धर्मशास्त्रहरू
हेलामान १४


अध्याय १४

शमुएलले ख्रीष्टको जन्मको समयमा राति प्रकाश र एक नयाँ ताराको पूर्व सूचना दिन्छन्—ख्रीष्टले मानिसहरूलाई लौकिक र आत्मिक मृत्युबाट उद्धार गर्नुहुन्छ—तीन दिनसम्मको अन्धकार र चट्टानहरू च्यातिने र प्रकृतिको उथलपुथल उहाँको मृत्युका चिन्हहरू अन्तर्गत पर्दछन्।

अनि अब यस्तो हुन गयो कि लमानी शमुएलले लेख्न नसकिने अरु धेरै महान् कुराहरूको अगमवाणी गरे।

अनि हेर, उनले उनीहरूसामु भने: हेर, म तिमीहरूसामु एक चिन्ह दिनेछु; किनकि पाँच वर्ष अरु आउनेछ र हेर तब परमेश्वरका पुत्र आफ्ना नाउँमा विश्वास गर्ने तिनीहरू सबैको उद्धार गर्न आउनुहुनेछ।

अनि हेर, यो म तिमीहरूसामु उहाँको आगमनको समयमा एक चिन्हका रुपमा दिनेछु, किनकि हेर, स्वर्गमा महान् प्रकाशहरू हुनेछन्, यतिसम्म कि उहाँ आउनेभन्दा अघिल्लो रातमा त्यहाँ कुनै अन्धकार हुनेछैन, यतिसम्म कि यो मानिसहरूसामु त्यस दिन भएजस्तै देखिनेछ।

त्यसकारण, त्यहाँ एक दिन र एक रात र एक दिन, एक दिन भएको र रात नभएको जस्तो हुनेछ; र यो तिमीहरूलाई चिन्हका निम्ति हुनेछ; किनकि तिमीहरूले सूर्य उदाएको र त्यो अस्ताएको पनि थाहा पाउनेछौ; त्यसकारण तिमीहरूले निश्चितताका साथ थाहा पाउनेछौ कि त्यहाँ दुई दिन र एक रात हुनेछन्; तैपनि रात अन्धकार हुनेछैन; र त्यो उहाँ जन्मनुभन्दा अगाडिको रात हुनेछ।

अनि हेर, त्यहाँ, तिमीहरूले कहिल्यै नदेखेको त्यस्तो एक नयाँ तारा उदाउने छ; र यो पनि तिमीहरूसामु एक चिन्ह हुनेछ।

अनि हेर यो सबै होइन, त्यहाँ आकाशमा धेरै चिन्हहरू र आश्चर्यहरू हुनेछन्।

अनि यस्तो हुन जानेछ कि तिमीहरू चकित र आश्चर्यन्वित हुनेछौ, यतिसम्म कि तिमीहरू पृथ्वीमा ढल्नेछौ।

अनि यस्तो हुन जानेछ कि जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ, उसैले अजर जीवन पाउनेछ।

अनि हेर, परमप्रभुले मलाई आज्ञा दिनुभएको छ, उहाँका स्वर्गदूतद्वारा, कि म आउनु पर्दछ र यी कुराहरू तिमीहरूसामु भन्नुपर्दछ; हो, उहाँले आज्ञा दिनुभएको छ कि मैले यी कुराहरू तिमीहरूलाई अगमवाणी गर्नुपर्दछ; हो, उहाँले मलाई भन्नुभएको छ: यी जनसामु कराऊ, पश्चात्ताप गर्न र परमप्रभुको बाटो तयार पार।

१० अनि अब, किनभने म एक लमानी हुँ र तिमीहरूसामु परमप्रभुले मलाई दिनुभएका वचनहरू बोलेको छु र किनभने ती तिमीहरूविरुद्ध कठिन थिए, तिमीहरू मसँग रिसाएका छौ र मलाई विनाश गर्न खोज्दछौ र मलाई तिमीहरूमाझ बाट निकाला गरेका छौ।

११ अनि तिमीहरूले मेरा वचनहरू सुन्नेछौ, किनकि, यो अभिप्रायका निम्ति म यो सहरका पर्खालहरूमाथि आएको छु, कि तिमीहरूले सुन्न सक र परमेश्वरको न्यायका बारेमा जान्न सक जसले तिमीहरूलाई आफ्ना दुष्टताका कारण प्रतीक्षा गर्छ र यो पनि कि तिमीहरूले पश्चात्तापका सर्तहरू थाहा पाउन सक;

