सेवा गर्ने
साधारण सम्मेलन मार्फत सेवा गर्ने
सेवाका सिद्धान्तहरू


“साधारण सम्मेलन मार्फत सेवा गर्ने,” लियाहोना, अप्रील २०२०

छवि
सेवा गर्ने

सेवाका सिद्धान्तहरू, अप्रील २०२०

साधारण सम्मेलन मार्फत सेवा गर्ने

परमप्रभुका सेवकहरु बाट आएका सबै प्रेरणादायी उद्दरणहरु, पारिवारिक परम्पराहरु र शिक्षाहरुका साथ, साधारण सम्मेलनले हामीलाई सेवा गर्ने धेरै तरिकाहरु प्रदान गर्छ—साधारण सम्मेलनको अगाडी, त्यस समयमा र सप्ताहान्त पछाडी।

लियाहोना, अप्रिल 2020

सुसमाचार प्रचार तयारी कक्षाका शिक्षकहरुको रुपमा, सुसी र टम मुलेनले आफ्ना कक्षाका सदस्यहरुलाई साधारण सम्मेलन हेर्नका लागि कसैलाई आमन्त्रण गर्न नियमित प्रोत्साहन गर्नुहुन्छ।

उहाँ भन्नुहुन्छ “कसैलाई केहिकुरा गर्न आमन्त्रण गर्नु सुसमाचार प्रचार कार्यको अभिन्न अंश हो र यो सेवा गर्नमा पनि लागु हुन्छ। “हाम्रा विधार्थीहरुले यो उनीहरु र उनीहरुले आमन्त्रण गरेकाहरुका लागि धेरै राम्रो भयो भनि नियमित खबर दिन्छन्।”

उनीहरुका विधार्थीहरुले सहयोग गर्दा प्रयोग भएका केहि तरिकाहरुका बारेमा प्रतिवेदन दिएका छन् ।

  • “हामीले केहि समस्यामा संघर्ष गरिरहेका साथीलाई सेवा गर्यौं। हामीले उसलाई उत्तरहरुको लागि साधारण सम्मलेन सुन्न आमन्त्रण गर्यौं। जब हामीले उसलाई सम्मेलन पछाडी भेट्यौँ, उसले भन्यो कि उसले धेरै उपायहरु सुन्यो जसले सहयोग गर्न सक्छ।”

  • “हामीले साधारण सम्मलेन पार्टी राख्यौं र सबैले बाँढेर खानको लागि खानेकुराहरु ल्याए। यो यति रमाइलो थियो कि हामीले यसलाई फेरी गर्ने निर्णय गर्यौं।”

  • “मैले एक जना साथीलाई मसँग साधारण सम्मेलन हेर्न आमन्त्रण गरें। जब हामीले यसको बारेमा कुरा गार्यों, हामीले सभागृहमा गएर हेर्न सकिन्छ कि भनेर हामीले त्यहाँ जाने निर्णय गर्यौं। हामीले गर्यौं र त्यहाँ जानु सबैभन्दा राम्रो अनुभव थियो!”

मुलेनहरु र उनीहरुका बिधार्थीहरुले सिके जस्तै, साधारण सम्मलेन मार्फत सेवा गर्ने धेरै तरिकाहरु छन्। प्रेरणादायी उद्दरणहरु, पारिवारिक परम्पराहरु, अर्थपूर्ण छलफलहरु र परमप्रभुका सेवकहरुका शिक्षाहरु बाँढ्ने यो अद्भुत तरिका हो।

अरुलाई तपाईंको घरमा आमन्त्रण गर्नुहोस्।

“मुक्तिदाताले उहाँका अनुयायीहरुलाई आज्ञा दिनुभयो ‘एक अर्कालाई प्रेम गर्नु; मैले तिमीहरुलाई प्रेम गरे जस्तै’ (यूहन्ना १३:३४)। त्यसैले हामी उहाँले हामीलाई कसरी माया गर्नु हुन्थ्यो भनेर हेर्छौं। यदि हामी उहाँलाई प्रेरणाको स्रोत बनउछौँ भने, हामी सँधै सबैलाई समावेश गर्ने प्रयासमा हुनुपर्छ।” —अध्यक्ष डालिन एच. ओक्स

