हेलामानको पुस्तक
नफीहरूको एक विवरण। उनीहरूका युद्ध र कलह र उनीहरूका मतभेदहरू। अनि धेरै पवित्र अगमवक्ताहरूका अगमवाणीहरू, ख्रीष्टको आगमनअगाडि, हेलामानका अभिलेखहरूअनुसार, जो हेलामानका छोरा थिए र उनका छोराहरूका अभिलेखहरूअनुसार, ख्रीष्टको आगमनसम्म समेत। अनि धेरै लमानीहरू पनि परिवर्तित हुन्छन्। उनीहरूको परिवर्तनको एक विवरण। लमानीहरूको धार्मिकताको र नफीहरूका दुष्टता र कुकर्महरूको विवरण, हेलामान र उनका छोराहरूका अभिलेखहरूअनुसार, ख्रीष्टको आगमनसम्म समेत, जसलाई हेलामनको पुस्तक भनिन्छ र अरु यस्तै।
अध्याय १
दोस्रो पहोरान प्रधान न्यायकर्ता बन्दछन् र कीश्कुमेनद्वारा हत्या गरिन्छन्—पकुमेनीले न्यायकर्ताको आसन लिन्छन्—कोरियान्तुम्रले लमानीहरूका सेनाहरूको अगुवाइ गर्छन्, जरहेम्ला लिन्छन् र पकुमेनीको बध गर्छन्—मोरोनिहाहले लमानीहरूलाई हराउँछन् र जरहेम्ला फिर्ता लिन्छन् र कोरियान्तुम्रको बध गरिन्छ। लगभग ई.पू. ५२–५०।
१ अनि अब हेर, नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको चालीसौँ वर्षको प्रारम्भमा यस्तो हुन गयो, नफीहरूका जनमाझ एक गम्भीर सङ्कट पर्न थाल्यो।
२ किनकि हेर, पहोरान मरेका थिए र सारा पृथ्वीका मार्गबाट गएका थिए; त्यसकारण कसले न्यायको आसन पाउनु पर्दछ भनी दाजुभाइहरू, जो पहोरानका छोराहरू थिए, उनीहरूमाझ एक गम्भीर कलह हुन थाल्यो।
३ अब न्यायको आसनका निम्ति कलह गर्नेहरूका नाउँहरू यी थिए, जसले जनलाई पनि कलह गर्न लगाए: पहोरान, पान्ची र पकुमेनी।
४ अब पहोरानका छोराहरू यी सबै थिएनन् (किनकि उनका धेरै थिए), तर यी तिनीहरू थिए जसले न्यायको आसनका निम्ति लडे; त्यसकारण, उनीहरूले जनमाझ तीन विभाजन ल्याए।
५ तैपनि, यस्तो हुन गयो कि जनताको मतद्वारा नफीका जनमाथि प्रधान न्यायकर्ता र राज्यपाल हुन पहोरानलाई नियुक्त गरियो।
६ अनि यस्तो हुन गयो कि पकुमेनी, जब उनले देखे कि उनले न्यायको आसन प्राप्त गर्न सकेनन्, उनी जनताका आवाजसँग एकीकृत भए।
७ अनि हेर, पान्ची र उनलाई आफ्नो राज्यपाल हुनुपर्छ भनी इच्छुक हुने जनका भाग, अत्यन्त क्रोधित थिए; त्यसकारण, उनले ती जनलाई उनीहरूका दाजुभाइहरूविरुद्ध विद्रोहमा उठ्नुपर्छ भनी चाप्लुसी गर्न लागे।
८ अनि यस्तो हुन गयो जब उनले यसो गर्न लागेका थिए, हेर, उनलाई लगियो र जनताको मतद्वारा उनलाई मुद्दा हालियो र मृत्युको सजाय तोकियो; किनकि उनी विद्रोहमा उठेका थिए र जनको स्वतन्त्रताको विनाश गर्न खोजेका थिए।
९ अब जब उनी उनीहरूका राज्यपाल हुनुपर्दछ भनी इच्छुक हुने ती जनले देखे कि उनीलाई मृत्युको सजाय तोकियो, त्यसकारण उनीहरू रिसाए र हेर, उनीहरूले एउटा कीश्कुमेनलाई पठाए, पहोरानको न्यायको आसनसम्म समेत र पहोरानको हत्या गरे जब उनी न्यायको आसनमा बसेका थिए।
१० अनि उसलाई पहोरानका सेवकहरूले पछ्याए; तर हेर, कीश्कुमेन यति द्रूतगतिले भागेको थियो कि कुनै मानिसले उसलाई उछिन्न सकेनन्।
