धर्मशास्त्रहरू
हेलामान ५


अध्याय ५

नफी र लहीले आफैँलाई प्रचार गर्न अर्पण गर्दछन्—उनीहरूका नाउँहरूले उनीहरूलाई आफ्ना जीवनहरू आफ्ना पुर्खाअनुसार नमुना बनाउन निम्त्याउँछ—ख्रीष्टले पश्चाताप गर्नेलाई उद्धार गर्नुहुन्छ—नफी र लहीले धेरै परिवर्तितहरू बनाउँछन् र बन्दी बनाइन्छन् र आगोले उनीहरूलाई घेरिन्छ—अन्धकारको बादलले तीन सयलाई घेरिन्छ—पृथ्वी हल्लिन्छ र एक आवाजले मानिसहरूलाई पश्चात्ताप गर्न आज्ञा दिन्छ—नफी र लहीले स्वर्गदूतहरूसँग वार्तालाप गर्छन् र भीडलाई आगोद्वारा घेरिन्छ। लगभग ई.पू. ३०।

अनि यस्तो हुन गयो कि त्यो सोही वर्षमा, हेर, नफीले न्यायको आसन सेजोराम नाउँ भएको एक मानिसलाई हस्तान्तरण गरे।

किनकि उनीहरूका कानुनहरू र उनीहरूका सरकारहरू जनताका मतद्वारा स्थापित गरिएका थिए र खराब छान्नेहरू असल छान्नेहरूभन्दा बढी अनगिन्ती थिए, त्यसकारण उनीहरू विनाशका निम्ति पाकेका थिए, किनकि कानुनहरू भ्रष्ट बनेका थिए।

हो, अनि यो सबै थिएन; उनीहरू एक हठी जन थिए, यतिसम्म कि उनीहरूलाई, उनीहरूका विनाशका निम्ति बाहेक, न त कानुनद्वारा न त न्यायद्वारा राज्य गर्न नै सकिन्थ्यो।

अनि यस्तो हुन गयो कि नफी उनीहरूका दुष्टताका कारण थकित भएका थिए; र उनले न्यायको आसन त्यागे र उनका बाँकी सबै दिनहरूमा, उनका भाइ लहीले पनि, उनका बाँकी सबै दिनहरूमा, परमेश्वरका वचनको प्रचार गर्ने जिम्मा आफूमा लिए।

किनकि उनीहरूले आफ्ना पिता हेलामानले उनीहरूसामु बोलेका वचनहरू सम्झे। अनि उनले बोलेका वचनहरू यी थिए:

हेर, मेरा छोराहरू, म चाहान्छु कि तिमीहरूले परमेश्वरका आज्ञाहरू पालना गर्न सम्झनु पर्दछ; र म चाहान्छु कि तिमीहरूले यी वचनहरू जनसमक्ष घोषणा गर्नुपर्दछ। हेर, मैले तिमीहरूलाई यरुशलेमबाट आउनुभएका हाम्रा पहिला पितापुर्खाहरुको नाउँहरू दिएको छु; मैले त्यसो गरेको छु जब तिमीहरूले आफ्ना नाउँहरू सम्झन्छौ तिमीहरूले उहाँहरूलाई सम्झिनेछौ; अनि तिमीहरूले जब उहाँहरूलाई सम्झन्छौ तिमीहरूले उहाँहरूका कार्यहरूलाई सम्झिनेछौ; अनि जब तिमीहरूले उहाँहरूका कार्यहरूलाई सम्झन्छौ तिमीहरूले जसरी यो भनिएको छ र लेखिएको पनि छ, कि ती असल थिए भनी जान्नेछौ।

त्यसकारण, मेरा छोराहरू, म चाहान्छु कि तिमीहरूले त्यो गर्नु पर्दछ जुन असल छ, कि तिमीहरूका बारेमा त्यो भनियोस्, अनि लेखियोस् पनि, जसरी उहाँहरूका बारेमा भनिएको र लेखिएको छ।

