धर्मशास्त्रहरू
सिद्धान्त र करार ६३


खण्ड ६३

अगमवक्ता जोसेफ स्मिथद्वारा, कर्टल्याण्ड, ओहायोमा, अगस्ट ३०, १८३१ मा दिइएको प्रकाश । अगमवक्ता, सिड्नी रिग्डन र ओलिवर काउड्री अगस्ट २७ मा उनीहरूका मिजोरीको भ्रमणबाट कर्टल्याण्डमा आईपुगेका थिए । जोसेफ स्मिथको इतिहासले यो प्रकाशको वर्णन गर्छ: “चर्चका यी शिशु अवस्थाका दिनहरूमा हाम्रो मुक्तिसँग सम्बन्धित हरेक विषयमा परमप्रभुका वचन प्राप्त गर्न ठूलो उत्सुकता थियो; अनि सियोनको भूमि सबैभन्दा महत्त्वपूर्ण सांसारिक वस्तु देखिएको हुनाले, मैले परमप्रभुसँग सन्तहरूलाई एकत्रित गर्ने र भूमी खरीद गर्ने र अरू विषयहरूमा थप जानकारीका लागि परमप्रभुलाई सोधेँ ।”

१–६, दुष्ट हरूमा क्रोधको दिन आउने छ; ७–१२, आस्थाद्वारा सङ्केतहरू आउँछन्; १३–१९, हृदयमा व्यभिचारीहरूले आस्थालाई अस्वीकार गर्ने छन् र आगोको कुण्डमा फालिने छन्; २०, आस्थावानहरूले रूपान्तरित पृथ्वीमा उत्तराधिकार प्राप्त गर्ने छन्; २१, रूपान्तरणको डाँडाका घटनाहरूका पूर्ण विवरण अझै पनि प्रकट गरिएका छैनन्; २२–२३, आज्ञाकारीहरूले राज्यका रहस्यहरू प्राप्त गर्छन्; २४–३१, सियोनमा जग्गा जमीन किन्नु पर्छ; ३२–३५, परमप्रभुले यद्धहरूका उर्दीहरू दिनुहुन्छ र दुष्ट हरूले दुष्ट हरूको वध गर्छन्; ३६–४८, सन्तहरू सियोनमा एकत्रित हुनु पर्छ र त्यसको निर्माणका लागि पैसाहरू प्रदान गर्नु पर्छ; ४९–५४, आस्थावानहरूलाई दोस्रो आगमनको बेला, पुनरुत्थानमा र सहस्राब्दीको समयमा आशीर्वादहरू निश्चित गरिएका छन्; ५५–५८, यो चेतावनीको दिन हो; ५९–६६, अधिकार बिना प्रयोग गर्नेहरूद्वारा परमप्रभुको नामलाई व्यर्थमा लिइन्छ ।

सुन, हे तिमी मानिसहरू र तिमीहरूका हृदयहरू खोल र टाढाबाट कान थाप; र ध्यान देऊ, तिमीहरू जसले आफूलाई परमप्रभुका जनहरू भन्दछौ र परमप्रभुका वचनलाई र तिमीहरूका सम्बन्धमा उहाँको चाहनालाई सुन ।

हो, साच्चैँ नै, म भन्छु, उहाँको वचनलाई सुन जसको रिस दुष्ट र विद्रोही विरुद्द उठ्छ;

जसले तिनीहरूलाई लैजानुहुने छ जसलाई उहाँ लान चाहनुहुन्छ र जीवनमा तिनीहरूको संरक्षण गर्नुहुने छ जसको उहाँ संरक्षण गर्न चाहनु हुन्छ;

जसले आफ्नो चाहना र खुशीले निर्माण गर्नुहुन्छ; र जब उहाँले चाहनुहुन्छ विनाश गर्नुहुन्छ र जीवात्मालाई तल नरकमा फाल्ने क्षमता राख्नु हुन्छ ।

हेर, म, परमप्रभु, मेरो वाणी बोल्दछु र त्यसको पालना गरिने छ ।

यसकारण, साच्चैँ नै म भन्छु, दुष्ट ले सावधान रहनु पर्छ र विद्रोहीहरू डराउनु र थरथर काँप्नु पर्छ; र अविश्वासीहरूले आफ्नो ओठ बन्द राख्नु पर्छ, किनकि तिनीहरूमा क्रोधको दिन आँधी जस्तै आउने छ र सबै प्राणीले म परमेश्वर हुँ भनेर जान्ने छन् ।

