धर्मशास्त्रहरू
२ नफी १४


अध्याय १४

सियोन र तिनका छोरीहरूलाई मुक्ति मिल्नेछ र सहस्राब्दीको दिनमा पवित्र गरिनेछ—यशैया ४ सँग तुलना गर्नुहोस्। लगभग ई.पू. ५५९–५४५।

अनि त्यस दिन, सातजना स्त्रीहरूले एउटै मानिसलाई समातेर यसो भन्नेछन्: हामी आफ्नै भोजन खानेछौँ र आफ्नै लुगा लगाउनेछौँ; हाम्रो अपमान हटाउनका लागि हामीलाई तिम्रो नामले बोलाउन देऊ।

त्यस दिन परमप्रभुको हाँगा सुन्दर र महिमामयी हुनेछ; इस्राएलबाट भागेकाहरूका लागि त्यो फल अति उत्तम र सुन्दर हुनेछ।

अनि यस्तो हुनेछ, ती सियोनमा छोडिएका र यरुशलेममा बाँकी रहेकाहरूलाई, अर्थात् यरुशलेममा बस्नेहरू भनि लेखिएकाहरूलाई प्रत्येकलाई पवित्र कहलाइनेछ—

जब परमप्रभुले सियोनका छोरीहरूको मैला धुनु भैसकेको हुनेछ र उहाँको न्यायको आत्मा र आगोको आत्माद्वारा यरुशलेमको माझबाट रगतका दाग शुद्ध गर्नु भएको हुनेछ।

अनि परमप्रभुले सियोन पर्वतको हरेक आवासीय स्थानमाथि र तिनका भेलाहरूहरूमाथि दिउँसोमा बादल र धुँवा र रातमा प्रज्वलित आगोको चमक सृष्टि गर्नुहुनेछ; किनकि सियोनको सबै महिमामा सुरक्षा हुनेछ।

अनि त्यहाँ दिनमा गर्मीबाट जोगाउने एउटा छाँया र आँधिवेहेरी र वर्षाबाट जोगाउनका लागि एक शरण र आश्रयको स्थानका निम्ति मण्डप हुनेछ।

प्रिन्ट गर्नुहोस्