साधारण सम्मेलन
पवित्र धर्मशास्त्रहरू—आस्थाका आधार
अक्टोबर २०२४ को साधारण सम्मेलन


14:7

पवित्र धर्मशास्त्रहरू—आस्थाका आधार

परिवर्तन हुने र सुसमाचारमा आस्थावान् रहिरहने दुबै विषयमा पवित्र धर्मशास्त्रहरूको महत्त्वलाई कम आकलन गर्न सकिदैन ।

मेरी श्रीमती, मेरी र मैले भर्खरै एउटा पुस्तकको तस्विर र अगाडि एउटा सन्देश सहितको टी-शर्ट देख्यौँ जसमा लेखिएको थियो: “पुस्तकहरू: हातमा अटाउने मौलिक उपकरण ।”

टी-शर्ट घोषणा गर्दै, “एक पुस्तक: हातमा अटाउने मौलिक इलेक्ट्रोनिक उपकरण ।”

मैले यो रोचक सन्देश र सबै प्रकारका हातमा अटाउने मौलिक इलेक्ट्रोनिक उपकरणहरू कसरी महत्त्वपूर्ण भएका छन् भन्ने सम्बन्धमा मनन गरेँ । मैले यस विषयमा थप चिन्तन गर्दा, कुनै पनि उपकरण वा कृत्रिम बुद्धिमत्ताले सुसज्जित कुनै पनि विषय दैवी प्रकाशबाट प्राप्त हुने आध्यात्मिक निर्देशन जत्तिकै आवश्यक वा महत्त्वपूर्ण हुने छैन भनेर मैले महसुस गरेँ ।

हातमा लिन मिल्ने वा डिजिटल उपकरणमा पवित्र बाइबल र मोर्मोनको पुस्तक:येशू ख्रीष्टको अर्को करारले संसारका मुक्तिदाता येशू ख्रीष्टबाट आत्मिक मार्गदर्शन र शिक्षा प्रदान गर्छ । प्राचीन अगमवक्ताहरू र मानिसहरूलाई परमेश्वरका निर्देशन र हाम्रो आफ्नै व्यक्तिगत जीवनका लागि प्रदान गर्ने मार्गदर्शनलाई अभिलेखीकरण गर्न तिनीहरूले प्रदान गर्ने महत्वपूर्ण भूमिकाका लागि हामी यी पुस्तकहरूलाई महत्त्व दिन्छौँ ।

जीवित अगमवक्ताहरूका शिक्षाहरू सँग समायोजन गरेर, यी पवित्र धर्मशास्त्रहरूले आजको संसारमा हाम्रा लागि सैद्धान्तिक निर्देशन प्रदान गर्छन् । यी धर्मशास्त्रहरू धेरै शक्तिशाली तब हुन्छन् जब तिनीहरूले परमप्रभुबाट निर्देशन खोज्ने ब्यक्तिहरू र परिवरहरूलाई आदेश, सच्चाउने तरिका, सुख , र सान्त्वना दिन्छन् ।

पवित्र आत्माको आत्मिक प्रेरणा सँग सम्बद्ध धर्मशास्त्रहरू चूर्ण हृदयहरू र पछुताएका आत्माहरू” र येशू ख्रीष्टलाई अनुशरण गर्ने चाहना भएकाहरूको परिवर्तनका लागि निरन्तर रूपमा सहजीकारण गर्ने प्राथमिक स्रोत बनेका छन् । धर्मशास्त्रहरूले आस्थालाई कमजोर पार्ने सैतानको निरन्तर प्रयासको सामना गर्न सक्ने आधार निर्माण गर्न सहयोग गर्छन् ।

नयाँ परिवर्तन हुनुभएकाहरूले चर्चलाई आशीष दिनुभएको छ र यसको इतिहासभरि जीवन दिने रगत जस्तै बन्नुभएको छ। मेरा लागि विशेष गरी एउटा अमूल्य उदाहरण हो । म युवा बिशप हुँदा, दुई अद्भुत सिस्टर सुसमाचार प्रचारकहरूले विलियम एडवर्ड मुसम्यान परिवारलाई पढाउँदै हुनुहुन्थ्यो । परिवारको बुबा, एक अति नै सक्षम वकिल, कुनै ठूलो निगमको प्रमुख सल्लाहकार हुनुहुन्थ्यो । उहाँकी समर्पित पत्नी जेनेटले परिवारलाई अझै बढी ख्रीष्टको जस्तै जीवन जिउनका लागि सहयोग गरिरहनुभएको थियो ।

