अध्याय ७
प्रधान न्यायकर्ताको हत्या हुन्छ, सरकारको विनाश हुन्छ र जन कूलहरूमा विभाजित हुन्छन्—याकूब, एक ख्रीष्टविरोधी, गोप्य गुटबन्दीको राजा बन्दछ—नफीले पश्चात्ताप र आस्थाको प्रचार गर्छन्—स्वर्गदूतहरूले दैनिक रुपमा उनको सेवा गर्छन् र उनले आफ्ना भाइलाई मृत्युबाट उठाउँछन्—धेरैले पश्चात्ताप गर्छन् र बप्तिस्मा लिन्छन्। लगभग ई.सं. ३०–३३।
१ अब हेर, म तिमीहरूसामु देखाउनेछु कि उनीहरूले भूमिमाथि राजाको स्थापना गरेनन्, तर सोही वर्षमा, हो, तीसौँ वर्षमा, उनीहरूले न्यायको आसनको विनाश गरे, हो, भूमिको प्रधान न्यायकर्ताको हत्या गरे।
२ अनि जन एकको विरुद्ध अर्कोमा विभाजित थिए; उनीहरू एक अर्काका क्जूलहरूमा छुट्ट्याइए, प्रत्येक मानिस उसको परिवार र उसको कुटुम्ब र मित्रहरूअनुसार; अनि यसरी उनीहरूले भूमिको सरकारलाई विनाश गरे।
३ अनि प्रत्येक कूलले उनीहरूमाथि मुखिया अथवा अगुवा नियुक्त गरे; यसरी उनीहरू कूलहरू र कूलहरूका अगुवाहरू बने।
४ अब हेर, धेरै परिवार र धेरै कुटुम्बहरू र मित्रहरू भएको बाहेक उनीहरूमाझ कुनै मानिस थिएन; त्यसकारण उनीहरूका कूलहरू अत्यन्त विशाल भए।
५ अब यो सबै गरिएको थियो र उनीहरूमाझ अझै कुनै युद्धहरू भएनन्; र यो सबै दुष्टता जनमाथि भएको थियो किनभने उनीहरूले सैतानको शक्तिसामु आफैँलाई समर्पण गरे।
६ अनि सरकारका विनियमहरूलाई विनाश गरियो, अगमवक्ताहरूको हत्या गरेकाहरूका मित्रहरू र कुटुम्बहरूको गोप्य गुटबन्दिका कारण।
७ अनि उनीहरूले भूमिमा एक विशाल कलह ल्याए, यतिसम्म कि जनको अझ धर्मी भाग झन्डै पूरै दुष्ट बन्न पुगेको थियो; हो, उनीहरूमाझ थोरै मात्रै धर्मी मानिसहरू थिए।
८ अनि जसरी कुकुर आफ्नो वान्तामा, अथवा नुहाएको सुँगुर हिलोमा लडिबडि गर्न फर्कन्छ, त्यसरी जनको बढी भाग उनीहरूको धार्मिकताबाट पर गएको छवर्ष पनि बितेको थिएन।
९ अब यो गोप्य गुटबन्दि, जुनले जनमाथि त्यति महान् गुटबन्दि ल्याएको थियो, आफैँ एकसाथ भेला भए र उनीहरूले याकूब भन्ने मानिसलाई उनीहरूको अगुवाको रुपमा स्थापना गरे।
१० अनि उनीहरूले उसलाई उनीहरूका राजा भने, त्यसकारण ऊ यो दुष्ट समूहमाथिको राजा भयो; अनि ऊ येशूको गवाही दिने अगमवक्ताहरूविरुद्ध आफ्नो आवाज दिनेहरूका मुख्यहरूमध्ये एक थियो।
