साधारण सम्मेलन
“म उही हुँ”
अक्टोबर २०२४ को साधारण सम्मेलन


15:23

“म उही हुँ”

ख्रीष्टको करुणाबाट—दैवी चाहनाप्रतिको पूर्ण ईमानदारीता स्पष्ट हुन्छ—जुन निरन्तर रह्यो र निरन्तर रहन्छ ।

यो शबाथ दिन हो र हामी ख्रीष्ट र उहाँलाई क्रूसमा टाँगिएको विषय उल्लेख गर्न एकत्रित भएका छौँ । I Know That My Redeemer Lives

येशूको नश्वर जीवनको अन्तिम हप्ताको यो दृश्यलाई मनन गर्नुहोस् । लाठीले तथा सशस्त्र तरवारहरूले सजिएका रोमी सिपाहीहरू सहितको एक भीड एकत्रित भएको थियो । हातमा मशाल बोकेका मुख्य पादरीहरूका अधिकारीहरूद्वारा अगुवाइ गरिएको यो बृहत् समूह कुनै सहर माथि विजय प्राप्त गर्ने उद्देश्य सहित निस्किएको थिएन आज राती तिनीहरूले आफ्नो सम्पूर्ण जीवनको कुनै पनि समयमा हतियार नबोक्नु भएका, सैन्य तालीम नलिन भएको वा शारीरिक लडाइँमा सहभागी नहुनुभएका मानिसलाई मात्रै खोजिरहेका थिए ।

जब सिपाहीहरू येशू नजिक आइपुगे, उहाँका शिष्यहरूलाई संरक्षण गर्ने प्रयासमा उहाँ अगाडि बढ्नुभयो र भन्नुभयो, “तिमीहरू कसलाई खोज्दै छौ?” तिनीहरूले भने, “नासरतका येशूलाई ।” येशूले भन्नुभयो, “म उही हुँ” । … उहाँले तिनीहरूलाई “म उही हुँ” भन्नुहुने बित्तिकै तिनीहरू पछि हटे, अनि भूइँमा लडे ।”

मेरा लागि, यो सम्पूर्ण धर्मशास्त्रहरूबाट भावनात्मक रूपमा अधिकतम प्रभाव पार्ने पङ्क्तिहरू मध्येको एक हो । अन्य विषयवस्तुहरू मध्ये, पुरानो करारका महान् यहोवा र नयाँ करारका असल गोठाला परमेश्वरका पुत्रको उपस्थितिमा रहँदा जोसँग कुनै पनि प्रकारको हतियार छैन—आँधीबेहेरीबाट यो शरणस्थान, शान्तिका यी राजकुमार र आउने असल चीजहरूका उच्च पादरीको वाणी सुन्नु ले नै विरोधीहरूलाई ठक्कर खान पठाएर एकअर्कामाथि लड्दै पछाडि हट्न लगाउनु अनि समूहका सबैलाई त्यो रात भान्साकोठामा काम गर्न नियुक्त गरेको भए हुने थियो भन्दै सोचमग्न बनाउन पर्याप्त छ।

केही दिनपूर्व, जब उहाँ हलचल मच्चाउने गरी सहरमा प्रवेश गर्नुभएको थियो, “सबै सहर हल्लिएको थियो,” धर्मशास्त्रले बताउँछ, “यो को हो?” भन्दै म कल्पना मात्रै गर्न सक्छु ती खलबलिएका सिपाहीहरूले हाल सोध्ने प्रश्न “यो को हो?” नै हो!

त्यो प्रश्नको उत्तर उहाँको स्वरुपमा हुन सक्दैन, किनकि यशैयाले करीब सात शताब्दीपूर्व भविष्यवाणी गर्नुभएको थियो “उहाँको कुनै रूप र सुन्दरता छैन; र जब हामी उहाँलाई देख्ने छौँ, उहाँमा हामीले चाहना गरेको कुनै सुन्दरता हुने छैन ।” निश्चय नै यो उहाँको व्यवस्थित भण्डारकक्ष वा विशाल व्यक्तिगत सम्पत्तिमा दुबै मध्ये उहाँसँग कुनै पनि थिएन । यो स्थानीय सभागृहहरूमा कुनै पनि व्यावसायिक प्रशिक्षणबाट हुन सक्दैन किनभने उहाँले तिनीहरूमध्ये कुनैमा अध्ययन गर्नुभएको थियो भनेर हामीसँग कुनै प्रमाण छैन, यद्यपि आफ्नो युवावस्थामा पनि उहाँले उत्कृष्ट रूपमा तयार शास्त्रीहरू र वकिलहरूलाई अधिकार प्राप्त व्यक्तिका रूपमा आफ्नो सिद्धान्तले चकित पार्न सक्नुहुन्थ्यो “। .”

