अध्याय १८
पानीजहाजको निर्माण सकिन्छ-याकूब र युसेफको जन्मको उल्लेख गरिन्छ—समूह प्रतिज्ञाको भूमितिर प्रस्थान गर्छ-इश्माएलका छोराहरू र तिनका पत्नीहरू विद्रोह र झगडामा सम्मिलित हुन्छन्-नफी बाधिन्छन् र पानीजहाज डरलाग्दो आंधीबेरीद्वारा पछाडि धकेलिन्छ—नफीलाई बन्धनबाट फुकाइन्छ र उनको प्रार्थनाद्वारा आंधी रोकिन्छ-जनहरू प्रतिज्ञाको भूमिमा सकुशल पुग्छन्। लगभग इ.पू. ५९१–५८९।
१ अनि यस्तो हुन गयो कि उनीहरूले परमप्रभुको आराधना गरे र मसँग अघि गए; अनि हामीले चाखलाग्दो शिल्पकलाका काठका काम गऱ्यौँ। अनि समय समयमा परमप्रभुले मलाई पानीजहाजका काठका कामहरू कुन तरिकाले गर्ने भनेर देखाउनुभयो।
२ अब म, नफीले मानिसद्वारा सिकेको तरिकामा काठका काम गरिनँ, नत मैले मानिसहरूको तरिकामा नै पानीजहाज बनाएँ; तर मैले यसलाई परमप्रभुले मलाई देखाउनु भएको तरिकामा बनाएँ; यसकारण, यो मानिसहरूको तरिकामा थिएन।
३ अनि म, नफी पटक पटक पर्वततिर गएँ र मैले पटक पटक परमप्रभुसामु प्रार्थना गरेँ; यसकारण परमप्रभुले मलाई महान् कुराहरू देखाउनुभयो।
४ अनि यस्तो हुन गयो कि परमप्रभुका वचनअनुसार मैले पानीजहाज बनाउन सिध्याइ सकेपछि, मेरा बन्धुहरूले देखे कि यो राम्रो थियो र त्यसको शिल्पकला अत्यन्तै उच्चस्तरको थियो; यसकारण, उनीहरूले स्वयमलाई परमप्रभुअगाडि पुन: विनम्र तुल्याए।
५ अनि यस्तो हुन गयो कि परमप्रभुको आवाज मेरा पितासामु आयो, कि उहाँले उठ्नु पर्नेछ र पानीजहाज भित्र जानु पर्नेछ।
६ अनि यस्तो हुन गयो कि भोलिपल्ट, हामीले सबै कुराहरू, उजाड-स्थानबाट धेरै फलफूलहरू र मासु र प्रशस्तै मह र परमप्रभुले हामीलाई आज्ञा दिनुभएअनुसार बन्दोबस्तीका सामानहरू तयार गरिसकेपछि हाम्रा सबै भारी र बीउबिजनहरू र जे जे कुराहरू हामीले आफूसँग ल्याएका थियौँ, ती सहित उमेरअनुसार हरेक जना हामी पानीजहाज भित्र गयौँ; यसकारण, हामी सबै आफ्ना पत्नीहरू र छोराछोरीहरूसहित पानीजहाजभित्र गयौँ।
७ अनि अब, उजाड स्थानमा मेरा पिताले दुईवटा छोराहरू जन्माउनु भएको थियो; जेठोलाई याकूब र कान्छोलाई योसेफ भनिन्थ्यो।
८ अनि यस्तो हुन गयो हामी सबै पानीजहाज भित्र गइसकेपछि र हाम्रा बन्दोबस्तीका सामानहरू र हामीलाई आज्ञा दिइएका कुराहरू आफूसँग लगिसकेपछि हामी समुद्रतिर अघि बढ्यौँ र बतासअगाडि प्रतिज्ञाको भूमितर्फ हाँकियौँ।
