धर्मशास्त्रहरू
२ नफी २४


अध्याय २४

इस्राएल भेला हुनेछ र सहस्राब्दीको आरामको आनन्द लिनेछ—बिहानको तारालाई विद्रोहका कारण स्वर्गबाट निकाला गरियो—इस्राएलले बेबिलोन (संसार) माथि विजय प्राप्त गर्नेछ—यशैया १४ सँग तुलना गर्नुहोस्। लगभग ई.पू. ५५९–५४५।

किनकि परमप्रभुले याकूबमाथि कृपा गर्नुहुनेछ र अझै पनि इस्राएललाई रोज्नुहुनेछ र तिनीहरूलाई तिनीहरूको आफ्नै भूमिमा बसाल्नुहुनेछ; र विदेशीहरू तिनीहरूसँग संलग्न हुनेछन् र याकूबका घरानाहरूसित मिल्नेछन्।

अनि ती मानिसहरूले तिनीहरूलाई लैजानेछन् र तिनीहरूलाई आफ्नै ठाउँमा ल्याउनेछन्; हो, टाढाबाट पृथ्वीका पल्लो छेउमा; र तिनीहरू तिनीहरुका निम्ति प्रतिज्ञा गरिएको भूमिमा फर्कनेछन्। र इस्राएलको घरानाले तिनीहरूलाई स्वामित्वमा लिनेछन् र परमप्रभुका भूमि सेवकहरू र सेविकाहरूका लागि हुनेछन्; र तिनीहरूले उनीहरूलाई बन्दी बनाएर त्यहाँ लैजानेछन् जसका तिनीहरू बन्दी थिए; र तिनीहरूले आफ्ना शोषकहरूमाथि शासन गर्नेछन्।

अनि यस्तो हुन जानेछ कि त्यस दिन परमप्रभुले तिमीलाई आराम दिनुहुनेछ, तिम्रा दु:खबाट र तिम्रा डरबाट र तिम्रा कठिन दासत्वबाट जहाँ तिमीलाई सेवा गर्न लगाइयो।

अनि यस्तो हुनेछ कि त्यस दिन, कि तिमीले बेबिलोनका राजाका विरुद्ध यो उखान लिनेछौ र भन्नेछौ: शोषकको अन्त्य कसरी भयो, सुनको सहरको अन्त्य!

परमप्रभुले दुष्टको लौरो, शासकहरूको राजदण्ड भाँच्नुभएकोछ।

त्यसलाई जसले मानिसहरूलाई क्रोधमा लगातार आघातका साथ प्रहार गऱ्यो, त्यसलाई जसले रिसका साथ राष्ट्रहरूको शासन गऱ्यो, सताइयो र कसैले अवरोध गरेन।

सारा पृथ्वी विश्राममा छ र शान्त छ; तिनीहरू गीत गाउन लाग्दछन्।

हो, सल्लाका रुखहरू र लेबनानका देवदारुहरू पनि यसो भन्दै तिमीमा खुशी मनाउँछन्: तिमी तल खसेको कारण हाम्रा विरुद्ध रुख काट्नेहरू कोही आएका छैनन्।

तिम्रो आगमनमा तिमीलाई भेट्न तलको नरक तिम्रा लागि चल्मलाएको छ; यसले तिम्रा लागि मृतकहरूलाई उक्साउँछ, पृथ्वीका सबै मुख्यहरू समेत; यसले राष्ट्रहरूका सबै राजाहरूलाई आफ्ना सिंहासनहरूबाट खडा गराउँछ।

१० तिनीहरू सबैले बोल्नेछन् र तिमीलाई भन्नेछन्: के तिमी पनि हामी झैँ कमजोर भएका छौ? के तिमी पनि हामी जस्तै भएका छौ?

११ तिम्रा भव्यता चिहानमा ल्याइएकोछ; तिम्रो सारङ्गीको स्वर सुनिँदैन; त्यो कीरा तिम्रो मुनि छरिएको छ र कीराहरूले तिमीलाई ढाकेका छन्।

१२ तिमी स्वर्गबाट कसरी खस्यौ, हे बिहानको तारा, प्रभातको पुत्र! के तिमीलाई भुइँमा खसालिएको हो, जसले राष्ट्रहरूलाई कमजोर बनायो!

१३ किनकि तिमीले आफ्नो हृदयमा भनेका छौ: म स्वर्गमा उक्लनेछु, म मेरो सिंहासनलाई परमेश्वरका ताराहरूभन्दा माथि उच्च पार्नेछु; म संगतिको पर्वतमा, उत्तरका छेउहरूमा पनि विराजमान हुनेछु।

१४ म बादलहरूको उचाइभन्दा माथि उक्लनेछु; म सर्वोच्च झैँ हुनेछु।

१५ तैपनि तिमीलाई तल नरकमा झारिनेछ, खाडलको छेउहरूमा।

१६ तिमीलाई देख्नेहरूले तिमीलाई नियालेर हेर्नेछन् र तिम्रो निरीक्षण गर्नेछन् र भन्नेछन्: के त्यो मानिस यही हो जसले पृथ्वीलाई कमायो, जसले अधिराज्यहरूलाई हल्लायो?