धेरै बर्ष अगाडी हाम्रा गृह शिक्षक माइकले देख्नुभयो कि मेरा तीन बच्चाहरु र मसँग साधारण सम्मेलन हेर्नको लागि एउटा सानो ल्यापटप मात्र छ। उहाँहरुलाई हाम्रो साथ मनपर्ने छ भनेर जोड गर्दै उहाँले हामीलाई उहाँ र उहाँको श्रीमती ज्याकीसँग उहाँको घरमा आएर हेर्नका लागि तुरुन्तै आमन्त्रण गर्नुभयो। मेरा बच्चाहरु असली टिभीमा सम्मेलन हेर्न पाएकोमा हर्षित थिए; मैले पाएको सहारालाई सराहना गरें र हामी सबैलाई सँगै बिताएको समय मनपर्यो।

त्यस पछाडी, सँगै साधारण सम्मलेन हेर्ने परम्परा बन्यो। हामीले आफ्नै टिभी ल्याईसकेपछि पनि, हामी खुशीसाथ माइक र ज्याकीकोमा हाम्रा सिरानीहरु, नोटबुकहरु र खाजाहरु लिएर साधारण सम्मेलनको लागि जान्थ्यौं।।Hअगम्बकताहरुका शब्दहरु सँगै सुन्नु अझै विशेष हुन्थ्यो। हामी परिवार जस्तै बन्यौं। माइक र ज्याकी मेरा केहि विशेष साथीहरु बने र मेरा बच्चाहरुका लागि दोश्रो हजुरआमा हजुरबुबा बने। उनीहरुको माया र मित्रता मेरो परिवारको लागि अविश्वसनीय आशिष रहदै आएको छ। उनीहरुको घर र हृदय हाम्रो लागि खोल्ने इच्छुकताका लागि म धेरै कृतज्ञ छु।

सुजान अर्ड, क्यालीफोर्निया, युएसए।

विचार गर्नुपर्ने सिद्धान्तहरू

“देख्नुभयो”

मुक्तिदाताले प्रेमपूर्वक अरुको आवश्यकता हेर्नको लागि समय निकाल्नु भयो र त्यसपछि ति आवश्यकताहरु पुरा गर्नको लागि कार्य गर्नुभयो (हेर्नुहोस् मत्ती ९:३५-३६; यूहन्ना ६:५; १९:२६-२७)। हामीले पनि त्यस्तै गर्न सक्छौँ।

“तुरुन्तै आमन्त्रण गरे”।

हामीले सेवा गर्नेहरुको आवश्यकताहरु देखेपछि, अर्को चरण भनेको कार्य गर्नु हो।“अगम्बक्ताहरुको शब्दहरु सुन्ने”।

हामीले “प्रायजसो सँगै भेट्नुपर्छ” (मोरोनी ६:५) सँगै सिक्नका लागि, सँगै वृद्धि हुनका लागि र हाम्रो आत्माको लागि सबैभन्दा महत्व हुने आत्मिक कुराहरुको बारेमा कुरा गर्नका लागि।

“आउनुहोस्, अगमबक्ताको आवाज सुन्नुहोस् र परमेश्वरको शब्दलाई सुन्नुहोस्” यो हामीले सेवा गर्नेहरुलाई हामीले पुर्याउन सक्ने एउटा सबैभन्दा महत्वपूर्ण निमन्त्रणा हुन सक्छ।

“प्रेम र मित्रता”

अरुलाई वास्तवमा प्रभावित पार्न र सहयोग गर्न , हामीले दया र “साँचो माया” का साथ सम्बन्ध बनाउनुपर्छ (हेर्नुहोस् सिद्धान्त र करार १२१:४१)।

इन्टरनेटमा बाँढ्नुहोस्

“सामाजिक संजालहरु विश्वव्यपी उपकरणहरु हुन् जसले व्यक्तिगत रुपमा र सकारात्मक रुपमा ठूलो संख्यामा व्यक्ति र परिवारहरुलाई प्रभाव पार्न सक्छ। र मलाई विश्वास छ कि ख्रीष्टको अनुयायीहरुका रुपमा हामीले यी प्रेरित उपकरणहरुको सहि तरिकाले र अझै प्रभावकारी रुपमा अनन्त पिता परमेश्वर, उहाँका सन्तानका लागि उहाँको खुशीको योजना र उहाँका पुत्र, येशू ख्रीष्ट, संसारका मुक्तिदाताको रुपमा गवाही दिन प्रयोग गर्ने समय आइसक्यो।” —एल्डर डेबिड ए. बेड्नर