मन्दिरको त्यो शिक्षादेखि यरूशलेममा उहाँको विजयी प्रवेश र यो अन्तिम, अनुचित गिरफ्तारीसम्म, येशूलाई नियमित रूपमा कठीन, प्रायः पथभ्रष्ट परिस्थितिहरूमा राखिएको थियो जसमा उहाँ सदैव विजयी हुनुहुन्थ्यो—विजयहरू जसका लागि हामीसँग दैवी डीएनए बाहेक अन्य कुनै व्याख्या छैन ।

तैपनि इतिहासका माध्यमबाट धेरैले सरलीकरण गरेका छन्, उहाँको चित्र र उहाँ को हुनुहुन्थ्यो भन्ने उहाँको साक्षीलाई पनि तुच्छ बनाएका छन् । तिनीहरूले उहाँको धार्मिकतालाई केवल विवेकमा, उहाँको न्यायलाई केवल क्रोधमा, उहाँको कृपालाई केवल अनुमतिमा घटाएका छन् । हामीले उहाँको यस्तो सरल रुपान्तरणहरूमा दोषी हुनु हुँदैन जसले हामीलाई असहज लाग्ने शिक्षाहरूलाई बेवास्ता गर्न लगाउँछ । उहाँको प्रेमका सम्बन्धमा उहाँको परम परिभाषित सद्गुण “सरलीकृत” सत्य भएको छ ।

त्यहाँ दुईवटा महान आज्ञाहरू थिए भनेर उहाँको मरणशील सेवाका क्रममा येशूले सिकाउनुभयो । उहाँहरूलाई यस सम्मेलनमा सिकाइएको छ र सदैव सिकाइने छ: “परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नू र आफ्ना छिमेकीहरूलाई आफूलाई जस्तै प्रेम गर्नू ।” यदि हामीले मुक्तिदातालाई यी दुई महत्त्वपूर्ण र अटुट रूपमा जोडिएका नियमहरूमा आस्थावान् भई पालना गर्ने हो भने, हामीले वास्तवमा नै उहाँले भन्नुभएका विषयलाई दृढतापूर्वक ग्रहण गर्नु पर्छ । अनि उहाँले वास्तवमा के भन्नुभएको थियो भने, “यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने, मेरा आज्ञाहरूको पालना गर ।” त्यही साँझ, उहाँले भन्नुभयो तिमीहरूले “एक अर्कालाई प्रेम गर्नु पर्छ; जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु ।”

ती धर्मशास्त्रहरूमा, ख्रीष्टको जस्तो सत्य, प्रेम—कहिलेकाहीँ करुणा भनेर उल्लेख गरिने—लाई परिभाषित गर्ने योग्य वाक्यांशहरू बिल्कुलै आवश्यक छन् ।

तिनीहरूले के परिभाषित गर्छन्? येशूले कसरी प्रेम गर्नुभयो?

सर्वप्रथम, उहाँले “[उहाँको] हृदय, क्षमता, मस्तिष्क र सामर्थ्य”, उहाँलाई गहन पीडाबाट चङ्गाइ प्राप्त गर्ने र कठीन वास्तविकता घोषणा गर्ने क्षमता प्रदान गरेरले प्रेम गर्नुभयो । संक्षिप्त रूपमा, उहाँ एक हुनुहुन्छ जसले अनुग्रहको प्रशासन गर्न सक्नुहुन्छ र एकै समयमा सत्यमा जोड दिन सक्नुहुन्छ । लहीले आफ्नो छोरा याकूबलाई आफ्नो आशीर्वादमा भने जस्तै, “उद्धार पवित्र मसीहमा र उहाँमार्फत् आउँछ; किनकि उहाँ अनुग्रह र सत्यले भरिपूर्ण हुनुहुन्छ ।” उहाँको प्रेमले आवश्यकताको समयमा उत्साहवर्धक अङ्कमाल र महसुस गर्नुपर्ने अवस्थामा पीडा महसुस गर्न पनि अनुमति दिन्छ । त्यसैले हामी—हाम्रो सम्पूर्ण हृदय, क्षमता, मस्तिष्क र सामर्थ्यले—प्रेम गर्ने प्रयास गर्छौं किनभने उहाँले हामीलाई त्यसरी नै प्रेम गर्नुहुन्छ ।

