प्राप्त भएन भनेर जान्ने चाहना गर्न सक्नुहुन्छ । प्रायः स्वर्गका पितालाई सोध्न सकिने सबैभन्दा राम्रो प्रश्न किन होइन तर के हो?

उजाड स्थानमा यात्रा गर्दा नफी र उनको परिवार भोकाएको के तपाईंहरूलाई स्मरण छ? जब नफी र उनका दाजुभाइहरू खानेकुरा खोज्न गए, नफीले आफ्नो धनु भाँचे । परन्तु उनले किन भाँचियो भनेर सोधेनन् ।

छवि
नफीले लहीलाई खाना कहाँ खोज्ने भनेर सोध्छन् ।

नफीले नयाँ धनु बनाए र आफ्ना पिता, लहीलाई सोधे कि उनले खाना प्राप्त गर्न कहाँ जान सक्छन् । लहीले प्रार्थना गरे र परमप्रभुले तिनीहरूलाई नफी कहाँ जान सक्छन् भनी देखाउनुभयो । तपाईंहरूले के गर्न सक्नुहुन्छ र के सिक्न सक्नुहुन्छ भनेर सोध्दा स्वर्गका पिताले तपाईंहरूलाई मार्गदर्शन गर्नुहुने छ ।

दोस्रो, प्रगति गर्नका लागि प्रार्थना गर्नुहोस्

स्वर्गको पिताले तपाईंहरूलाई प्रगति गर्न सहयोग गर्न चाहनुहुन्छ! उहाँले हामीलाई यति धेरै प्रेम गर्नुहुन्छ कि उहाँले आफ्ना पुत्र, येशू ख्रीष्टलाई हामीलाई जिउने मार्ग देखाउन पठाउनुभयो । येशूले दुःख भोग्नु भयो, मर्नुभयो र पुनरुत्थान हुनुभयो ताकि हामीले हाम्रा पापहरूको क्षमा प्राप्त गर्न सक्छौँ र उहाँ जस्तै बन्न प्रगति गर्न सक्छौँ ।

के तपाईंहरू धीरतामा प्रगति गर्न चाहनुहुन्छ कि इमानदारीतामा? के तपाईंहरू कुनै सीपमा प्रगति गर्न चाहनुहुन्छ? संभवतः तपाईंहरू लजालु हुनुहुन्छ र साहसमा प्रगति गर्न चाहनुहुन्छ । “प्रार्थना गर्नुहोस्, उहाँ त्यहाँ हुनुहुन्छ!” उहाँको आत्माद्वारा, तपाईंको हृदय परिवर्तन हुन सक्छ र तपाईंले शक्ति प्राप्त गर्न सक्नुहुन्छ ।

मेरो नयाँ मित्र जोनाहले लेखे: “म बिहान विद्यालय जाँदा प्रायः चिन्तित हुन्छु । म ढिलो हुने, केही बिर्सने र परीक्षा दिने जस्ता विषयहरूमा चिन्ता गर्छु । जब म १० वर्षको थिएँ, मैले मेरी आमासँग विद्यालय जाँदा बाटोमा गाडीमा प्रार्थना गर्न सुरू गरेँ । म मलाई चाहिने सहयोगका लागि बिन्ती गर्छु र म मेरो परिवारका लागि पनि प्रार्थना गर्छु । म कृतज्ञ भएको विषयहरूलाई पनि स्मरण गर्छु । [स्वर्गका पितालाई प्रार्थना गर्दा] मलाई सहयोग प्राप्त भएको छ । कहिलेकाहीँ गाडीबाट बाहिर निस्केपछि मैले तत्कालै आराम महसुस गर्दिन तर जबसम्म म मेरो कक्षाकोठामा पुगिसकेको हुन्छु मैले शान्त महसुस गर्छु ।”

जोनाहको विश्वास बढ्दै गएको छ जब उसले हरेक दिन प्रार्थना गर्छ र त्यसपछि अगाडि बढ्छ ।

तेस्रो, देखाउनका लागि प्रार्थना गर्नुहोस्

तपाईंहरूले अरूहरूलाई स्वर्गका पिताको प्रेम देखाउन सहयोग माग्नका लागि प्रार्थना गर्न सक्नुहुन्छ । उहाँको आत्माद्वारा, स्वर्गका पिताले तपाईंहरूलाई दु:खीहरूलाई सम्झन सहयोग गर्नुहुने छ ताकि तपाईंहरूले उहाँहरूलाई सान्त्वना दिन सक्नुहुन्छ । उहाँले तपाईंहरूलाई कसैलाई क्षमा गरेर उहाँको प्रेम देखाउन सहयोग गर्न सक्नुहुन्छ । उहाँले तपाईंहरूलाई कसैको सेवा गर्ने र उहाँहरू परमेश्वरका सन्तति हुनुहुन्छ भनेर तिनीहरूलाई बताउने साहस दिन सक्नुहुन्छ । तपाईंहरूको प्रयासले अरूहरूलाई येशू र स्वर्गका पितालाई तपाईंहरूले जस्तै चिन्न र प्रेम गर्न सहयोग गर्न सक्छ ।

