धर्मशास्त्रहरू
सिद्धान्त र करार ५


खण्ड ५

मार्टिन ह्यारिसको अनुरोधमा अगमवक्ता जोसेफ स्मिथद्वारा मार्च १८२९ मा हार्मोनी, पेन्सिलभेनियामा, दिइएको प्रकाश ।

१–१०, यो युगले जोसेफ स्मिथद्वारा परमप्रभुका वचन प्राप्त गर्ने छ; ११–१८, तीन साक्षीहरूले मोर्मोनको पुस्तकको गवाही दिने छन्; १९–२०, परमप्रभुका वचन यस पूर्व जस्तै प्रमाणित हुने छ; २१–३५, मार्टिन ह्यारिसले पश्चात्ताप गर्न सक्छन् र साक्षीहरूमध्ये एक हुन सक्छन् ।

हेर, म तिमीहरूलाई भन्दछु, ताकि मेरा सेवक मार्टिन ह्यारिसले मेरा हातबाट गवाहीको चाहना गरेका छन्, ताकि तिमी, मेरा सेवक जोसेफ स्मिथ, जुनियर, तिमीले मबाट गवाही र अभिलेख अङ्कित पाताहरू प्राप्त गरेका छौ;

अनि अब, हेर, तिमीले उहाँसामु यो भन्नु पर्दछ—जसले तिमीहरूलाई बोल्नुभएको थियो, उहाँले तिमीहरूलाई भन्नुभयो: म, परमप्रभु, परमेश्वर हुँ र मेरा सेवक जोसेफ स्मिथ, जुनियर, यी विषयहरू तिमीलाई दिएको छु र तिमीलाई आज्ञा दिएको छु ताकि तिमी यी विषयहरूको साक्षीका रूपमा खडा हुनू;

अनि मैले तिमीलाई मसँग एउटा करारमा प्रवेश गर्न लगाएको छु, ताकि तिमीले तिनीहरूलाई मैले तिमीलाई आज्ञा दिएका ती व्यक्तिहरूलाई बाहेक नदेखाउनू; र मैले तिमीलाई प्रदान गरेको बाहेक तिनीहरूमाथि तिम्रो कुनै शक्ति छैन ।

अनि तिमीसँग पाताहरू अनुवाद गर्ने उपहार छ; र मैले तिमीलाई प्रदान गरेको यो पहिलो उपहार हो; र मैले यो आज्ञा दिएको छु कि मेरा उद्देश्य पूरा नभएसम्म अन्य कुनै उपहारको दाबी नगर्नू; किनभने यो पूरा नभएसम्म मैले तिमीलाई अरू कुनै उपहार दिने छैन ।

साच्चैँ नै म तिमीहरूलाई भन्दछु, यदि तिनीहरूले मेरा वचनहरू सुनेनन् भने, त्यो विपत्ति पृथ्वीका बासिन्दाहरूसामु आउने छ;

किनकि यसपछि तिमीलाई नियुक्त गरिने छ र अगाडि बढ्ने छौ र मानिसहरूका छोराछोरीहरूलाई मेरा वचनहरू सुनाउने छौ ।

हेर, यदि तिनीहरूले मेरा वचनहरूमा विश्वास गर्दैनन् भने, मेरा सेवक जोसेफ, तिनीहरूले तिमीलाई विश्वास गर्दैनन्, यदि यो सम्भव थियो भने तिमीले तिनीहरूलाई यी सबै विषयहरू देखाउनु पर्दछ जुन मैले तिमीलाई सुम्पिएको छु ।

अहो, यो अविश्वासी र हठी सन्तति—मेरो रिस तिनीहरू विरुद्ध उठेको छ ।

हेर, साच्चैँ नै म तिमीलाई भन्दछु, मैले ती विषयहरू सुरक्षित गरेको छु जुन मेरा सेवक जोसेफ, मैले तिमीलाई सुम्पेको छु, ममा बुद्धिमानी उद्देश्यका लागि, अनि यो भविष्यका सन्ततिहरूसामु परिचित गराइने छ;

१० परन्तु यस युगले तिमीद्वारा मेरा वचन प्राप्त गर्ने छ;

