अध्याय १६
दुष्टले सत्यलाई कठोर मान्दछ-लहीका छोराहरूले इश्माएलका छोरीहरूसँग विवाह गर्छन्-लियाहोनाले उजाड स्थानमा उनीहरूको बाटो देखाउँछ-परमेश्वरका सन्देशहरू समय-समयमा लीयाहोनामा लेखिन्छन्-इश्माएलको मृत्यु हुन्छ; कष्टका कारण उनको परिवार गनगनाउँछन्। लगभग ई.पू. ६००–५९२।
१ अनि अब यस्तो हुन गयो कि म, नफीले मेरा बन्धुहरूसँग बोल्न अन्त्य गरिसकेपछि, हेर उनीहरूले मलाई भने: तैँले हाम्रासामु हामीले सुन्न सक्नेभन्दा बढी, कठोर कुराहरू घोषणा गरिस्।
२ अनि यस्तो हुन गयो कि सत्यताअनुसार दुष्टहरूका विरुद्ध मैले कठोर कुराहरू बोलेँ भनी मलाई थाहा छ भनेर मैले उनीहरूलाई भनेँ; अनि धर्मीहरूलाई मैले न्यायोचित ठहऱ्याएको छु र गवाही दिएको छु कि अन्तिम दिनमा उनीहरूको उत्थान हुनेछ; यसकारण, दोषीले सत्यलाई कठोरको रुपमा लिन्छ, किनकि यसले उनीहरूलाई भित्रैसम्म काट्छ।
३ अनि अब मेरा बन्धुहरू, यदि तिमीहरू धर्मी भए र सत्यलाई सुन्न राजी भए र यसलाई वास्ता गरे, कि तिमीहरू परमेश्वरका अगाडि सीधा भएर हिँड्न सक्थ्यौ, त्यसो भए सत्यको कारणले तिमीहरूले गनगनाउने थिएनौ र तैँले हाम्रा विरुद्ध कठोर कुराहरू बोलिस् भन्ने थिएनौ।
४ अनि यस्तो हुन गयो कि म, नफीले मेरा बन्धुहरूलाई परमप्रभुका आज्ञाहरू पालना गर्न सारा लगनशीलताले प्रोत्साहित गरेँ।
५ अनि यस्तो हुन गयो कि उनीहरूले स्वयमलाई परमप्रभुका अगाडि विनम्र तुल्याए; यतिसम्म कि ममा उनीहरू प्रति आनन्द र ठूलो आशा थियो कि उनीहरू धार्मिकताका पथमा हिँडनेछन्।
६ अब, यी सबै कुराहरू मेरा पिताले लेमुएल भनी नाम दिनुभएको उपत्यकामा पालमा बास बस्नु हुँदा भनिए र गरिए।
७ अनि यस्तो हुन गयो कि म, नफीले इश्माएलका छोरीहरूमध्ये एउटीलाई पत्नीको रुपमा लिएँ; अनि मेरा बन्धुहरूले पनि इश्माएलका छोरीहरूलाई पत्नीको रुपमा लिए; र योरमले पनि इश्माएलकी जेठी छोरीलाई पत्नीको रुपमा लियो।
८ अनि यसरी मेरा पिताले उहाँलाई दिइएका परमप्रभुका सारा आज्ञाहरूलाई पूरा गर्नु भएको थियो। अनि म, नफी, पनि परमप्रभुद्वारा अत्यन्तै आशीषित भएको थिएँ।
९ अनि यस्तो हुन गयो कि परमप्रभुको आवाजले रातमा मेरा पितासँग बोल्नुभयो र भोलिपल्ट उहाँले उजाड-स्थानतिर यात्रा लिनुपर्नेछ भनी उहाँलाई आज्ञा दिनुभयो।
१० अनि यस्तो हुन गयो कि जब मेरा पिता बिहानै उठ्नुभयो र पालको ढोकातिर अघि बढ्नु भयो, ठूलो आश्चर्यमा पर्ने गरी उहाँले जमिनमाथि विस्तृत शिल्पकलाको एउटा गोलो डल्लो देख्नुभयो; र यो असली काँसको थियो। अनि त्यो डल्लो भित्र दुइवटा सूईहरू थिए; र एउटाले उजाड-स्थानतिर हामीले जानु पर्ने बाटो देखाउँथ्यो।
