अध्याय ११
याकूबले आफ्ना उद्धारकर्तालाई देखे—मोशाको व्यवस्थाले ख्रीष्टलाई सङ्केत गर्छ र उहाँ आउनुहुनेछ भनेर प्रमाणित गर्छ। लगभग ई.पू. ५५९–५४५।
१ अनि अब, याकूबले त्यो समयमा मेरा जनसँग धेरै कुराहरू बोले; तैपनि केवल यी कुराहरू मात्रै मैले लेख्न लगाएँ, किनकि मैले लेखेका कुराहरू मेरा लागि पर्याप्त छन्।
२ अनि अब म, नफी, यशैयाका वचनहरू बढी लेख्दछु, किनकि मेरो हृदय उनका वचनहरूमा रमाउँदछ। किनकि म उनका वचनहरू मेरा जनमा प्रयोग गर्दछु र म यसलाई मेरा सबै सन्तानहरू अघि पठाउँदछु, किनकि उनले साँचै नै मैले उहाँलाई देखे झैँ मेरा उद्धारकर्तालाई देखेका थिए।
३ अनि मेरा भाइ याकूबले पनि मैले उहाँलाई देखे झैं उहाँलाई देखेका छन्; यसकारण, म तिनीहरूका वचनहरू मेरा सन्तानहरू कहाँ तिनीहरूलाई प्रमाण देखाउन पठाउँदछु कि मेरा वचनहरू सत्य छन्। यसकारण, तीनजनाका वचनहरूबाट, परमेश्वरले भन्नुभएको छ, म मेरा वचन स्थापित गर्दछु। तैपनि, परमेश्वरले अरु साक्षीहरू पठाउनुहुन्छ र उहाँले आफ्ना वचनहरूलाई प्रमाणित गर्नुहुन्छ।
४ हेर, मेरो हृदय मेरा जनलाई ख्रीष्टको आगमनको सत्यता प्रमाणित गराउन रमाउँछ; किनकि, यिनै उद्देश्यका लागि मोशाको व्यवस्था दिईएको छ; र सबै कुराहरू जुन संसारको प्रारम्भदेखि परमेश्वरबाट मानिसहरूलाई दिइएको छ, उहाँलाई सङ्केत गर्दछ।
५ अनि मेरो जीवात्मा परमप्रभुको करारमा रमाउँदछ जुन उहाँले हाम्रा पितापुर्खाहरुसँग गर्नुभएको छ; हो, उहाँको अनुग्रहमा र उहाँको न्यायमा र शक्ति र मृत्युबाट मुक्तिको महान् र अनन्त योजनामा भएको कृपामा मेरो जीवात्मा रमाउँदछ।
६ अनि मेरा जनसामु यो प्रमाणित गराउँदा मेरो जीवात्मा रमाउँदछ कि ख्रीष्ट आउनुभएन भने सबैको विनाश अवश्य हुन्छ।
७ किनकि यदि त्यहाँ ख्रीष्ट हुनुहुन्न भने त्यहाँ परमेश्वर हुनुहुन्न; र यदि त्यहाँ परमेश्वर हुनुहुन्न भने हामी छैनौ, किनकि त्यहाँ सृष्टि हुनेथिएन। तर त्यहाँ परमेश्वर हुनुहुन्छ र उहाँ ख्रीष्ट हुनुहुन्छ र उहाँ आफ्नै समयको परिपूर्णतामा आउनुहुन्छ।
८ अनि अब म यशैयाका केही वचनहरू लेख्दछु, ताकि मेरा जनमध्ये जसले पनि यी वचनहरू हेर्दछ उनीहरूका हृदयहरू उचालियून् र सबै मानिसहरूका लागि खुशी होऊन्। अब यी नै ती वचनहरू हुन् र तिमीहरूले तिमीहरूलाई र सबै मानिसहरूलाई यी प्रयोगमा ल्याओ।