सेवा गर्ने
के म कसैलाई परिवर्तन हुन सहयोग गर्न सक्छु ?
सेवाका सिद्धान्तहरू


छवि
ministering

सेवाका सिद्धान्तहरू, अगष्ट २०१९

के म कसैलाई परिवर्तन हुन सहयोग गर्न सक्छु ?

हो । तरपनि तपाईंको भूमिका तपाईंले सोचेको भन्दा फरक हुन सक्छ।

लियोहोना, अगष्ट २०१९

हामीलाई परिवर्तन गर्न सक्ने शक्ति सहित सृष्टि गरिएको थियो। हाम्रो भौतिक अनुभवको उद्देश्य दैवी सम्भाव्यता तर्फ उन्नति गर्नु हो। सेवाका अन्तिम उद्देश्यहरु मध्ये एक उद्देश्य अरुलाई ख्रीष्टमा ल्याउनु हो र उहाँको उपस्थितिमा फर्केर जानको लागि आवश्यक परिवर्तन गर्नु हो । तर उनीहरुको छनौटको अधिकारका कारण, उनीहरुलाई येशू जस्तै बन्नका लागि सहयोग गर्नमा हाम्रो भूमिका सीमित भएको छ ।

हामीले अरुलाई उनीहरुको परिवर्तन हुने र उहाँ जस्तै बन्ने प्रयासमा कसरी सहयोग गर्ने भन्ने बारे यहाँ मुक्तिदाताबाट सात प्रभावकारी पाठहरु छन् ।

  1. परिवर्तन ल्याउन नडराऊ । ।

    मुक्तिदाता अरुलाई पूराना तरिकाहरु पछाडि छोडेर उहाँका शिक्षाहरुलाई अङ्गाल्नका लागि आमन्त्रण गर्न डराउनु हुँदैनथ्यो । । उहाँले पत्रूस र याकूबलाई उनीहरुका काम छोड्न र “मानिसहरुका जालहारी बन्न” आमन्त्रण गर्नुभयो (मर्कूस १:१७) । उहाँले व्यभिचारमा पक्राउ परेकी महिलालाई “जाऊ, र फेरि पाप नगर” भनी आमन्त्रण गर्नुभयो ({5}यूहन्ना ८:११{6}) । उहाँले धनी युवकलाई संसारिक कुराहरुको लगाबलाई त्याग्न र उहाँलाई पछ्याउन आमन्त्रण गर्नुभयो (हेर्नुहोस् मर्कूस १०:१७-२२) । हामी पनि निडर र मायालु हुन सक्छौं जब हामी अरुलाई परिवर्तन गर्न र मुक्तिदातालाई पछ्याउन आमन्त्रण गर्छौं ।

  2. याद राख्नुहोस् परिवर्तन उनीहरुको छनौट हो ।

    मुक्तिदाताले आमन्त्रण गर्नुभएका परिवर्तनका लागि दवाव दिन सकिन्दैन। । मुक्तिदाताले सिकाउनुभयो र आमन्त्रण गर्नुभयो, तर उहाँले दबाब दिनुभएन । धनी युवक “उदास भएर गयो” (मत्ती १९:२२) । कफर्नहुममा, उहाँका धेरै चेलाहरुले “फर्कने” छनौट गरे, र उहाँले बाह्रलाई उनीहरु पनि जानेकी भनेर सोध्नुभयो (हेर्नुहोस् यूहन्ना ६:६६-६७) । बप्तिस्मा दिने यूहन्नाका केही चेलाहरुले मुक्तिदातालाई पछ्याउने छनौट गरे, अरुले गरेनन् (हेर्नुहोस् यूहन्ना १:३५-३७; १०:४०-४२) । हामी अरुलाई उहाँ जस्तै बन्न आमन्त्रण गर्न सक्छौं, तर उनीहरुलाई परिवर्तन गर्ने निर्णय हामी लिन सक्दैनौं । र यदि उनीहरुले अझै परिवर्तन हुने छनौट गरेका छैनन् भने, हामीले हरेस खानु हुन्न- न त हामीले असफल भएको महसुस गर्नुहुन्छ ।

