सेवा गर्ने
पारिवारिक इतिहासका माध्यमबाट सेवा गर्ने
सेवाका सिद्धान्तहरू


सेवाका सिद्धान्तहरू, फेब्रुवरी २०२०

पारिवारिक इतिहास मार्फत सेवा गर्ने

छवि
ministering

जोशुआ डेनिसद्वारा चित्रण; गेट्टी चित्रहरूबाट पृष्ठभूमि चित्र र फोटो;

लियाहोना, फेब्रुवरी २०२०

तिनीहरूको पारिवारिक इतिहासमा कसैलाई सहयोग गर्नु सेवा गर्ने शक्तिशाली तरीका हो। जब तपाईं पारिवारिक कथाहरू र विवरणहरू मार्फत अरूलाई तिनीहरूका पुर्खाहरूसँग जोड्नुहुन्छ, तपाईं तिनीहरूको हृदयमा खाली ठाउँहरू भर्नुहुन्छ जुन यदाकदा त्यो कहिल्यै तिनीहरूसँग थियो भनेर उनीहरूलाई थाहा थिएन हेर्नुहोस् ( मलाकी ४:५-६)।

चाहे यो आजीवन चर्च सदस्य बनेको कुनै एक व्यक्तिका लागि होस् वा येशू ख्रीष्टको पुनर्स्थापित सुसमाचारका बारेमा कहिल्यै नसुनेको व्यक्तिका लागि होस्, परमेश्वरका सबै सन्ततिहरूलाई आफू कहाँबाट आएका भनेर जान्ने उत्सुकता हुन्छ।

निम्न कथाहरूमा प्रदर्शन गरिए जस्तै गहिरो र चिरस्थायी छाप छोड्न यसले प्राय: लामो समय लिँदैन।

३०,००० फीटमा परिवार खोज्दै

भर्खरै घर तर्फको उडानमा, म स्टीभको छेउमा थिएँ, जसले मलाई आफ्नो व्यक्तिगत कथाका केही अंशहरू सुनाए। उनले हाईस्कूलबाट स्नातक गरेकाथिए, १८ वर्षको उमेरमा संचार विशेषज्ञको रूपमा अमेरिकी सेनामा प्रवेश गरे र छिट्टै व्हाइट हाउसमा काम गर्न थाले जसले संयुक्त राज्यका राष्ट्रपतिलाई संचार सहयोग पुर्‍यायो। १८ देखि २६ वर्षको उमेरसम्ममा उनले दुई अमेरिकी राष्ट्रपतिहरूको सेवा गरे। उनका कथाहरू मनमोहक थिए!

मैले भनें, “स्टीभ,” “तपाईंले यी कथाहरू तपाईंको आफ्नो सन्ततिहरूका लागि लेख्नु पर्छ! तपाईंको दृष्टिकोणमा उनीहरूले यी कथाहरू प्रत्यक्ष रुपमा देख्नुपर्छ। ” उनी सहमत भए।

त्यसपछि आत्माले उनका पुर्खाहरूका बारेमा उनले के जानेको छ भनेर सोध्न मलाई उत्साहित गर्यो। स्टीभलाई १८६० को अमेरिकी राष्ट्रपति चुनावको समयमा ग्रामीण इलाकामा प्रचार गर्दै गर्दा अब्राहम लिंकनले उनको परिवारसँग खाना खाएको सहितका आफ्नी आमा तर्फका धेरै कुराहरूका बारेमा थाहा रहेछ।

जे भए तापनि, उनलाई आफ्नो बुबा तर्फका बारेमा निकै नै थोरै जानकारी थियो। उनी वास्तवमै बढी जान्न चाहन्थे। मैले मेरो फोन बाहिर निकाले र परिवार खोजी अनुप्रयोग खोलेँ। “स्टीभ, अहिले नै हामी तपाईंको परिवार पत्ता लगाउन सक्छौँ !”

मैले इन-उडान वाइफाइमा जोडेँ । मैले मेरो अगाडिको ट्रे टेबलमा मेरो फोन राखेँ ताकि हामी दुबै यसलाई देख्न सकौँ। हामीले पारिवारिक वृक्ष खोज्यौँ। केही मिनेटमा हामी दुबैले जिज्जु आमाकालागि उनको जिज्जु बुबाको बिबाहको प्रमाण-पत्र हेरिरहेका थियौँ।

“ती उनीहरु हुन्!” उनले भने। “अहिले मलाई उनको थर याद छ!”

हामी दुबैमा उत्साहको भावना आयो। थोरै मात्रै जानकारी भएका पुर्खाहरूको प्रोफाइलहरू निर्माणमा हामीले थप ४५ मिनेट काम गर्‍यौँ । कोलोराडोमा सँगै खोजी गर्ने कुरालाई निरन्तरता दिनका लागि प्रतिज्ञा गर्न उनले मलाई आग्रह गरे। विमान अवतरण गर्दै गर्दा हामीले सम्पर्क जानकारी साटासाट गर्‍यौँ ।

हामी ३०,००० फिट (९,१४५ मीटर)मा मेरो हात जस्तो सानो उपकरण सँगै १०० वर्ष अघि विवाह गरेका, उनी र उनको परिवारका लागि हराइसकेका एक पुरुष र महिलाको खोजी गर्दै हावामा उडिरहेका थियौँ। अविश्वसनीय! तर हामीले तिनीहरूलाई पत्ता लगायौँ । परिवारहरू एकतृत गरिए। कथाहरू सम्झना गरियो। प्रविधि र उपकरणहरूका लागि कृतज्ञताको भावना महसूस गरिएको थियो। यो एक प्रकारको चमत्कार बाहेक अरू केही थिएन।

जोनाथन पेटी, कोलोराडो, यू.एस्.ए.

