धर्मशास्त्रहरू
सिद्धान्त र करार १४


खण्ड १४

अगमवक्ता जोसेफ स्मिथद्वारा डेविड व्हिट्मरलाई फेएट, पेन्सिल्भेनियामा जून १८२९ मा दिइएको प्रकाश । व्हिट्मर परिवारले मोर्मोनको पुस्तकको अनुवादमा धेरै रुचि देखाएका थिए । अगमवक्ताले आफ्नो निवास पिटर व्हिट्मर सिनियरको घरमा बनाए जहाँ अनुवादको कार्यको समापन नभएसम्म अनि तयार भएको त्यस पुस्तकको प्रतिलिपिको अधिकार प्राप्त नभएसम्म उनी त्यहाँ बसे । व्हिट्मरका तीन छोराहरू, हरेकले कार्यको वास्तविकताको गवाही प्राप्त गरेपछि आफ्ना व्यक्तिगत कर्तव्यलाई लिएर गहिरिएर चिन्तित भए । यो प्रकाश अनि यसपछिका अरू दुई (खण्डहरू १५१६) ऊरीम र तुम्मीमद्वारा सोधपुछ गर्दा दिइएको जवाफ । डेविड व्हिट्मर पछि गएर मोर्मोनको पुस्तकका तीन साक्षीहरू मध्येका एक साक्षी बने ।

१–६, अङ्गुरको बगैँचाका मजदुरहरूले मुक्ति पाउनेछन्; ७–८, अनन्त जीवन परमेश्वरको उपहारहरू मध्ये सबैभन्दा महान् उपहार हो; ९–११, ख्रीष्टले स्वर्ग र पृथ्वीको सृष्टि गर्नुभयो ।

एक महान् अनि विश्मयकारी कार्य मानिसहरूका छोराछोरीहरू अघि आउँदैछ ।

हेर, म परमेश्वर हुँ; मेरा वचनलाई ध्यान देऊ, जुन जिउँदो अनि शक्तिशाली छ, दुईधारे तरबारभन्दा पनि धारिलो छ, जोर्नी र हड्डीको मासी दुबैलाई टुक्रा टुक्रा पार्ने; त्यसैले मेरा वचनलाई ध्यान देऊ ।

हेर, बाली काट्नका लागि सेतो भएको छ; त्यसकारण, जसले फसल काट्ने चाहना गर्छ उसले आफ्नो बलका साथ हँसियाले जोर लगाउनु पर्छ, अनि दिन रहुन्जेलसम्म फसल काट्नु पर्छ, ताकि उसले परमेश्वरको अधिराज्यमा आफ्नो जीवात्माका लागि चिरस्थायी मुक्ति भण्डार गर्न सक्छ ।

हो, जसले आफ्नो हँसियाले जोर लगाउने छ र फसल काट्ने छ, उसैलाई परमेश्वरद्वारा बोलावट गरिन्छ ।

त्यसकारण, यदि तिमीले मलाई सोधेमा तिमीले प्राप्त गर्ने छौ; यदि तिमीले ढकढक्याएमा यो तिम्रो लागि उघारिने छ ।

मेरो सियोनलाई अघि ल्याउन अनि यसलाई स्थापित गर्न प्रयास गर । सबै विषयहरूमा मेरा आज्ञाहरूको पालना गर ।

अनि, यदि तिमीले मेरा आज्ञाहरूको पालना गरेमा अनि अन्त्यसम्म सहेमा तिमीले अनन्त जीवन प्राप्त गर्ने छौ, जुन उपहार परमेश्वरका सबै उपहारहरू भन्दा बढी महान् छ ।

अनि यस्तो हुन जाने छ, कि यदि तिमीले मेरो नाममा पितालाई सोध्यौ भने, आस्थामा यो विश्वास गर्दै, तिमीले पवित्र आत्मा प्राप्त गर्ने छौ, जसले तिमीलाई प्रेरणा दिन्छ, कि तिमीले सुनेका अनि देखेका विषयहरूको साक्षी भइ उभिन सक्ने छौ, अनि यो सन्ततिलाई तिमीले पश्चात्तापको घोषणा गर्न सक्ने छौ ।

हेर, म येशू ख्रीष्ट हुँ, जीवित परमेश्वरका पुत्र, जसले स्वर्ग अनि पृथ्वी बनाएँ, एक ज्योति जुन अन्धकारमा लुकाउन सकिँदैन;

१० यसकारण, मैले गैह्र यहूदीहरूबाट इस्राएलको घरानासम्म सुसमाचारको परिपूर्णता अघि ल्याउनु पर्छ ।

११ अनि हेर, तिमी डेभिड हौ, अनि तिमीलाई सहयोग गर्न बोलाइएको छ; जुन कुरा यदि तिमीले गयौ भने, अनि आस्थावान् भयौ भने, तिमीलाई दुबै आत्मिक र भौतिक आशीर्वाद दिइने छ, अनि तिम्रो इनाम महान् हुने छ । आमीन ।