कदापि बिर्सन नहुने दिनहरू
आगामी क्षणहरूले चर्चका सदस्यहरूलाई येशू ख्रीष्टको सुसमाचारको खुसीको सन्देश बाँढ्ने अवसरहरू प्रदान गर्ने छ ।
परिचय
मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, यस समयावधिमा पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको इतिहास दैवी अनुभवहरूले भरिपूर्ण छ जसले परमप्रभुले उहाँको चर्चलाई कसरी मार्गदर्शन गर्नुभएको छ देखाउँछ । हाम्रो इतिहासमा एक दशक —१८२० देखि १८३० को दशक छ, यद्यपि, जुन अवश्य नै अन्य कुनै पनि दशक भन्दा आश्चर्यजनक छ । १८२० को बसन्तमा पवित्र उपवनमा अगमवक्ता जोसेफ स्मिथको अनुभवबाट प्रारम्भ हुँदै, जब उहाँले परमेश्वर पिता र उहाँका पुत्र, येशू ख्रीष्टलाई देख्नुभयो र अप्रिल ६, १८३० सम्म निरन्तर रूपमा रह्यो, त्यो दशक अन्य कुनै पनि दशक भन्दा पृथक छ ।
यी उल्लेखनीय घटनाहरूलाई विचार गर्नुहोस्! युवा अगमवक्ताले स्वर्गदूत मोरोनी सँग वार्तालाप गर्नुभयो, सुनका पाताहरू अनुवाद गर्नुभयो र मोर्मोनको पुस्तक प्रकाशित गर्नुभयो! उहाँ नै साधन हुनुहुन्थ्यो जसका माध्यमबाट हारुन र मल्कीसेदेक पादरित्वहरूको पुनर्स्थापना गरियो, र त्यसपछि उहाँले चर्चको सङ्गठन गर्नुभयो! ओलिभर काउडरीले त्यो युगलाई राम्रो सँग वर्णन गर्नुभयो: “यी दिनहरू कदापि बिर्सन नसकिने दिनहरू थिए ।” निरन्तर रूपमा आज पनि आश्चर्यजनक घटनाहरू भइरहेका छन् ।
यो वर्ष हामीले एक दशक प्रारम्भ गरेका छौँ जुन करीब दुई शताब्दीपूर्वको त्यो अतुलनीय स्थापना जत्तिकै महत्त्वपूर्ण दशक अन्य कुनै पनि दशक छैन भनेर सुझाव दिन म यति साहसी हुन सक्छु ।
हाम्रो दशक
म व्याख्या गर्छु । अहिले २०२४ र २०३४ को बीचमा, हामीले सेवा गर्ने, सदस्यहरू र मित्रहरूसँग एकताबद्ध हुने र यसपूर्व भन्दा धेरै मानिसहरूलाई पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च सँग परिचय गराउने अभूतपूर्व अवसरहरूको परिणाम स्वरूप हामीले महत्त्वपूर्ण घटनाहरू अनुभव गर्ने छौँ ।
हामीले भर्खरै लाखौँ सँगै अध्यक्ष रसल एम्. नेल्सनको १०० औँ जन्मदिन मनाउँदा ऐतिहासिक क्षणको शक्ति महसुस गर्यौँ ।
अध्यक्ष नेल्सनको जन्मदिनका सम्बन्धमा सूचना दिँदै, Newsweekले एउटा शीर्षक लेख्यो, “विश्वको सबैभन्दा वृद्ध धार्मिक अगुवा १०० वर्ष पुग्नुभयो ।” त्यसपछि उहाँहरूले विश्वका १० धार्मिक अगुवाहरू मध्ये सबैभन्दा वृद्धलाई सूचीबद्ध गर्नुभयो—अध्यक्ष नेल्सन सूचीमा पहिलो हुनुहुन्थ्यो जसमा पोप फ्रान्सिस र दलाइ लामा समावेश हुनुहुन्थ्यो ।
