सेवा गर्ने
ख्रीष्टमसमा मुक्तिदाताको प्रकाश बाँढ्ने
सेवाका सिद्धान्तहरू


“ख्रीष्टमसमा मुक्तिदाताको प्रकाश बाँढ्ने,” लियाहोना, डिसेम्बर २०२०

छवि
सेवा गर्ने

निल्त्जा बिट्रिज सानतिलन कस्तीलो द्वारा जन्मको फोटो; गेट्टी फोटाहरूबाट उपहारका फोटाहरू

सेवाका सिद्धान्तहरू, डिसेम्बर २०२०

ख्रीष्टमसमा मुक्तिदाताको प्रकाश बाँढ्ने

तपाईंले सेवा गर्नेहरुको बारे विचार गर्नुहोस्। यस ख्रीष्टसमसमा तपाईं तिनीहरूलाई कसरी येशूसँग नजिक हुन सहयोग गर्न सक्नुहुन्छ?

हामीले वर्षभरी मुक्तिदाता येशू ख्रीष्टलाई सम्झँदा, ख्रीष्टमस त्यो समय हो जब हामीले हामीलाई दिइएको महान् उपहारलाई मनाउँछौं: “किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो” (यूहन्ना ३:१६)। ख्रीष्टमसको समयमा सेवा गर्दा, हामीले पनि उपहार दिन सक्छौं जसले अरूहरूलाई मुक्तिदाताको नजिक आउन सहयोग गर्दछ। हामी आफु स्वोयंलाई स्वर्गमा रहनुहुने पिताद्वारा दिइएको उपहारको ऐनाको रुपमा सोच्न पाउनु अद्भुत कुरा हो।

म अझै त्यो उपहारको कदर गर्छु

सुसान हार्डी, क्यालिफोर्निया, यूएसए

म ११ वर्षको छँदा, मेरा आइतबारे स्कूलका शिक्षक, दाइ डिट्सले यदि हामीले आस्थाका बूँदाहरू कण्ठ पार्छौं र उहाँलाई त्यसको अर्थ के हो भनेर बताउन सक्छौँ भने उहाँले हामीलाई आफ्नै धर्मशास्त्रहरू किनिदिनुहुनेछ भनेर हाम्रो कक्षामा बताउनुभयो ।

दाइ र दिदी डिट्स, भर्खर सुरु गरेका एक जवान जोडी थिए। दाइ डिट्सले कसैका लागि उपहार किन्न सक्नुहुन्छ भनेर मलाई पक्का भएन। तर मैले निर्णय गरे कि यदि आस्थाका बूँदाहरू कण्ठ गर्न महत्वपूर्ण छन् भने, म त्यो चुनौतीलाई स्वीकार गर्छु।

मैले १३ वटा सबै समाप्त गरेपछि, समय बित्दै गयो र मैले उहाँको प्रतिज्ञा बिर्सिएँ।

त्यसपछि, ख्रीष्टमसको दिनमा, मैले मेरो नाम सहितको एक प्याकेज प्राप्त गरेँ। मैले खोलें र केवल मेरो लागि, तिनीहरूलाई नियमित रुपमा पढ्नका लागि कार्ड सहित प्रोत्साहन गर्न धर्मशास्त्रहरूका सृंखला मैले पाएँ। त्यो १९७२ को कुरा थियो, र आजको दिनसम्म मसँग ती धर्मशास्त्रहरू छन्। ती मेरा लागि मूल्यवान छन्।

यो उपहारको मूल्य थिएन तर उनले म प्रति देखाएको दयालु व्यवहार र मेरा लागि गर्न इच्छुक भएको त्यागले मलाई परमेश्वरका वचन अध्ययन गर्ने गहिरो चाहना सिर्जना गरिदियो। मलाई उनले आशीषित गराए जस्तै मैले आफु वरपरकाहरूलाई अर्थपूर्ण उपहार दिएर, अरूहरूको जीवनमा आशिष ल्याउन सक्छु कि भनेर म दाई डिट्सको सेवाको उदाहरण अनुसरण गर्ने प्रयास गर्छु ।

एउटा अंशमा भाग लिनका लागि निमन्त्रणा

रिचर्ड एम. रोमनी, यूटा, यूएसए

हाम्रो वार्डको ख्रीष्टमसको सामाजिक योजना बनाइरहेकाहरूले जब मलाई केही कम सक्रिय सदस्यहरूलाई भेटेर कार्यक्रममा सहभागी हुनका लागि आमन्त्रण गर्न आग्रह गर्दा म व्याकुल थिएँ भनेर स्वीकार गर्नुपर्छ। मैले डरेनलाई यसभन्दा पहिले एक पटक मात्र भेटेको थिएँ, जब उनले पहिलेका वार्ड क्रियाकलापमा भाग लिएका थिए। उनले आफ्नो निधारमा मोटरसाइकल हेडबैंड लगाएका थिए। उनको लामो सेतो कपाल पोनीटेल जस्तो बाँधिएको थियो, उनको पूरै सेतो दाह्री थियो, र उनका पाखुराहरु ट्याटूले भरिएको थियो।

अब, म समितिको सदस्यसँगै, डेरेनको ढोकामा उभिरहेको थिएँ र उनले के भन्छन् होला भनेर सोचिरहेको थिएँ। उनले हामीलाई भित्र पस्न आग्रह गरे, र हामीले त्यहाँ किन गएका हौँ भनेर उनलाई बतायौँ। उनले भने, “ओहो, म त्यसो गर्न मन पराउँछु!”

