धर्मशास्त्रहरू
३ नफी १७


अध्याय १७

येशूले जनलाई आफ्ना वचनहरूको चिन्तन गर्न र बुझ्नका निम्ति प्रार्थना गर्न निर्देशन दिनुहुन्छ—उहाँले उनीहरूका बिरामीलाई चङ्गाइ गर्नुहुन्छ—उहाँले जनका निम्ति लेख्न नसकिने भाषा प्रयोग गर्दै प्रार्थना गर्नुहुन्छ—स्वर्गदूतहरूले उनीहरूका साना नानीहरूलाई सेवा गर्छन् र उनीहरूलाई आगाले घेरिन्छ। लगभग ई.सं. ३४।

हेर, अब यस्तो हुन गयो कि जब येशूले यी वचनहरू बोल्नुभएको थियो उहाँले फेरि भीडमा वरिपरि हेर्नुभयो र उहाँले उनीहरूसामु भन्नुभयो: हेर, मेरो समय नजिकै छ।

म अनुमान गर्छु कि तिमीहरू कमजोर छौ, कि तिमीहरूले मैले बोलेका सबै वचनहरू बुझ्न सक्दैनौ जुन मलाई तिमीहरूसामु यस समयमा बोल्न पिताद्वारा आज्ञा गरिएको छ।

त्यसकारण, तिमीहरू आफ्ना घरहरूमा जाओ र मैले भनेका कुराहरूको चिन्तन गर र पितासँग मेरा नाउँमा अनुरोध गर, कि तिमीहरूले बुझ्न सक र भोलिका निम्ति तिमीहरूका मस्तिष्कहरू तयार गर र म तिमीहरूकहाँ फेरि आउँछु।

तर अब म पिताकहाँ र इस्राएलका हराएका कूलहरूसामु आफैँलाई देखाउन पनि जान्छु, किनकि पिताका निम्ति उनीहरू हराएका छैनन्, किनकि उहाँलाई थाहा छ उहाँले उनीहरूलाई कहाँ लैजानु भएको छ।

अनि यस्तो हुन गयो कि जब येशूले यसरी बोल्नु भएको थियो, उहाँले आफ्ना आँखाहरू फेरि भीडमा वरिपरि डुलाउनुभयो र देख्नुभयो उनीहरू आँशुले भरिएका थिए र उहाँलाई आफूहरूसँग केही अरु समय सँगै बसिदिए हुन्थ्यो भनी अनुरोध गर्ने जस्तै गरी दृढताका साथ हेरे।

अनि उहाँले उनीहरूसामु भन्नुभयो: हेर, मेरो हृदयहरू तिमीहरूप्रतिको सहानुभूतिले भरिएको छ।

के तिमीहरूसँग कोही छन् जो तिमीहरूमध्ये बिरामी छन्? उनीहरूलाई यहाँ ल्याओ। के तिमीहरूमध्ये कोही छन् जो लङ्डा, अथवा अन्धा, अथवा पक्षघाती, अथवा डुँडा, अथवा कोरी छन्, अथवा जो थकित छन्, अथवा ती जो बहिरा छन्, अथवा कुनै प्रकारले ग्रसित छन्? उनीहरूलाई यहाँ ल्याओ र म उनीहरूलाई चङ्गाइ गरिदिनेछु, किनकि ममा तिमीहरूमाथि सहानुभूति जाग्यो, मेरो हृदय कृपाले भरिएकोछ।

किनकि म अनुमान गर्छु कि तिमीहरू चाहान्छौ कि मैले तिमीहरूका यरुशलेमका बन्धुहरूसामु जे गरेको थिएँ त्यो मैले तिमीहरूसामु देखाऊँ, किनकि म देख्दछु कि तिमीहरूको आस्था पर्याप्त छ कि मैले तिमीहरूको चङ्गाइ गर्नु पर्दछ।

अनि यस्तो हुन गयो कि जब उहाँले यसरी बोल्नुभएको थियो, सबै भीड, एक समूहमा, उनीहरूका बिरामी र उनीहरूका ग्रसित र उनीहरूका लङ्गडा, उनीहरूका अन्धा र उनीहरूका लाटासहित र कुनै प्रकारले ग्रसित भएका सबैसहित गए; र उहाँले उनीहरू प्रत्येकलाई चङ्गाइ गरिदिनुभयो जब उनीहरूलाई उहाँसामु ल्याइएको थियो।

१० अनि उनीहरू सबै, जसलाई चङ्गाइ गरिएको थियो र जो पूर्ण थिए दुबै, उहाँका पाउमा निहुरिए र उहाँको आराधना गरे; अनि भीडमा सक्ने जतिले उहाँका पाउलाई चुम्बन गरे, यतिसम्म कि उनीहरूले उहाँका पाऊलाई आफ्ना आँसुहरूले नुहाइदिए।

११ अनि यस्तो हुन गयो कि उहाँले आज्ञा दिनुभयो कि उनीहरूका साना बालबालिकाहरूलाई ल्याइनु पर्दछ।

