परमेश्वरका छोरा र छोरीहरू
हामी सबै शाब्दिक रूपमा परमेश्वरका सन्तति हौँ र त्यस कारणले गर्दा, हामीसँग उहाँ जस्तै बन्ने क्षमता छ भनेर हामी वास्तवमा नै विश्वास गर्छौँ ।
परमेश्वरले प्रकट गर्नुभएको सबैभन्दा महिमित, आनन्ददायी र शक्तिशाली सुसमाचारका सत्यहरू मध्येको एकलाई आज म सम्बोधन गर्न चाहन्छु । त्यही समयमा, विडम्बनापूर्ण यो त्यो सत्य छ जसका लागि हामीलाई प्राय: आलोचना गरिएको छ । केही वर्षपूर्व मैले गरेको अनुभवले यो सुसमाचारको सत्यको बुझाइलाई अझै प्रगाढ बनायो ।
चर्चको प्रतिनिधिका रूपमा, मलाई आमन्त्रण गरिएको एक धार्मिक सम्मेलनमा त्यस समय देखि उहाँहरूले लगभग अन्य सबै इसाई चर्चहरूद्वारा पिता र पुत्र र पवित्र आत्माको नाममा पानीद्वारा गरिएका सबै बप्तिस्माहरूलाई वैध रूपमा मान्यता दिइने छ भनेर घोषणा गरिएको थियो । त्यसपछि, यो नीति पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चद्वारा प्रस्तुत गरिएका बप्तिस्माहरूमा लागू हुँदैन भनेर व्याख्या गरिएको थियो ।
सम्मेलन पछि मैले घोषणा गर्ने ती अगुवा सँग ती अपवादका कारणहरू बुझ्ने प्रयास गरेँ । हाम्रो व्यावहारिक र रोचक वार्तालाप भयो ।
संक्षेपमा, त्यो अपवाद प्रमुख रूपमा हाम्रा विशेष विश्वासहरू देवप्रमुख सँग सम्बन्धित थियो, जसलाई अन्य इसाई सम्प्रदायहरूले प्रायः त्रिमूर्ति भनेर सम्बोधन गर्छन् भनेर उहाँले मलाई बताउनुभयो । उहाँको विश्वास र उहाँको चर्चको नीति मलाई व्याख्या गर्न उहाँले प्रदान गर्नुभएको समयका लागि मैले उहाँलाई आभार प्रकट गरेँ । हाम्रो वार्ताको अन्त्यमा, हामीले अँकमाल गर्यौँ र त्यसपछि छुट्टियौँ ।
मैले पछि हाम्रो छलफललाई विचार गर्दा, यी अगुवाले “त्रिमूर्तिको रहस्य” नबुझीकन नै पछिल्ला दिनका सन्तहरूका सम्बन्धमा बताउनुभयो जुन मेरो मस्तिष्कमा रहिरह्यो । उहाँले के उल्लेख गरिरहनु भएको थियो? हो, यो परमेश्वरको स्वभावको हाम्रो बुझाइसँग सम्बन्धित थियो । हामी विश्वास गर्छौँ कि परमेश्वर पिता [र] पुत्र पनि “मानिसको जस्तै मासु र हड्डीहरूको मूर्त शरीर;” भएको “उच्च मानिस” हुनुहुन्छ; ।” तसर्थ, जहिले पनि हामी परमेश्वरको प्रकृतिका सम्बन्धमा हरेक पटक छलफल गर्छौं, कुनै न कुनै रूपमा हामी हाम्रो आफ्नै प्रकृतिका सम्बन्धमा छलफल गरिरहेका हुन्छौँ ।
अनि यो सत्य हो किनभने हामी सबै “[उहाँको] स्वरूपमा, [उहाँको] प्रतिरूपमा” सृष्टि गरिएका थियौँ, तर यो पनि हो कि, भजन लेखकले अभिलेख गरे जस्तै, परमेश्वरले भन्नुभयो, “तिमीहरू देव हौ; र तिमीहरू सबै सर्वोच्चका सन्तति हौ ।” हाम्रा लागि यो एक बहुमूल्य सिद्धान्त हो जुन अब पुनर्स्थापनाको आगमन सँगै पुन: प्राप्त भएको छ । संक्षेपमा “परमेश्वर हाम्रा स्वर्गका पिता हुनुहुन्छ र हामी उहाँका सन्तति हौँ”भनेर हाम्रा सुसमाचार प्रचारकहरूले पहिलो पाठ, पहिलो अनुच्छेद, पहिलो पङ्क्तिका रूपमा सिकाउने भन्दा यो बढी वा कम होइन ।
