साधारण सम्मेलन
दुई महान् आज्ञाहरूलाई जोड्ने
शब्दहरूको महत्त्व छ


दुई महान् आज्ञाहरूलाई जोड्ने

येशू ख्रीष्टलाई अनुशरण गर्ने हाम्रो क्षमता हाम्रो सन्तुलन र समान भक्ति सहित पहिलो र दोस्रो आज्ञाहरू अनुरूप जिउने हाम्रो सामर्थ्य र शक्तिमा निर्भर गर्छ ।

परिचय

मेरी श्रीमती, लिसा र म संसारभरि कार्यभार पूरा गर्न यात्रा गर्दा, हामी तपाईंहरूसँग ठूला र साना सभाहरूमा भेट्ने सुअवसरको आनन्द लिन्छौँ । परमप्रभुको कार्यप्रतिको तपाईंहरूको भक्तिले हामीलाई उत्प्रेरित गर्छ र येशू ख्रीष्टको सुसमाचारको गवाहीका रूपमा खडा हुन्छ । हामी प्रत्येक यात्राबाट घर फर्किँदा हामीले प्राप्त गरेको जति यदि हामीले संभवतः दियौँ कि दिएनौँ भनेर सोच्दै फर्कन्छौँ ।

छवि
रेनवे पुल
छवि
सिङ्ग माको पुल ।
छवि
टावर पुल

यात्रा गर्दा, हामीसँग घुम्नका लागि थोरै समय हुन्छ । यद्यपि, जब सम्भव हुन्छ, म मेरो एक विशेष शौकमा केही क्षणहरू बिताउँछु । मलाई वास्तुकला र रचनात्मक कलामा रुचि छ र पुलहरूसँग विशेष आकर्षण छ । झोलुङ्गे पुलहरूले मलाई आश्चर्यचकित पार्छ । चाहे त्यो टोकियोको रेन्बो पुल होस्, हङकङको त्सिङ् मा पुल होस्, लन्डनको टावर पुल होस् वा मैले देखेका अन्य, यी जटिल संरचनाहरू भित्र निर्मित इन्जिनियरिङ प्रतिभा देखेर म आश्चर्यचकित हुन्छु । पुलहरूले हामीलाई त्यस्ता स्थानहरूमा लैजान्छन् जहाँ हामी अन्य तरीकाले जान सक्दैनौँ । (मैले जारी राख्नु अघि, यो सन्देश तयार गरिरहेको बेलामा, बाल्टिमोरमा एक दुःखद पुल दुर्घटना भएको थियो भनेर म उल्लेख गर्न चाहन्छु । हामी जीवनको क्षतिप्रति शोक व्यक्त गर्दछौँ र पीडित परिवारहरूप्रति समवेदना प्रकट गर्दछौँ ।)

एक भव्य झोलुङ्गे पुल

हालसालै, एउटा सम्मेलनको कार्यभारले मलाई क्यालिफोर्निया लग्यो, जहाँ मैले पुन: एक पटक विश्वको इन्जिनियरिङमा आश्चर्य मानिने प्रतिष्ठित गोल्डेन गेट पुल पार गरेँ । यो स्मारक संरचनाले सुन्दर रूप, कार्यात्मक उद्देश्य र कुशल इन्जिनियरिङलाई एकआपसमा जोड्छ । यो विशाल पियरहरूद्वारा समर्थित पार्श्व-भाग टावरहरू भएको उत्कृष्ट झोलुङ्गे पुल हो । महासागरभन्दा माथि उचाइमा रहेका विशाल, प्रभावशाली तौल बोकेका समान टावरहरू निर्माणका प्रथम तत्वहरू थिए । सँगै तिनीहरूले फराकिला मुख्य झोलुङ्गे केबलहरू र ठाडा व्यापक केबलहरूले भारलाई बहन गर्छन्, जसले सडकलाई तल झलुङ्गो जस्तो पार्छन् । असाधारण स्थिर क्षमता—टावरको शक्ति—पुलको इन्जिनियरिङ पछाडिको जादू हो ।

छवि
निर्माणाधिन गोल्डेन गेटको पुल ।

गोल्डेन गेटको पुलको जिला ।

पुलको प्रारम्भिक निर्माणका चित्रहरूले यस इन्जिनियरिङ सिद्धान्तको प्रमाण दिन्छन् । पुलका प्रत्येक तत्वले टावरहरूबाट वजन-वहन गर्ने सामर्थ्य प्राप्त गर्छन्, दुबै एकअर्कासँग अन्तरनिर्भर रूपमा जोडिएका छन् ।