New York Timesको लेखको यो कथनले धेरै अन्तर्राष्ट्रिय व्याप्तिको मनोवृत्तिलाई प्रतिनिधित्व गर्छ: “[संयुक्त राज्य]को राष्ट्रपतिको चुनाव चक्रमा जसले उमेर र नेतृत्वका सम्बन्धमा आत्म-अन्वेषण गर्न अभिप्रेरित गरेको छ, श्री । कम्तिमा पनि उहाँको चर्चमा, उहाँको तीन अङ्कको जन्मदिन निराशा योग्य छैन भनेर नेल्सनको जीवनको यो महत्त्वपूर्ण घटनाले सुझाव दिन्छ । उहाँ चर्चका सदस्यहरूका माझमा लोकप्रिय व्यक्तित्व हुनुहुन्छ, जसले आफ्ना अध्यक्षलाई कार्यकारीको रूपमा मात्र नभई एक ‘अगमवक्ता, द्रष्टा र प्रकाशकर्ता’ का रूपमा हेर्नुहुन्छ ।”
अध्यक्ष नेल्सनको ऐतिहासिक जन्मदिनले कदापि बिर्सन नहुने त्यो उत्सवले हामीलाई परमेश्वरका अगमवक्तालाई विश्वव्यापी श्रोताहरूसँग परिचय गराउने अवसर दियो भनेर हामी कृतज्ञ छौँ ।
यस बसन्तको प्रारम्भमा, टेम्पल स्क्वायरमा—चर्चलाई मान्यता प्रदान गर्ने देशहरूको प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय झण्डाहरूको प्रदर्शन सहितको— मर्मतसम्भार गरिएको प्लाजाको अनावरण गरिएको थियो । प्लाजाको प्रवेशद्वारमा एउटा ग्रेनाइटको स्मारक खडा गरिएको छ जसमा यी अगमवाणीय शब्दहरू लेखिएका छन्: “अनि अन्तिम दिनहरूमा यस्तो हुन जाने छ, कि परमप्रभुको मन्दिरको पर्वत पर्वतहरूको टुप्पोमा स्थापित् हुने छ, अनि डाँडाहरू भन्दा माथि उचालिने छ; र सबै जातिहरू त्यसतर्फ ओइरिएर आउने छन् ।”
संभवतः आगामी १० वर्षमा घट्ने स्मरणीय घटनाहरूले यशैयाको यो अगमवाणी पूरा हुँदैछ भन्ने अभिव्यक्ति दिन्छन् ।
अर्को दशकमा खुला गरिने योजनामा रहेका र १६४ मन्दिरहरूको सम्भाव्यता सहित समर्पण गरिने मन्दिरहरूको अभूतपूर्व सङ्ख्यालाई मनन गर्नुहोस् । तपाईं र तपाईंहरूका लाखौँ साथीहरू परमप्रभुको गृहमा हिँडिरहेको कल्पना गर्नुहोस् । यी घटनाहरूको प्रतीकात्मक केन्द्र सल्ट लेक मन्दिरको पुन: समर्पण र यससँग सम्बन्धित क्रियाकलापहरू हुने छन् । वास्तवमा नै यी कदापि बिर्सन नहुने दिनहरू हुने छन् ।
सन् २०३० ले चर्चको सङ्गठनको द्विशतवार्षिकी मनाउन विश्वव्यापी अवसरहरू प्रदान गर्ने छ । यद्यपि चर्चले यो महत्त्वपूर्ण घटनालाई कसरी परिचित गराउने छ भनेर बताउन छिटो भए तापनि यसले निश्चित रूपमा हामीलाई परिवार, साथीहरू, सहकर्मीहरू र प्रतिष्ठित अतिथिहरूलाई “आउनुहोस् र हेर्नुहोस्” भनेर आमन्त्रण गर्न र यसले चर्चका सदस्यहरूको जीवनमा पार्ने शक्तिशाली प्रभावलाई अझै राम्ररी बुझ्न अनुमति दिने छ ।
सन् २०३४ मा, विश्वभरका हजारौँ प्रतिष्ठित व्यक्तिहरू, आगन्तुकहरू र खेलाडीहरूले शीतकालीन ओलम्पिक खेलहरूको मञ्च, सल्ट लेक सिटीका सडकहरू भरिने छन् । संभवतः ओलम्पिक खेलहरूमा प्रदर्शित विश्वव्यापी एकताको यो भन्दा बढी अरू केही हुन सक्दैन । स्वयम् सेवक, सेवा र दयालु कार्यहरूद्वारा खुसीको सन्देश बाँढेर धेरै अवसरहरू प्रदान गर्दै—कदापि बिर्सन नहुने घटनाका करण संसारको दृष्टि चर्च र यसका सदस्यहरूमा हुने छ ।
