सेवा गर्ने
सेवाका माध्यमबाट इस्राएललाई एकतृत गर्ने
सेवाका सिद्धान्तहरू


छवि
ministering

सेवाका सिद्धान्तहरू, जनवरी २०२०

सेवाका माध्यमबाट इस्राएललाई एकतृत गर्ने

सेवा भनेको इस्राएललाई एकतृत गर्ने अगमवक्ताको सल्लाह पालन गर्ने सुअवसर हो।

लियाहोना, जनवरी २०२०

अध्यक्ष रसल एम. नेल्सनले हामीलाई “आज पृथ्वीमा भइरहेको सबैभन्दा महत्त्वपूर्ण कुरा”- इस्राएलको एकीकरणमा सहयोग गर्न आमन्त्रण गर्नुभएकोछ।”

इस्राएललाई एकतृत गर्ने यस कार्यमा सहभागी हुन चाहनेहरूका लागि, सेवा सुन्दर अवसर हुनसक्छ। यो व्यक्तिहरूको जीवन परिवर्तन गर्ने एक प्रेरणादायी तरिका हो। चाहे हामी कम सक्रिय सदस्यहरूकालागि सेवा गरिरहेका हौँ वा हामीले हाम्रो विश्वास बाहिरका मानिसहरूलाई सेवा गर्दा उनीहरूलाई आमन्त्रित गरिरहेका हौँ, सेवाले इस्राएललाई एकतृत गर्ने अवसर प्रदान गर्दछ।

फर्कने सदस्यहरूलाई उद्धार गर्दै

“प्रेरणासहित प्रेमका साथ आश्चर्यकर्महरू हुनेछन्, र हामी ‘हराइरहेका’ हाम्रा दिदीबहिनीहरू र दाजुभाइहरूलाई येशू ख्रीष्टको सुसमाचारको समावेशी अध्ययनमा ल्याउने तरिकाहरू पत्ता लगाउनेछौँ ।” { जीन बी. बिन्घम

“मेरो श्रीमान्‌ र म नयाँ शहरमा सरेपछि कम्तीमा छ वर्षसम्म म निष्क्रिय थिएँ । मलाई भेट्नका लागि दिदीबहिनी पठाउन सक्नुहुन्छ कि भनेर सोध्दै राहत समाजकी मेरी नयाँ अध्यक्ष मलाई भेट्न आउनुभयो । केही घबराहट हुँदाहुँदै पनि, म सहमत भएँ। मसँग धेरै मायालु कुकुर छ! कुकुरहरूसँगको उहाँको एलर्जीका बावजुद पनि यी बहिनीले हरेक महिना मलाई भेट्नुभयो उहाँको सेवा दुई वर्षसम्म जारी रह्यो र यसले ममा ठूलो प्रभाव पारेको थियो।

“यद्यपि उहाँका भेटहरू प्रायश: पूर्णत: सामाजिक हुन्छन् तापनि उहाँले मलाई यदाकदा प्रश्नहरू सोध्नुहुन्थ्यो जसले हामीलाई आध्यात्मिक कुराकानीमा डोर्याउँथ्यो। यसले मलाई अलि अप्ठ्यारो बनायो, तर उहाँहरूले मलाई सुसमाचारमा अगाडि बढ्ने कि म जहाँ बसेकोछु त्यही बस्ने भनेर निर्णय गर्न प्रेरित गर्नुभायो । यो निर्णय मेरा लागि चुनौतीपूर्ण थियो तरपनि मैले धर्मप्रचारक बहिनीहरूसँग भेट गर्ने निर्णय गरेँ ।

“छ वर्षमा पहिलो पटक प्रभूभोज सभामा सहभागी हुन गएको दिनमा म भित्र जान डराएँ। जब म चर्चमा गएँ, सेवा गर्ने मेरी बहिनी मेरो पर्खाइमा हुनुन्थ्यो र उहाँ मसँगै आराधना कक्षमा जानुभयो। मुक्तिदाताको अझै नजिक पुग्नका लागि उहाँले मलाई के सहयोग गर्न सक्नुहुन्छ भनेर सोध्दै, पछि, उहाँ मेरो कारसम्म पुर्याउन आउनुभयो।

“मेरो सेवा गर्ने दिदीबहिनीको समय र प्रेमले मलाई पून: गतिविधिमा फिर्ता हुन सहयोग गर्‍यो, र मैले मलाई प्रदान गरिएका उपहारहरू मध्येको एक महान् उपहारका रुपमा मैले उहाँको प्रयासलाई स्वीकारेँ । मुक्तिदाताको चर्च तर्फको मेरो पून:यात्रामा उहाँ मेरो छेउमा हुनु भएकोमा म आभारी छु।”

नाम रोकिएकोछ, ब्रिटिश कोलम्बिया, क्यानडा

विचार गर्नुपर्ने सिद्धान्तहरू

“हरेक महिना मलाई भेट्न आउनुभयो”

तपाईंले अन्य चीजहरू भन्दा बढी सेवा गर्नेहरूको ख्याल गर्नुहुन्छ भनेर कसरी देखाउन सक्नुहुन्छ? (हेर्नुहोस् सिद्धान्त र करार २१२:४४