अब, तपाईंहरूले भन्न सक्नुहुन्छ, “परन्तु हामी परमेश्वरका सन्तति हौँ भनेर धेरै मानिसहरूले विश्वास गर्छन् ।” हो, त्यो सत्य हो तर हामीहरूले प्रमाणित गर्ने यसको गहन अर्थ भन्दा उहाँहरूको बुझाइ अलिकति भिन्न हुन सक्छ । पछिल्ला दिनका सन्तहरूका लागि यो शिक्षा लाक्षणिक होइन । बरु, हामी वास्तविक रूपमा परमेश्वरका सन्तति हौँ भनेर हामी साच्चैँ नै विश्वास गर्छौं । उहाँ “[हाम्रा] आत्माहरूका पिता” हुनुहुन्छ६ र त्यसैकारण, हामीसँग उहाँजस्तै बन्ने क्षमता छ, जुन कसै-कसैलाई अकल्पनीय लाग्न सक्छ ।
पहिलो दर्शनले पुनर्स्थापनाको ढोका खोलेको २०० वर्षभन्दा बढी भइसकेको छ । त्यस समयमा, युवा जोसेफ स्मिथले कुन चर्चमा सहभागी हुने भनेर स्वर्गबाट मार्गदर्शन खोज्नुभयो । उहाँले त्यो दिन प्राप्त गर्नुभएको प्रकाशका माध्यमबाट, र पछि उहाँलाई दिइएका प्रकाशहरूमा, अगमवक्ता जोसेफले परमेश्वरको स्वभाव र उहाँका सन्ततिका रूपमा उहाँ सँगको हाम्रो सम्बन्धका विषयमा ज्ञान प्राप्त गर्नुभयो ।
यस कारण, हाम्रा स्वर्गका पिताले यो बहुमूल्य सिद्धान्त सुरु देखि नै सिकाउनुभएको छ भनेर हामीहरूले अझै स्पष्ट रूपमा सिक्छौँ । यसलाई स्पष्ट पार्न मलाई धर्मशास्त्रबाट कम्तिमा दुईवटा अभिलेखहरू उद्धृत गर्न अनुमति दिनुहोस् ।
बहुमूल्य मोतीमा अभिलेखित मोशालाई दिइएका परमेश्वरका निर्देशनहरू तपाईं स्मरण गर्न सक्नुहुन्छ ।
“परमेश्वरले मोशालाई यसो भन्नुभयो: हेर, म सर्वशक्तिमान् परमप्रभु परमेश्वर हुँ र अन्तहीन मेरो नाम हो भनेर हामी पढ्छौँ ।” अर्को शब्दमा, मोशा, म तिमीले म को हुँ भनेर बुझेको चाहन्छु । त्यसपछि उहाँले थप्नुभयो, “अनि हेर, तिमी मेरा पुत्र हौ ।” पछि उहाँले भन्नुभयो, “अनि मोशा, मेरा पुत्र,” “मसँग तिम्रा लागि एउटा कार्य छ र तिमी मेरा जन्माइएका एकमात्रको प्रतिरूप छौ ।” अनि त्यसपछि निष्कर्षमा, उहाँले यसरी अन्त्य गर्नुभयो, “अनि अब, हेर, म यो विषय तिमीलाई देखाउँछु, मोशा, मेरा पुत्र।”
परमेश्वर मोशालाई कम्तिमा एक पाठ सिकाउन कटिबद्ध हुनुभएको देखिन्छ: “तिमी मेरा सन्तति हौ,” जुन उहाँले कम्तिमा तीन पटक दोहोर्याउनुभएको छ । तत्कालै उहाँ उहाँका पुत्र हुनुहुन्छ भनेर नथपी उहाँले मोशाको नाम उल्लेख गर्न सक्नुभएन ।
यद्यपि, मोशालाई एक्लै छोडिए पछि, उहाँले कमजोर महसुस गर्नुभयो किनभने उहाँ अब परमेश्वरको उपस्थितिमा हुनुहुन्नथ्यो । त्यही समयमा शैतान उहाँलाई प्रलोभनमा पार्न आयो । के तपाईं यहाँ कुनै नमूना पहिचान गर्न सक्नुहुन्छ? उसले भनेको पहिलो विषय थियो, “मोशा, मानिसका पुत्र मेरो आराधना गर ।”
