अध्याय २९
धेरै गैह्र-यहूदीहरूले मोर्मोनको पुस्तकलाई अस्वीकार गर्नेछन्—उनीहरू भन्नेछन्, हामीलाई अर्को बाइबल चाहिँदैन—परमप्रभु धेरै राष्ट्रहरूसँग बोल्नुहुनेछ—लेखिएको पुस्तकहरूबाट उहाँले संसारको न्याय गर्नुहुनेछ। लगभग ई.पु. ५५९–५४५।
१ तर हेर, त्यहाँ धेरै हुनेछन्—त्यस दिनमा जब म तिनीहरूमाझ एक विस्मयकारी कार्य थाल्नेछु, कि म मानिसका छोराछोरीसँग गरेका करारहरू सम्झन सकूँ, कि इस्राएलका घरानाका मेरा जनलाई फेरि पाउन म दोस्रो पटक मेरो हात अगाडि सार्न सकूँ।
२ अनि पनि, कि म तिमी नफी र तिम्रा पितासँग पनि गरेका वाचाहरू सम्झन सकूँ, कि तिम्रा सन्ततिलाई म सम्झूँ; अनि कि तिम्रा सन्ततिका वचनहरू मेरा मुखबाट अघि बढ्नेछन्; अनि मेरा वचनहरू पृथ्वीको पल्लो छेउसम्म सुसेलिने छन्, मेरा जनका निम्ति, जुन इस्राएलका घरानाका हुन्।
३ अनि किनभने मेरा वचनहरू सुसेलिने भएकाले—धेरै गैह्र-यहूदीहरू भन्नेछन्: एउटा बाइबल! एउटा बाइबल! हामीसँग एउटा बाइबल छ, अनि त्यहाँ अरु कुनै बाइबल हुन सक्दैन।
४ तर परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हे मूर्खहरू हो, उनीहरूसँग बाइबल हुनेछ, अनि यहूदीहरू, मेरा प्राचीनकालका करारबद्ध जनबाट यो अगाडि बढ्नेछ। अनि उनीहरूबाट पाएको बाइबलका निम्ति उनीहरू कसरी यहूदीहरूलाई धन्यवाद दिन्छन्? हो, गैह्र-यहूदीहरूका के चाहन्छन्? गैह्र-यहूदीहरूसामु मुक्ति ल्याउनमा यहूदीहरूका दु:खहरू, अनि परिश्रमहरू, अनि पीडाहरूलाई, अनि मप्रतिको उनीहरूको लगनशीलतालाई के उनीहरू सम्झन्छन्?
५ हे तिमी गैह्र-यहूदीहरू, के तिमीले मेरा प्राचीनकालका करारबद्ध जन, ती यहूदीहरूलाई सम्झेका छौ? छैनौ, तर तिमीहरूले तिनीहरूलाई सरापेका छौ, अनि घृणा गरेका छौ, अनि उनीहरूलाई फर्काउन प्रयास गरेका छैनौ। तर हेर, म यी सबै कुराहरु तिमीहरूका शिरमा फर्काउने छु, किनकि मैले मेरा जनलाई बिर्सेको छैनँ।
६ तिमी मूर्ख, जो भन्नेछ: एउटा बाइबल, हामीसँग एउटा बाइबल छ, अनि हामीलाई अरु बाइबल आवश्यक छैन। के तिमीहरूले यहूदीहरूद्वारा बाहेक बाइबल पाएका छौ?
७ के तिमीहरूलाई थाहा छैन कि त्यहाँ एक भन्दा धेरै राष्ट्रहरू छन्? के तिमीलाई थाहाछैन कि म, परमप्रभु तिम्रा परमेश्वरले सबै मानिसको सृष्टि गरेको हुँ, र म समुद्रका टापुहरूमा भएकालाई सम्झनेछु; र म माथि स्वर्गमा र तल पृथ्वीमा शासन गर्दछु; अनि म मेरा वचनहरू मानिसका छोराछोरीसामु लैजान्छु, हो, पृथ्वीका सारा राष्ट्रहरूमा समेत?