१२ त्यसैले उनीहरूले आफ्ना साना बालबालिकाहरूलाई ल्याए र उहाँ वरिपरि जमिनमा राखे र येशू माझमा खडा हुनुभयो; र उनीहरू सबैलाई उहाँसामु नल्याइन्जेलसम्म भीडले बाटो दियो।

१३ अनि यस्तो हुन् गयो कि जब उनीहरू सबैलाई ल्याइएको थियो र येशू माझमा खडा हुनुभयो, उहाँले भीडलाई आज्ञा दिनुभयो कि उनीहरूले जमिनमा घुँडा टेक्नुपर्छ।

१४ अनि यस्तो हुन गयो कि जब उनीहरूले जमिनमा घुँडा टेकेका थिए, येशू आफैँ पीडाले कराउनुभयो र भन्नुभयो: पिता, इस्राएलका घरानाका जनको दुष्टताका कारण म चिन्तित छु।

१५ अनि जब उहाँले यी वचनहरू बोल्नुभएको थियो, उहाँ आफैँले पनि पृथ्वीमा घुँडा टेक्नु भयो; र हेर उहाँले पितासामु प्रार्थना गर्नुभयो र उहाँले प्रार्थना गरेका कुराहरू लेख्न सकिँदैन र भीडले गवाही दियो जसले उहाँलाई सुने।

१६ अनि यसप्रकारले उनीहरूले गवाही दिन्छन्: यस्ता महान् र अद्भूत कुराहरू जुन हामीले येशूले पितासामु बोलेको देख्यौँ र सुन्यौँ त्यो यस अगाडि आँखाले कहिल्यै देखेको छैन, न त कानले नै सुनेको छ।

१७ अनि कुनै जिब्राले बोल्न सक्दैन, न त कुनै मानिसद्वारा लेखिन नै सकिन्छ, न त मानिसहरूका हृदयहरूले कल्पना गर्न नै सक्छन् त्यस्ता महान् र अद्भूत कुराहरू जुन हामीले येशूले बोलेको देख्यौँ र सुन्यौँ; र कसैले पनि त्यस समयको हाम्रो आत्माहरूमा भरिएको आनन्दको कल्पना गर्न सक्दैन जब हामीले उहाँले हाम्रा निम्ति पितासामु प्रार्थना गरेको सुन्यौँ।

१८ अनि यस्तो हुन गयो कि जब येशूले पितासामु प्रार्थना गर्न अन्त्य गर्नुभएको थियो, उहाँ उठ्नु भयो; तर भीडको आनन्द यति महान् थियो कि उनीहरू विह्वल भए।

१९ अनि यस्तो हुन गयो कि येशूले उनीहरूसामु बोल्नुभयो र उनीहरूलाई उठ्न अह्राउनुभयो।

२० अनि उनीहरू पृथ्वीबाट उठे र उहाँले उनीहरूसामु भन्नुभयो: तिमीहरू आफ्ना आस्थाका कारण आशीषित छौ। अनि अब हेर, मेरो हर्ष भरिपूर्ण छ।

२१ अनि जब उहाँले यी वचनहरू बोल्नुभएको थियो, उहाँ रुनुभयो र भीडले त्यसको गवाही दियो र उहाँले उनीहरूका साना बालबालिकाहरूलाई एक एक गरेर लिनुभयो र तिनीहरूलाई आशीष दिनुभयो र तिनीहरूका निम्ति पितासामु प्रार्थना गर्नुभयो।

२२ अनि जब उहाँले यसो गर्नुभएको थियो उहाँ फेरि रुनुभयो;

२३ अनि उहाँले भीडसामु बोल्नुभयो र उनीहरूसामु भन्नुभयो: हेर तिमीहरूका साना नानीहरूलाई।

२४ अनि जब उनीहरूले हर्नलाई फर्के उनीहरूले स्वर्गतिर आफ्ना आँखाहरू लगाए र उनीहरूले स्वर्ग खुलेको देखे र उनीहरूले आगाको माझमा जस्तै स्वर्गबाट अवतरण गरिरहेका स्वर्गदूतहरूलाई देखे; र तिनीहरू तल आए र ती साना नानीहरूलाई वरिपरि घेरे र उनीहरू वरिपरि आगोले घेरिएको थियो; र स्वर्गदूतहरूले उनीहरूसामु सेवा गरे।

२५ अनि भीडले देख्यो र सुन्यो र गवाही दियो; र उनीहरूलाई थाहा छ कि उनीहरूको अभिलेख सत्य छ किनकि उनीहरू आफूमध्ये सबैले, प्रत्येक मानिसका निम्ति आफैँले देखे र सुने र उनीहरू संख्यामा लगभग दुई हजार पाँच सय जीवात्माहरू थिए; र उनीहरूमध्ये पुरुषहरू, स्त्रीहरू र बालबालिकाहरू थिए।