अनी जसले सङ्केतहरू खोज्छन् उनीहरूले सङ्केतहरू देख्ने छन्, तर मुक्ति दिने छैन ।

साच्चैँ नै, म तिमीहरूलाई भन्छु, तिमीहरूका बीचमा त्यस्ता व्यक्तिहरू छन् जस्ले सङ्केतहरू खोज्छन् र त्यस्ता व्यक्तिहरू प्रारम्भ देखि नै थिए;

परन्तु, हेर, सङ्केतहरूबाट आस्था आउँदैन, तर विश्वास गर्नेहरूका पछाडि सङ्केतहरू आउँछन् ।

१० हो, सङ्केतहरू आस्थाद्वारा आउँछन्, मानिसहरूका इच्छाद्वारा हैन, न त उनीहरूका चाहनाअनुसार, तर परमेश्वरको चाहनाअनुसार आउँछन् ।

११ हो, सङ्केतहरू आस्थाद्वारा आउँछन्, परिणाम स्वरूप शक्तिशाली कार्यहरू हुन्छन्, किनकि आस्थाबिना कुनै पनि मानिसले परमेश्वरलाई प्रसन्न पार्न सक्दैन; अनि जोसँग परमेश्वर रिसाउनु भएको छ उहाँ त्यति प्रसन्न हुनुहुन्न; यसकारण, ती व्यक्तिहरूलाई उहाँले सङ्केतहरू देखाउनुहुन्न, मात्र रिसमा तिनीहरूको तिरस्कार गर्नुहुन्छ ।

१२ यसकारण, म, परमप्रभु, तिमीहरू माझ भएकाहरूसँग प्रसन्न छैन जसले आस्थाका लागि सङ्केतहरू र आश्चर्यहरू खोज्छन् र मेरो महिमामा मानिसहरूको भलाइ गर्न होइन ।

१३ यद्यपि, म आज्ञाहरू दिन्छु र धेरै जना मेरा आज्ञाहरूलाई अस्वीकार गरी फर्केर गएका छन् र तिनीहरूको पालना गरेका छैनन् ।

१४ तिमीहरू माझ त्यहाँ व्यभिचारीहरू र व्यभिचारिणीहरू थिए; ती मध्ये कोही तिमीहरूबाट फर्केर गएका छन् र अरू तिमीहरूसँग बाँकी छन् जसलाई यसपश्चात खुलासा गरिने छ ।

१५ त्यस्तालाई सतर्क हुन र छिटो पश्चाताप गर्न लगाउनु पर्छ, अन्यथा तिनीहरूमा न्याय एक पासो जस्तैगरी आउने छ र उनीहरूका मूर्खतालाई प्रकट गरिने छ र मानिसहरूका दृष्टिमा उनीहरूका कार्यहरूले उनीहरूलाई पछ्याउने छन् ।

१६ अनि साच्चैँ नै म तिमीहरूलाई भन्छु, मैले पहिले भने जस्तै, ऊ जसले एउटी स्त्रीलाई उसको कामवासनाको इच्छाले हेर्दछ, अथवा कसैले आफ्नो हृदयमा व्यभिचार गर्छ भने, उनीहरूले आत्मा प्राप्त गर्ने छैनन्, तर आस्थालाई अस्वीकार गर्ने छन् र डराउने छन् ।

१७ यसकारण, म, परमेश्वरले भनेको छु कि त्रसित र अविश्वासी र सबै झुटाहरू र जसलाई झुटो बोल्न मन पर्छ र झुटो बोल्छन् र व्यभिचारी र जादूगरको त्यो कुण्डमा आफ्नो भाग हुने छ जुन आगो र गन्धकले जलाइन्छ, जुन दोस्रो मृत्यु हो ।

१८ साच्चैँ नै म भन्छु, कि तिनीहरूको प्रथम पुनरुत्थानमा भाग हुने छैनन् ।

१९ अनि अब हेर, म, परमप्रभु, तिमीहरूलाई भन्छु कि यी विषयहरू तिमीहरूका बीचमा भएका कारणले तिमीहरूको सफाइ दिइने छैन ।

२० यद्यपि, जसले आस्थामा अन्त्यसम्म सहन्छ र मेरो चाहनाअनुसार गर्छ, ऊ नै विजयी हुने छ र जब रुपान्तरणको समय आउने छ पृथ्वीमा उत्तराधिकार प्राप्त गर्ने छ;

