अध्याय ४
नफीहरूका सेनाहरूले गादियान्तोन डाँकाहरूलाई हराउँछन्—गिद्दियान्हीको बध गरिन्छ र उसको उत्ताराधिकारी, जेम्नारीहाहलाई झुन्ड्याइन्छ—उनीहरूको विजयका निम्ति नफीहरू परमप्रभुको प्रशंसा गर्छन्। लगभग इ.सं. १९–२२।
१ अनि यस्तो हुन गयो कि अठारौँ वर्षको अन्त्यतिर ती डाँकाहरूका सेनाहरूले युद्ध गर्न तयार गरेका थिए र तल आउन थाले र डाँडाहरूबाट र पर्वतहरू र उजाड स्थान र उनीहरूका किल्लाहरू र उनीहरूका गोप्य स्थानहरूबाट बाहिर आउन थाले र उत्तर र दक्षिण दुबै तर्फ भएका भूमिहरूलाई अधीनमा लिन थाले र नफीहरूले छाडेका सम्पूर्ण भूमिहरू र छाडेर उजाड भएका सहरहरू अधीनमा लिन थाले।
२ तर हेर, नफीहरूले छाडेका ती भूमिहरूमा न त कुनै जङ्गली जनावरहरू थिए न त कुनै शिकार थिए र उजाड स्थानमा बाहेक डाँकाहरूका निम्ति त्यहाँ कुनै सिकार थिएन।
३ अनि खानाको चाहानाले गर्दा डाँकाहरू उजाड स्थानमा बाहेक अन्यत्र रहन सकेनन्; किनकि नफीहरूले उनीहरूका भूमिहरू उजाड छाडेका थिए र उनीहरूका बथान र झुण्डहरू र उनीहरूको सम्पूर्ण सम्पत्ति एक साथ भेला गराएका थिए र उनीहरू एक समूहमा थिए।
४ त्यसकारण, नफीहरू विरुद्ध खुल्ला लडाइँमा आउनु बाहेक ती डाँकाहरूका निम्ति लुट्न र खाना प्राप्त गर्न त्यहाँ अर्को कुनै अवसर थिएन; र नफीहरू एक समूहमा भएकाले र त्यति ठूलो सङ्ख्यामा भएकाले र आफ्ना निम्ति बन्दोवस्तीका सामानहरू र घोडाहरू र गाईवस्तु र हरेक प्रकारका बथान जोगाएको हुनाले, कि उनीहरू सात वर्षको अन्तरालसम्म जीविका गर्न सकून्, जुन समयमा उनीहरूले ती डाँकाहरूलाई भूमिको सतहबाट विनाश गर्ने आशा गरे; र यसरी अठारौँ वर्ष बित्यो।
५ अनि यस्तो हुन गयो कि उन्नाइसौँ वर्षमा गिद्दियान्हीले थाहा पायो कि यो आवश्यक थियो कि उसले नफीहरूविरुद्ध लडाइँ गर्न जानु पर्दछ, किनकि चोर्न र लुट्न र हत्या गर्न बाहेक त्यहाँ कुनै उपाय थिएन कि उनीहरूले जीविका चलाउन सकून्।
६ अनि उनीहरूले भूमिको सतहमा आफैँ छरिन आँट गरेनन् यतिसम्म कि उनीहरूले अन्न उब्जाउन सकून्, कथंकदाचित नफीहरू उनीहरूमाथि आउनेछन् र उनीहरूको बध गर्ने छन्; त्यसकारण गिद्दियान्हीले आफ्ना सेनाहरूलाई आज्ञा दिए कि यो वर्षमा उनीहरू नफीहरूविरुद्ध लडाइँ गर्न जानु पर्दछ।
७ अनि यस्तो हुन गयो कि उनीहरू लडाइँ गर्न आए; र यो छैठौँ महिना थियो; अनि हेर, उनीहरू लडाइँ गर्न आएको त्यस दिन महान् र भयानक थियो। अनि उनीहरूले डाँकाहरूका तरिकाअनुसार लगाएका थिए; र उनीहरूको कम्मरमा थुमाको छाला थियो र ती रगतमा रङ्ग्याइएका थिए र उनीहरूको शिर खौरिएको थियो र उनीहरूसँग तिनमाथि शिर-कवचहरू थिए; र उनीहरूका हतियारका कारण र उनीहरू रगतमा रङ्ग्याइएका कारण, गिद्दियान्हीका सेनाहरूको रूप महान् र भयानक थियो।
८ अनि यस्तो हुन गयो कि नफीहरूका सेनाहरू जब उनीहरूले गिद्दियान्हीका सेनाको रुपलाई देखे पृथ्वीमा ढलेका थिए र परमप्रभु उनीहरूका परमेश्वरसामुको आफ्ना पुकारहरूलाई उचाले, कि उहाँले उनीहरूलाई छाडिदिनुहुनेछ र उनीहरूका शत्रुहरूका हातहरूबाट मुक्त गर्नुहुनेछ।
