अध्याय २३
येशूले यशैयाका वचनहरूमा सहमति गर्नुहुन्छ—उहाँले जनलाई अगमवक्ताहरूको खोजी गर्न आज्ञा दिनुहुन्छ—लमानी शमुएलका पुनरुत्थानका बारेका वचनहरू अभिलेखहरूमा थपियो। लगभग ई.सं. ३४।
१ अनि अब, हेर, म तिमीहरूसामु भन्दछु, कि तिमीहरूले यी कुराहरूलाई खोज्नु पर्दछ। हो, एक आज्ञा म तिमीहरूलाई दिन्छु कि तिमीहरूले यी कुराहरू लगनशीलतापूर्वक खोज्नुपर्दछ, किनकि यशैयाका वचनहरू महान् छन्।
२ किनकि निश्चय नै उनले मेरा जनका बारेमा सबैलाई छुने गरी बोले जुन इस्राएलका घरानाका हुन् त्यसकारण यो आवश्यक छ कि उनले गैह्र यहुदीहरूलाई पनि बोल्नुपर्दछ।
३ अनि उनले बोलेका सबै कुराहरू उनले बोलेका वचनहरूअनुसार समेत भएका छन् र हुनेछन्।
४ त्यसकारण मेरा वचनहरूलाई ध्यान देऊ; मैले तिमीहरूलाई भनेका कुराहरू लेख; र समय र पिताका इच्छाअनुसार ती गैह्र यहुदीहरूसामु अघि जानेछन्।
५ अनि जसले मेरा वचनहरूलाई सुन्नेछ र पश्चात्ताप गर्छ र बप्तिस्मा लिन्छ, उसैलाई बचाइनेछ। अगमवक्ताहरूलाई खोज, किनकि यी कुराहरूका बारेमा गवाही दिने धेरै हुनेछन्।
६ अनि अब यस्तो हुन गयो कि जब येशूले यी कुराहरू भन्नुभएको थियो उहाँले उनीहरूसामु फेरि भन्नुभयो, उहाँले उनीहरूसामु सम्पूर्ण धर्मशास्त्रहरू व्याख्या गर्नुभएपछि जुन उनीहरूले प्राप्त गरेका थिए, उहाँले उनीहरूसामु भन्नुभयो: हेर, अन्य धर्मशास्त्रहरू म चाहन्छु कि तिमीहरूले लेख्नु पर्दछ, जुन तिमीहरूले लेखेका छैनौ।
७ अनि यस्तो हुन गयो कि उहाँले नफीसामु भन्नुभयो: त्यो अभिलेख ल्याओ जुन तिमीहरूले राखेका छौ।
८ अनि जब नफीले अभिलेखहरू ल्याएका थिए र उहाँअगाडि राखेका थिए, उहाँले तिनीहरूमाथि दृष्टि दिनुभयो र भन्नुभयो:
९ साँचै नै म तिमीहरूसामु भन्दछु, मैले मेरो लमानी सेवक शामुएललाई आज्ञा दिएँ कि उनले यी जनसामु गवाही दिनुपर्दछ, कि पिताले उहाँको नाउँ ममा महिमित गर्ने त्यो दिनमा सन्तहरू धेरै हुनेछन् जो मृत्युबाट उठ्नेछन् र धेरैसामु देखा पर्नेछन् र उनीहरूको सेवा गर्नेछन्। अनि उहाँले उनीहरूसामु भन्नुभयो: के यो त्यस्तो थिएन र?
१० अनि उहाँका शिष्यहरूले उहाँलाई उत्तर दिए र भने: हो परमप्रभु, शमुएलले हजुरका वचनहरूअनुसार अगमवाणी गरे र ती सबै पूरा गरिइए।
११ अनि येशूले उनीहरूसामु भन्नुभयो: कसरी यो भयो कि तिमीहरूले यो कुरा लेखेका छैनौ, कि धेरै सन्तहरू उठे र धेरैसामु देखा परे र उनीहरूको सेवा गरे?
१२ अनि यस्तो हुन गयो कि नफीले सम्झे कि यो कुरा लेखिएको थिएन।
१३ अनि यस्तो हुन गयो कि येशूले आज्ञा दिनुभयो कि यो लेखिनु पर्दछ; त्यसकारण यो उहाँले आज्ञा दिएअनुसार लेखियो।
१४ अनि अब यस्तो हुन गयो कि जब येशूले सबै धर्मशास्त्रहरू पूरै व्याख्या गर्नुभएको थियो, जुन उनीहरूले लेखेका थिए, उहाँले उनीहरूलाई आज्ञा दिनुभयो कि उनीहरूले ती कुराहरू सिकाउनु पर्दछ जुन उहाँले उनीहरूसामु व्याख्या गर्नुभएको थियो।