धर्मशास्त्रहरू
सिद्धान्त र करार २६


खण्ड २६

अगमवक्ता जोसेफ स्मिथ, ओलिवर काउड्री र जोन व्हीटमरलाई हार्मोनी, पेन्सिलभेनियामा, जुलाई १८३० मा दिइएको प्रकाश (हेर्नुहोस् शीर्ष खण्ड २४) ।

, तिनीहरूलाई धर्मशास्त्रहरू अध्ययन गर्न र प्रवचन गर्न निर्देशन दिइएको छ; , साझा सहमतिको नियम पुष्टि भएको छ ।

हेर, म तिमीहरूलाई भन्दछु कि तिमीहरूले आफ्नो समय धर्मशास्त्रहरू पढ्नमा र प्रवचन दिन र कोल्स्विलमा चर्च प्रमाणित गर्न अनि त्यस भूमिमा आवश्यकता अनुसार अर्को सम्मेलन गर्नको लागि पश्चिम तर्फ नजाऊन्जेलसम्म आफ्नो श्रम प्रदान गर्न तिमीहरूको समय समर्पित गर्नुपर्दछ; अनि त्यसपछि तिमीहरूले के गर्नु पर्दछ भनेर जानकारी दिइने छ ।

अनि चर्चमा सबै विषयहरू साझा सहमतिद्वारा, धेरै प्रार्थना र आस्थाद्वारा गरिनु पर्दछ, किनकि सबै कुराहरू तिमीहरूले आस्थाद्वारा प्राप्त गर्ने छौ । आमीन ।