२१ जब पृथ्वी रूपान्तरित हुने छ, मेरा प्रेरितहरूलाई पर्वतमा देखाएको नमुनाअनुसार; जसको पूर्णताको विवरण तिमीहरूले अझै प्राप्त गरिसकेका छैनौ ।

२२ अनि अब, साच्चैँ नै म तिमीहरूलाई भन्छु, कि मैले भने जस्तै म तिमीहरूलाई मेरो चाहनाको जानकारी दिन्छु, हेर, म तिमीहरूलाई जानकारी दिने छु, आज्ञाको माध्यमद्वारा होइन, किनकि यहाँ मेरा आज्ञाहरू पालना गर्न प्रयत्न नगर्नेहरू धेरै छन् ।

२३ परन्तु जसले मेरा आज्ञाहरू पालना गर्छन् उनीहरूलाई म मेरा अधिराज्यका रहस्यहरू दिने छु र त्यही नै उसमा चिरस्थायी जीवनसम्म बढ्दै गरेको जिउँदो पानीको कुवा हुने छ ।

२४ अनि अब, हेर, आफ्ना सन्तहरूका सम्बन्धमा यो परमप्रभु तिम्रा परमेश्वरको चाहना हो, कि उनीहरू सियोनको भूमिमा एकसाथ एकत्रित हुनु पर्छ, हतार गरेर होइन, अन्यथा त्यहाँ अन्योल हुने छ, जसले महामारी ल्याउँछ ।

२५ हेर, सियोनको भूमि—म, परमप्रभुले मेरा आफ्नै बाहुमा सुरक्षित गरेको छु;

२६ यद्यपि, म, परमप्रभु, कैसरका वस्तुहरू कैसरलाई नै दिन्छु ।

२७ यसकारण, म परमप्रभु चाहन्छु कि तिमीहरूले ती भूमिहरू किन्नु पर्छ, ताकि तिमीहरूले संसारको श्रेष्ठता प्राप्त गर्न सक्ने छौ, ताकि तिमीहरूले संसारमा मान्यता प्राप्त गर्ने छौ, ताकि उनीहरू क्रोधमा भड्किने छैनन् ।

२८ किनकि शैतानले तिमीहरूका विरुद्धमा क्रोध उत्त्पन्न गर्न र रगत बगाउन यो तिनीहरूको हृदयहरूमा राखिदिन्छ ।

२९ यसकारण, सियोनको भूमिलाई खरिद गरेर अथवा रगत बगाएर बाहेक प्राप्त गर्न सकिँदैन, अन्यथा तिमीहरूका लागि कुनै उत्तराधिकार हुँदैन ।

३० अनि यदि तिमीहरूले खरिद गर्‍यौ भने, हेर तिमीहरू आशीषित हुन्छौ;

३१ अनि यदि रगतद्वारा प्राप्त गर्‍यौ भने, तिमीहरूलाई रगत बगाउन निषेध गरिएका कारण, हेर, तिमीहरूका शत्रुहरूले तिमीहरूमाथि आक्रमण गर्ने छन् र तिमीहरूलाई शहर देखि शहरसम्म र सभा-गृह देखि सभा-गृहसम्म कोर्रा हानिने छ तर उत्तराधिकार प्राप्त गर्न थोरै मात्रै बाँकी रहने छन् ।

३२ म, परमप्रभु, दुष्ट हरूसँग क्रोधित छु; म पृथ्वीका बासिन्दाहरूबाट मेरो आत्मालाई रोक लगाउँदैछु ।

३३ मैले मेरो रीसमा कसम खाएको छु र पृथ्वीको सतहमा युद्धहरूको उर्दी गरेको छु, अनि दुष्ट ले दुष्ट को वध गर्ने छ र प्रत्येक मानिसमा त्रास आउने छ;

३४ अनि सन्तहरू पनि विरलै भाग्छन्; यद्यपि, म, परमप्रभु, उनीहरूसँग छु र मेरा पिताको उपस्थितिबाट स्वर्गमा तल आउने छु र दुष्ट लाई निभाउन नसकिने आगोले भस्म गर्ने छु ।

३५ अनि हेर, यो अझै हुने छैन, तर शीघ्र हुन्छ ।

३६ यसकारण, त्यो देखेर म, परमप्रभुले पृथ्वीको सतहमा यी सबै विषयहरू उर्दी गरेको छु, म चाहन्छु कि मेरा सन्तहरू सियोनको भूमिमा एकत्रित हुनुपर्छ;