११ अनि ऊ उनीहरूमाझ गयो जसले उसलाई पठाए र उनीहरू, उनीहरूको चीरस्थायी निर्माताको कसम खाँदै, हो, एक करारमा प्रवेश गरे, कि उनीहरूले कसैलाई भन्ने छैनन् कि कीश्कुमेनले पहोरानको हत्या गरेको थियो।
१२ त्यसकारण, कीश्कुमेन नफीहरूका जनमाझ चिनिएन, किनकि पहोरानको हत्या गरेको समयमा ऊ नकाबमा थियो। अनि कीश्कुमेन र ऊसँग करार गर्ने उसका समूह, जनमाझ मिस्सिए, यस प्रकारले कि उनीहरूलाई फेला पार्न सकिन्नथ्यो; तर जतिलाई फेला पारियो उनीहरूलाई मृत्युको सजाय दिइयो।
१३ अनि अब हेर, जनमाथि प्रधान न्यायकर्ता र राज्यपाल हुन, उनका दाजु पहोरानका सट्टामा शासन गर्न, जनताका मतअनुसार, पकुमेनीलाई नियुक्त गरियो; अनि यो उनको अधिकारअनुसार थियो। अनि यो सबै न्यायकर्ताहरूको शासनको चालिसौँ वर्षमा गरिएको थियो; र यसको अन्त्य भयो।
१४ अनि यस्तो हुन गयो कि न्यायकर्ताहरूको शासनको एकचालीसौँ वर्षमा, कि लमानीहरूले गन्न नसकिने मानिसहरूको सेना एकसाथ जम्मा गरेका थिए र उनीहरूलाई तरबारले र खुँडाले र धनुले र बाणले र शिर कवचले र वक्ष कवचले र सबै प्रकारका प्रत्येक किसिमका ढालले सजाइएको थियो।
१५ अनि उनीहरू फेरि तल आए कि उनीहरू नफीहरूविरुद्ध लडाइँ गर्न सकून्। अनि उनीहरूलाई कोरियान्तुम्र भन्ने मानिसद्वारा अगुवाइ गरिएको थियो; र उनी जरहेम्लाका सन्तति थिए; र उनी नफीहरूमाझबाट भिन्न मतधारी थिए; र उनी ठूला र शक्तिशाली मानिस थिए।
१६ त्यसकारण, लमानीहरूका राजा, जसको नाउँ तुबलोत थियो, जो अम्मोरोनका छोरा थिए, उनले यो ठान्दै कि कोरियान्तुम्र, एक शक्तिशाली मानिस भएकाले, उनका शक्तिका साथ र उनको महान् विवेकका साथ नफीहरूविरुद्ध खडा हुन सक्थे, यतिसम्म कि उनलाई पठाएर उनले नफीहरूमाथि शक्ति प्राप्त गर्न सक्थे—
१७ त्यसकारण उनले उनीहरूलाई रिसमा उक्साए र उनले आफ्ना सेनाहरूलाई एकसाथ जम्मा गरे र उनले कोरियान्तुम्रलाई उनीहरूको अगुवा हुन नियुक्त गरे र अह्राए कि उनीहरू नफीहरूका विरुद्ध लडाइँ गर्न जरहेम्लाको भूमितिर अगाडि बढ्नुपर्छ।
१८ अनि यस्तो हुन गयो कि सरकारमा त्यति धेरै कलह र त्यति धेरै कठिनाइ भएका कारण, कि उनीहरूले जरहेम्लाको भूमिमा पर्याप्त रक्षकहरू राखेका थिएनन्; किनकि उनीहरूले ठानेका थिए कि लमानीहरू त्यो महान् सहर जरहेम्लामाथि आक्रमण गर्न भूमिको केन्द्रसम्म आउन आँट गर्नेछैनन्।
१९ तर यस्तो हुन गयो कि कोरियान्तुम्र उनका अनगिन्ती सैन्यका अगाडि अघि बढे र सहरका बासिन्दाहरूमाथि आए र उनीहरूको यात्रा यति द्रूत गतिले थियो कि नफीहरूका निम्ति उनीहरूका सेनाहरू एकसाथ जम्मा गर्ने समय नै भएन।
२० त्यसकारण कोरियान्तुम्रले सहरको प्रवेशमा रहेका रक्षकहरूलाई ढाले र उनका पूरै सेनाका साथ सहरमा अघि बढे र उनीहरूले आफ्नो विरोध गर्ने प्रत्येकलाई बध गरे, यतिसम्म कि उनीहरूले पूरै सहरलाई अधीनमा लिए।
२१ अनि यस्तो हुन गयो कि प्रधान न्यायकर्ता पकुमेनी कोरियान्तुम्रअगाडिबाट, सहरको पर्खालसम्म समेत भागे। अनि यस्तो हुन गयो कि कोरियान्तुम्रले उनलाई पर्खालमा प्रहार गरे, यतिसम्म कि उनी मरे। अनि यसरी पकुमेनीका दिनहरूको अन्त्य भयो।