उहाँहरूका असाधारण छोरा र छोरी, दुबै २०औँ वर्षको प्रारम्भमा भएकालाई पनि सिकाइएको थियो । चारै जनाले पाठ सिकिसक्नुभएको थियो र चर्चमा उपस्थित भइरहनुभएको थियो । सिस्टर सुसमाचार प्रचारकहरूले मोर्मोनको पुस्तक पढ्न र त्यो पवित्र धर्मशास्त्रको गवाहीका लागि प्रार्थना गर्न जोड दिनुभएको थियो । उल्लेखनीय रूपमा, त्यो परिवारले प्रार्थनापूर्वक मोर्मोनको सम्पूर्ण पुस्तक छोटो समयमा नै पढ्नुभयो ।

किलाका सुसमाचार प्रचारकहरू, यसपूर्व दुबै जना वार्ड राहत समाजका अध्यक्ष हुनुहुन्थ्यो, उहाँहरू प्रभुभोज सभाहरूमा उहाँहरू सँगै रहनुभयो ।

परिवारका सदस्यहरू बप्तिस्मा लिन समयको नजिक पुग्दै गर्दा उहाँहरूले विशाल मात्रामा चर्चको आलोचनात्मक पुस्तिकाहरू प्राप्त गर्नुभयो । इन्टरनेट आउनुपूर्व पनि यो थियो, तरपनि सामाग्रीहरूले ठूलो कार्बोड बकस भरिएको थियो ।

सिस्टर सुसमाचार प्रचारकहरूले भर्खरै बोलावट गरिएको ३४ वर्षको म बिशपलाई परिवारका सदस्यहरूको मनमा उठेका प्रश्नहरूको उत्तर दिनका लागि सहयोग गर्न आमन्त्रण गर्नुभयो । जब हामी उहाँहरूको वैठक कक्षमा जम्मा भयौँ, चर्च विरुद्धका आलोचनात्मक पुस्तिकाहरूको ठूलो बाकस कोठाको बीचमा थियो । मैले प्रार्थनापूर्वक यो कार्यभारलाई सम्हालेको थिएँ । प्रारम्भिक प्रार्थनाका क्रममा, “उहाँलाई यसपूर्व नै यो सत्य छ भनेर जानकारी छ” भनी आत्माले मलाई सुस्तारी भन्यो । यो महत्वपूर्ण थियो! परिवारका बाँकी सदस्यहरूले यसपूर्व नै गवाही प्राप्त गरिसक्नुभएको थियो भनेर सिस्टरहरूले विश्वास गर्नुभएको थियो । उहाँहरू पिताका सम्बन्धमा अनिश्चित हुनुहुन्थ्यो ।

यसपूर्व नै उहाँ सँग गवाही थियो भनेर आत्माले मलाई प्रेरित गरेको थियो भनेर मैले उहाँलाई तत्कालै जानकारी दिएँ । “के त्यो सत्य थियो?” उहाँले मलाई अभिप्रायपूर्वक हेर्नुभयो र मोर्मोनको पुस्तक र चर्चको सत्यताका सम्बन्धमा आत्माले उहाँलाई प्रमाणित गरेको विषय उल्लेख गर्नुभयो ।

त्यसपछि यदि यसपूर्व नै उहाँहरू सँग आत्मिक प्रमाणीकरण छ भन्ने पुस्तिकाहरूको समीक्षा गर्नु आवश्यक छ भनेर मैले सोधेँ?

यो आवश्यक छैन भनेर बुबाले प्रतिक्रिया दिनुभयो । उहाँको प्रतिक्रियामा परिवारका बाँकी सदस्यहरू सहमत हुनुभयो ।

उहाँ सँग एउटा महत्त्वपूर्ण प्रश्न थियो: उहाँहरू अर्कै आस्थाका सदस्यहरू भएका कारण उहाँहरूले चर्चको विरोध गर्ने यति धेरै लेखहरू प्राप्त गर्नुभएको थियो भनेर उहाँले बताउनुभयो । थप रूपमा, उहाँले त्यो आस्थाका लागि नयाँ सभा कक्ष निर्माण गर्न सहयोग गर्ने ठूलो सङ्कल्प गर्नुभएको थियो । सिस्टर सुसमाचार प्रचारकहरूले उहाँलाई दशांशको महत्त्वका सम्बन्धमा सिकाउनुभएको थियो, जुन उहाँले कृतज्ञतापूर्वक स्वीकार गर्नुभयो र आफूले यसपूर्व गरेको प्रतिज्ञाको पनि सम्मान गर्नु गलत हो कि भनेर उहाँले मलाई बताउँदै कौतुहलता प्रस्तुत गर्नुभयो । प्रतिज्ञाको भुक्तानी सम्मानजनक र उचित हुने छ भनेर मैले उहाँलाई आश्वासन दिएँ ।