उनले धेरैका लागि क्रियाकलापहरूलाई अर्थपूर्ण बनाउन सहयोग गरेर अद्भुत काम गरे। त्यसको केही समयपछि मेरो सेवा गर्ने साथी र मलाई नियमित रुपमा डेरेनलाई भेट्न भनियो। उनी हामीलाई देखेर सधैं खुशी हुन्छन्, र हामीले केही रमाइला कुराकानी गरेका छौँ। म वार्डको क्रियाकलापमा सहभागी हुन उनलाई आमन्त्रण गर्ने प्रेरणाका लागि म आभारी छु जसले सौहार्दपूर्ण सम्बन्ध तर्फ अगुवाइ गरायो।

ख्रीष्टमसमा अरूहरूलाई सेवा गर्ने

विशेष गरी वर्षको यस समयमा जसलाई तपाईंले सेवा गर्नुहुन्छ उनीहरूका बारेमा तपाईंले सोचिरहनु भएको छ भनेर थाहा छ भनेर सुनिश्चित गर्न तपाईंले गर्न चाहनुहुने केही चीजहरू यहाँ छन् ।

  1. कहिलेकाँही फोन कल वा सन्देशले आश्चर्यपूर्ण कार्य गर्दछ। एक साधारण “के छ, तपाईं कस्तो गर्दै हुनुहुन्छ?” भन्दै कुराकानी शुरू गर्दा फरक पार्न सक्छ।

  2. उपयुक्त भएमा तिनीहरूका उत्सवहरूमा सहभागी हुनुहोस्। हामीसँग भएका साझा विश्वासहरू बारे जान्नका लागि ख्रीष्टमस एक उत्तम समय हुन सक्छ। जब तपाईं विश्वास बाँढ्नुहुन्छ र अरूहरूलाई सुन्नुहुन्छ, अधिक समझ सङ्कलनका लागि तपाईंले ढोका खोल्नुहुन्छ।

  3. नामसहित तिनीहरूका लागि प्रार्थना गर्नुहोस्। स्वर्गमा रहनुहुने पितासँग उनीहरूलाई पुत्रको नजिक ल्याउने तरिकाहरूका बारेमा सोच्न सहयोग माग्नुहोस्।

  4. साधारण उपहारहरू प्रायश: राम्ररी सम्झिइन्छन्। उपहारहरूलाई प्रेम गर्न विस्तृत हुनुपर्दैन। समयको उपहार, सुन्ने उपहार, फोटा वा स्मरणहरू बाँढ्ने—यी सबै हृदयका उपहारहरू हुनसक्छन्।

  5. गवाहीको उपहार दिनुहोस्। उनीहरूलाई मुक्तिदाताको प्रेम तपाईंसँग बाँढ्न भन्नुहोस्, र उहाँप्रति तपाईंको प्रेम बाँढ्नका लागि प्रस्ताव गर्नुहोस्।

  6. अरूहरूलाई ख्रीष्मसका सेवामा भाग लिन आमन्त्रण गर्नुहोस्। केही मानिसहरू आराधना गर्न चाहान्छन् तर कहाँ जाने भनेर थाहा पाउँदैनन्। तिनीहरूलाई तपाईंसँग आराधना गर्न आमन्त्रण गर्नुहोस्।

  7. उनीहरूको घरलाई शान्तिले भर्नुहोस्। उनीहरूलाई थाहा दिनुहोस् कि सुसमाचार प्रचारकहरूसँग ख्रीष्टमसको एउटा विशेष सन्देश छ जुन उनीहरूले बाँढ्न सक्छन्, जसले उनीहरूको हृदयमा आशा र प्रेम ल्याउँछ।

समग्र रुपमा मण्डलीको सेवा गर्नु

प्रत्येक मण्डलीका आवश्यकताहरू अद्वितिय हुन्छन्। ठूला गतिविधिहरू आयोजना गर्दाका केही फाइदा। अरू मण्डलीहरुले साना र साधारण कुराहरूबाट लाभ उठाउन सक्छन्। कसरी विद्यमान आवश्यकताहरू पूरा गर्न सकिन्छ भनेर क्रियाकलाप र योजना बनाउने गतिविधिमा संलग्न व्यक्तिहरू प्रार्थनापूर्वक विचार गर्दछन्।

  • पेरिस, फ्रान्समा तीन किला सदस्यहरूले लाईट दि वर्ल्ड सोरी समर्थन गर्न सहयोग पुर्‍यायो जसमा एक प्रतिभा र एक फैशन प्रदर्शन समावेश छ। तिनीहरूले शरणार्थीहरू र घरबारविहीन भएका व्यक्तिहरूलाई दिइएका वस्तुहरू तयार पारे।

  • चार्लोट नर्थ क्यारोलिना केन्द्रीय स्टेकले समुदायका लागि “संसारभर ख्रीष्टमस” को सामाजिक रुपमा ख्रीष्टमसलाई खाना, अन्तर्राष्ट्रिय ख्रीष्टमसको परम्परा प्रदर्शन, संगीत, सेवा प्रोजेक्टहरू र केटाकेटीहरूको जन्मको प्रदर्शनका माध्यमबाट मनाउन कार्यक्रम आयोजना गर्‍यो।

  • भेरो बीच फ्लोरिडा स्टेकका सदस्यहरू हामी किन ख्रीष्टमस मनाउँछौँ भनेर समुदाय स्मरणमा सामेल भए। समुदाय कल्याणलाई खेलौनाहरू दान गरियो। प्राइमरीका केटाकेटीहरूले एक क्वायर प्रदर्शन गरे, अनि जानकारी प्रदर्शन गर्दै धेरै चर्चहरूले बुथ चलाए।

  • ज्याक्सनभिल फ्लोरिडा साउथ स्टेकले समुदायको लागि संसारका मुक्तिदाता नाटक प्रस्तुत गर्‍यो।

प्रिन्ट गर्नुहोस्