अध्याय १९
बाह्रले शिष्यहरूको सेवा गर्छन् र पवित्र आत्माका निम्ति प्रार्थना गर्छन्—शिष्यहरूले बप्तिस्मा लिन्छन् र पवित्र आत्मा र स्वर्गदूतहरूको सेवालाई प्राप्त गर्छन्—येशूले लेख्न नसकिने वचनहरू प्रयोग गरेर प्रार्थना गर्नुहुन्छ—उहाँले यी नफीहरूको अत्यन्त महान् आस्थाको गवाही दिनुहुन्छ। लगभग ई.सं. ३४।
१ अनि यस्तो हुन गयो कि जब येशू स्वर्गतिर आरोहण गर्नुभयो, भीड तितर बितर भयो र प्रत्येक मानिसले आफ्नो श्रीमती र छोराछोरीहरूलाई लियो र उसको आफ्नो घरतिर फर्क्यो।
२ अनि यो तुरुन्त जनमाझ सर्वत्र सुनाइएको थियो, अँध्यारो हुनुभन्दा अगाडि, कि भीडले येशूलाई देखेको थियो र उहाँले उनीहरूको सेवा गर्नुभएको थियो र उहाँले भोलिपल्ट भीडसामु आफैँलाई देखाउनुहुनेछ।
३ हो, अनि सम्पूर्ण रातभरि पनि येशूका बारेमा सर्वत्र यो सुनाइएको थियो र उनीहरूले जनसामु यतिसम्म पठाए कि त्यहाँ धेरै थिए, हो, अत्यन्त ठूलो सङ्ख्याले, त्यो रातभरि अत्यन्त परिश्रम गरे, कि उनीहरू भोलिपल्ट त्यो स्थानमा हुन सकून् जहाँ येशूले भीडसामु आफैँ देखाउनुहुनेछ।
४ अनि यस्तो हुन गयो कि भोलिपल्ट, जब भीड एकसाथ भेला भएको थियो, हेर, नफी र उनका भाइ जसलाई उनले मृत्युबाट उठाएका थिए, जसको नाउँ तिमोथी थियो र उनकों छोरा पनि, जसको नाउँ योना थियो र मथोनी पनि र मथोनीहाह, उनका भाइ र कुमेन र कुमेनोन्ही र यर्मिया र शेम्नोन र योना र सिदकियाह र यशैया—अब येशूले चुनेका शिष्यहरूका नाउँहरू यिनै थिए—अनि यस्तो हुन गयो कि उनीहरू अघि गए र भीडमाझ खडा भए।
५ अनि हेर, भीड यति ठूलो थियो कि उनीहरूले अह्राए कि उनीहरू बाह्र समूहमा विभाजित हुनुपर्छ।
६ अनि बाह्रले भीडलाई सिकाए र हेर, उनीहरूले अह्राए कि भीडले पृथ्वीको सतहमा घुँडा टेक्नु पर्दछ र पितासमक्ष येशूका नाउँमा प्रार्थना गर्नुपर्छ।
७ अनि शिष्यहरूले पनि पिता समक्ष येशूको नाउँमा प्रार्थना गरे। अनि यस्तो हुन गयो कि उनीहरू उठे र जनको सेवा गरे।
८ अनि जब उनीहरूले तिनै वचनहरू बाढेका थिए जुन येशूले बोल्नुभएको थियो—येशूले बोलेका वचनहरूबाट केही नबदलीकन—हेर, उनीहरूले फेरि घुँडा टेके र पितासमक्ष येशूको नाउँमा प्रार्थना गरे।
९ अनि उनीहरूले त्यसका निम्ति प्रार्थना गरे जुन उनीहरूले सबभन्दा बढी चाहना गरे; अनि उनीहरूले चाहना गरे कि पवित्र आत्मा उनीहरूलाई दिइयोस्।
१० अनि जब उनीहरूले यसरी प्रार्थना गरेका थिए उनीहरू पानीको किनारासम्म तल गए र भीडले उनीहरूलाई पछ्यायो।
११ अनि यस्तो हुन गयो कि नफी पानीमा तल गए र बप्तिस्मा लिए।
१२ अनि उनी पानीबाट बाहिर आए र बप्तिस्मा दिन थाले। अनि उनले ती सबैलाई बप्तिस्मा दिए जसलाई येशूले चुन्नुभएको थियो।