११ अनि यस्तो हुन गयो कि उजाड-स्थानतिर लैजानु पर्ने जुनजुन कुराहरू र परमप्रभुले हामीलाई दिनुभएका बाँकी बन्दोबस्तीका सामानहरू हामीले एकसाथ जम्मा गऱ्यौँ; र उजाड-स्थानतिर लैजान सकौँ भनेर हामीले हरेक किसिमका बीउ पनि लियौँ।
१२ अनि यस्तो हुन गयो कि हामीले आफ्ना पालहरू लियौँ र लमान नदीपारि उजाड-स्थानतिर प्रस्थान गऱ्यौँ।
१३ अनि यस्तो हुन गयो कि हामी झन्डै दक्षिण-दक्षिणपूर्वी दिशामा चार दिनको अन्तरालसम्म हिड्यौँ, अनि हामीले पुन: आफ्ना पालहरू टाङ्ग्यौं; र हामीले त्यस ठाउँको नाम शाहेर भन्यौँ।
१४ अनि यस्तो हुन गयो कि हामीले आफ्ना धनुहरू र आफ्ना वाणहरू लियौँ र आफ्ना परिवारहरूका लागि खानको बध गर्न उजाड-स्थान तिर अगाडि बढ्यौँ; अनि आफ्ना परिवारहरूका लागि खानाको बध गरिसकेपछि हामी पुन: उजाड-स्थानमा शाहेरको स्थानमा आफ्ना परिवारहरूकहाँ फर्कियौँ। अनि उही दिशा पहिल्याउँदै लाल सागरका सिमानाहरू नजिक रहेका उजाड-स्थानका अति ऊर्वर भागहरूमा रहँदै उजाड-स्थानमा हामी पुन: अघि बढ्यौँ।
१५ अनि यस्तो हुन गयो कि हाम्रा धनुहरूले र हाम्रा वाणहरूले र हाम्रा ढुङ्गाहरूले र हाम्रा घुयेंत्रोद्वारा बाटोमा खानाको बध गरिसकेपछि धेरै दिनहरूको अन्तरालसम्म हामीले यात्रा गऱ्यौँ।
१६ अनि हामीले डल्लोका दिशाहरू पछयायौँ, जसले हामीलाई उजाड-स्थानको बढी ऊर्वर भागहरूतिर अगुवाइ गरेर लग्यो।
१७ अनि धेरै दिनहरूको अन्तरालसम्म यात्रा गरिसकेपछि केही समयको अन्तरालका लागि हामीले आफ्ना पालहरू टाङ्ग्यौं ताकि हामीले पुन: स्वयम आराम गर्न सकौँ र आफ्ना परिवारहरूका लागि खाना प्राप्त गर्न सकौँ।
१८ अनि यस्तो हुन गयो कि जब म, नफी, खाना जुटाउन अघि बढेँ, हेर, मैले आफ्नो धनु भाँचेँ, जुन असली इस्पातले बनेको थियो; अनि मैले आफ्नो धनु भाँचेपछि, हेर, मेरो धनु गुमेको कारणले मेरा बन्धुहरू मसँग रिसाए, किनकि हामीले खाना प्राप्त गर्न सकेनौँ।
१९ अनि यस्तो हुन गयो कि हामी खाना बिना नै आफ्ना परिवारहरूकहाँ फर्कियौँ र यात्राका कारणले धेरै थकित भएकाले र खानाको चाहनाले गर्दा उनीहरू धेरै पिडित भए।
२० अनि यस्तो हुन गयो कि उजाड-स्थानमा उनीहरूको पीडाहरू र कष्टहरूको कारणले लमान र लमुएल र इश्माएलका छोराहरू अत्यन्तै गनगनाउन थाले; अनि मेरा पितापनि परमप्रभु उहाँका परमेश्वरका विरुद्ध गनगनाउन थाल्नुभयो; हो, अनि उनीहरू सबै अत्यन्तै दुखित भए, उनीहरूले परमप्रभुविरुद्ध समेत गनगनाए।
