सेवा गर्ने
आत्माले तपाईंलाई सेवा गर्नका लागि कसरी सहयोग गर्नेछ।
सेवाका सिद्धान्तहरू


सेवाका सिद्धान्तहरू, सेप्टेम्वर २०१९

आत्माले तपाईंलाई सेवा गर्नका लागि कसरी सहयोग गर्नेछ।

सेवा गर्ने पादरित्वको कार्यभारले पुरुष र महिला दुबैका लागि प्रकाश प्राप्त गर्ने अधिकारलाई समावेश गर्छ।

छवि
ministering

गेट्टी चित्रबाट तस्विरहरु

लियाहोना, सेप्टेम्वर २०१९

सेवा गर्ने र प्रेम गर्ने समेतको हाम्रो बोलावटमा मुक्तिदाताले जस्तै गर्न कहिलेकहीँ - विशेष गरी हामीले राम्ररी नचिनेकाहरूसम्म पुग्ने कुरा समावेश भएको अवस्थामा चुनौतीपूर्ण हुनसक्छ। सेवा गर्ने दशौँ हजार तरिकासँगै, हामीलाई कार्यभार सुम्पिएकाहरू सामु पुग्ने सबै भन्दा राम्रो तरिका कसरी थाहा पाउने भनेर हामी द्विविधामा पर्न सक्छौँ ।

हामीले लामो समयसम्म द्विविधामा पर्नु पर्दैन किनकि हाम्रो इमान्दार प्रयासहरू पवित्र आत्माद्वारा निर्देशित हुन्छन्।

“तपाईंको सेवाको पवित्र कार्यभरले तपाईंलाई प्रेरणाको दैवी अधिकार दिन्छ” भनेर युवती महिला साधारण अध्यक्ष दिदी बोनी-एच् कोर्डनले भन्नुभयो। “दृढताका साथ तपाईं त्यो प्रेरणाको खोजी गर्न सक्नुहुन्छ।”

जब हामीहरूले मुक्तिदाताले जस्तै गरेर सेवा गर्न खोज्छौँ उहाँलाई निर्देशन गर्ने त्यही आत्माद्वारा हामी पनि निर्देशित हुन सक्छौँ। विशपका पादरित्वका साँचाहरूको अधिनमा बनाइएको सेवा जस्ता कार्यभारहरूमा सेवा गर्दा यो विशेषरुपमा सत्य हुन्छ। आत्मा सहित सेवा गर्नका लागि यहाँ छ सुझावहरू छन्।

सेवा गर्दा म कसरी आत्मा प्राप्त गर्न सक्छु

  • निर्देशनका लागि आग्रह गर्नुहोस्। स्वर्गमा रहनुहुने पिताले प्रार्थनाका माध्यमबाट हामीले उहाँसँग कुरा गरून् भन्ने चाहनुहुन्छ। प्रार्थनाले हामीलाई उहाँसँग नजिकिन मात्रै अनुमति दिँदैन, तर यसले “हामीले मागे पछि मात्रै प्राप्त हुने सर्तमा परमेश्वरले पहिला नै स्वेच्छाले प्रदान गर्न चाहेका आशीषहरूलाई सुनिश्चित गराउँछ।” “जब हामीले तिनीहरूको हृदय बुझ्न प्रार्थना र खोजी गर्छौं,” दिदी कोर्डनले भन्नुभयो, “म प्रमाणित गर्छु कि स्वर्गमा रहनुहुने पिताले हामीलाई निर्देशित गर्नुहुन्छ र उहाँको आत्मा हामीसँगै जानेछ।”

  • प्रोत्साहनका लागि प्रतिक्षा नगर्नुहोस्। सक्रिय हुनुहोस्। “उत्सुकतापूर्वक सहभागी” हुनुहोस् (सिद्धान्त र करार ५८:२७ ), अनि तपाईंले तपाईंका प्रयासहरूलाई निर्देशित गरिएका र विशाल पारिएका पाउनुहुनेछ। “हाम्रा सेवा र कार्यहरूसँगै अगाडि बढ्नु प्रकाशको लागि योग्य बन्ने एक महत्त्वपूर्ण तरिका हो,” भनेर प्रथम अध्यक्षतामा पहिलो सल्लाहकार अध्यक्ष ड्यालिन एच ओक्सले भन्नुभयो। “धर्मशास्त्रहरुकको मेरो अध्ययनमा मैले परमेश्वरका सन्ततिहरूले परमप्रभूले तिनीहरूलाई पहिलो पाइला चाल्नका लागि भन्नुहोला भनेर तिनीहरू आफ्नै बासस्थानहरुमामा प्रतिक्षारत रहेको समयमा भन्दा तिनीहरूले कार्य गरिरहेको समयमा प्रकाश प्राप्त भएको देखेकोछु।”

सेवा गर्ने प्रोत्साहनहरुलाई म कसरी पहिचान गर्न सक्छु ?

