धर्मशास्त्रहरू
सिद्धान्त र करार ७२


खण्ड ७२

अगमवक्ता जोसेफ स्मिथद्वारा कर्टल्याण्ड, ओहायोमा, डिसेम्बर ४, १८३१ मा दिइएको प्रकाश । अनेक एल्डरहरू र सदस्यहरू आफ्ना दायित्वहरू सिक्नका लागि र चर्चका शिक्षाहरूमा थप निर्देशनका लागि एकत्रित भएका थिए । यो खण्ड उही दिनमा प्राप्त गरिएका तीन प्रकाशहरूको सङ्कलन हो । पदहरू १ देखि ८ ले नूवल के. ह्वीट्नीको बिशपमा बोलावटको जानकारी दिन्छ । त्यसपछि उनलाई बोलावट र नियुक्त गरियो, जुन पछि पदहरू ९ देखि २३ प्राप्त गरिएको थियो, बिशपका दायित्वहरूको थप जानकारी दिँइदै । त्यसपछि, पदहरू २४ देखि २६ दिइएको थियो, सियोनमा एकत्रित हुने सम्बन्धमा निर्देशनहरू प्रदान गरिँदै ।

१–८, एल्डरहरूले बिशपलाई उनीहरूका रखवारीको विवरण दिनुपर्छ; ९–१५, बिशपले ढुकुटीको रेखदेख गर्छ र गरिब र आवश्यकतामा परेकाहरूलाई हेरचाह गर्छ; १६–२६, बिशपहरूले एल्डरहरूका योग्यता प्रमाणित गर्नुपर्छ ।

परमप्रभुको वाणीलाई सुन र ध्यान देऊ, हे तिमीहरू जसले आफूलाई एकत्रित गरेका छौ, जो मेरा चर्चका उच्च पादरीहरू हौ, जसलाई अधिराज्य र शक्ति दिइएको छ ।

किनकि साच्चैँ नै परमप्रभु यसो भन्नुहुन्छ, यो ममा उचित छ कि तिमीहरूका बीचमा एक बिशप नियुक्त गरिनुपर्छ, अथवा तिमीहरूका बीचबाट, परमप्रभुको अङ्गुरको बगैँचाको यस भागको चर्चका लागि ।

अनि साच्चैँ नै यो विषयमा तिमीहरूले बुद्धिमानीपूर्वक गरेका छौ, किनकि परमप्रभुलाई यो हरेक रखवालाको हातबाट उनको रखवारीको विवरण, समय र अनन्तकाल दुबैका लागि आवश्यक छ ।

किनकि जो समयमा आस्थावान् र बुद्धिमानी छ उसलाई मेरा पिताद्वारा तयार गर्नुभएका महलहरूको उत्तराधिकारका लागि योग्य मानिन्छ ।

साच्चैँ नै म तिमीलाई भन्छु, मेरो अङ्गुरको बगैँचाको यो भागका चर्चका एल्डरहरूले तिनीहरूको रखवारी विवरण बिशपलाई दिने छन्, जसलाई मैले मेरो अङ्गुरको बगैँचाको यो भागमा नियुक्त गर्ने छु ।

यी विवरणहरू सियोनमा बिशपलाई हस्तान्तरण गर्नका लागि अभिलेख राखिनुपर्छ ।

अनि बिशपको दायित्व आज्ञाहरूद्वारा जुन दिइएको छ र सम्मेलनको आवाजद्वारा जानकारी दिइने छ ।

अनि अब, साच्चैँ नै म तिमीहरूलाई भन्छु, मेरा सेवक नूवल के. ह्वीट्नी ती व्यक्ति हुन् जसलाई यो शक्तिमा चयन र नियुक्त गरिनुपर्छ । यो परमप्रभु तिमीहरूका परमेश्वर, तिमीहरूका उद्धारकर्ताको चाहना हो । तसार्थ यस्तै हुने छ । आमीन ।

दिइएको नियमका अतिरिक्त, अङ्गुरको बगैँचाको यो भागको चर्चमा नियुक्त गरिएका बिशपको कर्तव्यको जानकारी गराउँदै परमप्रभुको वचन साच्चैँ नै यो हो—

१० परमप्रभुका ढुकुटीको रेखदेख गर्न; अङ्गुरको बगैँचाको यस भागमा चर्चको कोष प्राप्त गर्न;

११ यस पूर्व आज्ञा गरिएको जस्तै एल्डरहरूका विवरण लिन; अनि उनीहरूका आवश्यकताहरूको प्रशासन गर्न, जति जति उनीहरूसँग तिर्ने माध्यम छ, उनीहरूले प्राप्त गरेकाहरूका लागि तिर्नुपर्छ;

