अध्याय ३
धेरै नफीहरू उत्तरतर्फको भूमितिर बसाइँ सर्छन्—उनीहरूले सिमेन्टका घरहरू बनाउँछन् र धेरै अभिलेखहरू राख्छन्—दसौँ हजार परिवर्तित हुन्छन् र बप्तिस्मा लिन्छन्—परमेश्वरको वचनले मानिसहरूलाई मुक्तितर्फ अगुवाइ गर्दछ—हेलामानको छोरा नफीले न्यायको आसन लिन्छन्। लगभग ई.पू. ४९–३९।
१ अनि अब न्यायकर्ताहरूको शासनको त्रिचालीसौँ वर्षमा यस्तो हुन गयो, नफीका जनमाझ कुनै कलह भएन चर्चमा भएको एक सानो घमण्डभन्दा बाहेक, जुनले जनमाझ एक सानो मतभेद ल्यायो, जुन मामलालाई त्रिचालीसौँ वर्षको अन्त्यमा मिलाइयो।
२ अनि जनमाझ चौवालीसौँ वर्षमा कुनै कलह भएन; न त उनीहरूमाझ पैँतालीसौँ वर्षमा कुनै कलह भयो।
३ अनि छयालीसौँ वर्षमा यस्तो हुन गयो, हो, त्यहाँ धेरै कलह र धेरै मतभेदहरू थिए; जुनमा त्यहाँ अत्यन्त धेरै थिए जसले जरहेम्लाबाट प्रस्थान गरे र उत्तरतर्फको भूमिलाई रिक्थमा लिन गए।
४ अनि उनीहरूले एक अत्यन्त ठूलो दूरी यात्रा गरे, यतिसम्म कि उनीहरू ठूलो पानीको भागहरू र धेरै नदीहरूमा आए।
५ हो, अनि उनीहरूसमेत भूमिका सबै भागहरूमा फैलिए, जुनसुकै भागहरू जुनलाई उजाड र काठहरू बिनाका बनाइएका थिएनन्, धेरै बासिन्दाहरूका कारण जसले यसअघि यो भूमिलाई रिक्थमा लिएका थिए।
६ अनि अब काठका निम्ति बाहेक भूमिको कुनै भाग पनि उजाड थिएन; तर यस अघि बास गरेका जनको भयङ्कर विनाशको कारण यसलाई उजाड भनिएको थियो।
७ अनि भूमिको सतहमाथि त्यहाँ थोरै काठ भएकाले त्यहाँ जाने जन सिमेन्टको काममा अत्यन्त सिपालु भए; त्यसकारण उनीहरूले सिमेन्टका घरहरू बनाए, जसमा उनीहरूले बास गरे।
८ अनि यस्तो हुन गयो कि उनीहरूको सङ्ख्या बढ्यो र उनीहरू छरिए र दक्षिणतर्फको भूमिदेखि उत्तरतर्फको भूमिसम्म गए र यतिसम्म फैलिए कि उनीहरूले दक्षिणको समुद्रदेखि उत्तरको समुद्रसम्म, पश्चिमको समुद्रदेखि पूर्वको समुद्रसम्म सारा पृथ्वीको सतह ढाक्न थाले।
९ अनि उत्तरतर्फको भूमिमा भएका ती जन पालहरूमा र सिमेन्टका घरहरूमा बसे र उनीहरूले सहे जुन वृक्ष भूमिको सतहमाथि उम्रन्छ कि त्यो हुर्कनु पर्छ, कि समयमा उनीहरूसँग उनीहरूका घरहरू, हो उनीहरूका सहर र उनीहरूका मन्दिर र उनीहरूका सभा-घर र उनीहरूका आरक्षण र सबै प्रकारका भवन बनाउन काठ हुन सकोस्।
१० अनि यस्तो हुन गयो कि उत्तरतर्फको भूमिमा काठ अत्यन्त अभावमा थियो, उनीहरूले पानीजहाजको बाटो हुँदै धेरै पठाए।
११ अनि यसरी उनीहरूले उत्तरतर्फको भूमिमा जनलाई सक्षम बनाए कि उनीहरूले काठ र सिमेन्ट दुबैका धेरै सहरहरू बनाउन सकून्।
१२ अनि यस्तो हुन गयो कि त्यहाँ अम्मोनका जनमध्ये धेरै थिए, जो जन्मद्वारा लमानीहरू थिए, उनीहरू पनि यस भूमितिर गए।
१३ अनि अब मानिसहरूका काम-कारबाहीहरूका अभिलेखहरू, यी जनमध्ये धेरै जनद्वारा, उनीहरूका बारेमा, राखिएको थियो, जुन विशेष र धेरै ठूला थिए।