अनि अब मेरा छोराहरू, हेर तिमीहरूबाट मैले अरु केही चाहान्छु, जुन चाहाना हो, कि तिमीहरूले यी कुराहरू घमण्ड गर्नका लागि नगर्नू, तर कि तिमीहरूले स्वर्गमा आफ्ना निम्ति खरखजाना थुपार्न यी कुराहरू गर्नू, हो, जुन अनन्त छन् र जुन खुइलेर जाँदैनन्; हो, कि तिमीहरूलाई अनन्त जीवनको त्यो बहुमूल्य उपहार प्राप्त होओस्, जुन हाम्रा पितापुर्खाहरुलाई दिइएको छ भनी अपेक्षा गर्न हामीसँग औचित्य छ।

हे सम्झ, सम्झ, मेरा छोराहरू, बेन्यामिन राजाले उनका जनसामु बोलेका वचनहरू; हो, सम्झ कि आउनुहुने येशू ख्रीष्टको प्रायश्चित्तको रगत बाहेक मानिसलाई बचाउने त्यहाँ अर्को कुनै बाटो छैन न त कुनै माध्यम नै छ; हो, सम्झ कि उहाँ संसारलाइ उद्धार गर्न आउनुहुन्छ।

१० अनि अम्मोनीहाहको सहरमा, अमुलेकले जीस्रोमसामु भनेका वचनहरूलाई पनि सम्झ; किनकि उनले उससामु भने कि परमप्रभु निश्चय नै आफ्ना जनको उद्धार गर्न आउनुहुनेछ, तर उहाँ आउनुहुने उनीहरूलाई तिनीहरूको पापमा उद्धार गर्न होइन, तर उनीहरूका पापहरूबाट उद्धार गर्न हो।

११ अनि उहाँलाई पिताबाट पश्चात्तापका कारण पापहरूबाट उनीहरूलाई मुक्त गर्ने शक्ति दिइएको छ; त्यसकारण उहाँले उनीहरूका जीवात्माहरूको मुक्तिसम्म उद्धारकर्ताको शक्ति ल्याउने पश्चात्तापका सर्तहरूको समाचारको घोषणा गर्न आफ्ना स्वर्गदूतहरू पठाउनु भएको छ।

१२ अनि अब, मेरा छोराहरू, सम्झ, सम्झ कि यो उद्धारकर्ताको चट्टानमाथि हो, जो ख्रीष्ट, परमेश्वरका पुत्र, हुनुहुन्छ, कि तिमीहरूले आफ्नो जग बनाउनुपर्छ; कि जब सैतानले आफ्ना शक्तिशाली हुरी, हो, हावाको भूमरीका उसका तीरहरू पठाउँछ, हो, जब उसका सबै असिना र उसका शक्तिशाली आँधीले तिमीहरूलाई हिर्काउँदछ, तिनीहरूसँग तिमीहरूलाई शोकको अनन्त खाडी र अन्त्यहीन धिक्कारतिर घिसार्ने शक्ति हुनेछैन, तिमीहरूलाई बनाइएको जग बसालेको चट्टानका कारण, जुन बलियो जग हो, जग यदि त्यसमा मानिसहरूले बनाए उनीहरूको पतन हुन सक्दैन।

१३ अनि यस्तो हुन गयो कि हेलामानले आफ्ना छोराहरूलाई सिकाएका वचनहरू यी थिए; हो, उनले उनीहरूलाई धेरै कुराहरू सिकाए जुन यहाँ लेखिएका छैनन् र धेरै कुराहरू पनि जुन यहाँ लेखिएका छन्।

१४ अनि उनीहरूले उनका वचनहरूलाई सम्झे; अनि त्यसकारण उनीहरू, परमेश्वरका आज्ञाहरू पालना गर्दै, नफीका सबै जनमाझ परमेश्वरका वचन सिकाउन, बाउन्टिफूल सहरबाट सुरु गर्दै अघि बढे;

१५ अनि त्यहाँबाट गिदको सहरसम्म; अनि गिदको सहरबाट मुलेकको सहरसम्म;

१६ अनि, दक्षिणतर्फको भूमिमा भएका नफीका सबै जनमाझ नगइन्जेलसम्म उनीहरू एक सहरदेखि अर्कोसम्म समेत; र त्यहाँबाट जरहेम्लाको भूमिसम्म, लमानीहरूमाझ गए।