१७ अनि संसारलाई उजाड स्थानझैँ बनायो र त्यसका सहरहरूको विनाश गऱ्यो र आफ्ना बन्दीहरूका घर खोलेन?

१८ राष्ट्रहरूका सबै राजाहरू, हो, तिनीहरू सबैजना, महिमामा पस्रिन्छन्, प्रत्येक जन तिनको आफ्नै घरमा।

१९ तर तिमी तिम्रा चिहानबाट घृणित हाँगाझैँ र तिनीहरूका अवशेष जो मारिएका छन्, तरबारले रोपिएको, जो खाडलको ढुङ्गामा जान्छ; पैतलामुनि कुल्चिने लाशझैँ फ्याँकिएका छौ।

२० तिमी तिनीहरूसँग समाधिमा संलग्न हुनुहुँदैन, किनभने तिमीले तिम्रो भूमिको विनाश गरेका छौ र आफ्ना मानिसलाई मारेका छौ; कुकर्मीहरूका बीउले कहिल्यै प्रसिद्धि पाउनेछैन।

२१ तिनका पितापुर्खाहरुका दुष्टताका लागि उनका छोराछोरीहरूको संहारको तयारी गर, ताकि तिनीहरू नउठून् र भूमिलाई स्वामित्वमा नलिऊन् र संसारको सतहलाई सहरहरूले नभरून्।

२२ किनकि म तिनीहरूका विरुद्ध उठ्नेछु, सैन्यहरूका अधिपति भन्नुहुन्छ र बेबिलोनबाट नाउँ र अवशेष र छोरा र भान्जालाई अलग्याउनेछु, परमप्रभु भन्नुहुन्छ।

२३ म त्यसलाई बकुल्लाका स्वामित्व पनि बनाउनेछु र पानीका पोखरीहरू; र म त्यसलाई सर्वनाशको कुच्चोले बढार्नेछु, सैन्यहरूका अधिपति भन्नुहुन्छ।

२४ सैन्यहरूका अधिपतिले यसो भन्दै कसम खानुभएको छ: निश्चय नै मैले सोँचेँझैँ, यो यस्तै हुन जानेछ; र मैले प्रयोजन गरेझैँ, यो यस्तै हुनेछ—

२५ कि अश्शूरीहरूलाई मेरो भूमिमा ल्याउनेछु र मेरा पर्वतहरूमा उसलाई पैताला मुनि किचिमिची गर्नेछु; त्यसपछि उसको जुवा तिनीहरूबाट हट्नेछ र उसको बोझ तिनीहरूका काँधबाट हट्नेछन्।

२६ यो त्यही प्रयोजन हो जुन सारा संसारमाथि प्रयोजन गरिएको छ; र यो त्यही हात हो जुन सारा राष्ट्रहरूतिर फैल्याइएको छ।

२७ किनकि सैन्यहरूका अधिपतिले प्रयोजन राख्नुभएको छ र कसले रद्द गर्नेछ? र उहाँका हात तन्किएको छ र कसले यसलाई फर्काउनेछ?

२८ आहाज राजा मरेको वर्षमा यो बोझ भयो।

२९ तिमीहरू नरमाओ, सारा पलिश्त, किनभने उसको लौरो जसले तिमीहरूलाई प्रहार गऱ्यो त्यो भाँचिएको छ; किनकि सर्पको जराबाट उड्ने विषालु सर्प अघि आउनेछ र उसको फल उड्ने विषालु सर्प हुनेछ।

३० अनि गरिबको जन्मेको पहिलोले खान पाउनेछ र अभावपीडित सुरक्षितसाथ ढल्कनेछ; र म तिम्रा जरालाई अनिकालले मार्नेछु र उसले तिम्रा अवशेषलाई बध गर्नेछ।

३१ ए मूल ढोका, डाँको छोडी रोऊ; ए सहर, तिमी, सारा पलिश्तीहरू, भङ्ग भयौ; किनकि त्यहाँ उत्तरबाट धुँवा आउनेछ र उसको तोकिएको समयमा कोही पनि एक्लै हुनेछैन।

३२ त्यसो भए राष्ट्रहरूका सन्देशवाहकहरूले के जवाफ दिनेछन्? कि परमप्रभुले सियोनको स्थापना गर्नुभयो र आफ्ना मानिसहरूमध्येका दुखितहरूले यसलाई भरोसा गर्नेछन्।

प्रिन्ट गर्नुहोस्