१२ अनि यो पनि कि तिमीहरूलाई येशू ख्रीष्ट, परमेश्वरका पुत्र, स्वर्ग र पृथ्वीका पिता, प्रारम्भदेखिका सबै कुराहरूका सृष्टिकर्ताको आगमनका बारेमा थाहा होस् र तिमीहरूलाई उहाँको आगमनका चिन्हहरूका बारेमा थाहा होस्, त्यो अभिप्रायका निम्ति कि तिमीहरूले उहाँको नाउँमा विश्वास गर्न सक।

१३ अनि यदि तिमीहरूले उहाँको नाउँमा विश्वास गऱ्यौ भने तिमीहरूले आफ्ना सबै पापहरूको पश्चात्ताप गर्नेछौ, कि जसबाट तिमीहरूले उहाँका योग्यताहरूमार्फत् तीबाट छुटकारा पाउन सक।

१४ अनि हेर फेरि, म तिमीहरूलाई अर्को चिन्ह, हो, उहाँको मृत्युको एक चिन्ह, दिन्छु।

१५ किनकि हेर, उहाँले निश्चय मर्नैपर्दछ ताकि मुक्ति आउन सकोस्; हो, उहाँलाई आवश्यक छ र आवश्यक हुन्छ कि उहाँ मर्नुपर्दछ, मृतकहरूको पुनरुत्थान पूरा गर्न, ताकि त्यसबाट मानिसहरूलाई परमप्रभुको उपस्थितिमा ल्याउन सकियोस्।

१६ हो, हेर, यो मृत्युले पुनरुत्थान पूरा गर्छ र सम्पूर्ण मानवजातिलाई पहिलो मृत्युबाट उद्धार गर्छ—त्यो आत्मिक मृत्यु; किनकि सम्पूर्ण मानवजाति आदमको पतनद्वारा परमप्रभुको उपस्थितबाट हटाइएका छन्, लौकिक कुराहरूमा र आत्मिक कुराहरू दुबैमा मृत सोचिएका छन्।

१७ तर हेर, ख्रीष्टको पुनरुत्थानले मानव जातिको उद्धार गर्दछ, हो सम्पूर्ण मानव जातिको समेत र उनीहरूलाई परमप्रभुको उपस्थितिमा फिर्ता ल्याउँछ।

१८ हो, अनि यसले पश्चात्तापका सर्त पूरा गर्छ, कि जसले पश्चात्ताप गर्छ उसैलाई अलग्याइन्न र आगोमा फ्याँकिन्न; तर पश्चात्ताप नगर्नेलाई काटेर ढालिन्छ र आगोमा फ्याँकिन्छ; अनि त्यहाँ आत्मिक मृत्यु आउँछ, हो, दोस्रो मृत्यु, किनकि उनीहरूलाई धार्मिकतासँग सरोकारका कुराहरूमा फेरि अलग्याइनेछ।

१९ त्यसकारण पश्चात्ताप गर, पश्चात्ताप गर, कथंकदाचित् यी कुराहरू थाहा पाएर ती नगरेमा तिमीहरूले आफैँलाई दोष मुनि आएको सहनेछौ र तिमीहरूलाई यो दोस्रो मृत्युमा ल्याइन्छ।

२० तर हेर, जसरी मैले तिमीहरूसामु अर्को चिन्ह, उहाँको मृत्युको चिन्हका बारेमा भनेँ, हेर, उहाँले मृत्यु सहने त्यस दिनमा सूर्य र चन्द्रमा र ताराहरू पनि अन्धकार हुनेछन् र तिमीहरूलाई प्रकाश दिन अस्वीकार गर्नेछन्; र यो भूमिको सतहमाथि कुनै प्रकाश हुनेछैन, त्यस समयदेखि समेत जहिले उहाँले मृत्यु सहनुहुनेछ, तीन दिनको अन्तराल भरि, त्यस समयसम्म जब उहाँ मृत्युबाट फेरि ब्युँतनुहुनेछ।