१७ अनि यस्तो हुन गयो कि उनीहरूले महान् शक्तिका साथ प्रचार गरे, यतिसम्म कि उनीहरूले नफीहरूबाट गएका ती भिन्न मतधारीहरूमध्ये धेरैलाई पराजित गरे, यतिसम्म कि उनीहरू अघि आए र आफ्ना पापहरूको स्वीकार गरे र पश्चात्तापका निम्ति बप्तिस्मा लिए र तुरुन्त आफूले उनीहरूमाथि गरेका अन्यायहरूलाई सच्याउने प्रयत्न गर्न नफीहरूमा फर्के।

१८ अनि यस्तो हुन गयो कि नफी र लहीले यति महान् शक्ति र अधिकारका साथ लमानीहरूसामु प्रचार गरे, किनकि उनीहरूलाई शक्ति र अधिकार दिइएको थियो ताकि उनीहरू बोल्न सकून् र उनीहरूलाई उनीहरूले के बोल्नु पर्छ त्यो पनि दिइएको थियो—

१९ त्यसकारण उनीहरूले लमानीहरूको महान् आश्चर्यका निम्ति, उनीहरूलाई मनाउन बोले, यतिसम्म कि जरहेम्लाको भूमि र वरिपरि भएका लमानीहरूमध्ये पश्चात्तापका निम्ति बप्तिस्मा लिने आठ हजार थिए र उनीहरूका पितापुर्खाहरुका परम्पराहरूलाई दुष्ट माने।

२० अनि यस्तो हुन गयो कि नफी र लही त्यहाँबाट नफीको भूमितिर जान अगाडि बढे।

२१ अनि यस्तो हुन गयो कि उनीहरूलाई लमानीहरूका सेनाद्वारा समातियो र कारागारमा फ्याँकियो; हो त्यो उही कारागारमा जुनमा अम्मोन र उनका बन्धुहरूलाई लिम्हीका सेवकहरूद्वारा फ्याँकिएको थियो।

२२ अनि उनीहरूलाई खानाबिना धेरै दिन कारागारमा फ्याँकेपछि, हेर, तिनीहरू उनीहरूलाई लिन कारागारमा गए कि तिनीहरूले उनीहरूको बध गर्न सकून्।

२३ अनि यस्तो हुन गयो कि नफी र लहीलाई आगोले जस्तै गरी घेरिएको थियो, यतिसम्म कि कथंकदाचित तिनीहरू पोलिन्छन् कि भन्ने डरले उनीहरूले उनीहरूमाथि हातहाल्न आँट गरेनन्। तैपनि नफी र लही जलेनन्; र उनीहरू आगोको माझमा उभिरहेका थिए र जलेका थिएनन्।

२४ अनि जब उनीहरूले देखे कि उनीहरूलाई आगोको खम्बाले वरिपरि घेरिएको थियो र यसले उनीहरूलाई जलाएको थिएन, उनीहरूका हृदयले सहास लियो।

२५ किनकि उनीहरूले देखे कि लमानीहरूले उनीहरूमाथि हात हाल्ने आँट गरेनन्; न त उनीहरूका नजिक आउने आँट नै गरे, तर उनीहरू आश्चर्यले लाटो भएजस्तो गरी खडा भए।

२६ अनि यस्तो हुन गयो कि नफी र लही खडा भए र उनीहरूसामु बोल्न थाले, यसो भन्दै: नडराओ, किनकि हेर, उहाँ परमेश्वर हुनुहुन्छ जसले यो विस्मयकारी कुरा तिमीहरूसामु देखाउनुभएको छ, जुनमा तिमीहरूसामु देखाइएको छ कि तिमीहरूले हाम्रो बध गर्न हामीमा हात हाल्न सक्दैनौ।

२७ अनि हेर, जब उनीहरूले यी वचनहरू भनेका थिए, पृथ्वी अत्यन्तै हल्लियो र पृथ्वीमा ढल्न लागेको जस्तै गरी कारागारका भित्ताहरू हल्लिए; तर हेर, तिनीहरू ढलेनन्। अनि हेर, कारागारमा भएका उनीहरू लमानीहरू र नफीहरूका भिन्न मतधारीहरू थिए।