यी आगामी क्षणहरूले सबैतिरका चर्चका सदस्यहरूलाई वचन र कार्यद्वारा कदापि बिर्सन नहुने दशकमा येशू ख्रीष्टको सुसमाचारको खुसीको सन्देश बाँढ्ने अवसरहरू प्रदान गर्ने छन् ।
खुसीका सन्देशहरू
आफ्नो जन्मदिनको केही हप्तापूर्वको वैठकमा, अध्यक्ष नेल्सनले “खुसीका सन्देशहरू” भन्ने वाक्यांशलाई मन पराउनुको कारण बाँढ्नु गर्नुभयो । स्पष्ट रूपमा, उहाँले उल्लेख गर्नुभयो, यो वाक्यांशले प्रसन्नता र खुसीलाई बुझाउँछ । परन्तु “खुसीको सन्देश” ले त्यो भन्दा धेरै बताउँछ । उहाँले यो वाक्यांश मूल ग्रीक शब्द युएजेलियनबाट आएको हो भनी बताउनुभयो, जसको शाब्दिक अर्थ “सुभ समाचार” वा “सुसमाचार” हो । यस जीवन र अर्को जीवनमा खुसी र प्रसन्नता सदैव येशू ख्रीष्टको सुसमाचार सँग संवद्ध छन् । यसरी “खुसीको सन्देश” भन्ने वाक्यांशले यो दोहोरो अर्थलाई अद्भुत तरिकामा व्यक्त गर्छ ।
“पुरुषहरू [र महिलाहरू] छन्, ताकि तिनीहरूले प्रसन्नता प्राप्त गर्न सक्छन् ।” स्वर्गका पिताले खुसीको योजना प्रदान गर्नुभएको छ जसले उहाँका आशीर्वादद्वारा प्रसन्नतालाई सक्षम बनाउँछ । परिवारका रूपमा अनन्तसम्म उहाँको उपस्थितिमा जिउनु पनि यसमा समावेश हुन्छ । येशू ख्रीष्टको प्रायश्चित हामीलाई उद्धार गर्ने परमेश्वरको योजनाको केन्द्रबिन्दु हो । अनन्त जीवन प्राप्त गर्नका लागि हामी ख्रीष्टमा आउनै पर्छ । जब हामी त्यसो गर्छौँ “अनि अरूलाई पनि त्यसै गर्न सहयोग गर्छौँ, हामी परमेश्वरको मुक्ति र उत्कर्षको कार्यमा सहभागी हुन्छौँ ।”
येशू ख्रीष्टको सुसमाचारको खुसीको यो सन्देश पृथ्वीमा सबैभन्दा महत्त्वपूर्ण सन्देश हो । अनि चर्चका युवा र युवा वयस्कहरूको महत्त्वपूर्ण भूमिका त्यही नै हो ।
युवाहरूको शक्तिका लागि
अब, जबकि यो आगामी दशक चर्चका प्रत्येक सदस्यका लागि कदापि बिर्सन नहुने दिनहरूले भरिपूर्ण हुन सक्छ, यो विशेष गरी तपाईंहरू हुर्कदो पिँढीका लागि सत्य हुन सक्छ । तपाईंहरू अहिले यस पृथ्वीमा हुनुहुन्छ किनभने तपाईंहरूलाई अहिले यहाँ हुनका लागि छनोट गरिएको थियो । तपाईंहरू सँग अभूतपूर्व तरिकामा ख्रीष्टको शिष्य बन्ने शक्ति र सामर्थ्य छ ।
अध्यक्ष जर्ज क्यू. क्याननले सिकाउनुभयो, “परमेश्वरले यस समयावधिका लागि आत्माहरू आरक्षित गर्नुभएको छ जसमा संसार र दुष्टका सबै शक्तिहरूको सामना गर्ने, [र] … सबै परिणामहरूबाट निडर बनेर हाम्रा परमेश्वरको सियोन निर्माण गर्ने साहस र दृढ सङ्कल्प छ ।”
त्यसकारण, म तपाईंहरू सँग हुर्कदो पिँढीका विषयमा वार्ता गर्न चाहन्छु, तपाईंहरूलाई यो अर्को दशक कति रोमाञ्चक हुन सक्छ कल्पना गर्न आमन्त्रण गर्न चाहन्छु, जुन कदापि बिर्सन नहुने छ, जुन तपाईंका लागि हुन सक्छ । म सल्लाह र प्रोत्साहनका केही सरल वचनहरू पनि प्रस्ताव गर्छु जसले तपाईंहरूलाई आगामी दशकमा सशक्त बनाउन सक्छ ।
