सेवा गर्ने
प्रभुभोज सभा मार्फत सेवा गर्ने
सेवाका सिद्धान्तहरू


“प्रभुभोज सभा मार्फत सेवा गर्ने,” लियाहोना, जुन २०२०

छवि
सेवा गर्ने

एडवार्ड मक्गोनद्वारा चित्रण

सेवाका सिद्धान्तहरू, जुन २०२०

प्रभुभोज सभा मार्फत सेवा गर्ने

प्रभुभोज सभाले अरुसँग जोडिन र सेवा गर्न अवसरहरु प्रदान गर्छ।

प्रभूभोज सभा आत्मिक पोषण र मुक्तिदाता अनि उहाँको प्रायश्चितका बारेमा मनन गर्ने समय हो। जब हामी हरेक हप्ता प्रभुभोज ग्रहण गर्छौं, समग्रमा हाम्रो उन्नति हुन्छ (हेर्नुहोस् सिद्धान्त र करार ८४:११०)। तर केहीले हाम्रो वार्डहरु र शाखाहरुमा गह्रुङ्गो भारी बोकेर आउँछन् अथवा तिनीहरु त्यहाँ हुँदैनन्।

अरुको सेवा गर्नका लागि र उनीहरुको जीवनमा भिन्नता ल्याउन हामीले त्यो पवित्र समयलाई कसरी प्रयोग गर्न सक्छौँ भन्ने बारे यहाँ केही अवसरहरु छन्।

हामीले सेवा गर्नेहरुका लागि प्रभुभोज सभालाई अझ राम्रो बनाउन सहयोग गर्ने

कसरी सेवा गर्ने भनेर सिक्नका लागि पहिलो चरण भनेको व्यक्तिहरु र परिवारहरुलाई चिन्ने र उनीहरुको आवश्यकताहरुलाई बुझ्ने हो। केवल उनीहरुका बारेमा अझ बढी जानेर तपाईंले उनीहरुको प्रभुभोज आराधनाको अनुभवलाई अझ राम्रो बनाउ सहयोग गर्ने त्यहाँ अन्य तरिकाहरु हुन सक्छन्।

जुम्ल्याहा केटाकेटीहरूकी जवान आमा, मिन्दीका लागि, उनका सेवा गर्ने दिदीबहिनीको सरल प्रयासले उनको प्रभुभोज सभाको अनुभवमा हरेक हप्ता ठूलो भिन्नता ल्याएको छ।

“मेरा श्रीमानको कामको तालिकाका कारण, हाम्रा जुम्ल्याहा छोरीहरुलाई म आफैले हरेक हप्ता चर्च लान्छु,” मिन्दीले भनिन। “दुई व्यस्त बच्चाहरुसँग पुरै प्रभुभोज सभा बिताउन साँचै नै गाह्रो छ, तर मेरो सेवा गर्ने दिदीबहिनीले मलाई सहयोग गर्ने कार्यभार आफुमा लिनुभएको छ।

“हरेक हप्ता उहाँ हामीसँग बस्नुहुन्छ र मेरा छोरीहरुको हेरचाह गर्न मलाई सहयोग गर्नुहुन्छ। उहाँ मेरो छेउमा हुनु भनेको ठूलो कुरा हो र उनीहरु रिसाएको समयमा मेरो चिन्तालाई साँचै नै सहज बनाउँछ। उहाँका क्रियाकलापहरुले मेरो जीवनको यो समयमा कति प्रभाव परेको छ भनेर उहाँले कहिले थाहा पाउनुहुनेछ भन्ने मलाई लाग्दैन । उहाँले जवान चिन्तित आमाको रुपमा मेरो आवश्यकतालाई देख्नुभयो र उहाँले हामी सबैका लागि चर्चलाई आनन्द र खुशीको ठाउँ बनाउन सहयोग गर्नुभयो।

विशेष आवश्यकता भएकाहरुलाई सहयोग गर्ने विचारहरु।

  • सदस्यहरुका आवश्यकताहरुका बारेमा एल्डरस् कोरम र राहत समाजका अगुवाहरुलाई विवरण दिनुहोस्।

  • सदस्यहरुको आवश्यकता अनुसार अगुवाहरुले प्रभुभोज सभाका वक्तव्यहरुको योजना बनाउनुहुन्छ। यदि तपाईंले सेवा गर्नेहरुलाई कुनै सन्देशबाट लाभ हुन्छ भने, तपाईंका अगुवाहरुसँग विचार बाँढ्नुहोस्।