२१ हो, त्यो समयमा जब उहाँले आत्मामा समर्पण गर्नु हुन्छ त्यहाँ चट्याङ्हरू र बिजुलीका चमकहरू धेरै घण्टाहरूको अन्तरालसम्म हुनेछन् र पृथ्वी काँप्नेछ र हल्लिनेछ; र पृथ्वीको सतहमा भएका, पृथ्वीमाथि र मुनितिर भएका, जुन तिमीहरूलाई यस समयमा ठोस, अथवा यसका बढी भाग एक ठोस पिण्ड भएको थाहा छ ती चट्टानहरूलाई फुटाइने छ।

२२ हो, तिनलाई दुई टुक्रामा च्यातिनेछ र त्यसपछि सदा जोर्नीहरूमा र खाडलहरूमा र फुटेका टुक्राहरूमा सारा पृथ्वीको सतहमाथि पाइनेछ, हो, पृथ्वीमाथि र मुनि दुबैमा।

२३ अनि हेर, त्यहाँ धेरै आँधिबेहेरीहरू हुनेछन् र धेरै पर्वतहरू उपत्यकाजस्तै तल झारिनेछ र त्यहाँ धेरै स्थानहरू हुनेछन् जुनलाई अहिले उपत्यकाहरू भनिन्छ जुन अत्याधिक उचाइ भएका पहाडहरू बन्नेछन्।

२४ अनि धेरै राजमार्गहरू भत्कनेछन् र धेरै सहरहरू उजाड बन्नेछन्।

२५ अनि धेरै चिहानहरू खोलिनेछन् र आफ्ना धेरै मृतहरूलाई त्याग्नेछन्; र धेरै सन्तहरू धेरैसामु देखिनेछन्।

२६ अनि हेर, यसरी स्वर्गदूतले मेरा सामु बोलेका छन्; किनकि उनले मलाई भने कि त्यहाँ धेरै घण्टाहरूको अन्तरालसम्म चट्याङ्हरू पर्नेछन् र बिजुली चम्कनेछन्।

२७ अनि उनले मेरा सामु भने कि जब चट्याङ्गहरू पर्नेछन् र बिजुली चम्कन्छन् र आँधिबेहेरी र यी कुराहरू हुनुपर्दछ र अन्धकारले तीन दिनको अन्तरालसम्म सारा पृथ्वीको सतहलाई ढाक्नेछ।

२८ अनि स्वर्गदूतले मलाई भने कि धेरैले यी भन्दा अझ महान् कुराहरू देख्नेछन्, त्यस अभिप्रायका निम्ति कि उनीहरूले विश्वास गरून् कि ती चिन्हहरू र ती आश्चर्यहरू यो भूमिको सम्पूर्ण सतहमाथि पूरा हुनुपर्छ, त्यस अभिप्रायका निम्ति कि मानिसका छोराछोरीहरूमाझ अविश्वासको कारण नहोस्—

२९ अनि यो त्यस अभिप्रायका निम्ति कि जसले विश्वास गर्नेछ उसलाई बचाइयोस् र जसले विश्वास गर्नेछैन, एक धर्मी न्याय उनीहरूमाथि आओस्; र यो पनि यदि उनीहरूलाई दोषी ठहऱ्याइएको छ भने उनीहरूले आफैँमाथि आफ्ना दोष ल्याउँछन्।

३० अनि अब सम्झ, सम्झ, मेरा बन्धुहरू, कि जसको नाश हुन्छ, आफैँमा नाश हुन्छ; र जसले दुष्टता गर्दछ, त्यो आफैँमा गर्दछ; किनकि हेर, तिमीहरू स्वतन्त्र छौ; तिमीहरूले आफ्ना निम्ति कार्य गर्न अनुमति पाएका छौ; किनकि हेर, परमेश्वरले तिमीहरूलाई ज्ञान दिनुभएको छ र उहाँले तिमीहरूलाई स्वतन्त्र बनाउनुभएको छ।

३१ उहाँले तिमीहरूलाई दिनुभएको छ कि तिमीहरूलाई असल र खराब थाहा होस् र उहाँले तिमीहरूलाई दिनुभएको छ कि तिमीहरूले जीवन या मृत्यु चुन्न सक; र तिमीहरूले असल गर्न सक्छौ र जुन असल छ त्यसमा पुनर्स्थापित हुन सक्छौ, अथवा जे असल छ त्यो तिमीहरूमा पुनर्स्थापित गरिन सक्छ; अथवा तिमीहरूले खराब गर्न सक्छौ र जे खराब छ त्यो तिमीहरूमा पुनर्स्थापित गरिन सकिन्छ।

प्रिन्ट गर्नुहोस्