मुस्मान परिवार

मुस्मानहरू आफ्नो छोरा, बुहारी र छोरीसँग ।

परिवारका सम्पूर्ण सदस्यहरूले बप्तिस्मा लिनुभयो । एक वर्ष पछि उहाँहरू परिवारका रूपमा क्यालिफोर्नियाको ओकल्याण्ड मन्दिरमा बाँधिनुभएको थियो । मैले उपस्थित हुने सुअवसर प्राप्त गरेँ । छोराले कानुन विद्यालयको अध्ययन पूरा गरे, क्यालिफोर्नियाको बार परीक्षा उत्तीर्ण गरे र तत्कालै जापानमा आस्थावान् सुसमाचार सेवा पूरा गरे । समय बित्दै जाँदा मैले बप्तिस्मा लिएका त्यो परिवारका सदस्यहरूका छोराछोरी र नातिनातिनाहरू सुसमाचारप्रति इमान्दार बन्दै गइरहेको देखेको छु । मैले नातिनीहरू मध्येकी एकको बन्धनमा कार्य गर्ने सुअवसर प्राप्त गरेको थिएँ ।

हाम्रो समयमा भइरहेका परिवर्तनहरू पनि उत्तिकै उल्लेखनीय छन् । गत जुनमा अरूहरू सहित कन्सास सिटी चिफस्का प्रमुख फुटबल प्रशिक्षक एन्डी रीड र मैले हाम्रो धर्म र अन्य धर्महरूको प्रतिनिधित्व गर्दै न्यूयोर्क शहरको रिभरसाइड चर्चमा बहुधार्मिक कार्यक्रममा बोलेका थियौँ । प्रशिक्षक रीडले आमन्त्रण र अवसरहरूमा प्रतिक्रिया दिने र दोश्रो मौकालाई जोड दिनुभयो जुन येशू ख्रीष्टको सुसमाचारका सम्बन्धमा छ । भोलिपल्ट बिहान, हाम्रा श्रीमतीहरू ट्यामी रीड र मेरी सँगै हामी म्यानहट्टनको दोस्रो वार्डको प्रभुभोज सभामा सहभागी भयौँ । यो एक आत्मिक सेवा थियो । सभामा नयाँ परिवर्तन हुनुभएकाहरू धेरै हुनुहुन्थ्यो । भर्खरै बप्तिस्मा लिनुभएका पाँच जना सदस्यहरू, चार पुरुष र युवा प्रभुभोज बाँढ्ने हारुनको पादरित्वका सदस्यहरू मध्येका हुनुहुन्थ्यो । चर्चभरि नयाँ सदस्यहरूको समान प्रवाह भईरहेको विषयको प्रतिवेदन प्रस्तुत गर्न पाउँदा म खुसी छु ।

उहाँहरूको जीवन परिवर्तन गर्न र येशू ख्रीष्टलाई अनुशरण गर्ने अवसरका पवित्र आमन्त्रणहरू स्वीकार गर्नेहरूको सङ्ख्यामा भएको उल्लेखनीय वृद्धिका लागि हामी कृतज्ञ छौँ । उहाँहरू पवित्र बाइबल र मोर्मोनको पुस्तकमा सिकाइए जस्तै गरी आस्था, पश्चात्ताप, बप्तिस्मा र प्रमाणीकरणमा प्रवेश गर्नुहुन्छ ।