यस सन्दर्भमा, विचलित पार्नका लागि मात्रै शैतानले उसको आराधना गर्नका लागि अनुरोध गरेको हुन सक्छ । अन्योलमा परेर उहाँ परमेश्वरको सन्ततिको सट्टामा “मानिसका पुत्र” मात्र हुनुहुन्छ भनेर विश्वास गर्नु कमजोरीको त्यो क्षणमा मोशाका लागि एउटा महत्त्वपूर्ण प्रलोभन थियो ।
“अनि यस्तो हुन गयो कि मोशाले शैतानलाई हेर्नुभयो र भन्नुभयो: तिमी को हौ? किनकि हेर, म परमेश्वरको पुत्र हुँ, उहाँको जन्माइएका एकमात्र पुत्र प्रतिरूप ।” सौभाग्यवश, मोशा अन्योलमा पर्नुभएन र आफूस्वयम् लाई विचलित हुन दिनुभएन । वास्तवमा उहाँले को हुनुहुन्छ भन्ने पाठ सिक्नुभएको थियो ।
अर्को विवरण मत्ती ४ मा भेटिन्छ । विद्वानहरूले यसलाई “येशूका तीन प्रलोभनहरू” भन्ने शीर्षक दिनुभएको छ, मानौँ परमप्रभुलाई तीन पटक मात्रै परीक्षा लिइएको थियो, जुन वास्तवमा नै सत्य होइन ।
यी प्रलोभनहरूको अर्थ र विषय-वस्तुको वर्णन गर्न मुक्तिदाताको परीक्षा लिइएको विषयलाई धेरैले उल्लेख गर्नुभएको छ । हामीलाई जानकारी छ, येशू मरुभूमिमा जानुभएको थियो भनेर व्याख्या गर्दै अध्याय प्रारम्भ हुन्छ, “अनि जब उहाँले चालीस दिन र चालीस रात उपवास बस्नु भयो, त्यसपछि उहाँ भोकाउनु भयो ।”
शैतानको पहिलो प्रलोभन परमप्रभुको भौतिक आवश्यकताहरू पूरा गर्नका लागि मात्रै थियो । “यी ढुङ्गाहरूलाई रोटी होऊन् भनी आज्ञा दिनुहोस्,” उसले मुक्तिदातालाई चुनौती दियो ।
दोस्रो प्रलोभनले परमेश्वरलाई प्रलोभनमा पार्नु थियो: “यहाँबाट तल हामफाल्नुहोस्: किनभने यस्तो लेखिएको छ, उहाँले आफ्ना स्वर्गदूतहरूको जिम्मामा तपाईंलाई दिनुहुने छ ।”
अन्त्यमा, शैतानको तेस्रो प्रलोभनले संसारको आकांक्षा र महिमालाई सङ्केत गर्यो । येशूलाई “संसारका सबै राज्यहरू देखाइए पछि, … [शैतान] ले उहाँलाई भन्यो, यदि तपाईंले घोप्टो पारेर मलाई दण्डवत् गर्नुभयो भने यी सबै वस्तु म तपाईंलाई दिने छु ।”
वास्तवमा नै, शैतानको अन्तिम प्रलोभन येशू ख्रीष्टको दैवी प्रकृतिका सम्बन्धमा प्रलोभन दिने सँग बढी र विशिष्ट तीन उक्साहटहरूसँग कम सम्बन्धित हुन सक्छ । । कम्तिमा दुई पटक, शैतानबाट “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ”—यदि तपाईं वास्तवमा नै विश्वास गर्नुहुन्छ भने, यो वा त्यो गर्नुहोस् भन्ने चुनौतीपूर्ण आरोप पछि प्रलोभन देखाइएको थियो ।
येशू मरुभूमिमा उपवास बस्न र प्रार्थना गर्न जानुपूर्व के भएको थियो कृपया ध्यान दिनुहोस्: हामी बप्तिस्माको विवरण भेट्टाउँछौँ । अनि जब उहाँ पानीबाट बाहिर आउनुभयो, “स्वर्गबाट एउटा वाणी आयो, यसो भन्दै यिनी मेरा प्रिय पुत्र हुन्, जस सँग म अति प्रसन्न छु ।”
के हामी त्यो सम्बन्ध देख्छौँ? के हामी यहाँ कुनै नमूना पहिचान गर्न सक्छौँ?