१३ अनि यस्तो हुन गयो जब उनीहरू सबैले बप्तिस्मा लिए र पानीबाट बाहिर आए, पवित्र आत्मा उनीहरूमाथि ओर्लियो र उनीहरू पवित्र आत्माले र आगोले भरिए।
१४ अनि हेर, उनीहरूलाई घेरिएको थियो आगोले हो कि जस्तै गरी; र त्यो स्वर्गबाट तल आयो र भीडले त्यसलाई प्रत्यक्ष देख्यो र गवाही दियो र स्वर्गदूतहरू स्वर्गबाट तल आए र उनीहरूको सेवा गरे।
१५ अनि यस्तो हुन गयो कि जब स्वर्गदूतहरूले शिष्यहरूको सेवा गरिरहेका थिए, हेर, येशू आउनुभयो र माझमा खडा हुनुभयो र उनीहरूको सेवा गर्नुभयो।
१६ अनि यस्तो हुन गयो कि उहाँले भीडसामु बोल्नुभयो र उनीहरूलाई आज्ञा दिनुभयो कि उनीहरूले फेरि पृथ्वीको सतहमाथि घुँडा टेक्नुपर्दछ र यो पनि कि आफ्ना शिष्यहरूले पनि पृथ्वीको सतहमाथि घुँडा टेक्नुपर्दछ।
१७ अनि यस्तो हुन गयो कि जब उनीहरू सबैले पृथ्वीको सतहमाथि घुँडा टेकेका थिए, उहाँले आफ्ना शिष्यहरूलाई आज्ञा दिनुभयो कि उनीहरूले प्रार्थना गर्नुपर्दछ।
१८ अनि हेर, उनीहरूले प्रार्थना गर्न थाले; र उनीहरूले येशूसामु, उहाँलाई आफ्ना परमप्रभु र आफ्ना परमेश्वर भन्दै प्रार्थना गरे।
१९ अनि यस्तो हुन गयो कि येशू उनीहरूको माझबाट प्रस्थान गर्नुभयो र उनीहरूबाट केही पर जानुभयो र आफैँलाई पृथ्वी तिर निहुऱ्याउनुभयो र उहाँले भन्नुभयो:
२० पिता, म हजुरलाई धन्यवाद दिन्छु कि हजुरले तिनीहरूलाई पवित्र आत्मा दिनुभएको छ जसलाई मैले चुनेको छु; र यो उनीहरूको ममा भएको विश्वासका कारण हो कि मैले उनीहरूलाई संसारबाट चुनेको हुँ।
२१ पिता, म हजुरलाई प्रार्थना गर्छु कि हजुरले उनीहरू सबैलाई पवित्र आत्मा दिनुहोस् जसले तिनीहरूका वचनहरूमा विश्वास गर्दछन्।
२२ पिता, हजुरले उनीहरूलाई पवित्र आत्मा दिनुभएको छ किनभने उनीहरूले ममा विश्वास गर्छन्; र हजुरले देख्नुहुन्छ कि उनीहरूले ममा विश्वास गर्छन किनभने हजुरले उनीहरूलाई सुन्नुहुन्छ र उनीहरूले मेरासामु प्रार्थना गर्छन्; र उनीहरूले मेरासामु प्रार्थना गर्छन् किनभने म उनीहरूसँग छु।
२३ अनि अब पिता, म तपाईँसमक्ष उनीहरूका निम्ति र उनीहरूका वचनहरूमा विश्वास गर्ने सबैका निम्ति पनि प्रार्थना गर्दछु, कि उनीहरूले ममा विश्वास गरून्, कि म उनीहरूमा हुन सकूँ, जसरी हजुर, पिता, ममा हुनुहुन्छ, ताकि हामी एक हुन सकौँ।
२४ अनि यस्तो हुन गयो कि जब येशूले पितासमक्ष यसरी प्रार्थना गर्नुभएको थियो; उहाँ आफ्ना शिष्यहरूसामु आउनुभयो र हेर, उनीहरूले अझै लगातार, नरोकीकन, उहाँसामु प्रार्थना गरिरहेका थिए; र उनीहरूले आफ्ना वचनहरू दोहोऱ्याएनन्; किनकि यो उनीहरूलाई दिइएको थियो कि उनीहरूले के प्रार्थना गर्नुपर्दछ र उनीहरू चाहनाले भरिए।
