सेवा गर्ने
सेवा गर्नु भनेको अरुलाई मुक्तिदाताले देखे जस्तै देख्नु हो
सेवाका सिद्धान्तहरू


छवि
ministering

सेवाका सिद्धान्तहरू, जुन २०१९

सेवा गर्नु भनेको अरुलाई मुक्तिदाताले देखे जस्तै देख्नु हो

येशू आफ्नो अधिकाम्स समय फरक रुपमा हेरिनेहरुसँग बिताउनुभयो; उहाँले उनीहरुको दैवी क्षमता देख्नुभयो ।

लियोहोना, जुन २०१९

येशूले जस्तै सेवा गर्ने हाम्रो प्रयासमा हामीलाई हामी भन्दा फरक कुनै व्यक्तिलाई सेवा गर्न दिइन सक्छ । यसले हामीलाई सिक्न र बढ्ने अवसर प्रस्तुत गर्छ ।

सांस्कृतिक, सैक्षिक, जातीय, आर्थिक, उमेर, भुत वा वर्तमान व्यवहारहरु, वा अरु भिन्नताले गर्दा हामीले उनीहरुलाई चिन्नु अगाडी नै कसैको बारेमा धारणा बनाउन सजिलो हुन सक्छ । यो पूर्व-धारणा पक्षपातको मुटुमा हुन्छ, र मुक्तिदाताले यसको बारेमा सतर्क गराउनुभएको छ (१ शमूएल १६:७; यूहन्ना ७:२४हेर्नुहोस्)।

के हामीले भिन्नताहरुलाई नजरअन्दाज गर्न र अरुलाई मुक्तिदाता जस्तै देख्न सक्छौँ ? हामीले अरुलाई उनीहरु जे छन् र जे हुन सक्नेछन् त्यही रुपमा माया गर्न कसरी सिक्न सक्छौँ ?

देख्न र माया गर्ने

बाइबले एउटा धनी युवाको बारेमा भन्छ जसले अनन्त जिवन कसरी प्राप्त गर्ने भन्ने सोधेको थियो: “त्यसपछि येशूले त्यसलाई माया गरेर हेर्नुभयो, र उसलाई भन्नुभयो, तिमीलाई अझ एउटा कुराको अभाव छ: जाउ र तिम्रो जेजति छन् बिक्री गर र गरिबहरुलाई देउ, र तिमीलाई स्वोर्गमा सम्पति मिल्नेछ: अनि आएर मेरो पछि लाग“ (मार्कूस १०:२१

जब सत्तरीका एल्डर एस मार्क पाल्मरले केहि वर्ष अगाडी यो धर्मशास्त्र पढ्दा, उहाँले अचानक कथा को एउटा नयाँ पाटो देख्नुभयो ।

त्यसपछि येशूले त्यसलाई माया गरेर हेर्नुभयो।’

“जब मैले यि शब्दहरु सुने, परमप्रभुले रोकिएर यो युवालाई हेरिरहेको एउटा स्पष्ट चित्र मेरो मस्तिष्कमा भरियो । “हेरिरहेको-गहिरो रुपमा हेर्नु र उसको आत्मामा प्रवेश गरे जस्तै, उसको असलपना र उसको क्षमतालाई पनि पहिचान गरी, साथै उसको सब भन्दा ठूलो आवश्यकतालाई चिन्ने गरि।

“त्यस पछि ती साधारण शब्दहरु - येशूले उसलाई माया गर्नुभयो। उहाँलाई यो युवाको अति धेरै माया र दया लग्यो, र उहाँको यो मायाको कारणले र यो मायाले, येशूले उसँग अझ धेरै माग्नुभयो। उसँग भएको सबै बेच्न र गरिबलाई दिन अति नै गाह्रो कुरा गर्न भनिरहँदा पनि त्यस्तो मायाले घेरिदा यो युवालाई कस्तो महसुसभयो होला भन्ने चित्रण गरें। …

“[मैले आफैलाई सोधेँ] ‘म कसरी ख्रीष्टरूपी मायाले भरिन सक्छु ताकी (अरु)ले मद्वारा परमेश्वरको माया महसुस गर्न सकुन र परिवर्तन हुन चाहुन्?’ मैले मेरा वरिपरी रहेका व्यक्तिहरुलाई कसरी त्यो धनि युवालाई परमप्रभुले हेरेको जस्तै हेर्न सक्छु, उनीहरु वास्तवमा को हुन् र के बन्न सक्नेछन् त्यही रुपमा देख्न नाकी उनीहरुले के गरिरहेका छन् वा गरिरहेका छैनन् ? म कसरी अझ मुक्तिदाता जस्तो बन्न सक्छु?”

अरुलाई हेर्न सिक्ने

मुक्तिदाताले जस्तै अरुलाई हेर्न सिक्नाले धेरै पुरस्कारहरु ल्याउछ । यो लक्ष तर्फ काम गर्दा सहयोग पुग्ने केहि सुझावहरु यहाँ छन्।

  • उनीहरुलाई चिन्नुहोस्
    सामान्य जानकारी भन्दा पर गएर मानिसहरुलाई चिन्ने प्रयास गर्नुहोस् । याद राख्नुहोस् सम्बन्धहरु बनाउन समय र इमान्दार प्रयास चाहिन्छ । (सहायताका लागि अगष्ट २०१८ सेवा सिद्धान्तहरु को लेख “अर्थपूर्ण सम्बन्धहरुको निर्माण“ हेर्नुहोस्।)

  • आफैलाई जाँच्नुहोस्
    तपाईले थाहापाई वा नपाई दिइरहेका प्रतिकृयाहरुमा ध्यान दिनुहोस्। तपाईले अरुको बारेमा गरेका अनुमानहरुको ख्याल गर्नुहोस् र तपाईले उनीहरुका बारेमा यस्तो किन महसुस् गर्नुहुन्छ भन्ने बुझ्न प्रयत्न गर्नुहोस् ।