परिवर्तन हुने र सुसमाचारमा आस्थावान् रहिरहने दुबै विषयमा पवित्र धर्मशास्त्रहरूको महत्त्वलाई कम आकलन गर्न सकिदैन । मोर्मोनको पुस्तकमा वर्णन गरिएका प्राचीन अगमवक्ताहरूलाई येशू ख्रीष्टको उद्देश्यका सम्बन्धमा जानकारी थियो र उहाँको सुसमाचार सिकाउनुभयो । मोर्मोनको पुस्तकले हामीलाई परमेश्वरको नजिक पुग्न सहयोग गर्छ जब हामी यसका शिक्षाहरू सिक्छौँ, बुझ्छौँ र लागू गर्छौँ । अगमवक्ता जोसेफ स्मिथले सिकाउनुभयो “ अन्य कुनै पनि पुस्तकहरूको तुलनामा यस [पुस्तकका] उपदेशहरूको पालना गरेर पुरुष [वा महिला] परमेश्वरको अझै बढी नजिक पुग्नुहुने छ ।”

मोर्मोनको पुस्तक परमेश्वरको वचन हो भनेर बुझ्नका लागि, हामीले यसका सम्बन्धमा पढ्नु पर्छ, मनन गर्नु पर्छ र प्रार्थना गर्नु पर्छ अनि त्यसपछि यसका उपदेशहरूअनुसार कार्य गर्नु पर्छ । हामीले निष्कपट हृदयले, सच्चा उद्धेश्य सहित, ख्रीष्टमाथिको आस्था सहित, सोध्ने छौँ भने उहाँले पुस्तकका सम्बन्धमा सत्यता प्रकट गर्नुहुने छ भनेर अगमवक्ता मोरोनीले प्रतिज्ञा गर्नुभयो । मोर्मोनको पुस्तक अध्ययन गर्नु दीर्घकालिन परिवर्तनका लागि आवश्यक छ ।

जब हामीले बाइबल र मोर्मोनको पुस्तक बीचको सम्बन्धलाई हातमा लिन मिल्ने एक उपकरणका रूपमा मनन गर्छौँ, कसैले एक प्रश्न गर्न सक्छ । यदि परमप्रभुले ती पुस्तकहरू “एकसाथ जोडिने” र “तिम्रो हातमा एउटै हुने” भनेर घोषणा गरेमा तपाईंहरूलाई यी दुई पुस्तकहरू कत्तिको उपयोगी र पूरक हुने छन् भन्ने महसुस हुन्छ? परमप्रभुले “यहूदाको लठ्ठी”, बाइबल र “यहुदाको लौरो,” मोर्मोनको पुस्तकका सम्बन्धमा यस्तो घोषणा गर्नुभएको हो ।

धेरै महत्त्वपूर्ण सन्दर्भहरूमा, मोर्मोनको पुस्तकले आधारभूत सिद्धान्त प्रदान गर्छ जसले बाइबलमा उल्लेख गरिएका विषयलाई वृद्धि र निर्माण गर्छ । येशू ख्रीष्टको प्रायश्चितको सिद्धान्त एक गहन उदाहरण हो ।

बाइबलले येशू ख्रीष्टको मृत्यु र पुनरुत्थान सहितको उहाँको नश्वर सेवाको यथार्थ विवरण प्रदान गर्छ । मोर्मोनको पुस्तक येशू ख्रीष्टको प्रायश्चितका सम्बन्धमा अझै स्पष्ट छ, जुन उहाँको मृत्युपूर्व नै अगमवक्ताहरूले विस्तृत रूपमा व्याख्या गर्नुभएको थियो ।

अल्मा अध्याय ४२ को शीर्षकले येशू ख्रीष्टको प्रायश्चितको सैद्धान्तिक महत्त्वलाई प्रतिविम्वित गर्छ ।

यस्तो लेखिएको छ: “मरणशीलता मानिसलाई पश्चात्ताप गर्न र परमेश्वरको सेवा गर्ने दिन परीक्षणकालीन समय हो—पतनले सबै मानव जातिमा लौकिक र आत्मिक मृत्यु ल्यायो—उद्धार पश्चात्ताप मार्फत् आउँछ—परमेश्वर आफैँले संसारका पापहरूका लागि प्रायश्चित गर्नुहुन्छ—कृपा पश्चात्ताप गर्नेहरूका लागि हो—अरू सबै परमेश्वरको न्यायको अधीनमा छन्—प्रायश्चित्तका कारण कृपा आउँछ—साँचै पछुताउनेहरूलाई मात्र बचाइने छ ।”