छवि
निर्माणाधिन गोल्डेन गेटको पुल ।

गेटी चित्रहरू/अन्डरवुड अभिलेखहरू

जब पुल पूरा भयो, यसका शक्तिशाली दुईवटा टावरहरू दृढतापूर्वक ठाउँमा भएको र आधारमा लङ्गर गरिएका पियरहरू, शक्ति र सुन्दरताका चित्र हुन् ।

छवि
गोल्डेन गेटको पुल ।

आज म तपाईंहरूलाई सुसमाचारको लेन्सद्वारा—मजबुत जगमा माथि उठाइएका समान टावरहरूले बनेको—यो भव्य पुल हेर्न आमन्त्रण गर्छु ।

येशू ख्रीष्टको सेवाको गोधूलीमा, जसलाई हामी अहिले पवित्र हप्ता भन्छौँ, एक वकिल फारसीले मुक्तिदातालाई एउटा प्रश्न सोधे जुन उनलाई जानकारी थियो कि जवाफ दिन लगभग असम्भव हुने छ: “मालिक, व्यवस्थामा महान् आज्ञा कुन हो? वकिलले, “उहाँलाई प्रलोभनमा पार्दै” र कपटपूर्ण अभिप्रायका साथ कानुनी जवाफ खोज्दै गर्दा, वास्तविक, पवित्र, दैवी प्रतिक्रिया प्राप्त गरे ।

“येशूले तिनलाई भन्नुभयो, “तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा आत्माले र आफ्नो सारा सामर्थ्यले प्रेम गर्ने छौ ।

“यो पहिलो र महान् आज्ञा हो ।” हाम्रो पुल सादृश्य तुलना गर्दा, पहिलो टावर!

“अनि दोस्रो यो जस्तै छ, तपाईंहरूले आफ्नो छिमेकीलाई आफूस्वयम् लाई जस्तै प्रेम गर्नुहोस् ।” यो दोस्रो टावर हो!

“यी दुई आज्ञाहरूमा सबै नियम र अगमवक्ताहरू आवद्ध छन् ।” पुलका बाँकी तत्वहरू!

हामी येशू ख्रीष्टको प्रतिक्रियामा प्रकट गरिएका र प्रतिज्ञा गरिएका दुईवटा महान् आज्ञाहरूमध्ये प्रत्येकलाई परीक्षण गरौँ । हामीहरूले त्यसो गर्दा, भव्य झोलुङ्गे पुलको चित्र तपाईंहरूको मस्तिष्कको आँखामा रहन दिनुहोस् ।

परमप्रभुलाई प्रेम गर्नुहोस्

पहिलो, आफ्नो सारा हृदय, आत्मा र मस्तिष्कले परमप्रभुलाई प्रेम गर्ने ।

यस जवाफमा, येशू ख्रीष्टले पुरानो करारका पवित्र शिक्षाहरूमा समाहित व्यवस्थाको सारलाई गाढा बनाउनुभयो । परमप्रभुलाई प्रेम गर्नु सर्वप्रथम तपाईंहरूको हृदयमा केन्द्रित हुन्छ—जुन तपाईंहरूको प्रकृति हो । परमप्रभुले तपाईंहरूको आफ्नो सम्पूर्ण आत्माले तपाईंहरूले प्रेम गर्न —तपाईंहरूको सम्पूर्ण पवित्र अस्तित्वले—र अन्तमा, तपाईंहरूको सम्पूर्ण मस्तिष्कले—तपाईंहरूको बुद्धिमानी र विचार शक्ति सहित प्रेम गर्नुहोस् भन्नुहुन्छ । परमेश्वरका लागि प्रेम सीमित हुँदैन । यो असीमित र अनन्त छ ।