९ अनि यस्तो हुन गयो कि जब गिद्दियान्हीका सेनाहरूले यो देखे उनीहरू उनीहरूको हर्षका कारण एउटा ठुलो आवाजमा चिच्याउन थाले; किनकि उनीहरूले अनुमान गरेका थिए कि आफ्ना सेनाहरूको भयावहका कारण नफीहरू डरले ढलेका थिए।
१० तर यो कुरामा उनीहरू निराश भए, किनकि नफीहरू उनीहरूसँग डराएनन्; तर उनीहरू आफ्ना परमेश्वरसँग डराए र सुरक्षाका निम्ति उहाँलाई बिन्ती गरे; त्यसकारण, जब गिद्दियान्हीका सेनाहरू उनीहरूमाथि जाइलागे उनीहरू तिनीहरूलाई भेट्न तयार थिए; हो, परमप्रभुको शक्तिमा उनीहरूले तिनीहरूलाई भेटे।
११ अनि लडाइँ छैठौँ महिनामा आरम्भ भयो; र त्यहाँको लडाइँ विशाल र भयानक थियो, हो, त्यहाँको सम्हार विशाल र भयानक थियो, यतिसम्म कि लहीका सम्पूर्ण जनमाझ उनले यरुशलेम छाडेदेखि त्यस्तो विशाल संहार कहिले थाहा भएको थिएन।
१२ अनि गिद्दियान्हीले गरेका धम्कीहरू र शपथहरू हुँदाहुँदै पनि, हेर, नफीहरूले तिनीहरूलाई हराए, यतिसम्म कि तिनीहरू उनीहरूबाट पछि हटे।
१३ अनि यस्तो हुन गयो कि गिद्गीद्दोनीले आज्ञा दिए कि उनका सेनाहरूले तिनीहरूलाई उजाड स्थानका सिमानाहरूसम्म लखेट्नु पर्दछ र उनीहरूले बाटामा उनीहरूका हातहरूमा परेकाहरू कुनैलाई पनि छाड्नु हुँदैन; र यसरी उनीहरूले तिनीहरूलाई लखेटे र तिनीहरूको बध गरे, उजाड स्थानका सिमानाहरूसम्म, उनीहरूले गिद्गीद्दोनीका आज्ञा पूरा नगरिन्जेलसम्म।
१४ अनि यस्तो हुन गयो कि, खडा भएर सहासका साथ लडेको गिद्दियान्हीलाई ऊ भाग्दा लखेटियो; र उसको धेरै लडाइँका कारण ऊ थाकेकाले उसलाई उछिनियो र बध गरियो। अनि गिद्दियान्ही डाँकाको अन्त्य यस्तो थियो।
१५ अनि यस्तो हुन गयो कि नफीहरूका सेनाहरू उनीहरूका सुरक्षाका स्थानमा पुन: फर्के। अनि यस्तो हुन गयो कि यो उन्नाइसौँ वर्ष बित्यो र डाँकाहरू पुन: लडाइँ गर्न आएनन्; उनीहरू न त बीसौँ वर्षमा नै आए।
१६ अनि एक्काइसौँ वर्षमा तिनीहरू लड्न आएनन्, तर उनीहरू सबैतिरबाट नफीका जन वरिपरि घेरा हाल्न आए; किनकि तिनीहरूले ठाने कि यदि तिनीहरूले नफीका जनलाई उनीहरूका भूमिहरूबाट अलग्याए भने र प्रत्येक तिरबाट बन्दी बनाए भने र यदि उनीहरूका बाहिरी सुबिधाहरूबाट उनीहरूलाई अलग्याए भने, कि तिनीहरूले आफ्नो चाहानाअनुसार उनीहरूलाई आत्मसमर्पण गर्न बाध्य बनाउन सक्थे।
१७ अबा तिनीहरूले आफैँ अर्को अगुवाको नियुक्त गरे, जसको नाउँ जेम्नारीहाह थियो; त्यसकारण यो जेम्नारीहाह थियो जसले अह्रायो कि त्यो बन्द गरिनुपर्दछ।
१८ तर हेर, यो नफीहरूका निम्ति एउटा फाइदा थियो; नफीहरूमाथि असर पार्ने गरी पर्याप्त लामो समयसम्म घेरा लगाउन डाँकाहरूलाई असम्भव थियो, किनकि उनीहरूले भण्डारमा राखेको उनीहरूको धेरै वन्दोवस्तीका कारण,
१९ अनि डाँकाहरूमाझ बन्दोवस्तीका सामानहरूका अभावका कारण; किनकि हेर, उनीहरूसँग जीविकाको निम्ति मासु बाहेक केही थिएन, जुन मासु उनीहरूले उजाड स्थानमा प्राप्त गर्थे;
२० अनि यस्तो हुन गयो कि उजाड स्थानमा जङ्गली शिकार दुर्लभ भए यतिसम्म कि डाँकाहरू भोकले नाश हुन लागेका थिए।