“प्रश्नहरू”

सही प्रश्नहरू सोध्नाले आत्म-मूल्याङ्कनलाई प्रोत्साहन गर्न सहयोग गर्न सक्छ। याद गर्नुहोस् कि हाम्रो सेवाको उद्देश्य सामाजिक हुनु भन्दा पनि परसम्म पुग्छ।

“मेरा लागि प्रतिक्षा गर्ने”

सबैले स्वागत् गरिएको महसुस गर्नुपर्छ (हेर्नुहोस् ३ नफि १८:३२

“फिर्ता हुने मेरो यात्रामा त्यहाँ मेरो छेउमा छन्”

मुक्तिदातामा फर्किन लड़खडाइ रहेका र चङ्गाइ प्राप्त गर्न कठीनाइ भोगिरहेकाहरूका लागि हाम्रो सहयोगले महत्त्वपूर्ण भिन्नता ल्याउन सक्छ (हेर्नुहोस् हिब्रू १२: १२-१३

सेवा र एकीकरण

“जुनसुकै हिसाबले तपाईंलाई प्राकृतिक र सामान्य जस्तो लाग्ने, येशू ख्रीष्ट र उहाँको चर्च तपाईंको लागि किन महत्वपूर्ण छ भनेर मानिसहरूलाई बताउनुहोस्। …

“… तपाईंको हृदयमा जे छ त्यसलाई बाँढ्नु र तपाइँको विश्वास अनुरूप जीवन जिउनु तपाईंको भूमिका हो।”— एल्डर डिटर एफ. उक्ड़ोर्फ

सेवा र सुसमाचार बाँढ्ने कुरा सँगसँगै जान्छन्। हामीले सेवा गर्दा हाम्रा साथीहरू र छिमेकीहरूलाई भेला गर्न सक्छौँ वा सेवा लिने क्रममा हामीले साथीहरू र छिमेकीहरूलाई जम्मा गर्ने यहाँ केही तरिकाहरू छन् :

  • सँगै सेवा गर्नुहोस्। साथीहरू वा छिमेकीहरूलाई आवश्यकतामा रहेको कसैको सेवामा सहभागी हुनका लागि आमन्त्रित गर्ने अवसरहरूको खोजीगर्नुहोस्। उनीहरूलाई नयाँ आमाका लागि खाना तयार गर्न, वृद्ध छिमेकीलाई भेट्न वा बिरामी परेकाको घर सफा गर्न तपाईंलाई सहयोग गर्नकोलागी भन्नुहोस्।

  • सँगै सिकाउनुहोस्। प्रायशचर्चमा उपस्थित नहुने साथी वा छिमेकीलाई उनीहरूको घरमा सुसमाचार प्रचारकहरुलाई भेट्न गैरहेको कसैकोलागि सुसमाचार प्रचारको पाठ पढाउन आमन्त्रण गर्ने कुरालाई महत्व दिनुहोस्। वा तपाईंको साथीले तपाईंलाई तपाईंकै घरमा पाठ पढाउन सहयोग गर्न सक्नुहुन्छ वा तपाईं सँगै अरू कसैको घरमा गई पाठ पढाएर सहयोग गर्न सक्नुहुन्छ।

  • तपाईंले आवश्यकता देखेको समयमा अरूलाई भेट्नुहोस् । चर्चमा यातायातको व्यवस्था गर्न प्रस्ताव गर्नुहोस्। केटाकेटीहरूलाई युवा वा प्राथमिक क्रियाकलापहरूमा आमन्त्रण गर्नुहोस्। अरू कुन-कुन तरिकाहरूमा तपाईंले सेवा र एकतृत गर्न सक्नुहुन्छ?

  • चर्चले प्रदान गरेका स्रोतहरू प्रयोग गर्नुहोस्। सुसमाचार बाँढ्नका लागि सदस्यहरूलाई सहयोग गर्न चर्चले धेरै स्रोतहरू प्रदान गर्दछ। हाम्रो समुदायमा इस्राएललाई कसरी एकतृत गर्ने भन्ने बारेका विचारहरू बुझ्न तपाईंले सुसमाचार पुस्तकालयमा “सुसमाचारप्रचारक” खण्ड ब्राउज गर्न सक्नुहुन्छ र ComeUntoChrist.org मा जान सक्नुहुन्छ।

सूचीहरुः

  1. रसल-एम नेल्सन, “इस्राएलको आशा” (विश्वव्यापी युवा आराधना, जून ३, २०१८), HopeOfIsrael.ChurchofJesusChrist.org.

  2. जीन-बी. बिन्घम, “मुक्तिदाताले जस्तै सेवा गर्न,” लियाहोना, मे २०१८,१०६।

  3. “हेर्नुहोस् सेवाका सिद्धान्तहरू: त्यो उद्देश्य जसले हाम्रो सेवालाई परिवर्तन गर्नेछ” जनवरी। २०१९ ।

  4. डिटर एफ। उक्डोर्फ, “सुसमाचार प्रचारको कार्य: तपाईंको हृदयमा भएकोलाई बाँढ्ने”, लियाहोना,मे २०१९, १७

प्रिन्ट गर्नुहोस्