अध्यक्ष रसेल एम. नेल्सनले भन्नुभएको छ “तपाईंहरूले प्रार्थनापूर्वक हरेक दिनमोर्मोनको पुस्तकअध्ययन गर्नुभयो भने तपाईंहरूले—हरेक दिनअसल निर्णयहरू गर्नुहुने छ भनेर म प्रतिज्ञा गर्छु । यदि तपाईंहरूले मोर्मोनको पुस्तकमा दिनहुँ आफूस्वयम् लाई समाहित गर्नुभयो भने, तपाईंहरूले त्यस दिनका दुष्टहरूबाट सुरक्षा प्राप्त गर्नुहुने छ भनेर पनि उहाँले प्रतिज्ञा पनि गर्नुहुन्छ ।”

मैले यसपूर्व उल्लेख गरे जस्तै, म हातमा लिन मिल्ने मौलिक उपकरण—एउटा पुस्तकको अवधारणाबाट प्रभावित भएँ । यद्यपि, आजको संसारमा इन्टरनेटको अविश्वसनीय महत्त्वलाई म पहिचान गर्छु । हातमा लिन मिल्ने एक आधुनिक उपकरणले विगतमा एउटा ठूलो पुस्तकालयलाई भर्ने जानकारी प्रदान गर्न सक्छ । यस्तो समयमा जिउन पाउँदा हामी कृतज्ञ छौँ । म विशेष गरी यसले पवित्र पुस्तकहरू र चर्चका सामग्रीहरू डिजिटल रूपमा उपलब्ध गराउन सम्भव बनाउछ भन्ने विषयमा कृतज्ञ छु । सुसमाचार अध्ययन गर्नका लागि इन्टरनेट एक शक्तिशाली उपकरण हो । आज, प्रविधिको प्रयोग गरेर धेरै मानिसहरूले मित्रहरू सँग धर्मशास्त्र बाँढ्नुहुन्छ । उदाहरणका लागि, मोर्मोनको पुस्तकको एप मित्रहरूलाई मोर्मोनको पुस्तक सँग परिचित गराउने एउटा उत्तम तरिका हो र तपाईंहरू जहाँ भए तापनि साधरण र प्राकृतिक तरिकामा सजिलै बाँढ्न सक्नुहुन्छ ।

मोर्मोनको पुस्तकको एप ।

इन्टरनेटले धेरै आशीर्वादहरू प्रदान गर्दै गर्दा, दुर्भाग्यवश, शङ्का उत्पन्न गर्न र सुसमाचारका बहुमूल्य सिद्धान्तहरूमा आस्थालाई दुर्बल पार्नका लागि मैले यसपूर्व वर्णन गरेका चर्च विरुद्धका आलोचनात्मक लिखित पुस्तिकाहरूलाई प्रयोग गरिएको छ । यो अध्यक्ष नेल्सनले उल्लेख गर्नुभएको “त्यस दिनका दुष्टहरू” को अंश हुन सक्छ ।

सैतान र उसलाई सहयोग गर्नेहरूले अभिप्रायपूर्वक वा अभिप्राय बिना, तपाईंहरूलाई परमेश्वरको सत्यबाट टाढा अगुवाइ गर्ने उद्देश्यले मैले यसपूर्व वर्णन गरेका चर्च विरुद्धका आलोचनात्मक लिखित सामग्रीले भरिपूर्ण बाकस इन्टरनेटमा सिर्जना गरिएका छन् ।

वर्षौँ देखि शङ्का उत्पन्न गर्नका लागि उठाइएका विषयहरू उल्लेखनीय रूपमा समान छन् । यो विशेष गरी तब सत्य मानिन्छ जब तपाईंहरूले हाम्रो समयलाई म मेरो २० औँ वर्षमा हुँदाको १९६० को दशक सँग तुलना गर्नुहुन्छ ।

धर्मशास्त्रले हामीलाई बुद्धिको प्रयोग गर्न र सबै परिस्थितिहरूमा प्राज्ञ बन्न सिकाउँछ । इन्टरनेटलाई सकारात्मक वा विनाशक दुबै तरिकामा प्रयोग गर्न सकिन्छ ।