मेरो बुबा पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको सदस्य बन्नुहोस् भनेर मैले मेरो सम्पूर्ण जीवनभर प्रार्थना गरेँ । एक जवान युवतीका रूपमा, मलाई थाहा थियो कि उहाँले कति आशीर्वादहरू प्राप्त गर्न सक्नुहुन्छ । हाम्रो परिवारले अनन्तकालका लागि बन्धनमा बाँधिने आशीर्वादहरू प्राप्त गर्न सक्छन् । मेरो परिवार, साथीहरू र मैले उहाँका लागि प्रायः प्रार्थना गर्यौँ तर उहाँ चर्चमा सामेल हुनुभएन । स्वर्गका पिताले कसैलाई छनोट गर्न जबरजस्ती गर्नुहुँदैन । उहाँले हामीलाई हाम्रो प्रार्थनाको जवाफ अन्य तरिकामा पठाउन सक्नुहुन्छ ।

छवि
अध्यक्ष पोर्टर आफ्ना आमाबाबु र भाइबहिनीहरूसँग ।

जब म हुर्किएँ, मैले मेरो कुलपिताको आशीर्वाद प्राप्त गरेँ । आशीर्वादमा कुलपिताले मलाई मेरो परिवारलाई स्वर्गमा सँगै रहन सहयोग गर्न सक्ने सबैभन्दा उचित कुरा येशू ख्रीष्टको सुसमाचारको उदाहरण बन्नु हो भन्नुभयो । मैले गर्न सक्ने त्यही नै हो!

मेरो बुबा ८६ वर्षसम्म बाँच्नुभयो । उहाँको मृत्यु भएको पाँच दिनपछि मैले प्रसन्नताको पवित्र अनुभूति प्राप्त गरेँ । स्वर्गको पिताले मलाई उहाँको आत्माद्वारा अनुभूति दिनुभयो कि मेरो बुबाले येशू ख्रीष्टको सुसमाचारका आशीर्वादहरू प्राप्त गर्न चाहनुहुन्थ्यो! म मेरो आमाबुवासँग बन्धनमा बाँधिन मेरी बहिनी र दाजुभाइहरूसँग मन्दिरमा वेदीको वरिपरि घुँडा टेकेको दिन कहिल्यै बिर्सने छैन । मैले यो आशीर्वादको लागि प्राथमिकमा हुँदादेखि प्रार्थना गर्न सुरू गरेकी थिएँ र हजुरआमा हुँदा मैले यो प्राप्त गरेँ ।

संभवतः तपाईंहरूले आफ्नो परिवार र तपाईंहरूले मन पराउने अरूहरूका लागि आशीर्वादको लागि प्रार्थना गर्दै हुनुहुन्छ । हार नमान्नुहोस्! स्वर्गका पिताले तपाईंहरूलाई देखाउनुहुने छ कि तपाईंहरूले के गर्न सक्नुहुन्छ ।

तपाईंहरूको हृदयमा के छ भनेर स्वर्गका पितासँग बाँढ़्नुहोस् । जब तपाईंहरूले ईमानदारीपूर्वक उहाँको सहयोगका लागि बिन्ती गर्नुहुन्छ, तपाईंहरूले उहाँको आत्मा तपाईंहरूलाई मार्गदर्शन गर्नका लागि प्राप्त गर्नुहुने छ । हरेक दिन प्रार्थना गर्नाले तपाईंहरूलाई स्वर्गका पिता र येशू ख्रीष्टको प्रेमले भर्ने छ । यसले तपाईंहरूलाई आफ्नो सम्पूर्ण जीवनभर उहाँहरूलाई अनुशरण गर्न चाहना गर्न सहयोग गर्ने छ!

अफ्रिका, दक्षिण अमेरिका, एसिया, युरोप, उत्तरी अमेरिका र अष्ट्रेलियाका सबै बालबालिकाले हरेक दिन प्रार्थना गरे भने के होला, कल्पना गर्नुहोस्? सारा संसारले परमेश्वरको थप प्रेमको आशीर्वाद प्राप्त गर्ने छन्!

छवि
संसारभरका बालबालिकाहरू प्रार्थना गर्दै ।

म तपाईंहरूलाई स्वर्गका पिता त्यहाँ हुनुहुन्छ भनेर जान्नका लागि प्रार्थना गर्न, उहाँ जस्तै बन्न प्रगति गर्नका लागि प्रार्थना गर्न र अरूहरूलाई उहाँको प्रेम देखाउन प्रार्थना गर्न आमन्त्रण गर्छु । मलाई थाहा छ कि उहाँ जीवित हुनुहुन्छ र तपाईंहरूलाई प्रेम गर्नुहुन्छ । “प्रार्थना गर्नुहोस्, उहाँ त्यहाँ हुनुहुन्छ ।” येशू ख्रीष्टको पवित्र नाममा, आमीन ।

प्रिन्ट गर्नुहोस्