परमेश्वरको मुखबाट निस्केका प्रत्येक वाणी अनुसार स्वर्गका पिताका चाहना सँग सदैव आफ्ना चाहना र व्यवहार समाहित गराउने उहाँको आज्ञाकारिता येशूको दैवी ख्रीस्टीय प्रेमको दोस्रो विशेषता थियो ।

जब उहाँको पुनरुत्थान भयो त्यस पछि उहाँ पश्चिमी गोलार्धमा आइपुग्नु भयो, ख्रीष्टले नफीहरूलाई भन्नुभयो: “हेर, म येशू ख्रीष्ट हुँ । … अनि मैले त्यो तीतो कचौराबाट पिएको छु जुन पिताले मलाई दिनुभएको छ र जसमा मैले प्रारम्भदेखिका सबै विषयहरूमा पिताको चाहनामा सहेको छु ।”

असङ्ख्य तरिकाहरूमध्ये येशूले पिताको चाहनाप्रति आफ्नो आज्ञाकारिता घोषणा गरेरआफूलाई परिचित गराउनु भयो, त्यसका बावजुद पनि उहाँका लागि सबैभन्दा ठूलो आवश्यकताको समयमा परमेश्वरका एकमात्र पुत्रले उहाँका पिताद्वारा पूर्ण रूपमा त्यागिएको महसुस गर्नुभयो । दैवी चाहनामा पूर्ण आस्थावान देखिनेख्रीष्टको प्रेम—सजिला र सहज दिनहरूमा मात्र नभई अति नै चुनौतीपूर्ण र कठीन दिनहरूमा पनि कायम रह्यो र निरन्तर रहिरहन्छ ।

धर्मशास्त्रले बताउँछ, येशू “दुःखका मानिस” हुनुहुन्थ्यो ” । उहाँले उदासिनता, थकावट, निराशा र कष्टदायी एक्लोपनको अनुभव गर्नुभयो । यी र यस्ता सबै परिस्थितिहरूमा, येशूको प्रेम असफल हुँदैन अनि न त उहाँका पिताको नै । त्यस्तो परिपक्व प्रेम सहित—उदाहरणीय, सशक्तिकरण गर्ने र बाँढ्ने प्रकारको प्रेम—हाम्रो प्रेम पनि विफल हुने छैन ।

त्यसैले, यदि यदाकदा तपाईंले जति धेरै प्रयास गर्नुहुन्छ, त्यति नै कठीन हुन्छ भने; यदि तपाईंले आफ्ना सीमितता र कमजोरीहरू माथि विजय प्राप्त गर्ने प्रयास गर्नुहुँदा तपाईंले आफ्नो आस्थालाई चुनौती दिन प्रतिबद्ध कोही वा केही पाउनुभयो भने; यदि, तपाईंले समर्पणपूर्वक परिश्रम गर्दा, तपाईंले अझै पनि भयका क्षणहरू महसुस गर्नुहुन्छ भने, यो हरेक युगमा केही अद्भुत आस्थावान् मानिसहरूका लागि यस्तै भएको छ भनेर स्मरण गर्नुहोस् । ब्रह्माण्डमा तपाईंले गर्न चाहनुभएका हरेक असल कार्य को विरोध गर्न त्यहाँ एउटा दृढ सङ्कल्पित शक्ति छ भनेर पनि स्मरण गर्नुहोस् ।