२१ अब यस्तो हुन गयो कि म, नफी, मेरो धनु गुमेको कारणले मेरा बन्धुहरूसँगै कष्टमा परेकोले र उनीहरूका धनुहरूले आफ्ना लचकताहरू गुमाएकोले अत्यन्तै अप्ठ्यारो हुन थाल्यो, हो, यतिसम्म कि हामीले खाना पाउन सकेनौँ।
२२ अनि यस्तो हुन गयो कि म, नफीले मेरा बन्धुहरूसँग धेरै बोलेँ किनभने उनीहरूले आफ्ना हृदयहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरविरुद्ध गुनासो गर्ने गरी समेत पुन: कठोर तुल्याएका थिए।
२३ अनि यस्तो हुन गयो कि म, नफीले काठको एउटा धनु र एउटा सीधा लौरोबाट एउटा वाण बनाएँ; यसकारण, मैले धनु र वाणले, घुयेँत्रो र ढुङ्गाले स्वयमलाई सुसज्जित तुल्याएँ। अनि मैले मेरा पितालाई भनेँ: खाना प्राप्त गर्न म कहाँ जाऊँ?
२४ अनि यस्तो हुन गयो कि उहाँले परमप्रभुसँग सोधखोज गर्नुभयो, किनकि मेरा वचनहरूको कारणले उनीहरूले स्वयमलाई विनम्र तुल्याइसकेका थिए; किनकि मेरो जीवात्माको शक्तिमा मैले उनीहरूलाई धेरै कुराहरू भनेँ।
२५ अनि यस्तो हुनगयो कि परमप्रभुको आवाज मेरा पितासमक्ष आयो; अनि परमप्रभुविरुद्धको उहाँको गनगनको कारणले उहाँलाई साँचै नै ताडना दिइयो, यतिसम्म कि उहाँलाई दु:खको गहिराइतिर झारियो।
२६ अनि यस्तो हुन गयो कि परमप्रभुको आवाजले उहाँलाई भन्नुभयो: ती गोलाकारमाथि हेर र लेखिएका ती कुराहरू हेर।
२७ अनि यस्तो हुन गयो कि जब मेरा पिताले ती गोलाकार माथि लेखिएका कुराहरू हेर्नुभयो, उहाँ अत्यन्तै डराउनुभयो र काम्नुभयो, अनि मेरा बन्धुहरू र इश्माएलका छोराहरू र तिनका पत्नीहरू पनि कामे।
२८ अनि यस्तो हुन गयो कि म नफीले ती गोलाकारमा भएका सुइराहरू देखेँ, कि तिनीहरू हामीले तिनीहरूलाई दिएको आस्था र लगनशीलता र ध्यानअनुसार काम गर्दथे।
२९ अनि तिनीहरू माथि एउटा नयाँ लेखाइ पनि लेखिएको थियो, जुन पढ्नलाई सरल थियो, जसले हामीलाई परमप्रभुका मार्गहरूका बारेमा सुझबुझ दियो; अनि हामीले यसलाई दिएको आस्था र लगनशीलताअनुसार यो लेखिन्थ्यो र समय समयमा बदलिन्थ्यो। अनि यसरी हामी देख्छौँ कि साना उपायहरूबाट परमप्रभुले ठूला कुराहरू गराउन सक्नुहुन्छ।
३० अनि यस्तो हुन गयो कि म, नफी, त्यो गोलाकारमाथि दिइएका निर्देशनहरूअनुसार पहाडको चुचुरोमाथि तिर अघि बढेँ।
३१ अनि यस्तो हुन गयो कि मैले जङ्गली जनावरहरूको बध गरेँ, यतिसम्म कि मैले हाम्रा परिवारका लागि खाना प्राप्त गरेँ।