मेरा लागि, पहिलो महान् आज्ञाको प्रयोग कहिलेकाहीँ अमूर्त, त्रासयुक्त हुन सक्छ । कृतज्ञतापूर्वक, मैले येशूका वचनहरू विचार गर्दा, यो आज्ञा धेरै ग्रहणयोग्य हुन्छ: “यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने, मेरा आज्ञाहरू पालना गर ।” म यो गर्न सक्छु । म स्वर्गका पिता र येशू ख्रीष्टलाई प्रेम गर्न सक्छु, जसले त्यसपछि प्रार्थना, धर्मशास्त्र अध्ययन र मन्दिरको आराधना गर्न अगुवाइ गर्छ । हामी पिता र पुत्रलाई दशांश तिरेर, विश्रामको दिनलाई पवित्र राखेर, सद्गुण र पवित्र जीवन बिताएर र आज्ञाकारी भएर प्रेम गर्छौँ ।

परमप्रभुको प्रेमलाई प्रायश: स-साना दैनिक कार्यहरूमा मापन गरिन्छ, करार मार्गमा पाइलाहरू: बिगार्नुको सट्टा निर्माण गर्न युवाहरूका लागि, सामाजिक सञ्जालको प्रयोग; पार्टी, चलचित्र वा क्रियाकलाप छोडेर जाने जहाँ मापदण्डहरू चुनौतीपूर्ण हुन सक्छ; पवित्र वस्तुहरूलाई सम्मान प्रदर्शन गर्ने ।

यो कोमल उदाहरणलाई मनन गर्नुहोस् । यो उपवासको आइतबार थियो जब भ्यान्स र मैले एउटा सानो, झुपडी घरको ढोका ढकढक्यायौँ । हामी र गणका अन्य डिकनहरू “कृपया भित्र आउनुहोस्” भनेर ढोकाबाट सुन्न पर्याप्त मोटो जर्मन उच्चारणमा दयापूर्णरूपमा चिच्याएर भनेका शब्दहरूको अपेक्षा गरेर आएका थियौँ । दिदी मुलर उहाँको वार्डमा धेरै आप्रवासी विधवाहरू मध्येका एक हुनुहुन्थ्यो । उहाँ अन्धो हुनुभएकोले ढोकामा सजिलै जवाफ दिन सक्नुहुँदैन थियो । जब हामी मधुरो उज्यालो घर भित्र प्रवेश गर्यौँ, उहाँले हामीलाई दयालु प्रश्नहरू सहित स्वागत् गर्नुभयो: तिमीहरूका नाम के हुन्? तिमीहरूलाई कस्तो छ? के तिमीहरू परमप्रभुलाई प्रेम गर्छौ? हामीले जवाफ दियौँ र बतायौँ कि हामी उनको उपवास भेटी लिन आएका हौँ । हाम्रो सानो उमेर भए तापनि, उहाँको दुःखद परिस्थितिहरू सजिलै प्रस्टै देखिन्थ्यो र उहाँको विश्वासले भरिएको प्रतिक्रियाले मनलाई छोयो: “मैले आज बिहान भान्सामा पैसा राखेको छु । मैले मेरो उपवास भेटी अर्पण गर्न पाउँदा आभारी छु । के तिमीहरूले यसलाई खाममा राखेर मेरो उपवास भेटीको रसिद भरिदिएर मेरो सहयोग गर्दिन्छौ?” हामीले उहाँको घर छोड्दा हरेक पटक परमप्रभुको उहाँको प्रेमले हाम्रो आस्थालाई माथि उठायो ।

राजा बेन्यामिनले पहिलो महान् आज्ञा पालना गर्नेहरूका लागि उल्लेखनीय शक्तिको प्रतिज्ञा गरे । “म चाहन्छु कि तपाईंहरूले आज्ञाहरू पालना गर्नेहरूको आशीर्वाद र खुशीका अवस्थाका बारेमा विचार गर्नु पर्छ । … तिनीहरू सबै विषयहरूमा आशीषित छन्, … र यदि तिनीहरूले अन्तसम्म ईमानदार भएमा भने तिनीहरू … अनन्त आनन्दको अवस्थामा स्वर्गमा प्राप्त हुन्छन् ।

परमप्रभुलाई प्रेम गर्दा अनन्त खुशी प्राप्त हुन्छ!