त्यसैले, प्रचुरता र गरिबीको समयमा, व्यक्तिगत स्तुति गान र सार्वजनिक आलोचनामा , पुनर्स्थापनाका दैवी तत्वहरूका साथै अपरिहार्य रूपमा यसका अंश बन्ने मानवीय कमजोरीहरूमा, हामी ख्रीष्टको सत्य चर्चसँग आवद्ध हुन्छौँ । किन? किनभने हाम्रो उद्धारकर्ता जस्तै, हामीले सम्पूर्ण अवधिका लागि हस्ताक्षर गरेका छौँ—छोटो परिचयात्मक प्रश्नोत्तरीमा टुङ्गयाएर होइन तर अन्तिम परीक्षासम्म । यसमा प्रसन्नताको विषय के छ भने प्रधानाध्यापकले पाठ्यक्रम सुरु हुनुपूर्व नै सबै खुल्ला-पुस्तक उत्तरहरू हामीलाई दिनुभयो। यसका अतिरिक्त, हामीसँग धेरै शिक्षकहरू हुनुहुन्छ जसले हामीलाई बाटोमा नियमित विश्राम स्थलहरूमा ती उत्तरहरूको स्मरण गराउनुहुन्छ । परन्तु, निस्सन्देह, यदि हामीले कक्षामा सहभागी भएनौँ भने यी मध्ये कुनैले पनि कार्य गर्दैनन् ।

“तिमीहरूले कसलाई खोज्दै छौ?” हामी हाम्रा सम्पूर्ण हृदयहरूले “नासरतका येशू” भनेर प्रतिक्रिया दिन्छौँ । जब उहाँले भन्नुहुन्छ, “म उही हुँ” हामी हाम्रो घुँडा टेक्छौँ र उहाँ जीवित ख्रीष्ट हुनुहुन्छ, उहाँले एक्लै हाम्रा पापहरूको प्रायश्चित गर्नुभयो, उहाँले हामीलाई त्याग्नुभयो भनेर हामीले सोच्दा पनि हामीलाई वहन गर्नुभयो भनेर हाम्रा वचनले स्वीकार गर्छौं । जब हामी उहाँको अगाडि खडा हुन्छौँ र उहाँको हात अनि पाउका घाउहरू देख्छौँ, तब हामीले बुझ्न प्रारम्भ गर्ने छौँ कि उहाँका लागि हाम्रा पापहरू सहनु र सन्ताप सँग परिचित हुनु,आफ्ना पिताप्रति पूर्ण रूपमा आज्ञाकारी हुनु,को अर्थ के हो भनेर—सबै हाम्रा लागि विशुद्ध प्रेमका कारण हुन् । अरूहरूलाई आस्था, पश्चात्ताप, बप्तिस्मा, चर्चमा प्रमाणीकरणको अंशका रूपमा पवित्र आत्माको उपहार प्राप्त गर्न र परमप्रभुको गृहमा हाम्रा पवित्र आशीर्वादहरू प्राप्त गर्न परिचय गराउन—यी आधारभूत “सिद्धान्त र विधिहरू” हुन् जसले अन्ततः परमेश्वर र छिमेकी प्रतिको हाम्रो प्रेम प्रकट गर्छ अनि ख्रीष्टको सत्य चर्चलाई आनन्दित रूपमा चित्रण गर्छ ।

दाजुभाइ तथा दिदीबहिनीहरू, पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च हामीलाई उत्कर्षमा लैजान परमेश्वरले प्रदान गर्नुभएको सवारी साधन हो भनेर म गवाही दिन्छु । यहाँ सिकाउने सुसमाचार सत्य हो र यसलाई वैधानिकता दिने पादरित्व सिधै परमेश्वरबाट आउँछ । रसल एम्. नेल्सन उहाँका पूर्ववर्तीहरू र उहाँका उत्तराधिकारीहरू जस्तै परमेश्वरको एक अगमवक्ता हुनुहुन्छ भनेर म गवाही दिन्छु । अनि एक दिन त्यो अगमवाणीको मार्गनिर्देशनले “बिजुली … पूर्वबाट चम्कँदा,” जस्तै गरी झर्नुहुने हाम्रो मुक्तिका सन्देशवाहकलाई भेट्नका लागि पुस्तालाई अगुवाइ गर्ने छ र हामीले “नासरतका येशू” भनेर उद्घोष गर्ने छौँ । बाहुहरू सदाका लागि फैलाएर र हार्दिक प्रेम सहित, उहाँले उत्तर दिनुहुने छ, “म उही हुँ ।” म प्रेरितिको शक्ति र अधिकारसहित उहाँ येशू ख्रीष्टको पवित्र नाममा समेत यो प्रतिज्ञा गर्छु, आमीन ।