११ अनि यस्तो हुन गयो कि उनीहरू कुलहरूका सङ्ख्यामा जति बलिया थिएनन्, जो उनीहरूका कानुनहरूको स्थापना गर्ने उनीहरूका अगुवाहरूबाहेक एकसाथ एकीकृत भएका थिए, प्रत्येक आफ्नो कूलअनुसार; उनीहरू शत्रुहरू हुँदाहुँदै; उनीहरू धर्मी नहुँदानहुँदै; अझ उनीहरू सरकारको विनाश गर्न एक करारमा प्रवेश गरेकाहरू प्रतिको घृणामा एकिकृत थिए।
१२ त्यसकारण, याकूबले आफूहरू भन्दा आफ्ना शत्रुहरू बढी अनगिन्ती भएको देखेर, ऊ समूहको राजा भएकाले, त्यसकारण उसले आफ्ना जनलाई आज्ञा दियो कि उनीहरू भूमिको सबभन्दा उत्तरी भागतिर भाग्नुपर्छ र त्यहाँ विमति राख्नेहरू उनीहरूसँग सम्मिलित नभइन्जेलसम्म आफ्नालागि उनीहरूले एउटा अधिराज्यको स्थापना गर्नुपर्छ, (किनकि उसले उनीहरूको चाप्लुसी गऱ्यो कि त्यहाँ धेरै विमति राख्नेहरू हुनेछन्) र उनीहरू कुलहरूसँग लड्न पर्याप्त बलिया हुनेछन; र उनीहरूले त्यसो गरे।
१३ अनि उनीहरूको यात्रा यस्तो द्रूतगतिको थियो कि यसलाई जनको पहुँचबाट बाहिर नगइन्जेलसम्म रोक्न सकिएन। अनि यसरी तीसौँ वर्षको अन्त्य भयो; र नफीहरूका जनको कारोबार यस्तो थियो।
१४ अनि एकतीसौँ वर्षमा यस्तो हुन गयो कि उनीहरू कूलहरूमा विभाजित भए, प्रत्येक मानिस उसको परिवार, कुटुम्ब र मित्रहरूअनुसार; तैपनि उनीहरू एक सम्झौतामा आएका थिए कि उनीहरू एकअर्काविरुद्ध युद्ध गर्न जानेछैनन्; तर उनीहरू उनीहरूका कानुनहरूमा र उनीहरूका सरकारका तरिकाहरूमा एकीकृत थिएनन्, किनकि ती उनीहरूका मुखियाहरू र उनीहरूका अगुवाहरूका सोचअनुसार स्थापित गरिएका थिए। तर उनीहरूले ज्यादै कडा कानुनहरूको स्थापना गरे कि एक कूल अर्काविरुद्ध उल्लङ्घन गर्न हुँदैन; यतिसम्म कि भूमिमा केही हदसम्म उनीहरूसँग शान्ति भयो; तैपनि, उनीहरूका हृदय परमप्रभु उनीहरूका परमेश्वरबाट टाढिए र उनीहरूले अगमवक्ताहरूलाई ढुङ्गाले हाने र उनीहरूमाझ बाट बाहिर फ्याँके।
१५ अनि यस्तो हुन गयो कि नफी—स्वर्गदूतहरूद्वारा र परमप्रभुको आवाजद्वारा भेट गरिएका हुनाले र स्वर्गदूतहरूलाई देखेको र प्रत्यक्षदर्शी गवाही भएको र उनलाई शक्ति दिएको हुनाले कि ख्रीष्टको सेवाको बारेमा उनलाई ज्ञान हुन सकोस् र धार्मिकताबाट उनीहरूका दुष्टता र कुकर्महरूसामुको उनीहरूको द्रूत प्रतिगमनको प्रत्यक्षदर्शी भएकाले;
१६ त्यसकारण, उनीहरूका हृदयका कठोरता र उनीहरूका मस्तिष्कहरूको अन्धोपनाका निम्ति शोकाकूल भएकाले—सोही वर्ष उनीहरूमाझ गए र परमप्रभु येशू ख्रीष्टमाथिको आस्थामार्फत् पापहरूको पश्चात्ताप र छुटकाराको सहासका साथ गवाही दिन थाले।