आफ्ना छिमेकीलाई प्रेम गर्नुहोस्

त्यसपछि येशूले भन्नुभयो, “अनि दोस्रो यो जस्तै हो, तिमीले आफ्ना छिमेकीलाई आफूस्वयम् लाई जस्तै प्रेम गर ।” यो पुलको दोस्रो टावर हो ।

यहाँ येशूले हाम्रो स्वर्गतर्फको नजरलाई जोड्नुहुन्छ, परमप्रभुलाई प्रेम गर्न, हाम्रो भौतिक नजरसँग, हाम्रा सहयात्रीहरूलाई प्रेम गर्न । एउटा अर्कोमा अन्तरनिर्भर छ । यदि हामीले हाम्रा छिमेकीहरूलाई बेवास्ता गर्यौं भने परमप्रभुको प्रेम पूर्ण हुँदैन । यो बाह्य प्रेमले लिङ्ग, सामाजिक वर्ग, जाति, लैङ्गिकता, आय, उमेर वा जातीयताको ध्यान नदिई परमेश्वरका सबै सन्ततिहरूलाई समावेश गर्छ । हामी घाइते र विखण्डित, सीमान्तकृतहरूलाई खोज्छौँ किनकि “परमेश्वरमा सबै समान छन् ।” हामी “कमजोरहरूलाई सहयोग गर्छौं, लत्रिएका हातहरू उठाउँछौँ र कमजोर घुँडाहरूलाई मजबुत बनाउँछौँ ।”

यो उदाहरणलाई विचार गर्नुहोस्: आफ्नो गाडी रोकेर अनि एक अपरिचित परिवारको अपरिचित ढोका ढक्ढक्याउन प्रेरित हुँदा दाजु इभान्स आश्चर्यचकित हुनु भयो । जब १० वटा सन्तानकी विधवा आमाले ढोका खोलेर जवाफ दिनुभयो, उहाँहरूको कठीन परिस्थिति र महान् आवश्यकताहरू उहाँलाई सहजै स्पष्ट भए । पहिलो सरल थियो, उहाँहरूको घरको रङ्गरोगन गर्ने, जसले यस परिवारलाई धेरै वर्षसम्म अस्थायी र आध्यात्मिक सेवाले प्रदान गरेको थियो ।

यी कृतज्ञ आमाले पछि आफ्नो स्वर्गबाट पठाइएका मित्रका सम्बन्धमा लेख्नुभयो: “तपाईंले आफ्नो जीवन हामीमध्ये सबैभन्दा सानोसम्म पुगेर बिताउनुभएको छ । तपाईंले आर्थिक र आध्यात्मिक रूपमा मानिसहरूका लागि गर्नुभएको असल कार्यका लागि उहाँको प्रशंसा व्यक्त गर्दा परमप्रभुले तपाईंलाई भन्नुहुने विषयहरू सुन्न म कति मन पराउने छु, जुन तपाईं र उहाँलाई मात्र जानकारी हुने छ । हामीलाई धेरै तरिकामा आशीर्वाद दिनु भएकोमा धन्यवाद, … तपाईंहरूले प्रदान गर्नुभएको सुसमाचार प्रचारकहरूका लागि । … म प्रायश: सोच्छु कि परमप्रभुले तपाईंहरूलाई विशेष रूपमा छान्नुभएको हो वा तपाईंहरू एक मात्र सुन्ने व्यक्ति हुनुहुन्थ्यो ।”

आफ्ना छिमेकीलाई प्रेम गर्नमा दया र सेवाका ख्रीष्टका जस्तै कार्यहरू समावेश छन् । के तपाईंहरूले मनमुटाव छोड्न सक्नुहुन्छ, शत्रुहरूलाई क्षमा गर्न सक्नुहुन्छ, आफ्ना छिमेकीहरूलाई स्वागत् गर्न अनि सेवा गर्न सक्नुहुन्छ र वृद्धहरूलाई सहयोग गर्न सक्नुहुन्छ? छिमेकीका लागि आफ्नो प्रेमको टावर निर्माण गर्दा तपाईंहरू हरेक उत्प्रेरित हुनुहुने छ ।

अध्यक्ष रसल एम्. नेल्सनले सिकाउनुभयो: “अरूहरूलाई सहयोग प्रदान गर्दा—हामीले आफ्नो जति वा बढी हेरचाह गर्छौँ निष्ठापूर्वक त्यो भन्दा बढी अरूहरूको हेरचाह गर्ने प्रयास गर्नु—हाम्रो प्रसन्नता हो । विशेष गरी … जब यो सजिलो हुँदैन र जब यसले हामीलाई हाम्रो सुरक्षित क्षेत्रबाट बाहिर लैजान्छ । त्यो दोस्रो महान् आज्ञा जिउनु नै येशू ख्रीष्टको सत्य अनुयायी बन्ने सुत्र हो ।”