९ अनि धेरै दिनको अन्तरालसम्म बतासअगाडि हाँकिएपछि, हेर, मेरा बन्धुहरू र इश्माएलका छोराहरू र तिनका पत्नीहरू पनि स्वयम् रमाइलो गर्नथाले, यतिसम्म कि उनीहरू नाच्न र गाउन र धेरै अशिष्टताका साथ बोल्न थाले, हो, उनीहरूले कुन शक्तिद्वारा उनीहरूलाई त्यहाँ ल्याइएको थियो भन्ने समेत भुले, हो, अत्यन्तै अशिष्टताका साथ उनीहरू चढेका थिए।
१० अनि म, नफी परमप्रभु हामीसँग रिसाउनु होला, हाम्रा दुराचारको करणले हामीलाई प्रहार गर्नुहोला कि भनेर अत्यन्तै डराउन थालेँ, कि हामी समुद्रको गहिराइमा निलिनेछौँ; यसकारण, म, नफीले धेरै विनम्रताका साथ उनीहरूसँग बोल्न थालेँ; तर हेर उनीहरू यसो भन्दै मसँग रिसाए: हामी चाहँदैनौँ कि हाम्रो भाइ हामीमाथि शासक बनोस्।
११ अनि यस्तो हुन गयो कि लमान र लमुएलले मलाई लिए र डोरीले मलाई बाँधे र धेरै कठोरताका साथ व्यवहार गरे; तथापि, परमप्रभुले यो हुन दिनुभयो ताकि दुष्टहरूका सवालमा उहाँले बोल्नुभएका वचनहरू पूरा हुने गरी उहाँले आफ्नो शक्ति देखाउन सक्नुहोस्।
१२ अनि यस्तो हुन गयो कि चल्न नसक्ने गरी उनीहरूले मलाई बाँधिसकेपछि परमप्रभुले तयार गर्नुभएको दिशा निर्देशक यन्त्रले काम गर्न छोड्यो।
१३ यसकारण, पानीजहाजलाई कतातिर खियाउने उनीहरूलाई थाहा भएन, यतिसम्म कि एउटा ठूलो आँधी, हो, ठूलो र भयानक आँधिबेहरी उठ्यो र पानीमाथि तीन दिनको अन्तरालसम्म हामीलाई पछाडि हाँकियो; र समुद्रमा डुबिन्छ कि भनेर उनीहरू अत्यन्तै डराउन थाले; तथापि उनीहरूले मलाई बन्धनमुक्त पारेनन्।
१४ अनि हामीलाई पछाडि हाँकिएको चौथो दिनमा आँधिबेहरी अत्यन्तै कष्टप्रद हुन थाल्यो।
१५ अनि यस्तो हुन गयो कि समुद्रको गहिराइमा हामी निलिन लागेका थियौँ। चार दिनको अन्तरालसम्म पानीमाथि पछाडि हाँकिएपछि मेरा बन्धुहरूले देख्न थाले कि परमेश्वरका न्यायहरू तिनीहरूमाथि थिए र आफ्ना दुराचारहरूको पश्चाताप नगरेसम्म उनीहरू नासिने थिए; यसकारण, उनीहरू मेरासामु आए र मेरा नाडीहरूमाथि भएका बन्धनहरू फुकालिदिए र हेर तिनीहरू अत्यन्तै सुन्निएका थिए; अनि मेरा गोलीगाँठाहरू पनि धेरै सुन्निएका थिए र त्यसको कष्ट ठूलो थियो।
१६ तथापि, मैले आफ्नो परमेश्वरतिर हेरेँ र सारा दिनभरि मैले उहाँको प्रशंसा गरेँ; र आफ्ना कष्टहरूको कारणले मैले परमप्रभु विरुद्ध गनगनाइनँ।
१७ अब मेरा पिता, लहीले उनीहरूसामु र इश्माएलका छोराहरूसामु पनि धेरै कुराहरू भन्नुभएको थियो; तर, हेर, मेरो पक्षमा बोल्ने जो कोहीविरुद्ध उनीहरूले धेरै धम्कीहरू हुङ्कारे; अनि मेरा मातापिताहरु उमेरले पाका भएकाले र आफ्ना छोराछोरीका कारणले धेरै सन्ताप भोग्नु परेकाले उनीहरू ढले, हो, ओछ्यानमा नै बिरामी परे।