११ अनि तिम्रो गवाहीका अतिरिक्त, मेरा तीन जना सेवकहरूको गवाही, जसलाई म बोलाउने छु र नियुक्त गर्ने छु, जसलाई म यी विषयहरू देखाउने छु र तिनीहरू तिमीद्वारा दिइएका मेरा वचनहरूसँग अगाडि बढ्ने छन् ।

१२ हो, उनीहरूले यी विषयहरू सत्य हुन् भनी सुनिश्चित रूपमा बुझ्ने छन्, किनकि स्वर्गबाट म उनीहरूसामु यो घोषणा गर्ने छु ।

१३ म तिनीहरूलाई शक्ति दिने छु कि तिनीहरूले यी विषयहरू त्यस्तै देखून् जस्ता यी छन्;

१४ अनि यस युगको बीचमा यो उस्तै गवाही प्राप्त गर्न, माथि उठ्ने र उजाडस्थानबाट मेरो चर्च बाहिर आउने यो सुरुवातमा—चन्द्रमा जस्तै स्पष्ट र सूर्य जस्तै स्वच्छ अनि ब्यानरहरू सहितका सेनाहरू जस्तै भयानक यो शक्ति म अरू कसैलाई पनि दिने छैन ।

१५ अनि तीन साक्षीहरूको गवाही म मेरा वचनको अगाडि पठाउने छु ।

१६ अनि हेर, जसले मेरा वचनहरूमा विश्वास गर्छन्, म मेरो आत्माको प्रकटद्वारा उनीहरूलाई भेट्ने छु; यहाँ सम्म कि तिनीहरू मबाट, पानी र आत्माबाट पनि जन्मिने छन्—

१७ अनि तिमीले अझै केही समय पर्खनु पर्दछ, किनकि तिमी अझै नियुक्त भएका छैनौ—

१८ अनि यदि उनीहरूले तिनीहरूका विरुद्धमा आफ्ना हृदयहरू कठोर पारे भने तिनीहरूका गवाही पनि यो समयावधिको तिरस्कारमा जाने छन्;

१९ किनकि पृथ्वीका बासिन्दाहरूका बीचमा विनाशकारी कोर्रा निस्किने छन् र यदि तिनीहरूले पश्चात्ताप नगर्दासम्म, पृथ्वी खाली नहुँदासम्म र त्यहाँका बासिन्दाहरू मेरो आगमनको चमकले भस्म र पूर्ण रूपमा विनाश नहुँदासम्म समय-समयमा खन्याइने छ ।

२० हेर, म तिमीलाई यी विषयहरू भन्दछु, जसरी मैले यरूशलेमको विनाशका सम्बन्धमा मानिसहरूलाई बताएँ; र मेरा वचन यस समयमा प्रमाणित हुने छन् जसरी यी यस पूर्व प्रमाणित गरिएका थिए ।

२१ अनि अब मेरा सेवक तिमी जोसेफलाई, पश्चात्ताप गर्न र मेरासामु धार्मिकतामा हिंड्न र मानिसहरूको अनुनयको अगाडि नझुक्न म तिमीलाई अगुवाइ गर्दछु;

२२ अनि मैले तिमीहरूलाई दिएका आज्ञाहरू पालना गर्नमा दृढ होऊ; र यदि तिमीले यसो गर्‍यौ भने, हेर तिमीलाई मारिए तापनि म तिमीलाई अनन्त जीवन प्रदान गर्दछु ।

२३ अनि अब, पुनः, मेरा सेवक जोसेफ, म तिमीलाई, प्रमाण चाहने मानिसका सम्बन्धमा बोल्दछु—

२४ हेर, म उसलाई भन्दछु, उसले आफूलाई उच्च पार्छ र मेरासामु आफूलाई पर्याप्त रूपमा विनम्र तुल्याउँदैन; तर यदि उसले मेरासामु झुक्छ र आफ्नो हृदयको निष्कपटतामा शक्तिशाली प्रार्थना र आस्थामा आफूलाई विनम्र तुल्याउँछ, तब म उसले देख्न चाहना गरेका विषयहरूको दृश्य उसलाई दिने छु ।