  3. अरुको परिवर्तन हुने क्षमताका लागि प्रार्थना गर्नुहोस् ।

    उहाँको अनुमोदन प्रार्थनामा, येशूले परमेश्वरसँग माग्नु भयो कि उहाँका चेलाहरुलाई दुष्टबाट टाढा राखियोस्, उनीहरु उहाँ र पिता जस्तै बनोस् र उनीहरु परमेश्वरको मायाले भरियोस् (हेर्नुहोस् यूहन्ना १७:११, २१-२३, २६ । अनि पत्रुसलाई तिनको भूमिकामा उन्नति गर्ने प्रयासमा शक्ति आवश्यक पर्नेछ भन्ने जानेर मुक्तिदाताले उनका लागि प्रार्थना गर्नुभयो (हेर्नुहोस् लूका २२:३२ अरूहरूका लागि हाम्रा प्रार्थनाहरूले भिन्नता बनाउन सक्छन् (हेर्नुहोस् यूहन्ना ५:१६ हन्ना

  4. तिनीहरूलाई उहाँको शक्तिमा निर्भर हुन सिकाउनुहोस्।

    केवल मुक्तिदाताद्वारा मात्रै हामी वास्तवमा नै परिवर्तन हुन र हामी सबैसँग भएको दैवी सम्भाव्यता तर्फ उन्नति गर्न सक्छौँ। उहाँ नै “मार्ग, सत्य र जीवन हो: कोही पनि उहाँ सामू पुग्न सक्दैन केवल [उहाँ]द्वारा मात्रै” यहुन्ना १४:६ यो उहाँको शक्ति हो जसले “कमजोर चीजलाई मजवुत बनाउँछ” एतर १२:२७ यो उहाँको प्रायश्चित्तको शक्ति माथिको आस्था थियो जसले सानो अल्मालाई परिवर्तन हुन सक्षम बनायो ।(हेर्नुहोस् अल्मा ३६:१६-२३ हामी अरूहरूलाई मुक्तिदातामा निर्भर रहन सिकाउन सक्छौँ ताकि तिनीहरू पनि उनीहरूको जीवनमा उहाँको परिष्कृत शक्ति प्राप्त गर्न सकून्।

  5. तिनीहरूलाई तिनीहरूको सम्भावना अनुरुप व्यवहार गर्नुहोस्।

    प्रेम र स्वीकार परिवर्तनको शक्तिशाली तरिका हुन सक्छ। इनारमा एक महिला एक पुरुषसँग बसेकी थिईन् जो उनका श्रीमान थिएनन्। येशू ख्रीष्टका चेलाहरूले “आश्चर्य माने कि उहाँले महिलासँग कुरा गर्नुभयो” यूहन्ना ४:२७ तर येशूले तिनी के बन्न सक्छिन् भन्ने कुरालाई धेरै महत्व दिनुभयो। उहाँले तिनलाई सिकाउनुभयो अनि तिनलाई परिवर्तन हुने अवसर दिनुभयो, जुन तिनले गरिन्। (हेर्नुहोस् यूहन्ना 4:4-42).)

    जब हामीले अरूहरूलाई तिनीहरू के बन्न सक्छन् भन्दा पनि अहिले के छन् भनेर व्यवहार गर्छौं, हामी तिनीहरूलाई पछाडि धकेलिरहेका हुन्छौँ। बदालामा हामी भूतका गल्तीहरूलाई क्षमा दिन र बिर्सन सक्छौँ। अरूहरू परिवर्तन हुन सक्छन् भनेर हामी विश्वास गर्न सक्छौँ। हामी कमजोरीलाई पूनरावलोकन गर्न सक्छौँ र तिनीहरूले आफु स्वयंमा देख्न नसकेका सकारात्मक लक्षणहरूलाई औंल्याउन सक्छौँ। “हामीसँग व्यक्तिहरूलाई तिनीहरू अहिले के छन् भन्ने नभई तिनीहरू के बन्न सक्छन् भनेर हेर्ने दायित्व छ।”

  6. तिनीहरूलाई आफ्नै गतिमा जना दिनुहोस्।

    परिवर्तनले समय लिन्छ। हामी सबैले “धैर्यतामा निरन्तरता दिनुपर्छ जबसम्म [हामीलाई] पूर्ण परिनेछैन”(सिद्धान्त र करार ६७:१३)। येशूसँग अरूहरूका लागि धैर्यता थियो र उहाँको विरुद्ध जानेहरू भए पनि उहाँलाई उहाँका पिताद्वारा दिएको उहाँको भूमिकार तिनीहरूका प्रश्नहरूको जवाफ दिंदै सिकाउने कुरालाई निरन्तरता दिनुभयो। (हेर्नुहोस् मत्ती १२:१-१३ यहुन्ना ७:२८-२९ हामी अरूहरूसँग धैर्य गर्न सक्छौँ र आफुसँग धैर्य गर्न तिनीहरूलाई प्रोत्साहन गर्न सक्छौँ।

