धर्मशास्त्रहरू
सिद्धान्त र करार ८०


खण्ड ८०

अगमवक्ता जोसेफ स्मिथद्वारा स्टिफन बर्नेटलाई, हाइरम, ओहायोमा, मार्च ७, १८३२ मा दिइएको प्रकाश ।

१–५, स्टिफन बर्नेट र इडन स्मिथलाई उनीहरूले चाहेका कुनै पनि स्थानमा प्रवचन दिनका लागि बोलावट गरिन्छ ।

साच्चैँ नै, परमप्रभु तिमीलाई यसो भन्नुहुन्छ मेरा सेवक स्टिफन बर्नेट: तिमी जाऊ, संसारमा तिमी जाऊ र हरेक प्राणीलाई सुसमाचारको प्रवचन देऊ जसले तिम्रा आवाजलाई सुन्छन् ।

अनि जति जति तिमीले एक सहकर्मीको चाहना गर्‍यौ म तिमीलाई मेरा सेवक इडन स्मिथ दिने छु ।

यसकारण, तिमीहरू जाओ र मेरो सुसमाचारको प्रवचन देऊ, चाहे उत्तरमा होस् या दक्षिणमा, पूर्वमा या पश्चिममा, यसमा केही फरक पर्दैन, तिमीहरूले गल्ती गर्न सक्दैनौ ।

त्यसकारण, तिमीहरूले सुनेका विषयहरू घोषणा गर अनि साच्चैँ नै विश्वास गर र सत्य हो भनी बुझ ।

हेर, यो उहाँको चाहना हो, तिमीहरूका उद्धारकर्ता, अर्थात् येशू ख्रीष्टको, जसले तिमीहरूलाई बोलावट गर्नुभएको छ । आमीन ।