२५ अनि त्यसपछि उसले यस युगका मानिसहरूलाई भन्ने छ: हेर, मैले ती विषयहरू देखेको छु जुन परमप्रभुले जोसेफ स्मिथ, जुनियरलाई देखाउनुभएको छ र मलाई निश्चय नै ज्ञान छ कि ती सत्य हुन्, किनकि मैले तिनीहरूलाई देखेको छु, किनकि मलाई तिनीहरू मानिसको होइन, परमेश्वरको शक्तिद्वारा देखाइएको छ ।

२६ अनि मेरा सेवक मार्टिन ह्यारिस, म परमप्रभु उनलाई आदेश दिन्छु, कि मैले तिनीहरूलाई देखेको छु र तिनीहरू मलाई परमेश्वरको शक्तिद्वारा देखाइएका छन्: भन्ने बाहेक उनले यी विषयहरूका सम्बन्धमा उनीहरूलाई अब केही भन्नु पर्दैन; अनि उनले भन्नु पर्ने शब्दहरू यी हुन् ।

२७ परन्तु यदि उनले यो अस्वीकार गरेभने उनले यस पूर्व मसँग गरेका करारलाई तोड्ने छन् र हेर, उनी दोषी ठर्‍याइने छन् ।

२८ अनि अब, उनले आफूलाई विनम्र नतुल्याएसम्म मसामु उनले गरेका गलत कार्यहरू पहिचान नगरेसम्म अनि मेरा आज्ञाहरू पालन गर्ने छन् भनेर मसँग करार नगरेसम्म, अनि ममा आस्थाको अभ्यास नगरेसम्म हेर, म उनलाई भन्दछु, उनले त्यस्तो विचार राख्नु हुँदैन, किनकि मैले बोलेका विषयहरूका सम्बन्धमा म उनलाई कुनै विचार दिने छैन ।

२९ अनि यदि यस्तो हुन्छ भने, मेरा सेवक जोसेफ, म तिमीलाई आदेश दिन्छु, कि तिमीले उनलाई भन्ने छौ, कि उनले अब अरू कुनै कार्य गर्ने छैनन्, न त मलाई यस विषयमा थप कष्ट दिने छौ ।

३० अनि यदि यस्तो हुन्छ भने, हेर, जोसेफ म तिमीलाई भन्दछु, जब तिमीले अरू केही थप पृष्ठहरू अनुवाद गरेका छौ भने मैले तिमीलाई पुनः आदेश नदिँदासम्म, तिमी केही समयका लागि रोकिने छौ; त्यसपछि तिमीले पुनः अनुवाद गर्न सक्ने छौ ।

३१ अनि तिमीले यसो गर्नुको अतिरिक्त, हेर, तिमीसँग अरू कुनै उपहार हुने छैन र मैले तिमीलाई सुम्पेका विषयहरू फिर्ता लिने छु ।

३२ अनि अब, किनकि म तिमीलाई विनाश गर्न पर्खिरहेको झुटको पूर्वानुमान गर्दछु, हो, म पूर्वानुमान गर्दछु कि यदि मेरा सेवक मार्टिन ह्यारिसले आफूलाई विनम्र तुल्यानन् भने र मेरा हातबाट गवाही प्राप्त गरेनन् भने, उनी उल्लङ्‌घनमा पतन हुने छन्;

३३ अनि त्यहाँ तिमीलाई पृथ्वीको सतहबाट विनाश गर्न पर्खिरहेका असङ्ख्य छन्; अनि यसैकारणले, कि तिम्रो आयु लामो हुन सकोस्, मैले तिमीलाई यी आज्ञाहरू दिएको छु ।

३४ हो, यस कारण मैले भनेको छु: रोक र मैले तिमीलाई आदेश नगरेसम्म स्थिर बन र म तिमीलाई मैले अगुवाइ गरेका विषय पूरा गर्न सक्ने माध्यमहरू प्रदान गराउने छु ।

३५ अनि यदि तिमी मेरा आज्ञाहरू पालन गर्नमा आस्थावान् बन्यौ भने, तिमीलाई अन्तिम दिनमा माथि उठाइने छ । आमीन ।