धर्मशास्त्रहरू
हेलामान ११


अध्याय ११

नफीले परमप्रभुलाई उनीहरूको युद्धको सट्टामा अनिकालका साथ प्रतिस्थापना गर्न मनाउँछन्—धेरै जनको नाश हुन्छ—उनीहरूले पश्चात्ताप गर्छन् र नफी परमप्रभुलाई वर्षाका निम्ति अनुरोध गर्छन्—नफी र लहीले धेरै प्रकाशहरू प्राप्त गर्छन्—गादियान्तोन डाँकाहरूले आफैँलाई भूमिमा स्थापित गर्छन्। लगभग ई.पू. २०–६।

अनि न्यायकर्ताहरूको शासनको बहत्तरौँ वर्षमा यस्तो हुन गयो कि कलहहरू बढे, यतिसम्म कि नफीका सबै जनमाझ सबै भूमिभरि युद्धहरू थिए।

अनि डाँकाहरूको गोप्य समूह थियो जसले विनाशका र दुष्टताका कार्यहरू गरे। अनि यो युद्ध त्यो वर्षभरि रह्यो; र यो त्रिहत्तरौँ वर्षमा पनि रह्यो।

अनि यस्तो हुन गयो कि यो वर्षमा नफीले परमप्रभुसामु पुकारे, यसो भन्दै:

हे परमप्रभु, नसहनुहोस् कि यी जनलाई तरबारद्वारा विनाश गरिनेछ; तर हे परमप्रभु, उनीहरूलाई परमप्रभु उनीहरूका परमेश्वरको सम्झनामा प्रोत्साहन गराउन, त्यहाँ अनिकाल आओस्, अनि सम्भवत: उनीहरूले पश्चात्ताप गर्नेछन् र हजुरलाई सम्झनेछन्।

अनि त्यस्तै गरियो, नफीका वचनहरूअनुसार। अनि नफीका जनमाझ भूमिमा विकराल अनिकाल आयो। अनि यसरी चौहत्तरौँ वर्षमा अनिकाल निरन्तर रह्यो र तरबारद्वारा भएको विनाशको कार्य रोकियो तर अनिकालद्वारा भएको विनाश भने कष्टप्रद बन्यो।

अनि यो विनाशको कार्य पचहत्तरौँ वर्षमा पनि निरन्तर रह्यो। किनकि पृथ्वीलाई प्रहार गरिएको थियो कि यो सुखा थियो र अन्नको मौसममा अन्न उब्जनी गरेन; र सारा पृथ्वी नै प्रताडित थियो, नफीहरूकामाझमा जस्तै लमानीहरूकामाझमा समेत, ताकि उनीहरू प्रताडित थिए कि भूमिको बढी दुष्ट भागहरूमा उनीहरू हजारौँमा नाश भए।

अनि यस्तो हुन गयो कि जनले देखे कि उनीहरू अनिकालबाट नाश हुन लागेका थिए र उनीहरूले परमप्रभु उनीहरूका परमेश्वरलाई सम्झन थाले र नफीका वचनहरूलाई सम्झन थाले।

अनि जनले उनीहरूका प्रधान न्यायकर्ताहरू र उनीहरूका अगुवाहरूसँग बिन्ती गर्न थाले, कि उनीहरूले नफीसामु भन्नु पऱ्यो: हेर, हामीलाई थाहा छ कि तिमी परमेश्वरका मानिस हौ र त्यसकारण परमप्रभु हाम्रा परमेश्वरसामु पुकार कि उहाँले यो अनिकाल हामीबाट हटाइदिनुहुन्छ, कथंकदाचित् तिमीले हाम्रा विनाशका बारेमा बोलेका सबै वचनहरू पूरा होऊन्।

अनि यस्तो हुन गयो कि न्यायकर्ताहरूले नफीसामु भने, चाहेका वचनहरूअनुसार। अनि यस्तो हुन गयो कि जब नफीले देखे कि जनले पश्चात्ताप गरेका थिए र आफैँले आफैँलाई भाङ्ग्रामा विनम्र बनाएका थिए, उनले परमप्रभुसामु फेरि पुकारे, यसो भन्दै:

१० हे परमप्रभु यी जनले पश्चात्ताप गर्दछन्: अनि उनीहरूले गादियान्तोनका समूहलाई उनीहरूकामाझ बाट यतिसम्म बढारेका छन् कि उनीहरू लोप भइसकेका छन् र उनीहरूले तिनीहरूका गोप्य योजनाहरूलाई पृथ्वीमा लुकाएका छन्।

११ अब, हे परमप्रभु, उनीहरूको यो विनम्रताका कारण हजुर आफ्नो क्रोधलाई हटाइदिनुहोस् र हजुरको रिस हजुरले विनाश गरिसकेका ती दुष्ट मानिसहरूको विनाशमा सन्तुष्ट होओस्।