हरेक पटक हामीलाई हाम्रो दैवी स्वभाव र गन्तव्यका सम्बन्धमा सिकाइन्छ, धार्मिकताका सबै विरोधीले हामीलाई शङ्का गर्न प्रलोभन दिन्छन् भन्ने विषय कुनै आश्चर्यको विषय होइन ।
यदि हामीले हामी को हौँ भनेर वास्तवमा बुझ्थ्यौँ भने हाम्रा निर्णयहरू कत्ति भिन्न हुने थिए होला ।
हामी हलचल र चुनौतीपूर्ण संसारमा जिइरहेका छौँ,, जहाँ सम्माननीय व्यक्तिहरूले कम्तिमा हाम्रो मानवीय प्रतिष्ठालाई जोड दिन प्रयास गर्नुहुन्छ, जबकि हामी एक चर्चमा सम्बन्धित छौँ र एउटा सुसमाचारलाई अँगालेका छौँ जसले हाम्रो लक्ष्यलाई उच्च पार्छ र हामीलाई दैवी मार्गमा आमन्त्रण गर्छ ।
येशूको आज्ञा “[हाम्रा] स्वर्गमा रहनुहुने पिता परिपूर्ण हुनुभए” जस्तै हुनु पर्ने उहाँका उच्च अपेक्षाहरू र हाम्रा अनन्त सम्भावनाहरूको स्पष्ट प्रतिबिम्ब हो । यी मध्ये कुनै पनि कार्य रातारात हुने छैन । अध्यक्ष जेफ्री आर. हल्याण्डका शब्दहरूमा, यो “अन्ततः” हुने छ ।” परन्तु प्रतिज्ञा यो हो कि यदि हामी “ख्रीष्टकहाँ आयौँ” भने हामी “उहाँमा परिपूर्ण हुने छौँ ।” यसमा धेरै कार्यको आवश्यकता पर्छ—कुनै कार्य मात्र होइन तर दैवी कार्य हो । उहाँको कार्य!
अब, “किनकि हेर, यो मेरो कार्य र मेरो महिमा हो—मानिसमा अमरत्व र अनन्त जीवन ल्याउनका लागि स्पष्ट रूपमा स्वर्गका हाम्रा पिताले घोषणा गर्नुभएको यही विषय नै सुसमाचार हो ।”
अध्यक्ष रसल एम् नेल्सनको “सेलेस्टियल सोच राख्नुहोस्” भन्ने आमन्त्रणले हाम्रो दैवी स्वभाव, उत्पत्ति र सम्भावित गन्तव्यको अद्भुत स्मरणलाई सङ्केत गर्छ । केवल येशू ख्रीष्टको प्रायश्चितको बलिदानद्वारा हामीले सेलेस्टियल प्राप्त गर्न सक्छौँ ।
सम्भवतः यही कारणले गर्दा शैतानले येशूलाई उहाँको पृथ्वीको सेवा अवधिभरि प्रारम्भ देखि अन्त्यसम्म यस्तै लोभ्याएको थियो । जब येशूलाई क्रुसमा झुण्ड्याइएको थियो, “त्यहाँबाट आउने जानेहरूले उहाँलाई गाली गरे, … यसो भन्दै, … यदि तिमी परमेश्वरका पुत्र हौ भने, क्रूसबाट ओर्लेर तल आऊ भने मत्तीले अभिलेख राख्नुभयो ।” परमेश्वरको महिमा होस् कि उहाँले सुन्नुभएन तर बरु हामीलाई सबै सेलेस्टियलका आशीर्वादहरू प्राप्त गर्ने मार्ग प्रदान गर्नुभयो ।
हाम्रो खुसीका लागि ठूलो मूल्य चुकाइएको थियो भनेर हामी सदैव स्मरण गरौँ ।
“हामी परमेश्वरका सन्तति हौँ: भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिएको छ,र यदि सन्ततिहरू, भने त उत्तराधिकारीहरू पनि हौँ; परमेश्वरका उत्तराधिकारीहरू र ख्रीष्टसँग संयुक्त उत्तराधिकारीहरू; यदि त्यसो हो भने, हामी उहाँसँग दुःख भोग्छौँ, ताकि हामी पनि उहाँ सँगै महिमित हुन सक्छौँ भनेर प्रेरित पावलले दिनुभएको जस्तै म गवाही दिन्छु ।” येशू ख्रीष्टको नाममा, आमीन ।