१४ तर हेर, यी जनका काम-कारवाहीका एक सयांश, हो, लमानीहरूका र नफीहरूका र उनीहरूका युद्धका र कलहका र फाटाका र उनीहरूका प्रवचनका र उनीहरूका अगमवाणीहरूका र उनीहरूका ढुवानीहरू र पानीजहाजहरूको निर्माणका, उनीहरूका मन्दिरहरूको र सभा-घरको र उनीहरूका आश्रयको निर्माणका र उनीहरूका धार्मिकताका र उनीहरूका हत्याका र उनीहरूका लुट्का र उनीहरूका चोरीका र सबै प्रकारका कुकर्म र वेश्यावृत्तिका विवरण, यो कार्यमा अटाउन सक्दैनन्।
१५ तर हेर, त्यहाँ धेरै पुस्तक र प्रत्येक किसिमका धेरै अभिलेखहरू छन् र ती मुख्यत: नफीहरूद्वारा राखिएका छन्।
१६ अनि तिनलाई नफीहरूद्वारा एक पिँढीदेखि अर्कोसम्म हस्तान्तरण गरिएको थियो, उनीहरू सबै उल्लङ्घनमा पतन भएर र हत्या गरिएर, लुटिएर र सिकार खेलिएर र लखेटिएर र बध गरिएर र पृथ्वीको सतहमा छरपष्ट पारिएर र लमानीहरूमाझ अरु अब नफीहरू नभनिन्जेलसम्म मिसिएर, दुष्ट र जङ्गली र डरलाग्दा बनेर, हो लमानीहरू जस्तै नबनिन्जेलसम्म समेत।
१७ अनि अब म फेरि मेरो विवरणमा फर्कन्छु; त्यसकारण, मैले जे बोलेको छु त्यो नफीका जनमाझ ठूला कलहहरू र हल्लाहरू र युद्धहरू र मतभेदहरू भैसकेपछि भएका थिए।
१८ न्यायकर्ताहरूका शासनको छयालीसौँ वर्ष अन्त्य भयो।
१९ अनि यस्तो हुन गयो कि भूमिमा अझै महान् कलह थियो, हो, सतचालीसौँ वर्षमा समेत र अठचालीसौँ वर्षमा पनि।
२० तैपनि हेलामानले न्यायको आसन न्याय र समानताका साथ भरे; हो, उनले कानुन र न्याय र परमेश्वरका आज्ञा पालना गर्न ख्याल राखे; अनि उनले निरन्तर त्यो गरे जुन परमेश्वरको दृष्टिमा सही थियो; उनले आफ्ना पिताका बाटामा हिँडे, यत्तिसम्म कि उनको भूमिमा उन्नति भयो।
२१ अनि यस्तो हुन गयो कि उनका दुइटा छोराहरू थिए। उनले जेठालाई नफीको नाउँ र कान्छालाई लहीको नाउँ दिए। अनि उनीहरू परमेश्वरमा बढ्न थाले।
२२ अनि यस्तो हुन गयो कि नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको अठ्चालीसौँ वर्षको अन्त्यतिर, नफीका जनमाझ, केही हदमा, युद्धहरू र कलहहरू रोकिन थाले।
२३ अनि यस्तो हुन गयो कि न्यायकर्ताहरूको शासनको उनन्चालीसौँ वर्षमा, गादियान्तोन डाँकुले भूमिको बढी स्थापित भागहरूमा स्थापना गरेका गोप्य गुटबन्दीहरूबाहेक त्यहाँ निरन्तर शान्तिको स्थापना गरिएको थियो, जुन त्यस समयमा सरकारको नेतृत्वमा भएकाहरूलाई अवगत थिएन, त्यसकारण उनीहरूलाई भूमिबाट विनाश गरिएन।
२४ अनि यस्तो हुन गयो कि यो त्यही वर्षमा चर्चमा अत्यन्त महान् उन्नति भयो, यत्तिसम्म कि चर्चमा आफैँलाई सम्मिलित गर्ने र पश्चात्तापका निम्ति बप्तिस्मा लिनेहरू हजारौँ थिए।
२५ अनि चर्चको उन्नति यस्तो महान् थियो, अनि जनमाथि खन्याइएका आशीषहरू यत्ति धेरै थिए, कि उच्च पादरीहरू र शिक्षकहरू आफैँ नाप्न नसकिने गरी अचम्मित भएका थिए।