१२ हे परमप्रभु, हजुरले आफ्नो क्रोध, हो, हजुरको भयङ्कर क्रोध, सान्त पारिदिनुहोस् र अह्राउनुहोस् कि यो अनिकाल यो भूमिबाट हटोस्।

१३ हे परमप्रभु, हजुरले मलाई सुनिदिनुहोस् र अह्राइदिनुहोस् कि मेरा वचनहरूअनुसार हुन सकोस् र पृथ्वीको सतहमा वर्षा पठाइदिनुहोस्, कि उनले आफ्ना फल र अन्नको मौसममा आफ्ना अन्नहरू ल्याउन सकून्।

१४ हे परमप्रभु, तपाईँले मेरा वचनहरू सुन्नुभयो जब मैले भनेँ: त्यहाँ अनिकाल होओस्, कि तरबारको महामारी रोकियोस्; र मलाई थाहा छ कि हजुरले, यस समयमा समेत, मेरा वचनहरू सुन्नुहुनेछ, किनकि हजुरले भन्नुभएको छ कि: यदि यी जनले पश्चात्ताप गरे म यिनीहरूलाई छाडिदिनेछु।

१५ हो, हे परमप्रभु, अनि हजुरले देख्नुहुन्छ कि उनीहरूले पश्चात्ताप गरेका छन्, उनीहरूमाथि आएको अनिकाल र माहामारी र विनाशका कारण।

१६ अनि अब, हे परमप्रभु, के हजुरले आफ्नो क्रोधलाई सान्त पार्नुहुनेछ र यदि उनीहरूले हजुरको सेवा गर्छन कि भनि फेरि प्रयास गर्नुहुनेछ? अनि यदि त्यसो भए, हे परमप्रभु, हजुरले भनेका हजुरका वचनहरूअनुसार हजुरले उनीहरूलाई आशीष दिन सक्नुहुन्छ।

१७ अनि यस्तो हुन गयो कि छह्यत्तरौँ वर्षमा परमप्रभुले आफ्नो क्रोध आफ्ना जनबाट हटाउनुभयो र अह्राउनुभयो कि वर्षा पृथ्वीमा पर्नपर्छ, यतिसम्म कि यसले आफ्नो फलको मौसममा फल ल्यायो। अनि यस्तो हुन गयो कि यसले आफ्नो अन्नको समयमा अन्न ल्यायो।

१८ अनि हेर, जन हर्षित भए र परमेश्वरको महिमा गरे र पृथ्वीको पूरा सतह नै खुसियालीले भरिएको थियो; र उनीहरूले नफीको विनाश गर्न अरु खोजेनन्, तर उनीहरूले उनलाई महान् अगमवक्ता र परमेश्वरबाट उनलाई महान् शक्ति र अधिकार दिइएका परमेश्वरका मानिसका रुपमा माने।

१९ अनि हेर, लही, उनका भाइ, धार्मिकतासँग सरोकारका कुराहरूमा उनी भन्दा रति भर पनि पछाडि थिएनन्।

२० अनि यसरी यस्तो हुन गयो कि नफीका जन भूमिमा फेरि उन्नति गर्न थाले र उजाडिएका भूमिहरूलाई बनाउन थाले र फैलिन र छरिन थाले, भूमिको पूरै सतह नभरिन्जेलसम्म समेत, उत्तरतर्फ र दक्षिणतर्फ दुबैमा, पश्चिमको समुन्द्रदेखि पूर्वको समुन्द्रसम्म।

२१ अनि यस्तो हुन गयो कि छह्यत्तरौँ वर्ष शान्तिमा अन्त्य भयो। र सतहत्तरौँ वर्ष शान्तिमा सुरुभयो; र चर्च सम्पूर्ण भूमिको सतहभरि फैलियो; र नफीहरू र लमानीहरू, दुबै जनको बढी भाग चर्चको मातहतमा थियो; र उनीहरूसँग भूमिमा अत्यन्त महान् शान्ति थियो; र यसरी सत्हत्तरौँ वर्षको अन्त्य भयो।

२२ अनि अठहत्तरौँ वर्षमा पनि, अगमवक्ताहरूद्वारा दिइएको सिद्धान्तका बुँदाहरूका बारेमाको केही कलहहरू बाहेक उनीहरूसँग शान्ति थियो।

२३ अनि उनान्असीयौँ वर्षमा त्यहाँ धेरै कलह हुन थाल्यो। तर यस्तो हुन गयो कि नफी र लहीले र सिद्धान्तका सत्य बुँदाहरूका बारेमा ज्ञान भएका उनीहरूका बन्धुहरूमध्ये धेरैले, दैनिक रुपमा धेरै प्रकाशहरू पाएकाले, त्यसकारण उनीहरूले जनसामु प्रचार गरे, यतिसम्म कि उनीहरूले उनीहरूका कलहहरूलाई त्यही वर्षमा अन्त्य गरे।

