धर्मशास्त्रहरू
१ नफी ९


अध्याय ९

नफी दुईप्रति अभिलेख बनाउँछन्—प्रत्येकलाई नफीका पाताहरू भनिन्छ—ठूलो पाताहरूमा लौकिक इतिहास छ; साना पाताहरूले मुख्यत: पवित्र कुराहरू बताउँदछन्। लगभग ई.पू. ६००–५९२।

अनि यी सबै कुराहरू मेरा पिताले देख्नुभयो, सुन्नुभयो र बोल्नुभयो, जब उहाँ लमुएलको उपत्यकामा पालमा बस्नुभयो, अनि कैयौँ महान् कुराहरू पनि जुन यी पाताहरूमाथि लेख्न सकिँदैन।

अनि अब, यी पाताहरूका सवालमा मैले बोलिसकेको हुनाले, हेर, यिनीहरू ती पाताहरू होइनन् जसमाथि म मेरा मानिसहरूको इतिहासको पूर्ण विवरण बनाउँदछु; किनकि ती पाताहरू जसमाथि म मेरा मानिसहरूको इतिहासको पूर्ण विवरण बनाउँदछु, तिनीहरूलाई मैले नफी नाम दिएको छु; यसकारण, तिनीहरूलाई मेरो आफ्नै नामसरह नफीका पाताहरू भनिन्छ; अनि यी पाताहरूलाई पनि नफीका पाताहरू भनिन्छ।

तथापि, मैले परमप्रभुबाट एउटा आज्ञा पाएको छु कि मेरा मानिसहरूको सेवाको विवरण कुँदिनुपर्छ भन्ने विषेश प्रयोजनका लागि मैले यी पाताहरू बनाउनुपर्छ।

अन्य पाताहरूमाथि राजाहरूको शासन र मेरा मानिसहरूको युद्ध र विवादहरूको विवरण खोपिनु पर्छ; यसकारण यी पाताहरू बढी जसो सेवाका लागि हुन्; अनि अन्य पाताहरू बढी जसो राजाहरूको शासन र मेरा मानिसहरूका युद्ध र कलहहरूका लागि हुन्।

यसकारण, परमप्रभुले उहाँको विवेकपूर्ण प्रयोजनका लागि यी पाताहरू बनाउन मलाई आज्ञा दिनुभएको छ, जुन प्रयोजन मलाई थाहा छैन।

तर परमप्रभुलाई प्रारम्भदेखिका सम्पूर्ण कुराहरू थाहा छन्; यसकारण, मानिसका छोराछोरीहरूबीच उहाँका सम्पूर्ण कार्यहरू सम्पन्न गर्न उहाँले मार्ग तयार गर्नुहुन्छ; किनकि हेर, आफ्ना सारा वचनहरू पूरा गर्ने गरी उहाँसँग सम्पूर्ण शक्ति छ। अनि यो यस्तै हो। आमिन।

प्रिन्ट गर्नुहोस्