८ तिमीहरू किन गनगनाउछौ, किनकि तिमीहरूले मेरा अरु बढी वचनहरू पाउनेछौ भनेर? के तिमीहरूलाई थाह छैन कि दुइटा राष्ट्रहरूका गवाही तिमीहरूसामु एक साक्षी हो कि म परमेश्वर हुँ, कि म एक राष्ट्रलाई जस्तै अर्कोलाई सम्झन्छु? यसकारण, म एउटा राष्ट्रसामु जस्तै अर्कोसामु उही वचनहरू बोल्दछु। अनि जब दुई राष्ट्रहरू मिल्छन् दुई राष्ट्रहरूका गवाही पनि मिल्नेछन्।
९ अनि म यसो गर्दछु कि म धेरैलाई प्रमाणित गर्न सकूँ कि म हिजो, आज, र सदासर्वदा उस्तै हुँ; अनि कि म मेरो आफ्नै राजिखुसिअनुसार मेरा वचनहरू बोल्दछु। अनि किनभने कि मैले एउटा वचन बोलेको छु भन्दैमा अर्को बोल्न सक्दिन भनेर नठान;किनकि मेरो कार्य अझै सकिएको छैन; न त मानिसको अन्त्यसम्म सकिनेछ, न त त्यस समयउपरान्त अनि सदासर्वदासम्म।
१० यसकारण, किनभने तिमीसँग एउटा बाइबल छ भन्दैमा तिमीहरू नठान कि यसमा मेरा सबै वचनहरू छन्; न त तिमीहरू ठान कि मैले अरु लेखाउन लगाएको छैन।
११ किनकि म पूर्वमा, अनि पश्चिममा, अनि उत्तरमा, अनि दक्षिणमा अनि समुद्रका टापुहरूमा, यत्रतत्र सबै मानिसहरूलाई आज्ञा दिन्छु कि मैले उनीहरूसामु बोलेका वचनहरू उनीहरूले लेखून्; किनकि लेखिएका पुस्तकहरूबाट म संसारको न्याय गर्नेछु, प्रत्येक मानिसको उनीहरूका कार्यहरूअनुसार, जे लेखिएको छ त्यसअनुसार।
१२ किनकि हेर, म यहूदीहरूसामु बोल्नेछु अनि उनीहरू त्यो लेख्नेछन्; अनि म नफीहरूसामु बोल्नेछु अनि उनीहरू त्यो लेख्नेछन्; अनि म इस्राएलका घरानाका मैले अगुवाइ गरेर लगेका अन्य कूलहरूसामु बोल्नेछु, अनि उनीहरू त्यो लेख्नेछन्; अनि म पृथ्वीका सारा राष्ट्रहरूसामु पनि बोल्नेछु अनि उनीहरू त्यो लेख्नेछन्।
१३ अनि यस्तो हुनेछ कि यहूदीहरूसँग नफीहरूका वचनहरू हुनेछन्, अनि नफीहरूसँग यहूदीहरूका वचनहरू हुनेछन्; अनि नफीहरूसँग र यहूदीहरूसँग हराइएका इस्राएलका कुलहरूका वचनहरू हुनेछन्; अनि इस्राएलका हराएका कुलहरूसँग नफीहरूका र यहूदीहरूका वचनहरू हुनेछन्।
१४ अनि यस्तो हुन जानेछ कि मेरा जन, जो इस्राएलका घरानाका हुन्, उनीहरूका अधीनका भूमिहरूमा भेला गरिनेछन्; अनि मेरा वचन पनि एकैसाथ जम्मा गरिनेछ। अनि म मेरा वचन र मेरा जन इस्राएलका घरानाकाहरूविरुद्ध लड्नेलाई देखाउनेछु कि म परमेश्वर हुँ, र मैले अब्राहामसँग करार गरेको थिएँ कि म उनका सन्तानलाई सदासर्वदा सम्झनेछु।