तपाईंहरू मध्ये अधिकांश सँग भए जस्तै, मसँग पनि एउटा स्मार्टफोन छ जसले बिना कुनै सङ्केत कुनै सुअवसरमा र मैले कुनै निश्चित दिनमा मैले के गरिरहेको थिएँ भनेर बताउने तस्वीरहरूको संग्रह प्रस्तुत गर्छ । केही वर्षमा म र मेरो परिवारमा के के परिवर्तनहरू आएका छन् भनेर हेर्दा सधैँ आश्चर्य लाग्छ ।
तपाईंहरूको फोनले आजबाट १० वर्षपछि देखाउने तस्वीर र फोटाहरूको कल्पना गर्नुहोस्! तपाईंले आफूस्वयम् लाई उच्च माध्यमिक विद्यालय वा कलेजबाट स्नातक गरेको, आफ्नो अभिदान प्राप्त गरेको, पूर्णकालिन सुसमाचार प्रचार सेवामा जाँदै गरेको, विवाह गरेको र आफ्नो पहिलो सन्तान भएको देख्न सक्नुहुन्छ । तपाईंहरूका लागि यो एक दशक व्यक्तिगत रूपमा, कदापि बिर्सन नहुने दशक हुने छ । परन्तु येशू ख्रीष्टको सुसमाचारको खुसीको सन्देशले तपाईंको जीवनलाई मात्र होइन तर तपाईंको परिवार, मित्रहरू र सामाजिक सञ्जालका अनुयायीहरूको जीवनलाई कसरी समृद्ध बनाउन सक्ने छ भनेर यदि तपाईंहरूले सक्रिय रूपमा संसारका लागि सुसमाचारको ज्योति बन्न प्रयास गर्नुभयो भने यो दोब्बर हुने छ ।
यो कसरी गर्ने भनेर तपाईं सोचिरहनुभएको हुन सक्छ ।
परमेश्वरका अगमवक्ताहरूले हामीलाई चारवटा साधारण क्रियाकलापहरूद्वारा सिकाउनुभएको छ, जसलाई दैवी रूपमा नियुक्त उत्तरदायित्वहरू भनिन्छ: पहिलो, येशू ख्रीष्टको सुसमाचार पालना गरेर जिउने; दोस्रो, आवश्यकतामा परेकाहरूको हेरविचार गर्ने; तेस्रो, सबैलाई सुसमाचार ग्रहण गर्न आमन्त्रण गर्ने; र चौथो, अनन्तकालका लागि परिवारहरूलाई एकताबद्ध गर्ने । उल्लेखनीय विषय, यी प्रत्येकलाई अति नै सामान्य र प्राकृतिक तरिकामा गर्न सकिन्छ ।
दैवी रूपमा नियुक्त उत्तरदायित्वहरू
यदि तपाईंहरूले दैवी रूपमा नियुक्त यी चार उत्तरदायित्वहरू पालना गर्नुभयो भने यो तपाईंहरूका लागि कदापि बिर्सन नहुने दशक हुने छ भनेर म तपाईंलाई प्रतिज्ञा गर्छु । यसको के परिणाम हुन सक्छ भनेर ध्यान दियौँ ।
पहिलो, येशू ख्रीष्टको सुसमाचार पालना गरेर जिउनुहोस् । अगमवक्ताहरूका वचनहरू अध्ययन गर्नुहोस् र स्वर्गमा रहनुहुने तपाईंहरूका पितालाई प्रेम गर्न सिक्नुहोस् । आफ्नो हृदय उहाँमा समाहित गर्नुहोस् र उहाँको मार्गमा हिँड्ने प्रयास गर्नुहोस् । एल्डर युलिसेस सोरेसले वर्णन गर्नुभएको “करार आत्मविश्वास” द्वारा उठाउनुहोस् । यो आत्मविश्वास येशू ख्रीष्टलाई अनुशरण गर्ने करारहरू निर्माण गरेर आउँछ, फलस्वरूप मुक्तिदाताले तपाईंलाई मजबुत बनाउनु हुने छ र समर्थन गर्नुहुने छ ।