३७ अनि हरेक मानिसले आफ्ना हातहरूमा धार्मिकता र कम्मरमा ईमानदारीता लिनुपर्छ र पृथ्वीका बासिन्दाहरूमा चेतावनीको आवाज उठाउनुपर्छ; अनि दुष्ट हरूमाथि विपत्ति आउने छ भनेर दुबै शब्दमा र भागेर घोषणा गर्नुपर्छ ।

३८ यसकारण, यो खेतमा बसोबास गर्ने मेरा कर्टल्याण्डका शिष्यहरूले उनीहरूका सांसारिक विषयवस्तुहरूको व्यवस्था गर्नुपर्छ ।

३९ मेरा सेवक टाइटस् विलिङ्सले यो भूमिको व्यवस्था गर्नुपर्छ, जोसँग जिम्मेवारी छ, ताकि उनी आउँदो बसन्तमा त्यो सतहमा बस्नेहरूसँग सियोनको भूमिमा यात्रा गर्न तयार हुने छन्, मैले मेरा लागि आरक्षित गरेकाहरू बाहेक, जो मैले आज्ञा नगरेसम्म जाने छैनन् ।

४० अनि बाँकी रहेका सबै पैसाहरू, थोरै हुन् वा धेरै मेरा लागि महत्वपूर्ण छैन, प्राप्त गर्नका लागि मैले नियुक्त गरेकाहरूलाई सियोनको भूमिमा पठाइनु पर्छ ।

४१ हेर, म, परमप्रभु, मेरा सेवक जोसेफ स्मिथ, जुनियरलाई शक्ति दिन्छु कि उनले आत्माद्वारा सियोनको भूमिमा को जाने छन् र मेरा शिष्यहरूमध्ये को बस्ने छन् भनेर छुट्याउन सक्ने छन् ।

४२ मेरा सेवक नूवल के. ह्वीट्नीले उनको भण्डार जारी राख्नु पर्छ, अथवा अर्को शब्दमा भन्दा, त्यो भण्डार, अझै केही समयका लागि ।

४३ यद्यपि, सियोनको भूमिमा उनले पठाउनसक्ने जति सबै पैसा पठाउनु पर्छ ।

४४ हेर, यी विषयहरू उनका आफ्नै हातमा छन्, उनले आफ्नो ज्ञानअनुसार गर्नुपर्छ ।

४५ साच्चैँ नै म भन्छु, उनलाई यहाँ बस्ने शिष्यहरूका प्रतिनिधिका रूपमा नियुक्त गरिनुपर्छ र उनलाई यो शक्तिमा नियुक्त गरिनुपर्छ;

४६ अनि अब उनीहरूलाई यी विषयहरूको व्याख्या गर्दै, मेरा सेवक ओलिवर काउड्री सँगै द्रुत रूपमा चर्चसभाहरूको भ्रमण गर्नुपर्छ । हेर, यो मेरो चाहना हो कि मैले निर्देशन दिएअनुसार, पैसाहरू प्राप्त गर्नुपर्छ ।

४७ ऊ जसले आस्थावान् भएर अन्त्यसम्म सहन्छ संसारमाथि विजय प्राप्त गर्ने छ ।

४८ ऊ जसले सियोनको भूमिमा खजानाहरू पठाउँछ यो संसारमा उत्तराधिकार प्राप्त गर्ने छ र आउने संसारमा उसका कार्यहरू र पुरस्कारले पनि उसलाईपछ्याउने छन् ।

४९ हो, अनि अब उप्रान्त परमप्रभुमा मृत्यु हुनेहरू अशीषित छन्, जब परमप्रभु आउनुहुन्छ र प्राचीन विषयहरूको अस्तित्व हराउने छ र सबै विषयहरू नयाँ बन्ने छन्, उनीहरू मृत्युबाट उठ्ने छन् र त्यसपछि मृत्यु हुने छैनन् र परमप्रभुसामु पवित्र शहरमा उत्तराधिकार प्राप्त गर्ने छन् ।

५० अनि ऊ जो परमप्रभु आउनुहुँदा जिउँछ र आस्था राखेको छ, ऊ आशीषित हुन्छ; यद्यपि, उसलाई मानिसको जीवन अवधिमा मृत्यु हुन नियुक्त गरिएको छ ।

५१ यसकारण, बालबालिकाहरू वृद्ध नहुन्जेलसम्म हुर्कन्छन्; वृद्ध मानिसहरूको मृत्यु हुने छ; तर तिनीहरू धूलोमा सुत्ने छैनन्, तर उनीहरू आँखाको एक निमेषमा परिवर्तन हुने छन् ।