नयाँ परिवारद्वारा घेरिएको

२० वर्ष भन्दा पनि बढी समय मारिया कम सक्रिय थिईन्। केही महिना अघि, हामीले जनगणना र अन्य रेकर्डमार्फत उनको परिवारको अन्वेषण गर्दै हाम्रो घरमा उनीसँग केही घण्टा बितायौँ। कुनै एक क्षणमा बरर्र आसुँ झर्दै उनले भनिन्, “आफ्नो परिवारका बारेमा मेरो सम्पूर्ण जीवनभरी जानेको कुरा भन्दा पनि बढी कुरा मैले दुई घण्टामा जानेकोछु!”

सँगै बिताएको हाम्रो समयको अन्त्यमा, हामीले उनलाई पारिवारिक वृक्षको एप्लिकेसनको म वरिपरिका मेरा नातेदार भन्ने बारेमा परिचित गरायौँ । यस्तो भयो कि मेरा श्रीमान् र म दुबै मारियासँग सम्बन्धित छौँ । उनी एक्ली थिईन् भन्ने सोचेको बताउँदै उनले बरर्र आँसु झरीन्। त्यो इलाकामा उनको परिवार छ भनेर उनलाई कहिल्यै थाहा भएन। केही हप्ता पछि मारियाले हाम्रो विशपसँग भेट गरीन् । उनले अहिले मन्दिरको तयारीका लागि काम गरिरहेकीछिन्, र उनले हाम्रो वार्डमा धेरै “नयाँ” नातेदारहरुलाई भेटिन्!

क्यारोल रिनर एभरेट, नर्थ क्यारोलिना, यू.एस्.ए.

सेवाका लागि नुस्खा

मैले सेवा गर्दै गरेको एक बहिनी एशली, र म दुबैले हाम्रा हजुरआमाबाट कूकबुकहरू पाएका छौँ । उनको चाहिँ जिज्जु आमाबाट पाएको र मेरो चाहिँ मैले संकलन गरेको एक पुस्तक हो जब मैले हजुरआमा ग्रीनवुडको रेसिपी बक्स उहाँ बितेपछि मैले विरासतका रुपमा पाएको थिएँ।

एशली र म दुबैले हाम्रो कुकबुकबाट नुस्खा छान्यौँ, र एक रात काम पछि हामीले संगै तिनलाई बनाउन कोशिस गर्यौं। उनले मिठाई पकाउने नुस्खा छानिन, त्यसैले हामीले यसलाई पहिले बनायौँ र ओभनमा राख्यौँ । मैले चिप डिप छनौट गरें— हरेक ग्रीनवुड पारिवारिक पार्टीको मुख्य खानेकुरा। एशलीको छोरीले हामीलाई खानाको स्वाद चाख्न सहयोग गरीन् । त्यसपछि, एशलीले उनका केटाकेटीहरूले सबै मिठाईहरू नखाओस भनेर केही उनले आफुले सेवा गर्ने बहिनीहरूलाई दिईन् ।

हाम्रो नुस्खाको रातको मलाई सबैभन्दा मनपरेको कुरा भनेको हामीले खाना पकायौं र बेक गर्यौं, हामीले नियमित सेवा गर्ने विषयहरू—उनको र मेरो संघर्षहरुका बारेमा कुरा गर्यौं। तर हामीले हाम्रा हजुरआमा र आमाका बारेमा पनि कुरा गर्यौं, जुन हामी दुबैकालागि भावुक थियो।

जेनिफर ग्रीनवुड, यूटा, यू.एस्.ए.

सहयोग गर्ने विशिष्ट तरिकाहरू

कुनै पनि कुराले काम गर्दैन भन्ने देखिएको अवस्थामा पारिवारिक इतिहासले सेवाका अवसरहरूका लागि ढोका खोल्न सक्छ। यहाँ तपाईंले प्रयास गर्न सक्ने केही विचारहरू छन्।

  • विशेष गरी फोटोहरूसँग मिल्ने पारिवारिक इतिहासका कथाहरूको रेकर्ड गर्न र अडियो रेकर्डिङ्गलाई अपलोड गर्न उनीहरूलाई सहयोग गर्नुहोस्।

  • तपाईंले उपहारका रुपमा दिन सक्ने खालका पारिवारिक इतिहासका फ्यान चार्ट वा अन्य मुद्रण योग्य कागजात तयार गर्नुहोस्।

  • उनीहरूलाई रमाईलो लाग्ने तरिकामा तिनीहरूको आफ्नै इतिहास सङ्कलन गर्ने तरिकाहरू सिकाउनुहोस् । अडियो जर्नल? फोटो जर्नल? भिडियो लगस्? तोकिएका ढाँचाहरू मन नपराउनेहरूका लागि त्यहाँ धेरै विकल्पहरू छन् ।

  • पूर्वजहरूका लागि विधिहरू गर्न मन्दिरमा सँगै जानुहोस्। वा यदि तिनीहरूसँग उनीहरूले सम्पन्न गर्न सक्ने भन्दा पनि बढी नामहरू छन् भने उनीहरूको परिवारकालागि विधिहरूको प्रस्ताव गर्नुहोस् ।

  • पारिवारिक परम्परा बाँढ्न सँगै जम्मा हुनुहोस् ।

  • पारिवारिक इतिहासको कक्षामा सँगै सहभागी हुनुहोस्।

प्रिन्ट गर्नुहोस्