धर्मशास्त्रहरू
२ नफी २३


अध्याय २३

बेबिलोनको विनाश एक किसिमको दोस्रो आगमनको विनाशझैँ हो—यो क्रोध र बदलाको दिन हुनेछ—बेबिलोन (संसार) सदासर्वदाका लागि पतन हुनेछ—यशैया १३ सँग तुलना गर्नुहोस्। लगभग ई.पू. ५५९–५४५।

बेबिलोनको बोझ, जुन आमोजका छोरा यशैयाले देखे।

अग्ला पर्वतमा तिमीहरू एउटा ध्वजा उचाल, उनीहरूसामु उच्च स्वर उचाल, हात हल्लाओ, ताकि तिनीहरू सुप्रतिष्ठित व्यक्तिहरूका मूल द्वारमा जानेछन्।

मेरा पवित्र जनलाई आज्ञा गरेको छु, मैले मेरा शक्तिशालीहरूलाई पनि बोलाएको छु, किनकि मेरो रिस तिनीहरूमा छैन जो मेरो उच्चतामा खुशी मनाउँछ।

पर्वतहरूमा भीडको हल्ला महान् मानिसहरूका झैँ सुनिन्छ, एकसाथ भेला भएका राष्ट्रहरूका अधिराज्यहरूका कोलाहलपूर्ण आवाज, सैन्यहरूका अधिपति लडाइँका निम्ति सैन्यहरू जुटाउनुहुन्छ।

तिनीहरू टाढाको देशबाट आउँछन्, स्वर्गको अन्त्यबाट, हो, परमप्रभु र उहाँको क्रोधका हतियारहरू, सारा भूमिलाई विनाश गर्न।

तिमीहरू डाँको छोडी रोओ, किनकि परमप्रभुको त्यो दिन नजिकै छ; सर्वशक्तिमान्‌का तर्फबाट विनाशका रुपमा त्यो आउनेछ।

त्यसकारण सबै हातहरू कमजोर हुनेछन्, हरेक मानिसका हृदय पग्लिनेछन्;

अनि तिनीहरू डराउनेछन्, वेदनाहरू र दु:खहरूले तिनीहरूलाई समाउँदछ; तिनीहरू एक अर्कामा चकित हुनेछन्; तिनीहरूका अनुहार आगोको ज्वालाझैँ हुनेछ।

हेर, परमप्रभुको त्यो दिन आउँछ, दुबै क्रोध र भयङ्कर रिसका साथ निर्दयी, त्यो भूमिलाई उजाड बनाउन; र उहाँले त्यहाँ भएका पापीहरूलाई त्यहाँबाट विनाश गर्नुहुनेछ।

१० किनकि स्वर्गका ताराहरू र त्यहाँका तारामण्डलहरूले आफ्नो प्रकाश दिने छैनन्, सूर्य आफ्नो उदयमा अँध्यारो हुनेछ र चन्द्रमाले आफ्नो ज्योति चम्कन दिनेछैन।

११ अनि म संसारलाई दुष्ट्याइँका निम्ति दण्ड दिनेछु र दुष्टहरूलाई तिनीहरूका दुष्टताका निम्ति; म घमण्डीहरूका घमण्डलाई रोक्नेछु र भयानकहरूका सेखी झार्नेछु।

१२ म मानिसलाई असली सुनभन्दा बढी बहुमूल्य बनाउनेछु; मानिसलाई ओपीरको सुनभन्दा समेत अझै बहुमूल्य।

१३ त्यसकारण, म स्वर्गहरूलाई हल्लाउँछु र पृथ्वी आफ्नो ठाउँबाट हट्नेछ, सैन्यहरूका अधिपतिका क्रोधमा र उहाँको भयङ्कर रिसको दिनमा।

१४ अनि त्यो खेदिएको हरिणझैँ र कोही मानिसले नलैजाने भेँडाझैँ हुनेछ र ती प्रत्येक मानिस उसको आफ्नै मानिसकहाँ फर्कनेछ र प्रत्येक जन उसको आफ्नै भूमिमा भाग्नेछ।

१५ प्रत्येक जन जो घमण्डी छ हतियारले रोपिनेछ; हो र प्रत्येक जन जो दुष्टहरूसँग सम्मिलित हुन्छ तरबारले मारिनेछ।

१६ तिनीहरूका छोराछोरीहरूलाई पनि तिनीहरूका आँखाअगाडि पछारेर छिल्लीबिल्ली पारिनेछ; तिनीहरूका घरहरू लुटिनेछन् र तिनीहरूका श्रीमतीहरूलाई बलात्कार गरिनेछ।

१७ हेर, म मादीहरूलाई तिनीहरूका विरुद्ध भड्काउनेछु, जसले चाँदी र सुनलाई महत्व दिँदैनन्, न त तिनीहरू यसमा आनन्दित नै हुन्छन्।

१८ तिनीहरूका धनुहरूले जवान मानिसहरूलाई पछारेर छिल्लीबिल्ली पार्नेछन्; र तिनीहरूले कोखको फलमाथि दया गर्नेछैनन्; तिनीहरूका आँखाहरूले बालबालिकाहरूलाई छाड्नेछैनन्।

१९ अनि बेबिलोन, अधिराज्यहरूका महिमा, कल्दीहरूका सर्वोत्कृष्टताका सुन्दरता, परमेश्वरले सदोम र गमोरालाई पछार्दाको समयझैँ हुनेछ।

२० त्यहाँ कहिल्यै कोही वास गर्नेछैन, न त त्यहाँ एक पिँढीदेखि अर्को पिँढीसम्म कोही बस्नेछ: न त अरबीले त्यहाँ आफ्नो पाल टाङ्छ; न त गोठालाहरूले त्यहाँ तिनीहरूका गोठ बनाउनेछन्।

२१ तर मरुभूमिका जङ्गली जनावरहरू त्यहाँ विश्राम गर्नेछन्; र तिनीहरूका घरहरू शोकाकूल प्राणीहरूले भरिनेछन् र लाटोकोसेराहरूले त्यहाँ बास गर्नेछन् र बोकाहरू त्यहाँ नाच्नेछन्।

२२ अनि टापुहरूका जङ्गली जनावरहरू आफ्ना उजाड घरहरूमा कराउनेछन् र भयानक जीवहरू तिनीहरूका रमाइलो महलहरूमा; र त्यसको समय नजिकै आएको छ, त्यसको दिन लम्ब्याइने छैन। किनकि म त्यसलाई छिट्टै नाश गर्नेछु; हो, किनकि म मेरा जनमाथि कृपालु हुनेछु, तर दुष्टहरूको नाश हुनेछ।

प्रिन्ट गर्नुहोस्