२१ अनि नफीहरू निरन्तर रुपमा राति र दिउँसो बाहिर आइरहेका थिए र तिनीहरूका सेनाहरू माथि जाइलागिरहेका थिए र तिनीहरूका हजारौँ र दसौँ हजारहरूलाई मारिरहेका थिए।
२२ अनि यसरी जेम्नारीहाहका जनको चाहना तिनीहरूको योजनालाई त्याग्नु भयो, रातिमा र दिनमा तिनीहरूमाथि आएको भयानक विनाशका कारण।
२३ अनि यस्तो हुन गयो कि जेम्नारीहाहले आफ्ना जनलाई आज्ञा दियो कि तिनीहरू आफैँले घेराऊलाई त्याग्नु पर्दछ र उत्तरतर्फको भूमिको भित्री भागतिर अघि जानुपर्दछ।
२४ अनि अब, गिद्गीद्दोनीलाई तिनीहरूको योजना थाहा भएकोले र खानाको चाहानाको र तिनीहरूमाझ भएको महान् सम्हारका कारणको तिनीहरूको कमजोरी थाहा भएकोले, त्यसकारण उनले आफ्ना सेनाहरूलाई रातको समयमा पठाए र तिनीहरूको पछाडि हट्ने बाटोबाट अलग्याए र तिनीहरूको पछाडि हट्ने बाटामा आफ्ना सेनाहरूलाई राखे।
२५ अनि उनीहरूले यो रातमा गरे र डाँकाहरूभन्दा पर सम्मको आफ्नो यात्रामा गए, ताकि भोलिपल्ट, जब डाँकाहरूले आफ्नो यात्रा थाले, तिनीहरूलाई नफीहरूका सेनाहरूद्वारा तिनीहरूको अगाडि र तिनीहरूको पछाडि दुबै तिर भेटियो।
२६ अनि दक्षिणमा भएका डाँकाहरूलाई पनि उनीहरूको पछाडि हट्ने स्थानहरूबाट अलग्याइयो। अनि यी सबै कुराहरू गिद्गीद्दोनीका आज्ञाहरूद्वारा गरिएको थियो।
२७ अनि त्यहाँ धेरै हजारहरू थिए जसले आफैँलाई नफीहरूसामु कैदीको रुपमा समर्पण गरे र तिनीहरूका बाँकीलाई वध गरियो।
२८ अनि तिनीहरूको अगुवा जेम्नारीहाहलाई लगियो र रुखमा झुन्ड्याइयो, हो, त्यसको टुप्पामा समेत ऊ नमरिन्जेलसम्म। अनि जब ऊ नमरिन्जेलसम्म उनीहरूले उसलाई झुन्ड्याएका थिए उनीहरूले त्यो रुखलाई पृथ्वीमा ढाले र यसो भन्दै ठूलो अवाजमा कराए:
२९ परमप्रभुले उहाँका जनलाई हृदयको धार्मिकतामा र पवित्रतामा जोगाऊन्, कि ती सबै जो शक्ति र गोप्य गुटबन्दिका कारण उनीहरूको बध गर्न खोज्दछन् तिनीहरूलाई पृथ्वीमा ढलाउने कारण होओस्, जसरी यो मानिस पृथ्वीमा ढलेको छ:
३० अनि उनीहरूले हर्ष गरे र एक आवाजमा फेरि कराए, यसो भन्दै: अब्राहामका परमेश्वर र इसहाकका परमेश्वर र याकूबका परमेश्वरले यी जनलाई धार्मिकतामा तबसम्म सुरक्षा गरून्, जबसम्म उनीहरूले सुरक्षाका निमित्त उनीहरूका परमेश्वरका नाउँमा पुकार्नेछन्।
३१ अनि यस्तो हुन गयो कि उनीहरू सबै एक भएर गाउन र उनीहरूलाई उनीहरूका शत्रुहरूका हातहरूमा पर्नबाट जोगाउनमा परमेश्वरले उनीहरूका निमित्त गरेका महान् कुराका लागि उनीहरूका परमेश्वरलाई प्रशंसा गर्न थाले।
३२ हो, उनीहरूले कराए: सर्वोच्च परमेश्वरलाई होसन्ना। अनि उनीहरूले पुकारे: परमप्रभु सर्वशक्तिमान् परमेश्वर, सर्वोच्च परमेश्वरको नाउँ आशीषित होओस्।
३३ अनि उनीहरूका हृदयहरू हर्षले फुलेका थिए, धेरै आँसुको फोहोरा फुट्नमा, उनीहरूका शत्रुहरूका हातहरूबाट उनीहरूलाई मुक्ति दिनमा परमेश्वरको महान् कृपाका कारण; अनि उनीहरूलाई थाहा थियो यो उनीहरूको पश्चात्ताप र उनीहरूको विनम्रताका कारण थियो कि उनीहरूलाई चीरस्थायी विनाशबाट संरक्षण गरिएको थियो।