अन्तरनिर्भरता

येशूले थप सिकाउनुभयो, “यी दुई आज्ञाहरूमा सबै नियम र अगमवक्ताहरू आवद्ध छन् ।” यो धेरै उपदेशात्मक छ । परमप्रभुलाई प्रेम गर्ने र एकअर्कालाई प्रेम गर्ने बीचको महत्त्वपूर्ण अन्तरनिर्भरता छ । गोल्डेन गेट पुलले यसको रचना गरिएको कार्य गर्नका लागि, दुबै टावरहरू समान रूपमा मजबुत छन् र झोलुङ्गे केबलहरू, सडक मार्ग र पुल पार गर्ने ट्राफिकको वजन समान रूपमा वहन गर्छन् । यो इन्जिनियरिङ् समरूपता बिना, पुल खतरामा पर्न सक्थ्यो, ढल्न पनि सक्थ्यो । कुनै पनि झोलुङ्गे पुल यो जेका लागि निर्माण गरिएको हो त्यो काम गर्न, यसका टावरहरूले पूर्ण सामन्जस्यमा सँगै कार्य गर्नु पर्छ । त्यसै गरी, येशू ख्रीष्टलाई अनुशरण गर्ने हाम्रो क्षमता हाम्रो सन्तुलन र समान भक्ति सहित पहिलो र दोस्रो आज्ञाहरू अनुरूप जिउने हाम्रो सामर्थ्य र शक्तिमा निर्भर गर्छ ।

छवि
गोल्डेन गेटको पुल ।

संसारमा बढ्दो विवादले सङ्केत दिन्छ कि हामी कहिलेकाहीँ यो देख्न वा सम्झन असफल हुन्छौँ । केही आज्ञाहरू पालना गर्नमा यति केन्द्रित हुन्छन् कि तिनीहरूले कम धर्मी महसुस गरेकाहरूलाई थोरै सहिष्णुता देखाउँछन् । केहीलाई आफ्नो जीवन करार बाहिर वा कुनै धार्मिक सहभागिताबाट टाढा रहन छनोट गर्नेलाई प्रेम गर्न कठीन हुन्छ ।

वैकल्पिक रूपमा, हामी सबै परमेश्वरप्रति उत्तरदायी छौँ भनेर स्वीकार नगरी अरूहरूलाई प्रेम गर्ने महत्त्वलाई जोड दिनेहरू छन् । कसै-कसैले पूर्ण सत्य वा सही र गलत जस्ता विषयहरू छन् भन्ने धारणालाई पूर्ण रूपमा अस्वीकार गर्छन् र हामीलाई चाहिने एक मात्र विषय पूर्ण सहिष्णुता र अरूहरूको छनोटहरूका स्वीकृति हो । यी मध्ये कुनै पनि असन्तुलनले तपाईंहरूको आध्यात्मिक पुल विखण्डित हुन वा खस्न पनि सक्छ ।

अध्यक्ष ड्यालिन एच्. ओक्सले यसो भन्नुभयो: “हामीलाई सबैलाई प्रेम गर्न आज्ञा दिइएको छ, किनकि असल सामरीको येशूको दृष्टान्तले सबैजना हाम्रा छिमेकी हुन् भनेर सिकाउँछ । परन्तु यो दोस्रो आज्ञा पालना गर्ने हाम्रो उत्साहले हामीलाई पहिलो, हाम्रो सारा हृदय, आत्मा र मस्तिष्कले परमेश्वरलाई प्रेम गर्न बिर्सन लगाउनु हुँदैन ।”

निष्कर्ष

त्यसोभए हामी प्रत्येकका लागि प्रश्न यो छ, हामी कसरी आस्था र भक्तिको आफ्नै पुल निर्माण गर्छौं—परमेश्वरलाई प्रेम गर्ने र हाम्रा छिमेकीहरूलाई प्रेम गर्ने अग्लो पुलका टावरहरू खडा गर्दै? ठीक छ, हामी सुरू गर्छौँ । हाम्रा प्रारम्भिक प्रयासहरू न्याप्किनको पछाडिको योजना वा हामीले निर्माण गर्ने आशा गरेको पुलको प्रारम्भिक चरणको खाका जस्तो देखिन सक्छ । यसमा परमप्रभुको सुसमाचारलाई अझै बढी बुझ्ने वा अरूहरूलाई न्यून रूपमा न्याय गर्ने प्रतिज्ञा गर्ने केही यथार्थपरक लक्ष्यहरू समावेश हुन सक्छन् । सुरू गर्नका लागि कोही पनि धेरै जवान वा धेरै बुढो हुँदैन ।

