धर्मशास्त्रहरू
सिद्धान्त र करार ४८


खण्ड ४८

अगमवक्ता जोसेफ स्मिथद्वारा, कर्टल्याण्ड, ओहायोमा, १० मार्च, १८३१ मा दिइएको प्रकाश । अगमवक्ताले सन्तहरूको बसोबासका लागि जग्गा खरिद गर्ने कार्यविधिका सम्बन्धमा परमप्रभुलाई सोधपुछ गरेका थिए । पूर्वी संयुक्त राज्य अमेरिकाबाट चर्चका सदस्यहरू ओहायोमा एकत्रित हुनु पर्छ भन्ने परमप्रभुको आज्ञाको पालना गर्दै गर्दा यो एउटा महत्त्वपूर्ण विषय थियो (हेर्नुहोस् खण्डहरू ३७:१–३; ४५:६४) ।

१–३, ओहायोका सन्तहरूले आफ्ना बन्धुहरूसँग आफ्नो भूमि बाँढ्नु पर्छ; ४–६, सन्तहरूले भूमि किन्ने, सहर निर्माण गर्ने र आफ्ना अध्यक्ष अधिकारीहरूको सल्लाह पालन गर्नु पर्छ ।

यो आवश्यक छ ताकि तिमीहरू वर्तमान समयका लागि आ-आफ्ना निवासस्थानमा रहनु पर्छ, किनकि यो तिमीहरूको परिस्थितिअनुसार उपयुक्त हुने छ ।

अनि तिमीहरूसँग जति जति भूमिहरू छन्, तिमीहरूले पूर्वका बन्धुहरूलाई दिनु पर्छ;

अनि यदि तिमीहरूसँग भूमिहरू छैनन् भने, उनीहरूलाई वर्तमान समयका लागि वरपरका ती क्षेत्रहरूमा किन्न देऊ, जुन उनीहरूलाई सही लाग्छ, किनकि उनीहरूसँग वर्तमान समयमा बस्नका लागि स्थानहरू हुनु आवश्यक छ ।

यो आवश्यक हुनु पर्छ कि तिमीहरूले सम्भव हुने सबै पैसा बचत गर र तिमीहरूले सम्भव हुने सबै धार्मिकतामा प्राप्त गर, ताकि समययमा नै तिमीहरूले उत्तराधिकारका लागि, सहरका लागि समेत जग्गा किन्न तिमी सक्षम हुन सक्छौ ।

त्यो स्थानको अझै पनि प्रकट गरिने छैन; तर तिम्रा बन्धुहरू पूर्वबाट आएपछि त्यहाँ केही मानिसहरूलाई नियुक्त गरिनु पर्छ र तिनीहरूलाई त्यो स्थानका सम्बन्धमा जानकारी दिइने छ वा तिनीहरूलाई यो प्रकट गरिने छ ।

अनि तिनीहरूलाई भूमिहरू खरिद गर्न र सहरमा आधार बसाल्नका लागि नियुक्त गरिनु पर्छ; र त्यसपछि तिमीहरू आफ्ना परिवारहरूसँग एकत्रित हुन सुरू गर्नु पर्छ, हरेक मानिस उसको परिवारअनुसार, उसको परिस्थितिअनुसार र चर्चका अध्यक्षता र बिशपद्वारा नियुक्त गरिएका, कानुन र आज्ञाहरूअनुसार जुन तिमीहरूले प्राप्त गरेका छौ र जुन तिमीहरूले यसपछि प्राप्त गर्ने छौ । अनुसार समेत । आमीन ।