धर्मशास्त्रहरू
१ नफी ६


अध्याय ६

नफी परमेश्वरका कुराहरू लेख्छन्—नफीको उद्धेश्य मानिसहरूलाई परमेश्वरकहाँ आएर मुक्ति हुन मनाउनु हो। लगभग ई.पू. ६००–५९२।

अनि अब म नफी मेरो अभिलेखको यो खण्डमा मेरा पितापुर्खाहरुको वंशावली दिन्न; न त पछि कुनै समयमा नै मैले लेख्दै गरेका पाताहरूमाथि म यसलाई दिनेछु; किनकि मेरा पिताद्वारा राखिएको अभिलेखमा यसलाई दिइएकोछ, यसकारण, यस कृतिमा म यसलाई लेख्दिनँ।

किनकि मलाई यति भन्नु पर्याप्त छ कि हामी योसेफका सन्तति हौँ।

अनि मेरा पिताका सम्पूर्ण कुराहरूको पूर्ण विवरण दिनमा म सचेत छु कि छैन भन्ने मलाई मतलब छैन, किनकि तिनीहरूलाई यी पाताहरूमाथि लेख्न सकिँदैन, किनकि म ठाउँ चाहन्छु ताकि परमेश्वरका कुराहरू लेख्न सकूँ।

किनकि मेरो अभिप्रायको परिपूर्णता यो हो कि म मानिसहरूलाई अब्राहामका परमेश्वर र इसहाकका परमेश्वर र याकूबका परमेश्वरसामु आउन र मुक्ति पाउन मनाउन सकूँ।

यसकारण, संसारलाई खुशी पार्ने कुराहरू म लेख्दिनँ, तर परमेश्वरलाई र यस संसारमा नभएकाहरूलाई खुशी पार्ने कुराहरू लेख्दछु।

यसकारण, म मेरा सन्ततिलाई आज्ञा दिनेछु कि उनीहरूले यी पाताहरू मानिसका छोराछोरीहरुका निम्ति मूल्यहीन कुराहरूले भर्ने छैनन्।

प्रिन्ट गर्नुहोस्