  • कसैलाई अशक्तता वा खानाको एलर्जी छ भन्ने कुरा यदि तपाईंलाई थाहा छ, त्यसले उनीहरूलाई प्रभुभोजका आशीषबाट रोकिरहेको छ भने, उनीहरूसँग विस्तृत विवरणहरू माग्नुहोस्। तिनीहरूको उपासनाको अनुभवमा सुधार गर्न के गर्न सकिन्छ। यो जानकारी तपाईंका अगुवाहरुसँग बाँढ्नुहोस्।

  • यदि तपाईंले सेवा गर्ने अथवा चिन्ने कोही स्थायी अथवा अस्थायी रुपमा घरमै सीमित बनेको छ भने, तिनीहरुलाई घरमै प्रभुभोज दिन सकिन्छ कि भनेर तपाईंको विशपसँग सोध्नुहोस्। तपाईंले प्रभुभोज सभाको समयमा समेत नोट लिन सक्नुहुन्छ र फोन मार्फत, इमेल मार्फत अथवा व्यक्तिगत रुपमा तिनीहरुलाई बाँढ्न सक्नुहुन्छ।

  • यदि तपाईंले सेवा गर्नेको साना केटाकेटीहरू छन् भने, तपाईंले उनीहरुलाई प्रभुभोजको समयमा सहयोग गर्न सक्नुहुन्छ।

  • यदि तपाईंले सेवा गर्नेहरु प्राय प्रभुभोज सभामा आउँदैन भने, तपाईंले सहयोग गर्न सक्ने तरिकाहरु बुझ्नुहोस् र विचार गर्नुहोस्। यदि तिनीहरुलाई सवारीसाधनको आवश्यकता छ भने, तपाईंले तिनीहरुलाई आफु सँगै ल्याउन सक्नुहुन्छ। यदि तिनीहरूले आफ्नो परिवारबाट असहयोग गरिएको महसुस गर्छन भने, तपाईंले उनीहरुलाई आफुसँग बस्न आमन्त्रण गर्न सक्नुहुन्छ। तपाईंले उनीहरुलाई प्रभुभोज सभामा स्वागत गरिएको र रुचाइएको महसुस गर्न सहयोग गर्न विशेष निमन्त्रणाहरु गर्न सक्नुहुन्छ।

याद राख्नुहोस्, साधारण कुराहरु लामो समयसम्म रहन्छ।

सेवाका बारेमा बोल्दै, दिदी जीन बि. बिन्घम, राहत समाजकी साधारण अध्यक्षले सिकाउनुभयो: “कहिलेकाहीँ हामी सोच्छौं कि हामीले छिमेकीहरुको सेवा गर्नका लागि केही ठूलो र साहसी काम गर्नुपर्छ। तैपनि सेवाका साधारण कामले अरुमा साथै हामी स्वयंमा पनि गहिरो असर पर्न सक्छ—।”

बेल्जियमको सानो वार्डमा, चर्च सभाको समयमा एविताले स्पेनिश बोल्ने आगन्तुकहरुका लागि प्राय अनुवाद गर्ने गर्छिन। एकपटक, एवितालाई डोमिनिकन रिपब्लिकको एकजनासँग परिचय गराइयो जो चर्चका बारेमा सिक्दै थिए । उनलाई थोरै अंग्रेजी आउँथ्यो तरपनि स्पेनिश उनको मातृभाषा थियो। त्यसैले एविताले बिस्तारै उनका लागि प्रभुभोज सभामा अनुवाद गरिन् ताकि उनलाई अझ बढी सहज महसुस होस्।

“अनुवादले कहिलेकाहीँ मेरो शबाथलाई अलिक बढी व्यस्त बनाउन सक्छ,” एविता भन्छिन। “तर अरुलाई दोभाषेको आवश्यक छ कि भनेर सोध्ने प्रेरणालाई अनुसरण गर्दा मलाई खुशी र न्यानोपनको महसुस हुन्छ यो जानेर कि मैले उनीहरुलाई आत्माको महसुस गर्न र सभाहरुको आनन्द लिन सहयोग गर्न सक्छु।”

साधारण कुराहरु मार्फत सहयोग गर्ने विचारहरु

  • प्रभुभोज सभाको समयमा कसलाई थप सेवाको आवश्यक छ भनेर हेर्नका लागि तपाईंका अगुवाहरुसँग कुरा गर्नुहोस्। अथवा कसैलाई केही कुराको आवश्यकता परेको यदि तपाईंलाई थाहा छ भने तपाईंका अगुवाहरु तिनीहरुका बारेमा जानकार रहेको एकिन गर्नुहोस्।