२८ अनि यस्तो हुन गयो कि उनीहरूलाई एक अन्धकारको बादलले ढाकियो र एक गम्भीर भयावह डर उनीहरूमाथि आयो।

२९ अनि यस्तो हुन गयो कि त्यहाँ अन्धकारको बादल माथिबाट जस्तै गरी एक आवाज आयो, यसो भन्दै: पश्चात्ताप गर तिमीहरूले, पश्चात्ताप गर तिमीहरूले र तिमीहरूसामु शुभ-समाचार घोषणा गर्न मैले पठाएका मेरा सेवकहरूको विनाश गर्न अरु नखोज।

३० अनि यस्तो हुन गयो जब उनीहरूले यो आवाज सुने र देखे कि यो एक चट्याङको आवाज थिएन, न त यो एक महान् कोलाहलपूर्ण हल्लाको आवाज थियो, तर हेर, यो पूर्ण सुमधुरताको स्थिर मसिनो आवाज थियो, कानेखुसी गरेजस्तै गरी र यसले आत्माभित्र समेत छेड्यो—

३१ अनि आवाज सुमधुर हुँदाहुँदै, हेर पृथ्वी अत्यन्त हल्लियो र कारागारका भित्ताहरू फेरि हल्लिए, पृथ्वीमा ढल्न लागेको जस्तै गरी; अनि हेर अन्धकारको बादल, जुनले उनीहरूलाई ढाकेको थियो, हटेन—

३२ अनि हेर आवाज फेरि आयो, यसो भन्दै: पश्चात्ताप गर तिमीहरू, पश्चात्ताप गर तिमीहरू, किनकि स्वर्गको अधिराज्य नजिक छ; र मेरा सेवकहरूको विनाश गर्न अरु नखोज। अनि यस्तो हुन गयो कि पृथ्वी फेरि हल्लियो र भित्ताहरू हल्लिए।

३३ अनि फेरि आवाज तेस्रो पटक पनि आयो, अनि मानिसद्वारा उच्चारण गर्न नसकिने विस्मयकारी वचनहरू उनीहरूसामु बोल्यो; अनि भित्ताहरू फेरि हल्लिए र टुक्रा टुक्रामा विभाजित हुन लागेको जस्तै गरी पृथ्वी हल्लियो।

३४ अनि यस्तो हुन गयो कि लमानीहरू उनीहरूलाई ढाकेको अन्धकारको बादलका कारण भाग्न सकेनन्; हो, उनीहरू आफूमाथि आएको भयका कारण अचल पनि भए।

३५ अब उनीहरूमाझ एक जन्मसिद्ध नफी थियो, जो एक पटक परमेश्वरको चर्चको मातहतमा थियो तर उनीहरूभन्दा भिन्न मतको थियो।

३६ अनि यस्तो हुन गयो कि उसले आफैलाई पूरा फर्कायो र हेर, उसले अन्धकारको बादलमार्फत् नफी र लहीका अनुहारहरू देख्यो र हेर, ती, स्वर्गदूतका अनुहारहरूजस्तै अत्यन्त चम्केका थिए। अनि उसले देख्यो कि उनीहरूले आफ्ना आँखाहरू स्वर्गतिर उचालेका थिए; र उनीहरू आफूले देखेका कुनै प्राणीसँग बोलेको अथवा उनीहरूका आवाजहरू उचालेर बोलेको जस्तै गरेका थिए।

३७ अनि यस्तो हुन गयो कि यो मानिसले भीडसामु करायो, कि उनीहरूले फर्कून् र हेरून्। अनि हेर, उनीहरूलाई शक्ति दिइएको थियो कि उनीहरूले फर्के र हेरे; अनि उनीहरूले नफी र लहीका अनुहारहरूलाई देखे।

३८ अनि उनीहरूले त्यस मानिससामु भने: हेर, यी सबै कुराहरूको अर्थ के हो र को हो त्यो जोसँग उनीहरूले वार्तालाप गर्छन्?