लामो समय देखि सदस्य बनिरहनुभएका सदस्यहरू र भर्खरै सुसमाचारको अध्ययन गर्नेहरू दुबैले उहाँहरूले के हेर्नुहुन्छ भन्ने सम्बन्धमा उद्देश्यपूर्ण हुनु पर्छ । अनैतिक, कपटी वा अधर्मी सामग्रीबाट मनोरञ्जन लिने सोच नलिनुहोस् । यदि तपाईंहरूले गर्नुहुन्छ भने, इन्टरनेटले तपाईंको आस्थालाई विनास गर्ने मार्गमा अगुवाई गर्नेछ र तपाईंको अनन्त प्रगतिमा व्यवधान पुर्‍याउछ । तपाईंलाई सकारात्मक वा नकारात्मक रूपमा कार्य गराइन सकिन्छ । धार्मिकता खोज्नुहोस् र नकारात्मक र निराशाजनक दुःखी वा चिन्तित बनाउने इन्टरनेटका नकारात्मक सामग्रीहरूबाट टाढा रहनुहोस् । सकारात्मक, धार्मिक विचारहरूले तपाईंहरूको जीवनलाई भरिपूर्ण गर्नुहोस्, प्रसन्न; हुनुहोस्, रमाईलो गर्नुहोस् तर मूर्खताबाट टाढा रहनुहोस् । रमाइलो गर्नु र मूर्ख बन्नुमा भिन्नता छ । आस्थाको तेह्रौँ बुँदा एक अद्भुत मार्गदर्शन हो । मोर्मोनको पुस्तकमा आफूलाई नियमित रूपमा समाहित गर्नुहोस्, जसले तपाईंको जीवनमा आत्मालाई आकर्षण गर्ने छ र तपाईंलाई त्रुटि र सत्य छुट्याउन सहयोग गर्ने छ ।

कुनै पनि तरिकाले करारको मार्गबाट ​​विचलित हुनुभएकाहरूका लागि पुनः पवित्र धर्मशास्त्रहरूको अध्ययन गर्नुहोस्, अगमवक्ताका मार्गदर्शनको पालना गर्नुहोस्, घरमा सुसमाचारका सिद्धान्तहरूको सक्रिय रूपमा अभ्यास गर्नुहोस् र आस्थाका सङ्गीतमा फर्कनुहोस् भन्ने मेरो सल्लाह छ । परमप्रभुका लागि प्रत्येक आत्मा बहुमूल्य छ । हामीहरूलाई तपाईंहरूको आवश्यकता छ | परमप्रभुलाई तपाईंहरूको अनि तपाईंहरूलाई उहाँको आवश्यकता छ! तपाईंहरूलाई सदैव स्वागत् गरिने छ । चर्चको मेरो सेवाका धेरै वर्षहरूमा मैले अद्भुत मानिसहरूलाई सम्मान गरेको छु जो करार मार्गमा पुनः फर्कनु भएको थियो अनि त्यसपछि उहाँहरूले प्रेम गर्ने वा सम्बद्ध र अन्तरक्रियामा रहनु भएका सबैलाई सेवा र आशीर्वाद दिनुभयो ।

पवित्र धर्मशास्त्र र जीवित अगमवक्ताहरू स्वर्गका प्रिय पिताले उहाँको खुशीको योजना उहाँका सबै सन्ततिहरूलाई उपलब्ध गराउने प्रमुख तरिकाहरू हुन् ।

म येशू ख्रीष्टको देवत्व र उहाँको प्रायश्चितको वास्तविकताका सम्बन्धमा मेरो सन्देह रहित र दृढ गवाही दिन्छु, येशू ख्रीष्टका नाममा, आमीन ।

सूचीहरू

  1. हेर्नुहोस २ तिमोथी ३:१६

  2. Preach My Gospel: A Guide to Sharing the Gospel of Jesus Christ (२०२३), २८; यो पनि हेर्नुहोस् २ नफी २:७; ३ नफी १२:१९; सिद्धान्त र करार २०:३७; एज्रा टाफ्ट बेन्सन, “A Mighty Change of Heart,” Ensign, अक्टोबर १९८९, २-५ ।

  3. सिस्टरहरू बेभर्ली ब्रिज र चेरिल मोर्गन सिस्टर सुसमाचार प्रचारकहरू हुनुहुन्थ्यो ।

  4. छोरा, विलियम ई. मुसम्यान तेस्रो, स्ट्यानफोर्डबाट स्नातक गरेका थिए र सान फ्रान्सिस्कोको क्यालिफोर्नियाको कानुनको विश्वविद्यालयमा सभागी भइरहेका थिए । उहाँकी बहिनी, एन सी मुसम्यान, स्ट्यानफोर्ड विश्वविद्यालयमा पढ्दै हुनुहुन्थ्यो ।