५२ यसकारण, प्रेरितहरूले यस कारणका लागि संसारलाई मृतकहरूका पुनरुत्थान प्रवचन गरेका हुन् ।

५३ यी विषयहरू तिमीहरूले अपेक्षा गर्नुपर्ने विषयहरू हुन्; अनि, परमप्रभुको तरिकामा बोल्दा, यिनीहरू अब नजिकै छन्, अनि भविष्यमा, मानिसका पुत्रको आगमनको दिनमा आउँदै छन् ।

५४ अनि त्यो समयसम्म त्यहाँ बुद्धिमानीहरूका बीचमा मूर्ख कन्याहरू हुने छन्; र त्यो समयमा धर्मी र दुष्ट हरूमा सम्पूर्ण विभाजन हुने छ; अनि त्यो दिनमा म मेरा स्वर्गदूतहरूलाई दुष्टहरूलाई टिपेर ननिभ्ने आगोमा फ्याँक्नका लागि पठाउने छु ।

५५ अनि अब हेर, साच्चैँ नै म तिमीहरूलाई भन्छु, म परमप्रभु, मेरा सेवक सिड्नी रिग्डनसँग प्रसन्न छैन; उनले आफ्नो हृदयमा आफैलाई उच्च पारे र परामर्श गरेनन् तर आत्मालाई दुःखी पारे;

५६ यसकारण, उनको लेख परमप्रभुलाई स्वीकार्य छैन र उनले अर्को बनाउनु पर्छ; अनि यदि परमप्रभुले त्यो ग्रहण गर्नुभएन भने, हेर मैले उनलाई नियुक्त गरेको त्यो विभागमा उनी खडा हुने छैनन् ।

५७ अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्छु, तिनीहरू जसले आफ्नो हृदयमा विनम्रतामा, पापीहरूलाई पश्चात्ताप गर्न चेतावनी दिने चाहना गर्छन्, तिनीहरूलाई यो शक्तिमा नियुक्त गरिनुपर्छ ।

५८ किनकि यो चेतावनीको दिन हो र धेरै कुरा गर्ने समय होइन । किनकि अन्तिम दिनहरूमा म, परमप्रभुको उपहास गरिनु हुँदैन ।

५९ हेर, म माथिबाट हुँ र मेरो शक्ति स्वर्ग मुनिका सबै संसारमा छ । म सबैतिर र सबैमा र सबैद्वारा छु र सबै विषयहरूको खोजी गर्दछु र त्यो दिन आउँछ जब सबै विषयहरू मेरा अधीनमा हुने छन् ।

६० हेर, म अल्फा र ओमेगा, जो येशू ख्रीष्ट हुँ ।

६१ यसकारण, सबै मानिसहरूले मेरो नाम आफ्नो ओठमा कसरी लिने भनेर सतर्क हुनु पर्छ—

६२ किनकि हेर, साच्चैँ नै म भन्छु, कि त्यहाँ धेरै छन् जो यस तिरस्कार मुनि छन्, जसले परमप्रभुको नामको दुरुपयोग गर्छन् र यसको प्रयोग बिना अधिकार व्यर्थमा गर्छन् ।

६३ यसकारण, चर्चले आफ्नो पापको पश्चात्ताप गर्नु पर्छ र म, परमप्रभुले उनीहरूलाई स्वामित्वमा लिने छु; अन्यथा उनीहरूलाई अलग्याइने छ ।

६४ सम्झ कि त्यो जुन माथिबाट आउँछ पवित्र हुन्छ र सावधानीपूर्वक र आत्माको नियन्त्रणद्वारा बोलिनु पर्छ; र यसमा तिरस्कार छैन र तिमीहरूले प्रार्थनाद्वारा आत्मा प्राप्त गर्ने छौ; यसकारण, यो बिना त्यहाँ तिरस्कार रहने छ ।

६५ मेरा सेवकहरू, जोसेफ स्मिथ, जुनियर र सिड्नी रिग्डनले प्रार्थना मार्फत् आत्माद्वारा सिकाइए जस्तै आफ्नो लागि घर खोज्नु पर्छ ।

६६ यी विषयहरू धीरताद्वारा परास्त गरिनु पर्छ, ताकि तिनीहरूले महान् महिमाको थप असाधारण र अनन्त परिपूर्णता प्राप्त गर्न सक्छन्, अन्यथा अझै बढी तिरस्कार हुने छन् । आमीन ।