  7. तिनीहरू पूरानै बाटोमा फर्के पनि नछोड्नुहोस्।

    ख्रीष्ट बितेपछि पत्रुस सहित अन्य प्रेरितहरू पून: उनीहरू जानकार भएको कुरा सिकाउन गए। यूहन्ना २१:३ ख्रीष्टले पत्रुसलाई तिनले [उहाँका] थुमालाई खुवाउन स्मरण गराउनुभयो। यूहन्ना २१:१५-१७ अनि पत्रुस सेवामा फर्किनुभयो। पहिलेको तरिकामा फर्किन अति नै सजिलो हुन सक्छ। हामी मुक्तिदातालाई अनुशरण गर्ने र उहाँ जस्तै बन्ने प्रयासलाई निरन्तरता दिन प्रोत्साहन अनि प्रेरणादायी आमन्त्रण गर्ने कुरामा हामी निरन्तर रुपमा सहयोग गर्न सक्छौं।

अरूहरूलाई उन्नति गर्न अनुमति दिने

बाह्र प्रेरित गणका एल्डर जेफ्री र. हल्याण्डले अरूहरूलाई उन्नति गर्न अनुमति दिने कथा बताउनुहुन्छ: “मलाई एकपटक उनको विद्यालयमा हुने हेरक मजाकको तारो बन्ने एक युवकका बारेमा बताइएको थियो। उनीमा केही कमजोरीहरू थिए जसका कारण उनका साथीहरूलाई उनलाई जिस्क्याउन सजिलो भएको थियो। पछाडि उनी आफ्नो जीवनमा अगाडि बढे। अन्तत: उनी आर्मीमा आवद्ध बने अनि त्यही शिक्षा प्राप्त गर्ने र उनको भूतबाट टाढा रहंदा केही सफल अनुभवहरू गरे। यी सबै भन्दा माथि, जति सक्दो धेरैले मिलिटरीमा गरेको जस्तै, उनले चर्चको सुन्दरता र महिमा पत्ता लगाए र यसैमा सक्रिय र खुशी भए।

“त्यसपछि, धेरै वर्ष पछि, उनी जवानीमा जिएको शहर फर्किए। उनका सबै पुस्ताहरू अगाडि गएका थिए तर सबै होइन। प्रत्यक्ष रुपमा, जब उनी काफी सफल र काफी पूनर्जीवित बने, उनमा भएको त्यही पूरानो समझले उनको पुनरागमनको प्रतिक्षा गरिरहेको थियो। उनका गृह नगरका मानिसहरूका लागि उनी यस्तै प्रकारका उस्तै वयस्क थिए।

“परमेश्वरले उनी अगाडि दिएको उपहारलाई ग्रहण गर्ने यी मानिसनको पाउलीन प्रयास उनले जवानीमा जिएको तरिकाका पछाडि लाग्दा सम्म निरन्तर रुपमा विस्तारै विस्तारै घटिरहेको थियो । … अति नराम्रो, अति नै दु:खद उहाँको भविष्यभन्दा भूत रोचक थियो भन्ने सोच्नेहरूद्वारा उहाँ फेरी पनि घेरिँदैहुनुहुन्छ। तिनीहरू उनको समझबाट बाहिर निस्किन सफल भए जसका लागि येशूले उनलाई ग्रहण गर्नुभएको थियो। अनि उनीस्वयंको सानो गल्तीका कारण दु:खी बनेर उनी बिते। …

मानिसलाई पश्चाताप गर्न दिनुहोस्। मानिसलाई उन्नति गर्न दिनुहोस्। मानिसहरू परिवर्तन हुन र सुध्रिन सक्छन् भनेर विश्वास गर्नुहोस्।

सूचीहरुः

  1. Thomas S. Monson, “See Others as They May Become,” Liahona, Nov. 2012, 70.

  2. Jeffrey R. Holland, “The Best Is Yet to Be,” Liahona, Jan. 2010, 19, 20.

© Harry Anderson/The Woman Taken in Adultery/licensed by GoodSalt.com; Living Water, by Simon Dewey; detail from Lovest Thou Me More Than These? by David Lindsley

प्रिन्ट गर्नुहोस्