धर्मशास्त्रहरू
२ नफी १३


अध्याय १३

यहूदा र यरुशलेमलाई तिनीहरूका अनाज्ञाकारीताका लागि दण्ड दिईने छ—परमप्रभुले आफ्ना मानिसहरूका लागि विन्ती र तिनीहरूको न्याय गर्नुहुन्छ—सियोनका स्त्रीहरूलाई श्राप दिइनेछ र तिनीहरूको सांसारिकताका लागि पीडा दिइनेछ—यशैया ३ सँग तुलना गर्नुहोस्। लगभग ई.पू. ५५९–५४५।

किनकि हेर, परमप्रभु, सैन्यहरूका अधिपतिले यरुशलेम र यहूदाबाट लैजानुहुनेछ, सहारा र आधार, रोटीको पूरै आधार र पानीको पूरै सहारा—

शक्तिशाली मानिस र योद्धा, न्यायकर्ता र अगमवक्ता र विवेकी र प्रौढ;

पचासका कप्तान र आदरणीय मानिस र सल्लाहकार र धुर्त कारीगर र सिपालु वक्ता।

अनि म तिनीहरूलाई स साना बालकहरू तिनीहरूको राजकुमारहरू हुनदिनेछु र बालकहरूले तिनीहरूमाथि शासन गर्नेछन्।

अनि जनलाई शोषण गरिनेछ, हरेकलाई एक अर्काद्वारा र प्रत्येकलाई तिनका छिमेकीद्वारा; बालकले आफूलाई आफ्ना पिता पुर्खाविरुद्ध र न्यूनस्तरकाले आदरणीयका विरुद्ध उद्दण्ड व्यवहार गर्नेछ।

जब एक मानिसले आफ्नै बाबुको घरको आफ्नो भाइलाई समाउँदछ र भन्दछ: तिम्रो त पोशाक छ र तिमी हाम्रा शासक बन र यो भग्नावशेष तिम्रो हातमा नआओस्—

त्यस दिन उसले कसम खानेछ, यसो भन्दै: म चङ्गाइकर्ता होइन; किनकि मेरो घरमा न त रोटी छ न त पोशाक नै छ; मलाई मानिसहरूको शासक नबनाऊ।

किनकि यरुशलेमको विध्वंश भयो र यहूदाको पतन भयो, किनभने तिनीहरूका जिब्राहरू र तिनीहरूका कामहरू परमप्रभुको विरुद्धमा थिए, उहाँको महिमाको आँखालाई चुनौती दिनका लागि।

तिनीहरूका मुहारले नै तिनीहरूका विरुद्धमा गवाही दिन्छन् र तिनीहरूका पाप सदोम समेतझैँ भएको घोषणा गर्दछ र तिनीहरूले यो लुकाउन सक्दैनन्। तिनीहरूको जीवात्मालाई धिक्कार छ, किनकि तिनीहरूले आफूमाथि दुष्टताको प्रतिफल पाएका छन्।

१० धर्मीहरूलाई भन कि तिनीहरूलाई असलै हुनेछ; किनकि तिनीहरूले आफ्नो कामको फल खानेछन्।

११ दुष्टहरूलाई धिक्कार छ, किनकि तिनीहरूको विनाश हुनेछ; किनकि तिनीहरूका हातहरूको प्रतिफल तिनीहरूले पाउनेछन्।

१२ अनि मेरा जन हो, बालकहरू तिनीहरूका शोषक हुन् र स्त्रीहरूले तिनीहरूमाथि शासन गर्छन्। हे मेरा जन, तिमीहरूलाई डोऱ्याउनेहरूले तिमीहरूलाई बरालेर लैजाने छन् र तिमीहरूका पथका मार्गहरूको विनाश गर्नेछन्।

१३ परमप्रभु बिन्ति गर्न माथि खडा हुनुहुन्छ र मानिसहरूलाई न्याय दिन उभिनु हुन्छ।

१४ आफ्ना जनका प्रौढहरू र त्यहाँका राजकुमारहरूलाई परमप्रभुले न्याय गर्नुहुन्छ; किनकि तिमीहरूले त्यो दाखबारी खाएका छौ र आफ्ना घरहरूमा गरिबहरूका सम्पति लुटेर राखेका छौ।

१५ तिम्रो भनाइको अर्थ के हो? तिमीहरूले मेरा मानिसहरूलाई टुक्रिनेगरी पिटेका छौ र गरिबका अनुहारलाई पिँधेका छौ, सैन्यहरूका अधिपति परमप्रभु परमेश्वरले भन्नुहुन्छ।

१६ यसबाहेक, परमप्रभु भन्नुहुन्छ: किनभने सियोनका छोरीहरू अहङ्कारी छन् र घाँटी तन्क्याउँदै र चन्चले आँखा गर्दै, साना पाइला चालेर र कल्ली पहिरेर आफ्ना पाइलाले छम छम गर्दै हिड्छन—

१७ यसकारण परमप्रभुले सियोनका छोरीहरूका शिरको तालुमा घाउले प्रहार गर्नुहुनेछ र परमप्रभुले तिनीहरूका गोप्य भागहरू पत्ता लगाउनु हुनेछ।

१८ त्यस दिन परमप्रभुले तिनीहरूका गहनाहरू र शिरबन्दीहरू र चन्द्रहारहरू;

१९ कुण्डलहरू र बालाहरू र गलबन्दीहरू;

२० मुकुट घुम्टाहरू र कल्लीहरू र शिरबन्दीहरू र अत्तरदानीहरू र झुम्काहरू;

२१ औंठीहरू र नत्थीहरू;

२२ फेर्न मिल्ने पोशाकहरू र बाहिरी लबेदाहरू र घुम्टीहरू र काँटाहरू;

२३ ऐनाहरू, मलमल र मुकुटहरू र दोसल्लाहरू हटाउनुहुनेछ।

२४ अनि यस्तो हुनेछ, सुगन्धको सट्टामा त्यहाँ दुर्गन्ध हुनेछ; र पटुकाको सट्टामा डोरी; र राम्ररी बाटेको कपालको सट्टामा मुडुली; र रत्नले सजिएको स्तनावरणको सट्टामा भाङ्ग्राको लुगा हुनेछ; सुन्दरताको सट्टामा दासत्व देखिने छ।

२५ तिम्रा मानिसहरू तरबारले मारिनेछन् र तिम्रा वीरहरू लडाईंमा मारिनेछन्।

२६ अनि तिनका मूल ढोकाहरूले शोक गर्नेछन् र रुनेछन्; र तिनी उजाड हुनेछिन् र भुइँमा बस्नेछिन्।

प्रिन्ट गर्नुहोस्