छवि
पुल डिजाइन स्केच

समय बित्दै जाँदा, प्रार्थना र विचारशील योजना सहित, कच्चा विचारहरू परिष्कृत हुन्छन् । नयाँ कार्य बानी बन्छ । प्रारम्भिक ड्राफ्टहरू पालिश गरिएका ब्लुप्रिन्टहरू हुन्छन् । हामी हाम्रो व्यक्तिगत आध्यात्मिक पुल स्वर्गका पिता र उहाँका जन्माइएका एकमात्र पुत्रप्रति र हाम्रा दाजुभाइ दिदीबहिनीहरूका लागि समर्पित हृदय र मस्तिष्कले निर्माण गर्छौँ जससँग हामी कार्य गर्छौँ, खेल्छौँ र बस्छौँ ।

आगामी दिनहरूमा, जब तपाईंहरू उचालिएका टावरहरू भएको एक प्रभावशाली झोलुङ्गे पुल पार गर्नुहुन्छ वा जब तपाईंहरू कुनै तस्वीर देख्नुहुन्छ, म तपाईंहरूलाई नयाँ करारमा येशू ख्रीष्टद्वारा वर्णन गरिएका दुई महान् आज्ञाहरू सम्झन आमन्त्रण गर्छु । परमप्रभुको निर्देशनले हामीलाई प्रेरित गर्न सकोस् । हाम्रो हृदय र मस्तिष्क परमप्रभुलाई प्रेम गर्न माथि उचालियोस् र हाम्रा छिमेकीलाई प्रेम गर्न बाहिर निस्कियोस् ।

यसले येशू ख्रीष्ट र उहाँको प्रायश्चितमा हाम्रो आस्थालाई मजबुत बनाउन सकोस्, जसको म येशू ख्रीष्टको नाममा गवाही दिन्छु, आमीन ।

सूचीहरू

  1. “नयाँ करारमा, [ वकिल शब्द] लेखककोसमान थियो, जो पेशाले एक विद्यार्थी र कानुनको शिक्षक थिए, पेन्टाटेकको लिखित कानुन सहित, र ‘एल्डरहरूको परम्परा’ पनि (मत्ती २२:३५); मर्कूस १२:२८; लूका १०:२५)” (बाइबल शब्दकोश, “Lawyer”) ।

  2. पुरातन रूपमा, यहूदी विद्वानहरूले टोरामा ६१३ आज्ञाहरू गणना गरेका थिए र सक्रिय रूपमा एक अर्काको सापेक्ष महत्त्वमा बहस गरे । सायद वकिलले येशूको जवाफलाई उहाँको विरुद्धमा प्रयोग गर्न खोजेका थिए । यदि उहाँले एउटा आज्ञा सबैभन्दा महत्त्वपूर्ण हो भन्नुभयो भने, यसले येशूलाई व्यवस्थाको अर्को पक्षलाई बेवास्ता गरेको आरोप लगाउन अनुमति दिन सक्थ्यो । परन्तु मुक्तिदाताको प्रतिक्रियाले उहाँलाई फसाउन आएकाहरूलाई मौन बनायो जुन आधारभूत कथनले आज चर्चमा हामीहरूले गर्ने सबैको आधारस्तम्भ हो ।

  3. मत्ती २२:३६-४०

  4. हेर्नुहोस् सिद्धान्त र करार ८८:१५

  5. यूहन्ना १४:१५

  6. गोपनीयता सुरक्षित गर्न यस कथामा दुबै नाम परिवर्तन गरिएको ।

  7. मोसीयाह २:४१ ।

  8. मत्ती २२:३९

  9. २ नफी २६:३३

  10. सिद्धान्त र करार ८१:५

  11. गोपनीयता सुरक्षित गर्न नाम परिवर्तन गरिएको ।

  12. Russell M. Nelson, “The Second Great Commandment,” Liahona, नोभेम्बर २०१९, १०० ।

  13. मत्ती २२:४०

  14. ड्यालिन एच्. ओक्स, “Two Great Commandments,” Liahona, नोभेम्बर २०१९, ७३–७४ ।

प्रिन्ट गर्नुहोस्