२४ अनि यस्तो हुन गयो कि नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको असीयौँ वर्षमा नफीका जनबाटका विमति राख्नेहरूको निश्चित सङ्ख्या थियो, जो केही वर्षअगाडि लमानीहरूसामु गएका थिए र आफैँलाई लमानीहरूको संज्ञा दिएका थिए र केही सङ्ख्या पनि जो लमानीहरूका वास्तविक सन्तति थिए, उनीहरूद्वारा, अथवा ती विमति राख्नेहरूद्वारा उक्साइएका हुनाले, त्यसकारण उनीहरूले आफ्ना बन्धुहरूसँग युद्ध आरम्भ गरे।

२५ अनि उनीहरूले हत्या गरे र लुटे; र तब उनीहरू पर्वतहरूमा र उजाड स्थानहरू र गोप्य स्थानहरूमा, आफैँलाई लुकाउँदै, पछि हट्थे कि उनीहरूलाई फेला पार्न सकिन्नथ्यो, दैनिक रुपमा थप सङ्ख्या प्राप्त गर्दै, जबसम्म उनीहरूसामु जाने ती विमति राख्नेहरू थिए।

२६ अनि यसरी समयमा, हो, थोरै वर्षहरूको अन्तरालमा समेत, उनीहरू डाँकाहरूको अत्यन्त ठूलो समूह बने; र उनीहरूले गादियान्तोनका सबै गोप्य योजनाहरूलाई खोजे; र यसरी उनीहरू गादियान्तोनका डाँकाहरू बने।

२७ अब हेर, ती डाँकाहरूले नफीका जनमाझ र लमानीहरूका जनमाझ पनि, भयानक विध्वंश, हो भयानक विनाश समेत ल्याए।

२८ अनि यस्तो हुन गयो कि यो आवश्यक थियो कि यो विनाशको कार्यलाई रोक्नु पर्दछ; त्यसकारण उनीहरूले उजाड स्थानतिर र पर्वतहरूमाथि यी डाँकाहरूका समूहलाई खोज्न र विनाश गर्न बलिया मानिसहरूको सेना पठाए।

२९ तर हेर, यस्तो हुन गयो कि त्यो सोही वर्षमा उनीहरूलाई उनीहरूका आफ्ना भूमिहरूमा फिर्ता लखेटियो। अनि यसरी नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको असीयौँ वर्षको अन्त्य भयो।

३० अनि यस्तो हुन गयो एकासीयौँ वर्षको प्रारम्भमा उनीहरू डाँकाहरूको यो समूहविरुद्ध गए र धेरैको विनाश गरे; अनि उनीहरूलाई पनि धेरै विनाशका साथ भेटियो।

३१ अनि उनीहरूलाई, पर्वतहरू र उजाड स्थानमा फैलिएका ती डाँकाहरूको सङ्ख्याको महान्‌ताका कारण, उजाड स्थानबाट र पर्वतहरूबाट आफ्ना भूमिहरूमा फर्कन फेरि बाध्य बनाइयो।

३२ अनि यस्तो हुन गयो कि यो वर्ष यसरी अन्त्य भयो। अनि डाँकाहरू अझ बढे र बलिया भए, यतिसम्म कि उनीहरूले नफीहरूका र लमानीहरूका पनि पूरै सेनाहरूको अवज्ञा गरे; अनि भूमिका सम्पूर्ण सतहमाथि जनमा उनीहरूले भयानक डर ल्याए।

३३ हो, किनकि उनीहरूले भूमिका धेरै भागहरूमा गए र उनीहरूसामु भयानक विनाश गरे; हो, धेरैलाई मारे र धेरैलाई, हो, विशेष गरी उनीहरूका आइमाईहरू र उनीहरूका छोराछोरीहरूलाई बन्दी बनाएर उजाड स्थानतिर लगे।

३४ अब उनीहरूको दुष्टताका कारण जनमा आएको यो महान् दुष्टताले उनीहरूलाई परमप्रभु उनीहरूका परमेश्वरको सम्झनामा उक्सायो।

३५ अनि यसरी न्यायकर्ताहरूको शासनको एकासीयौँ वर्षको अन्त्य भयो।

३६ अनि बयासीयौँ वर्षमा उनीहरूले परमप्रभु उनीहरूका परमेश्वरलाई फेरि बिर्सन थाले। अनि त्रियासीयौँ वर्षमा उनीहरू दुष्टतामा बलिया भए। अनि चौरासीयौँ वर्षमा उनीहरूले आफ्ना बाटाहरूलाई सुधारेनन्।

३७ अनि यस्तो हुन गयो पचासीयौँ वर्षमा उनीहरू उनीहरूका घमण्डमा र उनीहरूका दुष्टतामा झन् झन् बलिया हुँदै गए; र यसरी उनीहरू विनाशका निम्ति पाकिरहेका थिए।

३८ अनि यसरी पचासीयौँ वर्षको अन्त्य भयो।