२६ अनि यस्तो हुन गयो कि, धेरै जीवात्माहरूलाई, हो, दसौँ हजारहरूलाई समेत बप्तिस्मा दिएर र परमेश्वरको चर्चमा एकीकृत गर्नमा परमप्रभुको कार्यको उन्नति भयो।
२७ यसरी हामी देख्न सक्छौँ कि उनीहरूका निष्कपट हृदयमा उहाँको पवित्र नाउँ पुकार्नेहरू सबैप्रति परमप्रभु दयालु हुनुहुन्छ।
२८ हो, यसरी हामी देख्छौँ कि स्वर्गको द्वार सबैलाई खुल्ला छ, परमेश्वरका छोरा, येशू ख्रीष्टका नाउँमा विश्वास गर्ने ती सबैहरूप्रति समेत।
२९ हो, हामी देख्छौँ कि जसले परमेश्वरका वचनलाई समात्न सक्छ, जुन जिउँदो र शक्तिशाली छ, जसले सैतानका सबै धूर्तता र जालहरू र षड्यन्त्रहरूलाई टुक्रा-टुक्रा पार्छ र ख्रीष्टको मानिसलाई कठिन र साँघुरो बाटोमा त्यो दुष्टहरूलाई भष्म पार्न तयार गरिएको त्यो शोकको अनन्त खाडी पार गर्न अगुवाइ गर्छ—
३० अनि उनीहरूको जीवात्मा, हो, उनीहरूको अजर जीवात्मा, स्वर्गको अधिराज्यमा परमेश्वरको दाहिने हाततिर, अब्राहाम र इसहाक र याकूब र हाम्रा सबै पवित्र पितापुर्खाहरुसँग बस्न र अरु बाहिर ननिस्कन उत्रन्छ।
३१ अनि यस वर्षमा जरहेम्लाको भूमिमा र वरिपरिका क्षेत्रहरूमा, नफीहरूका स्वामित्वमा भएका सबै भूमिहरूमा समेत निरन्तर शान्ति थियो।
३२ अनि यस्तो हुन गयो कि उनान्पचासौँ वर्षको शेषमा त्यहाँ शान्ति र अत्यन्त महान् खुसी थियो, हो र न्यायकर्ताहरूको शासनको पचासौँ वर्षमा पनि निरन्तर शान्ति र महान् खुसी थियो।
३३ अनि न्यायकर्ताहरूको शासनको एकावन्नौँ वर्षमा पनि त्यहाँ शान्ति थियो, चर्चमा प्रवेश गर्न थालेको घमण्ड बाहेक—परमेश्वरको चर्चमा होइन, तर परमेश्वरको चर्चका हुँ भन्ने जनका हृदयहरूमा थियो—
३४ अनि उनीहरू घमण्डमा, उनीहरूका बन्धुहरूमध्ये धेरैलाई कष्ट दिनमा समेत उचालिएका थिए। अब यो एक महान् दुष्ट्याइँ थियो, जसले जनका अझ विनम्र भागहरूलाई महान् कष्टहरू सहन र धेरै दु:ख पार गर्न पऱ्यो।
३५ तैपनि उनीहरूले बारम्बार उपवास बसे र प्रार्थना गरे र आफ्ना विनम्रतामा झन् झन् बलिया हुँदै गए र ख्रीष्टको आस्थामा झन् झन् अडिग हुँदै गए, उनीहरूका जीवात्माहरूलाई खुसी र सान्त्वनाले भर्नलाई, हो, आफ्ना हृदयहरूलाई शुद्धिकरण र पवित्रीकरणसम्म समेत, जुन पवित्रीकरण आफ्ना हृदयहरूका परमेश्वर प्रतिको उनीहरूको समर्पणका कारण आउँछ।
३६ अनि यस्तो हुन गयो कि बावन्नौँ वर्ष पनि शान्तिमा अन्त्य भयो, जनका हृदयहरूमा हुन गएको अत्याधिक घमण्ड बाहेक; अनि यो भूमिमा भएको उनीहरूको अत्याधिक धन र उनीहरूको उन्नतिका कारण थियो; र यो उनीहरूमाथि दिनदिनै बढ्दै गयो।
३७ अनि न्यायकर्ताहरूको शासनको त्रिपन्नौँ वर्षमा यस्तो हुन गयो, हेलामान मरे र उनको सट्टामा उनको जेठा छोरा नफीले शासन गर्न थाले। अनि यस्तो हुन गयो कि उनले न्यायको आसनलाई न्याय र समानताले भरे, हो, उनले परमेश्वरका आज्ञाहरू पालना गरे र उनका पिताका मार्गहरूमा हिँडे।