  • सभाको आरम्भको प्रतिक्षा गर्दा शान्तसँग बस्नुहोस्। यसले “हामी वरिपरिका अरु विखण्डित हृदयहरु र दुखी आत्माहरुलाई” सहयोग गर्छ जसलाई शान्तिको आवश्यक छ जुन पवित्र ठाउँमा श्रद्धा मार्फत आउन सक्छ।

  • उपवासको आइतबार, तपाईंको उपवास र प्रार्थना आफुले सेवा गर्ने कसैका लागि समर्पित गर्ने विचार गर्नुहोस् जसलाई थप सान्त्वनाको आवश्यक छ।

  • प्रभुभोज सभाको समयमा तपाईं छेउमा अथवा नजिकै बस्दा कसैलाई तपाईंबाट लाभ हुन्छ कि अथवा तपाईंले सहयोग गर्न सक्ने केही तरिका छ कि भनेर जान्नका लागि प्रार्थना गर्नुहोस्।

प्रभुभोज सभा सबैका लागि स्वागतको स्थल हुन सक्छ।

अध्यक्ष जोसेफ फिल्डिङ स्मिथले (१८७६-१९७२) सिकाउनुभयो, “प्रभुभोज सभा चर्चका सबै सभाहरु भन्दा पवित्र, सबैभन्दा स्वच्छ सभा हो।” जुन अवस्थामा, प्रभुभोज सभामा उपस्थित भएकाहरु सबैले स्वागत गरिएको र आत्मिक भोजन प्राप्त गरेको महसुस गरेको निश्चित गर्नु महत्वपूर्ण छ।

न्यु साउथ वेस्ट, अस्ट्रेलियाकी मेरनियाले उनको वार्डमा चर्चका बारेमा सिक्दै गरेकी एक महिलालाई साथी बनाईन् । “उनी अब मेरा साथीहरु मध्येकी प्यारी साथी बनिसकिन्,” मेरनियाले भनिन्। “मलाई हरेक हफ्ता प्रभुभोज सभामा उनीसँग बस्न मनलाग्छ र म संधै उनको हालखबर सोध्छु र मैले गर्न सक्ने केही छ कि भनेर सोध्छु।” केही समय पछि, मेरनियाकी साथीले बप्तिस्मा लिईन्। वार्डका सदस्यहरुको प्रयास, साथै प्रभुभोज सभामा स्वागतको वातावरणले उनको निर्णयमा ठूलो भूमिका खेलेको थियो।

फर्किएर आउने वा नयाँ सदस्यहरूलाई सेवा गर्ने अवधारणाहरू

  • जब तपाईं प्रभुभोज सभामा बोल्न जाँदै हुनुहुन्छ, तपाईंले तपाईंका साथीहरु, परिवारहरु र अरुहरुलाई तपाईंको सन्देश सुन्न आउनको लागि आमन्त्रण गर्न सक्नुहुन्छ।

  • तपाईंले एक्लै भएका अथवा कसैलाई सहयोगको आवश्यक भएकाहरुको खोजी गरेर स्वागत गर्न सक्नुहुन्छ। तपाईं उनीहरुसंग बस्न सक्नुहुन्छ कि भनेर सोध्नुस् अथवा तपाईंसँग बस्नको लागि आमन्त्रण गर्नुहोस्।

  • जब सभाको अन्त हुन्छ, तपाईंले सेवा गर्नेहरुलाई चर्चको आगामी क्रियाकलापहरुमा आमन्त्रण गर्न सक्नुहुन्छ, मन्दिरमा अथवा सामाजिक कार्यक्रममा।

  • यदि तपाईंले सेवा गर्ने कोही ले प्रभुभोज सभामा उपस्थित हुन्छ तर नआएको केही समय भएको छ भने, तपाईंले सिकाईएको कुरामा केही प्रश्नहरु थिए कि भनेर सोध्न सक्नुहुन्छ। उनीहरुलाई भन्नुहोस् कि उनीहरुले नबुझेका केही कुरा, कथा अथवा सिद्धान्तको केही भाग रहेको खण्डमा तपाईंलाई सम्पर्क गर्न सधैं स्वागत छ। आवश्यक परेमा तपाईं संगै मिलेर उत्तरको खोजी गर्न सक्नुहुन्छ।

सूचीहरुः

  1. Jean B. Bingham, “Ministering as the Savior Does,” लियाहोना, मे २०१८,१०४।

  2. Jeffrey R. Holland, “Behold the Lamb of God,” लियाहोना, मे २०१९,४६।

  3. Joseph Fielding Smith, in Conference Report, अक्टो। १९२९, ६०-६१।

प्रिन्ट गर्नुहोस्