३२ अनि यस्तो हुन गयो कि मैले बध गरेका जन्तुहरू बोकेर म हाम्रा पालहरूमा फर्किएँ; अनि अब मैले खाना प्राप्त गरेको जब उनीहरूले देखे, उनीहरूको हर्ष कति उच्च थियो! अनि यस्तो हुन गयो कि उनीहरूले स्वयम्लाई परमप्रभुसामु विनम्र तुल्याए र उहाँलाई धन्यवाद दिए।
३३ अनि यस्तो हुन गयो कि सुरुमा जस्तै झन्डै उस्तै मार्गमा यात्रा गर्दै हामीले पुन: आफ्नो यात्रा लियौँ; अनि धेरै दिनहरूको अन्तरालसम्म यात्रा गरि सकेपछि केही समयको अन्तरालसम्म बास बस्न सकौँ भनी हामीले पुन: आफ्ना पालहरू टाङ्ग्यौँ।
३४ अनि यस्तो हुन गयो कि इश्माएल मरे र नहोम भनिने ठाउँमा गाडिए।
३५ अनि यस्तो हुन गयो कि आफ्ना पिता गुमाएका कारणले र उजाड-स्थानमा उनीहरूका कष्टहरूका कारणले इश्माएलका छोरीहरूले अत्यन्तै शोक गरे; अनि यरुशलेमको भूमिबाट उहाँले उनीहरूलाई बाहिर ल्याउनुभएका कारणले उनीहरूले मेरा पिताविरुद्ध यसो भन्दै गनगन गरे: हाम्रा पिता मरे, हो, अनि हामी उजाड-स्थानमा धेरै भौँतारियौँ र हामीले धेरै कष्ट, भोक, प्यास र थकान भोग्यौँ; अनि यी सारा पीडाहरूपछाडि भोकले उजाड-स्थानमा हाम्रो विनाश हुनेछ।
३६ अनि यसरी उनीहरूले मेरा पिता विरुद्ध र मेरा विरुद्ध पनि गनगनाए; र उनीहरू पुन: यरुशलेम फर्कन इच्छुक थिए।
३७ अनि लमानले लमुएललाई र इश्माएलका छोराहरूलाई पनि भन्यो: हेर, हाम्रा पिताको र हाम्रो भाइ नफीको पनि बध गरौँ, जसले हामीहरू, जो उसका दाजुहरू हौँ, त्यसले हाम्रो शासक र हाम्रो शिक्षक बन्ने जिम्मा लिएको छ।
३८ अब, उसले भन्दछ कि परमप्रभुले उससँग कुरा गर्नु भएको छ, अनि स्वर्गदूतहरूले उसको सेवा पनि गरेका छन्। तर हेर, हामीलाई थाहा छ कि उसले हामीलाई ढाँट्छ; अनि ऊ हामीलाई यी कुराहरू बताउँदछ र आफ्ना धुर्त कलाहरूले ऊ धेरै कुराहरू गर्दछ, ताकि उसले हाम्रा आँखाहरू छल्न सकोस्, ताकि यो सोंच्दै कि उसले हामीलाई कुनै अनौठो उजाड-स्थानतिर अगुवाइ गर्न सकोस्; अनि हामीलाई अगुवाइ गरेर लगिसकेपछि उसले स्वयमलाई हाम्रामाथि राजा र शासक बनाउने सोंचेको छ, ताकि उसले हामीमाथि आफ्नो इच्छा र चाहनानुसार गर्न सकोस्। अनि यस प्रकारले मेरो दाजु लमानले उनीहरूको हृदयलाई रिस उठ्ने गरी भड्कायो।
३९ अनि यस्तो हुन गयो कि परमप्रभु हामीसँग हुनुहुन्थ्यो, हो, परमप्रभुको आवाज समेत आयो र उनीहरूसामु धेरै वचनहरू बोल्नुभयो र उनीहरूलाई अत्यन्तै ताडना दिनुभयो; अनि परमप्रभुको आवाजद्वारा ताडना दिइसकेपछि उनीहरूले आफ्नो रिस त्यागे र आफ्ना पापहरूको पश्चाताप गरे, यतिसम्म कि परमप्रभुले हामीलाई पुन: खानाले आशीषित गर्नुभयो, कि हाम्रो विनाश भएन।