२२ अनि अब जब कोरियान्तुम्रले देखे कि जरहेम्लाको सहर आफ्नो अधीनमा थियो र देखे कि नफीहरू उनीहरूबाट भागे र बध गरिए र समातिए र कारागरमा फ्याँकिए र भूमिको सबभन्दा बलियो पकडलाई उनले अधीनमा प्राप्त गरेका थिए, उनले यतिसम्म साहास गरे कि उनी सबै भूमिविरुद्ध जान लागे।
२३ अनि अब ऊ जरहेम्लाको भूमिमा बास बसेनन्, तर उनले विशाल सेनाका साथ अघि बढे, बाउन्टिफूलको सहरतर्फ समेत; किनकि अघि जानु र तरबारका साथ आफ्नो बाटो बनाउने उनको निश्चय थियो, ताकि उनले भूमिको उत्तर भाग अधीनमा प्राप्त गर्न सकून्।
२४ अनि, यो अनुमान गर्दै कि उनीहरूको सबभन्दा ठूलो शक्ति भूमिको केन्द्रमा थियो, त्यसकारण उनी साना समूहमा बाहेक उनीहरू आफैँलाई एकसाथ भेला हुने समय नदिइकन अघि बढे; अनि यस प्रकारले उनीहरू तिनीहरूमाथि जाइलागे र उनीहरूलाई जमिनमा ढाले।
२५ तर हेर, कोरियान्तुम्रको भूमिको केन्द्र मार्फत्को यो यात्राले, बध गरिएका नफीहरूको सङ्ख्या महान् हुँदाहुँदै पनि, मोरोनीहाहलाई उनीहरूमाथि ठूलो फाइदा दियो।
२६ किनकि हेर, मोरोनीहाहले अनुमान गरेका थिए कि लमानीहरू भूमिको केन्द्रसम्म आउने आँट गर्दैनन्, तर कि उनीहरूले अहिलेसम्म गरेजस्तै सिमानाहरू वरिपरिका सहरहरूलाई आक्रमण गर्नेछन्; त्यसकारण मोरोनीहाहले अह्राएका थिए कि उनीहरूका बलिया सेनाहरू सिमानाहरू वरिपरिका ती भागहरूमा तैनाथ गरिनु पर्छ।
२७ तर हेर, लमानीहरू उनको इच्छाअनुसार डराएनन्, तर उनीहरू भूमिको केन्द्रसम्म आएका थिए र जरहेम्लाको सहर, राजधानी सहर लिएका थिए र भूमिको सबभन्दा प्रमुख भागहरूमार्फत् अघि बढिरहेका थिए, दुबै मानिसहरू, आइमाईहरू र बालबालिकाहरूको, जनको महान् संहारका साथ बध गर्दै, धेरै सहरहरू र धेरै किल्लाहरूलाई अधीनमा लिँदै।
२८ तर जब मोरोनीहाहले यो थाहा पाए. उनले लहीलाई वरिपरि एक सेनाका साथ उनीहरू बाउन्टिफूल आउनुभन्दा अगाडि उनीहरूलाई सामना गर्न तुरुन्त पठाए।
२९ अनि उनले त्यसो गरे र उनले उनीहरू बाउन्टिफूल आउनु अगावै उनीहरूको सामना गरे र उनीहरूलाई लडाइँ दिए, यतिसम्म कि उनीहरू जरहेम्लाको भूमितर्फ पछि हट्न थाले।
३० अनि यस्तो हुन गयो कि मोरोनीहाहले उनीहरू पछि हट्दा सामना गर्न थाले र उनीहरूलाई लडाइँ दिए, यतिसम्म कि यो एक अत्यन्त रगतले भरिएको लडाइँ भयो, हो, धेरैको बध गरियो र कोरियान्तुम्रलाई पनि बध गरिएकाहरूमाझ फेला पारियो।
३१ अनि अब, हेर, लमानीहरू अरु कुनै बाटोबाट पछि हट्न सकेनन्, न त उत्तरमा, न त दक्षिणमा, न त पूर्वमा, न त पश्चिममा, किनकि उनीहरू हरेकतर्फ नफीहरूद्वारा घेरिएका थिए।
३२ अनि यसरी कोरियान्तुम्रले लमानीहरूलाई नफीहरूमाझ हुत्ताए, यतिसम्म कि उनीहरू नफीहरूका शक्तिमा थिए र उनी आफैँ बध गरिए र लमानीहरूले आफैँलाई नफीहरूका हातहरूमा समर्पण गरे।
३३ अनि यस्तो हुन गयो कि मोरोनीहाहले जरहेम्लाको सहरलाई पुन: अधीनमा लिए र अह्राए कि कैदमा लिएका लमानीहरू शान्तिका साथ भूमिबाट प्रस्थान गर्नु पर्दछ।
३४ अनि यसरी न्यायकर्ताहरूको शासनको एकचालीसौँ वर्षको अन्त्य भयो।