१२ ताकि यो पनि चर्चका लाभका लागि गरिब र आवश्यकतामा परेकाहरूलाई समर्पित गरिन सक्छ ।

१३ अनि ऊ जोसँग तिर्ने माध्यम छैन, एक विवरण लिइनुपर्छ र सियोनका बिशपलाई हस्तान्तरण गरिनुपर्छ, जसले त्यसबाट ऋण तिर्नुपर्छ जुन परमप्रभुले उनका हातहरूमा राख्नुहुन्छ ।

१४ अनि आस्थावानका मजदुरहरूले जसले आत्मिक विषयहरूमा सुसमाचार र चर्चमा अधिराज्यका विषयहरू र संसारको प्रशासनमा परिश्रम गर्छन्, सियोनमा बिशपलाई ऋणको जवाफ दिने छन्;

१५ तसर्थ यो चर्चबाट आउँछ, किनकि नियमअनुसार प्रत्येक मानिसले जो सियोनमा आउँछ सबै सामग्रीहरू सियोनमा बिशपसामु राख्नुपर्छ ।

१६ अनि अब, साच्चैँ नै म तिमीहरूलाई भन्छु, कि अङ्गुरको बगैँचाको यो भागका प्रत्येक एल्डरले आफ्ना व्ययवस्थापनका विवरण अङ्गुरको बगैँचाको यो भागका बिशपलाई दिनु परेका कारण—

१७ अङ्गुरको बगैँचाको यस भागका न्यायकर्ता अथवा बिशपबाट सियोनका बिशपलाई प्रमाणपत्रले, उत्तराधिकारका लागि र बुद्धिमानी रखवालाका रूपमा र आस्थावान् मजदुरका रूपमा ग्रहण गरिनका लागि सबै मानिसलाई स्वीकार्य बनाउँछ र सबै विषयको उत्तर दिन्छ;

१८ अन्यथा उसलाई सियोनका विशपबाट स्वीकार गरिने छैन ।

१९ अनि अब, साच्चैँ नै म तिमीलाई भन्छु, अङ्गुरको बगैँचाको यस भागका चर्चका बिशपलाई प्रत्येक एल्डर जसले विवरण दिन्छ चर्च अथवा चर्चहरूद्वारा सिफारिस गरिनुपर्छ, जहाँ उसले परिश्रम गर्छ, ताकि उसले आफूलाई र आफ्ना विवरणहरूलाई सबै विषयहरूमा स्वीकृत गराउन सक्नेछ ।

२० अनि पुनः, मेरा सेवकहरूले जसलाई मेरा चर्चका लिखित सामग्रीहरूमाथि रखवालाका रूपमा नियुक्त गरिएका छन्, सबै विषयहरूमा सहयोगका लागि बिशप अथवा बिशपहरूमा दावी गर्नुपर्छ—

२१ ताकि प्रकाशहरू प्रकाशन हुन सक्छन् र पृथ्वीका सीमान्तहरूमा जान सक्छन्; ताकि उनीहरूले कोषहरू पनि प्राप्त गर्न सक्छन् जसले सबै तरिकामा चर्चलाई लाभ दिने छ;

२२ ताकि तिनीहरूले आफु स्वयंलाई सबै विषयहरूमा अनुमोदन गर्न पनि सक्नेछन् र बुद्धिमानी रखवालाका रूपमा गनिन सक्छन् ।

२३ अनि अब, हेर, जुनसुकै भूमिहरूमा तिनीहरू स्थापित भए पनि यो मेरा चर्चका सबै विस्तारित शाखाहरूमा उदाहरण हुनुपर्छ । अनि म मेरा भनाइहरूको अन्त्य गर्छु । आमीन ।

२४ चर्चका सदस्यहरूलाई सम्मान गर्दै, अधिराज्यका नियमहरूका अतिरिक्त केही वचनहरू—तिनीहरू जसलाई पवित्र आत्माद्वारा सियोनमा जानका लागि नियुक्त गरिएको छ र उनीहरू जसले सियोनमा जान विशेषाधिकार प्राप्त गरेका छन्—

२५ उनीहरूले चर्चका तीन एल्डरहरूबाट बिशपकहाँ एक प्रमाणपत्र लग्नुपर्छ, अथवा बिशपबाट प्रमाणपत्र लग्नुपर्छ;

२६ अन्यथा ऊ जो सियोनको भूमिमा जाने छ बुद्धिमानी रखवालाका रूपमा गनिने छैन । यो पनि एक उदाहरण हो । आमीन ।