  • मोर्मोनको सुझावलाई अनुशरण गर्नुहोस्। कुनै विचार प्रोत्साहन थियो वा थिएन भनेर हामीले उल्झनमा सोचिरहनु जरुरी छैन। जबकि हामीसँग मोर्मोनसँग जानकारी लिने सजिलो साँचो छ: यदि तपाईंसँग त्यस्तो कुनै विचार छ जसले तपाईंलाई असल कुरा गर्न र विश्वास गर्न वा अरूहरूलाई ख्रीष्टमा विश्वास गर्न सहयोग गर्न प्रोत्साहन गर्छ भने, त्यो परमेश्वरबाट आएको हो भनेर तपाईंले थाहा पाउन सक्नुहुन्छ (हेर्नुहोस् मोरोनी ७:१६)।

  • यसका बारेमा चिन्ता नगर्नुहोस्। “पोखरीमा हाम्फाल्नुहोस् र पौडिनुहोस्,” बाह्र प्रेरित गणका एल्डर जेफ्री-आर हल्याण्डले भन्नुभयो। “आवश्यकतामा परेकाहरू तिर जानुहोस्। तपाईं उत्तानो पौडिने कि वा कुकुर चाल पौडिने भनेर सोच्दै गतिहीन नबन्नुहोस्। यदि हामीले सिकाइएका आधारभूत सिद्धान्तहरूको पालना गरेमा, पादरित्वका साँचाहरू अनुरुप रहेमा, हामीलाई निर्देशित गर्न पवित्र आत्माको अनुशरण गरेमा हामी पतन हुन सक्दैनौँ।”

प्रोत्सानलाई अनुशरण गर्ने सबैभन्दा उत्तम तरिका के हो?

  • तत्कालै । दिदी सुसन बेड्नार (बाह्र प्रेरित गणका एल्डर डेविड-ए. बेड्नारकी श्रीमती) प्रोत्साहनलाई पालना गर्ने उत्तम उदाहरण हुनुहुन्छ। प्रार्थना गरेपछि “आत्मिक आँखाले आवश्यकतामा परेकाहरुलाई हेर्न,” उहाँले सभाको वरिपरि हेर्नुहुन्छ र प्रयाश: “कसैलाई भेट्नुपर्ने वा कुनै व्यक्ति विशेषलाई फोन गर्नुपर्ने आत्मिक प्रोत्साहनको महसुस गर्नुहुन्छ,” भनेर एल्डर बेड्नारले भन्नुभयो। “अनि जब दिदी बेड्नारले त्यस्तो प्रेरणा प्राप्त गर्नुहुन्छ, उहाँले तत्कालै प्रतिक्रिया जनाउनुहुन्छ र पालना गर्नुहुन्छ। प्रायजसो अन्तमा ‘आमीन’ भनिएको लगत्तै पछि उहाँले किशोरकिशोरीसँग कुरा गर्नुहुन्छ वा एक दिदीबहिनीलाई अंगालो हाल्नुहुन्छ वा घर फर्किने क्रममा तत्कालै फोन उठाएर फोन गर्नुहुन्छ।”

  • साहसपूर्वक । परित्याग गरिने डर र सङ्कोचको महसुस, अपर्याप्तता वा असुविधाले हामीलाई सेवा गर्ने प्रोत्साहनलाई अनुशरण गर्न हामीमा व्यवधान सिर्जना गर्नसक्छ। “फरक समय र तरिकामा, हामी सबैले अपर्याप्त, अनिश्चित, सम्भवत: अयोग्य पनि महसुस गर्न सक्छौँ।” बाह्र प्रेरित गणका एल्डर गेरिट-डबल्यू गोङ्ले भन्नुभयो। “अझैपनि परमेश्वरलाई गर्ने आस्थावान प्रेम र हाम्रा छिमेकीलाई सेवा गर्ने हाम्रो प्रयासमा हामीले तिनीहरू र आफुस्वयंका लागि परमेश्वरको प्रेम र आवश्यक प्रेरणा नयाँ र पवित्र तरिकामा अनुभव गर्न सक्छौँ।”

    एक दाजुले आत्महत्या गर्ने एक महिलाका श्रीमानसम्म पुग्नका लागि कति सङ्कोच मानिरहनुभएको थियो भनेर बताउनुभयो। तरपनि उहाँले अन्तत: श्रीमान चाहिँलाई दिउँसोको भोजनका लागि बोलाउनुभयो। “जब मैले भनें, ‘तपाईंकी श्रीमतीले आत्महत्या गर्नुभयो। त्यो तपाईंका लागि भावविह्वल बनाउने खालको थियो होला। के तपाईं यसका बारेमा कुरागर्न चाहनुहुन्छ?’ उहाँ खुलेर रुनुभयो” उहाँले बाँढ्नु भयो। “हामीमा विनित र आत्मिय भलाकुसारी भयो अनि त्यसले केही मिनेटमा नै उल्लेखनीय सामिप्यता र विश्वास विकास गरायो।”

सूचीहरुः

  1. बोनी-एच. कोर्डोन, “भेडा गोठाला हुने,” Liahona, नोभ. २०१८, ७६।

  2. बाइवल शब्दकोष, “प्रार्थना।”

  3. बोनी-एच. कोर्डोन, “भेडा गोठाला हुने,” ७६।

  4. ड्यालिन एच ओक्स्, “उहाँको आफ्नै समयमा, उहाँको आफ्नै तरिकामा” Liahona,अगष्ट २०१३, २४।

  5. जेफ्री-आर हल्याण्ड, “सेवाको पूनर्सङ्कल्प” Liahona, नोभ. २०१८, ७७।

  6. डेभिड-ए. बेडनार, “छिटो निरीक्षण गर्ने,” Liahona, डिसे. २००६,१७।

  7. गेरिट-डबल्यू. गोङ् “हाम्रो आस्थाको शिविर,” Liahona, नोभ. २०१८,४२।

  8. हेर्नुहोस् बोनी-एच. कोर्डोन, “भेडा गोठाला हुने,” ७६।

प्रिन्ट गर्नुहोस्