इन्टरनेटले विश्व भरि सुसमाचार बाँढ्न सम्भव बनाउँछ। मलाई त्यो मनपर्छ! म साधारण सम्मेलनको लागि केहि क्रियाकलापहरु बाँढ्छु, तर प्रायजसो म अरुलाई साधारण सम्मलेनका वक्तव्यहरुबाट छलफलको निर्माण गर्न सहयोग गर्ने कोशिश गर्छु। अरुबाट आएका प्रश्नहरुलाई हेरेर प्रायजसो हामीलाई कुराहरुलाई नयाँ प्रकाशमा हेर्न सहयोग गर्छ र यो हाम्रो आफ्नो उत्कृष्ट छलफलका प्रश्नहरुको स्प्रिंगबोर्ड हुनसक्छ।

मैले पाएको छु कि जब तपाईंले तपाईंका सेवा गर्ने परिवारहरुसँग साधारण सम्मेलनका वक्तव्यहरुको छलफल गर्न प्रश्नहरुको प्रयोग गर्नुहुन्छ, यसले उनीहरुको शक्ति साथै उनीहरुको आवश्यकताहरु देख्न सहयोग गर्छ। मेरो मनपर्ने प्रश्नहरु मध्ये एउटा प्रश्न हो, तपाईंलाई साधारण सम्मेलनको हालको सत्रबाट के विषयवस्तु महसुश भयो?

उत्तरले लगभग सँधै तपाईंलाई उनीहरुको जीवनमा के भइरहेको छ र उनीहरुको लागि के महत्वपूर्ण छ भनेर थाहा दिन्छ। यसले तपाईंलाई राम्रो सेवागर्ने दाजुभाई अथवा दिदीबहिनी बनाउँछ किनकी तपाईंले उनीहरुलाई अझ स्पष्टसँग देख्न सक्नुहुन्छ।

क्यामिली गिल्हम, कोलोराडो, युएसए

विचार गर्नुपर्ने सिद्धान्तहरू

“सुसमाचार बाँढ्नुहोस्”

हामीले “परमेश्वरको साक्षीको रुपमा सबै समयहरुमा र सबै कुराहरुमा र सबै स्थानहरुमा उभिनको लागि” करार गरेका छौँ (मोसीयाह १८:९)।

“छलफल निर्माण गर्नुहोस्”

साधारण सम्मलेन सन्देशहरुले आश्चर्यजनक, प्रासंगिक र आत्मिकरुपमा अगुवाई गरिएका छलफलहरुलाई प्रेरणा दिन सक्छ। अनि यस्ता खाल्का छलफलहरुले तपाईंहरुको सम्बन्धहरुलाई दरिलो बनाउन सक्छ, तपाईंको गवाही बढाउन सहयोग गर्छ र तपाईंलाई खुशी ल्याउँछ! (हेर्नुहोस् सिद्धान्त र करार ५०:२२)।

“प्रश्नहरुको प्रयोग गर्नुहोस्”

“असल प्रश्नहरुले तपाईंलाई अरुसँग भएको इच्छाहरु, चिन्ताहरु र प्रश्नहरु बुझ्नको लागि सहयोग गर्छ। यसले तपाईंको सिक्षणलाई बढाउँछ, आत्मालाई आमन्त्रण गर्छ र मानिसहरुलाई सिक्न सहयोग गर्छ।”

सूचीहरू

  1. Dallin H. Oaks, “Love and the Law” (video), mormonandgay.ChurchofJesusChrist.org.

  2. “Come, Listen to a Prophet’s Voice,” Hymns, no. 21.

  3. David A. Bednar, “Flood the Earth through Social Media,” Liahona, Aug. 2015, 50.

  4. Preach My Gospel: A Guide to Missionary Service (2004), 185.

प्रिन्ट गर्नुहोस्