१७ अनि उनले उनीहरूसामु धेरै कुराहरूको शिक्षा प्रदान गरे; अनि ती सबै लेख्न सकिँदैन र तिनको एक भाग पर्याप्त हुनेछैन, त्यसकारण ती यो पुस्तकमा लेखिएका छैनन्। अनि नफीले शक्ति र महान् अधिकारका साथ सेवा गरे।
१८ अनि यस्तो हुन गयो कि उनीहरू उनीसँग रिसाए, किनभने उनीसँग उनीहरूभन्दा विशाल शक्ति थियो, किनकि यो सम्भव थिएन कि उनीहरूले उनका वचनहरूलाई अविश्वास गर्न सकून्; किनकि उनको परमप्रभु ख्रीष्टमाथिको आस्था यस्तो महान् थियो कि स्वर्गदूतहरूले दैनिक रुपमा उनको सेवा गरे।
१९ अनि येशूको नाउँमा उनले दुष्टहरूलाई र अशुद्ध आत्माहरूलाई निकाले; र उनको आफ्नो भाइलाई मृत्युबाट समेत उठाए, उनलाई जानद्वारा ढुङ्गाले हानेर मारिएको मृत्यु सहेपछि।
२० अनि जनले यो देखे र यसको गवाही दिए र उनको शक्तिका कारण उनीसँग रिसाए; र उनले, जनको अगाडि, येशूको नाउँमा, अरु धेरै आश्चर्यकर्महरू पनि गरे।
२१ अनि यस्तो हुन गयो कि एकतीसौँ वर्ष बित्यो र त्यहाँ केही थिए जो परमप्रभुमा परिवर्तित भए; तर जति परिवर्तित भए उनीहरूले जनसामु देखाए कि उनीहरूलाई साँचै नै परमेश्वरको शक्ति र आत्माद्वारा भेट गरिएको थियो, जुन येशू ख्रीष्टमा थियो, जसमा उनीहरूले विश्वास गरे।
२२ अनि जतिबाट दुष्टहरूको निकाला गरियो र उनीहरूका विमारहरूको र कमजोरीहरूको चङ्गाइ गरियो, उनीहरूले जनसामु साँचै नै प्रकट गरे कि उनीहरूलाई परमेश्वरको आत्माद्वारा प्रभाव पारिएको हो र चङ्गाइ गरिएको हो; र उनीहरूले चिन्हहरू पनि देखाए र जनमाझ केही आश्चर्यकर्महरू पनि गरे।
२३ यसरी बत्तीसौँ वर्ष पनि बित्यो। अनि तेत्तिसौँ वर्षको प्रारम्भमा नफीले जनसामु कराए र उनले उनीहरूसामु पापहरूको पश्चात्ताप र छुटकाराको बारेमा प्रचार गरे।
२४ अब म चाहान्छु तिमीहरूले यो पनि सम्झ, कि पश्चात्तापमा ल्याइएको त्यस्तो कोही थिएन जसलाई पानीले बप्तिस्मा दिइएन।
२५ त्यसकारण, त्यहाँ यो सेवाकाइमा नफीद्वारा नियुक्त गरिएका मानिसहरू थिए, कि यस्ता सबै उनीहरूसामु आउनु पर्दछ पानीले बप्तिस्मा लिनुपर्दछ र यो परमेश्वरअगाडि र जनसामुको गवाही र साक्षीको रुपमा, कि उनीहरूले पश्चात्ताप गरे र उनीहरूका पापहरूको छुट्कारा पाए।
२६ अनि यो वर्षको प्रारम्भमा धेरै थिए जसले पश्चात्तापका निम्ति बप्तिस्मा लिए; र यसरी वर्षको बढी भाग बित्यो।