२५ अनि यस्तो हुन गयो कि येशूले उनीहरूलाई आशीष दिनुभयो जब उनीहरूले उहाँसामु प्रार्थना गरे; र उहाँको मुहार उनीहरूमाथि मुस्कुऱ्यायो र उहाँको मुहारको प्रकाश उनीहरूमाथि चम्कियो र हेर उनीहरू येशूका मुहार र वस्त्रहरूजस्तै सेता भए र हेर त्यसको सेतोपनाले अरु सबै सेतोपानालाई उछिन्यो, हो, त्यो सेतोपनाजस्तो सेतो पृथ्वीमा केही हुन सक्दैन।
२६ अनि येशूले उनीहरूसामु भन्नुभयो: प्रार्थना गर्दै गर; र उनीहरूले प्रार्थना गर्न रोकेनन।
२७ अनि उहाँ उनीहरूबाट फेरि फर्कनुभयो र केही पर जानुभयो र आफैँलाई पृथ्वीतिर निहुऱ्याउनुभयो; र उहाँले पितासमक्ष फेरि प्रार्थना गर्नुभयो, यसो भन्दै:
२८ पिता, म तपाईँलाई धन्यवाद दिन्छु कि हजुरले तिनीहरूलाई शुद्ध पार्नुभएको छ जसलाई मैले चुनेको छु, उनीहरूको आस्थाका कारण र म उनीहरूका निम्ति र तिनीहरूका निम्ति पनि प्रार्थना गर्छु जसले उनीहरूका वचनहरूमा विश्वास गर्छन्, कि तिनीहरू ममा शुद्ध हुन सकून्, उनीहरूका वचनहरूमाथिको विश्वासका कारण, जसरी उनीहरू ममा शुद्ध पारिन्छन्।
२९ पिता, म संसारका निम्ति प्रार्थना गर्दिनँ, तर तिनीहरूका निम्ति जसलाई तपाईँले उनीहरूका आस्थाका कारण संसारबाट मलाई दिनुभएको छ, कि उनीहरू ममा शुद्ध होऊन्, कि म उनीहरूमा हुन सकूँ जसरी तपाईँ, पिता, ममा हुनहुन्छ, कि हामी एक हुन सकौँ, कि म उनीहरूमा महिमित हुन सकूँ।
३० अनि जब येशूले यी वचनहरू बोल्नुभएको थियो उहाँ फेरि आफ्ना शिष्यहरूसामु आउनुभयो र हेर उनीहरूले स्थिरताका साथ, नरोकीकन, उहाँसामु प्रार्थना गरे; अनि उहाँ उनीहरूमाथि फेरि मुस्कुराउनुभयो; र हेर उनीहरू येशूजस्तै सेता भए।
३१ अनि यस्तो हुन गयो कि उहाँ फेरि केही पर जानुभयो र पितासमक्ष प्रार्थना गर्नुभयो;
३२ अनि जिब्राले बोल्न सक्दैनन् ती वचनहरू जुन उहाँले प्रार्थना गर्नुभयो, न त मानिसद्वारा लेखिन नै सकिन्छ ती वचनहरू जुन उहाँले प्रार्थना गर्नुभयो।
३३ अनि भीडले सुने र गवाही दिए; अनि उनीहरूको हृदय खुल्यो र उनीहरूले आफ्नो हृदयमा ती वचनहरू बुझे जुन उहाँले प्रार्थना गर्नुभयो।
३४ तैपनि, त्यति महान् र अद्भूत थिए ती वचनहरू जुन उहाँले प्रार्थना गर्नुभयो कि ती लेखिन सकिन्न, न त मानिसद्वारा उच्चारण गर्न नै सकिन्छ।
३५ अनि यस्तो हुन गयो कि जब येशूले प्रार्थना गर्न अन्त्य गरेपछि उहाँ फेरि शिष्यहरूसामु आउनुभयो र उनीहरूसामु भन्नुभयो: यति महान् आस्था मैले सम्पूर्ण यहुदीहरूमाझ कहिल्यै देखेको छैनँ; यसकारण उनीहरूलाई मैले तिनीहरूको अविश्वासका कारण यति महान् आश्चर्य कर्महरू देखाउन सकिनँ।
३६ साँचै नै म तिमीहरूसामु भन्दछु, उनीहरूमाझ तिमीहरूले देखेको जस्ता महान् कुराहरू देख्ने कोही छैनन्; न त तिमीहरूले सुनेको जस्ता महान् कुराहरू उनीहरूले सुनेका छन्।