  • प्रतिकृया रोक्नुहोस्
    थाहा पाउनुहोस् कि परिस्थितिले व्यक्तिको मुल्यलाई परिभाषित गर्दैन। आफैलाई उनीहरुको जुत्तामा राख्नुहोस् र तपाई त्यही अवस्थामा हुनुभयो भने अरुले तपाइलाई कसरी हेरेको चाहनुहुन्छ । अरुका छनौटहरु र व्यवहारलाई उनीहरुको आन्तरिक मुल्य र दैवी सम्भावना बाट अलग गर्दा हामीलाई मुक्तिदाता जस्तै उनीहरुलाई हेर्न सहयोग गर्छ ।

  • उनीहरुलाई माया गर्न प्रार्थना गर्नुहोस्
    नाम लिएर र असल मित्रता विकास गर्ने धैर्यताका लागि नियमित प्रार्थना गर्नुहोस् । तपाईको सेवालाई प्रार्थनापूर्वक हेर्नुहोस्। के त्यहाँ तपाईले गरेको र उनीहरुले चाहेको बिचमा अन्तर छ ?

येशूले आफ्नो समय विभिन्न थरिका मानिसहरुसँग बिताउनुभयो: धनी, गरीब, शासकहरु र साधारण मानिसहरु। उहाँ प्राय उहाँलाई र प्रत्यक्ष देखिने उहाँको गरीब र महत्वहिन अवस्थाहरुलाई हेरेर अरुले गरेको गलत फैसलाको शिकार हुनुहुन्थ्यो । “जब हामीले उहाँलाई देख्नेछौँ, त्यहाँ त्यस्तो सुन्दरता छैन कि हामीले उहाँलाई चाहना गर्नेछौँ । … उहाँ घृणित हुनुहुन्थ्यो, र हामीले उहाँलाई केहि मोलको मानेनौं” (यशैया ५३:२-३)।

ख्रीष्टरूपी दृष्टि

एउटा बहिनीले आफ्नो एउटा छिमेकीलाई ख्रीष्टरुपी आँखाले हेर्न सिकेको कथा भन्नुहुन्छ:

“जुलिआ (नाम परिवर्तन गरिएको छ) मेरो नजिक बस्थिन र धेरै साथीहरु नभएको जस्तो थियो । उनि जहिले पनि निरास र रिसाको जस्तो देखिन्थिन। त्यस्तो हुँदाहुदै पनि, म उनको साथी बन्ने निर्णय गरें। भेट्दाखेरीको सामान्य साथी होइन तर एउटा असल मित्र। हरेक पटक उनिलाई देख्दा म उनिसँग कुरा गरें र उनिले गरेको जुनसुकै कुरामा चासो देखाएँ। मेरो हृदयमा खुशी ल्याउदै बिस्तारै मैले उनिसँग एउटा मित्रताको सम्बन्ध बनाएँ ।

“एक दिन म जुलिआलाई भेट्ने र चर्च नआउने उनको निर्णयको बारेमा सोध्ने निर्णय गरें।

“मैले थाहा पाएँ कि उनको नजिकमा कुनै परिवार वा नातेदारहरु छैनन्। उनको टाडा बस्ने एउटा मात्र भाइले वर्षको एक पटक मात्र फोन मार्फत उनिसँग कुरा गर्छ । जब मैले उनको परिवार र चर्चको बारेमा उनले पोखेको तिक्तता, रिस र निराशा सुने, ममा यि बहिनी प्रतिको एउटा अस्विकार गर्न नसकिने भावनाको दया र माया आयो । मैले उनको पिडा र निराशालाई महसुस गरें । मैले थाहा पाएँ कि उनको जीवन कति एक्लो रहेछ। मैले आफ्नो पछाडी सानो स्वरमा यसो भनेको जस्तो लग्यो: ‘मैले पनि उनलाई माया गर्छु । उनलाई माया र सम्मान गर्छु ।’

“मैले तबसम्म बसेर उनलाई सुने जबसम्म उनिसँग भन्नका लागि केहि रहेन । मैले उनीप्रति माया र दया महसुस् गरें । यि यस्तो बहिनी थिइन जसले माया पाउनु भनेको के हो भन्ने कहिले पनि थाहा थिएन। अचानक मैले उनलाई अझ गहिरो रुपमा चिने। मलाई उनीसँग भेट्न दिएकोमा उनलाई धन्यवाद दिएँ र मैले उनलाई अंकमाल र उनिप्रतिको मेरो माया र सम्मानका साथ छोडेर गएँ । उनलाई कहिले पनि थाहा हुने छैन कि त्यो भेटघाटले उनले मलाई कतिको छोयो भनेर । स्वोर्गका पिताले मेरा आँखाहरु खोलिदिनु भएको छ र मलाई सिकाउनु भएको छ कि मसंग बढ्दो दयाका साथ माया गर्ने क्षमता छ म मेरो संकल्पमा दृढ छु कि म उनको साथी बन्ने मात्र होइन उनको परिवार पनि बन्नु हो ।”

कसैको जीवनमा आमन्त्रित हुन पाउनु पवित्र कुरा हो । प्रार्थना, धैर्य, र आत्माको सहायताबाट, हामीले अझ बढी ख्रीष्टरूपी दृष्टि का साथ यस्तो गर्न सिक्न सक्छौँ ।

नोट

  1. एस. मार्क पामर, “Then Jesus Beholding Him Loved Him,” लिआहोना, मे २०१७,११५.

प्रिन्ट गर्नुहोस्