३९ अब त्यो मानिसको नाउँ अम्मिनादाब थियो। अम्मीनादाबले उनीहरूसामु भन्यो: उनीहरू परमेश्वरका स्वर्गदूतहरूसँग वार्तालाप गर्छन्।

४० अनि यस्तो हुन गयो कि लमानीहरूले उससामु भने: हामीले के गर्नुपर्दछ ताकि यो अन्धकारको बादलले हामीलाई ढाक्नबाट हटाउन सकियोस्?

४१ अनि अम्मिनादाबले उनीहरूसामु भन्यो: तिमीहरूले पश्चात्ताप गर्नुपर्छ र आवाजसामु पुकार्नुपर्छ, तिमीहरूसँग ख्रीष्टमा आस्था नभइन्जेलसम्म समेत, जसका बारेमा अल्मा र अमुलेक र जीस्रोमद्वारा सिकाइएको थियो; र जब तिमीहरूले यो गर्नेछौ, अन्धकारको बादललाई तिमीहरूलाई ढाक्नबाट हटाइनेछ।

४२ अनि यस्तो हुन गयो कि उनीहरू सबैले पृथ्वी हल्लाउने उहाँको आवाजसामु पुकार्न थाले; हो, उनीहरूले अन्धकारको बादल नहटाइन्जेलसम्म पुकारे।

४३ अनि यस्तो हुन गयो कि जब उनीहरूले आफ्ना आँखाहरू वरिपरि घुमाए र देखे कि उनीहरूलाई ढाक्नबाट अन्धकारको बादल हटाइएको थियो, हेर, उनीहरूले देखे कि उनीहरूलाई, हो, प्रत्येक आत्मालाई, आगोको खम्बाद्वारा घेरिएको थियो।

४४ अनि नफी र लही उनीहरूकामाझमा थिए; हो, उनीहरूलाई घेरिएको थियो; हो, उनीहरू बल्दो आगोका माझमा जस्तै थिए, तैपनि यसले उनीहरूलाई हानि गरेन, न त यसले कारागारका भित्ताहरूलाई नै समात्यो; अनि उनीहरू बोल्न नसकिने र महिमाले पूर्ण हर्षले भरिएका थिए।

४५ अनि हेर, परमेश्वरको पवित्र आत्मा स्वर्गबाट तल आए र उनीहरूका हृदयहरूमा प्रवेश गरे र उनीहरू आगोले जस्तै भरिए र उनीहरूले विस्मयकारी वचनहरू बोल्न सके।

४६ अनि यस्तो हुन गयो कि उनीहरूसामु एक आवाज, हो, एक आनन्ददायक आवाज, कानेखुसी गरेजस्तै गरी आयो, यसो भन्दै:

४७ शान्ति, तिमीहरूसामु शान्ति होओस्, तिमीहरूको मेरो परमप्रियमा भएको आस्थाका कारण, जो संसारको उत्पत्तिदेखि नै थिए।

४८ अनि अब, जब उनीहरूले यो सुने उनीहरूले आफ्ना आँखा जहाँबाट आवाज आएको थियो त्यतातिर हेर्न माथि पारे; र हेर, उनीहरूले स्वर्ग खुलेको देखे र स्वर्गदूतहरू स्वर्गबाट तल आए र उनीहरूसामु सेवा गरे।

४९ अनि त्यहाँ ती कुराहरू देख्ने र सुन्ने तीन सय आत्माहरू थिए; र उनीहरूलाई अघि जान र विस्मय नगर्न र शङ्का नगर्न अह्राइएको थियो।

५० अनि यस्तो हुन गयो कि उनीहरू अघि गए र जनसामु सेवा गरे, वरिपरिका सबै क्षेत्रहरूभरि उनीहरूले सुनेका र देखेका कुराहरूको घोषणा गर्दै, यतिसम्म कि लमानीका अरु भागहरूले उनीहरूलाई विश्वास गरे, उनीहरूले प्राप्त गरेका प्रमाणहरूका महान्‌ताका कारण।

५१ अनि विश्वास गर्ने जतिले आफ्ना युद्धका हतियारलाई र उनीहरूका घृणालाई र उनीहरूका पितापुर्खाहरुका परम्परालाई पनि त्यागे।

५२ अनि यस्तो हुन गयो कि उनीहरूले आफ्ना अधीनका भूमिहरू नफीहरूसामु समर्पण गरे।