  5. सिस्टर एलेनोर मेहर र लुइस जन्सन वार्डका सुसमाचार प्रचारकहरू हुनुहुन्थ्यो ।

  6. न्यूयोर्कको पछिल्ला दिनका सन्तहरूको व्यावसायिक सङ्गठनले (एनवाइएलडिएसपिए) रेभरेन्ड ए.आर. बर्नार्ड र प्रशिक्षक एन्ड्रयू “एण्डी” डब्ल्यूलाई गरेको थियो । म्यानहट्टनको ऐतिहासिक अन्तरसाम्प्रदायिक नदी किनारको चर्चमा रिड । पूर्व सम्मानित रब्बी जोसेफ पोटास्निक सहित हाम्रो धर्मका अगुवाहरू र अन्य धर्मका धेरै पनि उपस्थित थिए ।

  7. टेड वाल्च हेर्नुहोस्, “How Andy Reid’s Beliefs in Jesus Christ and A Second Chance for Michael Vick Guide the Kansas City Chiefs,” Deseret News, जुलाई ३, २०२४, deseret.com ।

  8. जनवरी १, २०२४ देखि अगष्ट ३०, २०२४ सम्म (सुसमाचार प्रचार विभागद्वारा प्रदान गरिएको जानकारी) को बीचमा १९८,००० भन्दा बढी नयाँ धर्मान्तरितहरूले बप्तिस्मा लिनुभएको छ ।

  9. Preach My Gospel अध्याय ५ ले मोर्मोनको पुस्तक हाम्रो धर्मको कोशेढुङ्गा किन हो भनेर वर्णन गर्छ ।

  10. मोर्मोनको पुस्तकको परिचय

  11. अन्य कुनै पनि पुस्तकहरूको तुलनामा मोर्मोनको पुस्तकमा सिकाइएका उपदेशहरूको पालना गरेर कुनै ब्यक्ति परमेश्वरको अझै बढी नजिक पुग्न सक्छ भनेर अगमवक्ता जोसेफ स्मिथले गवाही दिनुभयो (हेर्नुहोस “मोर्मोनको पुस्तकको परिचय”) ।

  12. हेर्नुहोस् मोरोनी १०:४

  13. हेर्नुहोस् इजकिएल ३७:१५-१७; २ नफी ३:१२पनि हेर्नुहोस् ।

  14. येशू ख्रीष्टको प्रायश्चित, जनाउने प्रायश्चित शब्द नयाँ करारमा एक पटक मात्र उल्लेख गरिएको छ ( रोमी ५:११हेर्नुहोस्) । मोर्मोनको पुस्तकमा, प्रायश्चित भन्ने शब्द २४ पटक उल्लेख गरिएको छ । २-नफी २:१० ले प्रायश्चितद्वारा जोडिएको “खुशी” लाई वर्णन गर्छ (हेर्नुहोस् also index to the Book of Mormon, “Jesus Christ, Atonement through”) ।

  15. रसल एम्. नेल्सन,The Book of Mormon: What Would Your Life Be Like without It?,” लियाहोना, नोभेम्बर २०१७, ६२-६३ ।

  16. हरेक हप्ता हामीले अनलाइन Come, Follow Me बाट अध्ययन गर्दा हामी कति आशीषित छौँ भनेर मनन गर्नुहोस् ।

  17. केही विषयहरू पूर्ण रूपमा असत्य छन् । कसै-कसैले ऐतिहासिक तथ्यहरू आवश्यक र उपयुक्त सन्दर्भ बिना प्रस्तुत गर्छन् । कसै-कसैले बाइबल र मोर्मोनको पुस्तक दुबैका सिद्धान्त विपरीतका सामाजिक विषयहरूको वकालत गरिरहेका छन् । कतिपय विषयहरू छन् जसमा परमप्रभुले अझै प्रकाश प्रदान गर्नुभएको छैन ।

  18. डूमस्क्रोलिङ भनेको सामाजिक सञ्जाल वा समाचार फिडहरूमा नकारात्मक वा निराशाजनक समाचारहरू खोज्ने बानी र आकांक्षा अनुरुपमा गर्ने कार्य हो । (हेर्नुहोस् Merriam-Webster.com Dictionary, “doomscroll”) ।

  19. हालैका वर्षहरूमा चर्चले उल्लेखनीय उन्नति गरेको र उपस्थिति वृद्धि भएको अनुभव गरेको छ । चर्च छोड्ने प्रतिशत विगतमा भन्दा कम छ तर हामीहरूका लागि हरेक सदस्य आवश्यक हुनुहुन्छ ।