१८ धेरै शोक र दु:ख र मेरा बन्धुहरूको दुराचारका करणले उनीहरूलाई यो समयमा झन्डै आफ्ना परमेश्वरलाई भेट्न लैजान आँटिएको थियो; हो, उनीहरूको फुलेको कपालहरूलाई धूलोमा मिलाउन लैजान आँटिएको थियो; हो, उनीहरूलाई समेत ओसिलो चिहानमा दु:ख सहीत फ्याँक्न आँटिएको थियो।
१९ अनि कलिलै भएकोले, याकूब र योसेफलाई पनि धेरै पालनपोषणको जरुरत परेकोले, तिनीहरूका आमाको कष्टहरूका कारणले शोकाकूल थिए; अनि मेरी पत्नीका आँसुहरू र प्रार्थनाहरूले र मेरा छोराछोरीहरूका समेतले पनि, मेरा बन्धुहरूका हृदयहरू कोमल बनाएनन् ताकि तिनीहरूले मलाई बन्धनमुक्त बनाऊन्।
२० अनि उनीहरूका हृदयहरूलाई कोमल बनाउन सक्ने परमेश्वरको शक्ति, जसको विनाशले उनीहरूलाई धम्क्याएको थियो, त्यसबाहेक त्यहाँ अरु केही थिएन; यसकारण, जब उनीहरूले देखे कि उनीहरू समुद्रको गहिराइमा निलिन लागेका थिए आफूले गरेका कुराको उनीहरूले पश्चाताप गरे, यतिसम्म कि उनीहरूले मलाई फुकाइदिए।
२१ अनि यस्तो हुन गयो कि उनीहरूले मलाई फुकाइदिएपछि, हेर, मैले दिशानिर्देशक यन्त्र लिएँ र मैले चाहे जसरी यसले काम गऱ्यो। अनि यस्तो हुन गयो कि मैले परमप्रभुसामु प्रार्थना गरेँ; अनि मैले प्रार्थना गरिसकेपछि हुरी रोकियो र आँधी रोकियो र त्यहाँ ठूलो शान्ति भयो।
२२ अनि यस्तो हुन गयो कि म, नफीले पानीजहाजलाई बाटो देखाएँ, कि हामी पुन: प्रतिज्ञाको भूमितर्फ तैरियौँ।
२३ अनि यस्तो हुन गयो कि धेरै दिनको अन्तरालसम्म तैरिएपछि हामी प्रतिज्ञाको भूमिमा आइपुग्यौँ; अनि हामी त्यस भूमिमाथि अघि बढ्यौँ र हाम्रा पालहरू गाड्यौँ; र हामीले यसलाई प्रतिज्ञाको भूमि भन्यौँ।
२४ अनि यस्तो हुन गयो कि हामीले जमिन जोत्न थाल्यौँ र हामीले बिउहरू रोप्न थाल्यौँ; हो, हामीले हाम्रा सबै बीऊहरू जमिनमा रोप्यौं, जुन हामीले यरुशलेमको भूमिबाट ल्याएका थियौँ। अनि यस्तो हुन गयो कि तिनीहरू अत्यन्तै बढे; यसकारण, हामी प्रशस्ततामा आशीषित भयौँ।
२५ अनि यस्तो हुन गयो कि उजाड स्थानमा यात्रा गर्दा हामीले प्रतिज्ञाको भूमिमाथि पायौँ कि त्यहाँ बनहरूमा हरेक प्रकारका जन्तुहरू, गाई र गोरू दुबै र गधा र घोडा र बाख्रा र जङ्गली बाख्रा र सबै किसिमका जङ्गली जनावरहरू थिए, जो मानिसहरूका प्रयोगका लागि थिए। अनि हामीले सबै किसिमका कच्चा पदार्थ, सुनको, चाँदीको र तामाको दुबै भेट्टायौँ।