तपाईंहरूका साथीहरूलाई सुसमाचार अनुरुप जिउँदा तपाईंहरूले महसुस गरेको प्रसन्नतालाई अवलोकन गर्न दिनुहोस् र तपाईंहरू उहाँहरूले प्राप्त गर्ने सबैभन्दा राम्रो सुसमाचार सन्देश हुनुहुने छ ।
दोस्रो, आवश्यकतामा परेकाहरूको हेरविचार गर्न करुणा सहित सहयोग गर्नुहोस् । तपाईंका सन्ततिहरू कम भाग्यमानीहरूप्रति असामान्य रूपमा सचेत छन् । जब जब प्रकोप आउँछ र चर्चका सदस्यहरू भग्नावशेष हटाउन र पीडितहरूलाई सान्त्वना दिन हतारिन्छन्, “सहयोगका हातहरू” भन्ने टी-सर्ट लगाएका २० देखि २९ वर्षका अधिकांश किशोर किशोरीहरू हुन्छन् । “एकले अर्काको बोझ बोक्ने” र “सान्त्वनाको आवश्यकता परेकाहरूलाई सान्त्वना दिने” तपाईंको स्वभावमा छ । यसो गरेर हामीले “ख्रीष्टको नियम पूरा” गर्छौँ ।
प्राथमिक कक्षाका-एक साना बालक इभानले स्थानीय खाध्य भण्डारमा दान गर्नका लागि बदामको बटर र जेली स्यान्डविचका लागि सामाग्रीहरू जम्मा गर्न आफ्नो गर्मी बिदाको समय सदुपयोग गर्ने निर्णय गरे । उनले JustServe वेबसाइटमा त्यो परियोजना भेट्टाए । ७०० बोत्तल भन्दा बढी जेली सङ्कलनका लागि सहयोग गर्नयुवा इभानले आफ्नो विद्यालयका सम्पूर्ण साथीहरूलाई सहभागी गराए! उहाँहरूका लागि तपाईंको सोच परमेश्वरप्रतिको तपाईंको प्रेम र तपाईंका छिमेकीलाई आफूस्वयम् लाई जस्तै व्यवहार गर्ने चाहनामा आधारित छ भनेर तपाईंले सेवा गर्ने मानिसहरूलाई जानकारी दिनुहोस् ।
तेस्रो, सुसमाचार ग्रहण गर्न सबैलाई आमन्त्रण गर्नुहोस् । पूर्णकालीन सुसमाचार प्रचार सेवा गर्न चाहने सबैलाई समायोजन गर्नका लागि यस वर्ष हामीले विश्वव्यापी रूपमा ३६ सुसमाचार प्रचार क्षेत्रहरू खोलेका छौँ । यो युगमा धेरै युवाहरू औपचारिक धार्मिक क्रियाकलापमा सहभागी नहुने निर्णय लिइरहेको समयमा, यो उल्लेखनीय छ र तपाईंहरूका गवाहीहरूका भव्य प्रकृतिलाई प्रदर्शन गर्छ । पूर्णकालिन-समयका लागि सेवा गर्नुभएमा वा नगर्नुभएमा पनि, कृपया आफ्ना साथीहरूलाई प्रेम गर्ने, बाँढ्ने र उहाँहरूलाई येशू ख्रीष्टको सुसमाचार अन्वेषण गर्न आमन्त्रण गर्दा प्रभाव पार्न सक्ने आफ्नो असीमित क्षमतालाई महसुस गर्नुहोस् ।
चौथो, अनन्तकालका लागि परिवारहरूलाई एकत्रित गर्नुहोस् । मैले विश्वभरका मन्दिरहरूको भ्रमणमा जाँदा, बप्तिस्माका विधिको प्रतिक्षा गरिरहेका युवाहरूको भीड र विधि प्रदान गर्ने कार्यकर्ताहरूका रूपमा सेवा गर्ने युवा वयस्कहरूको वृद्धि भइरहेको सङ्ख्या देखेर मलाई आश्चर्य लाग्छ । हालै स्कटल्याण्ड र आयरल्याण्डका ६०० भन्दा बढी युवाहरूको समूहले आफ्नै मृत पूर्खाहरूका लागि ४,००० भन्दा बढी विधिहरू निर्वाह गर्न प्रेस्टन इङ्गल्याण्ड मन्दिरको यात्रा गरे! पारिवारिक इतिहासमा सहभागी हुन म तपाईंहरूलाई आग्रह गर्छु, मन्दिरमा समय बिताउनुहोस् र समान रूपमा योग्य साथीसँग मन्दिरमा विवाह गर्ने योग्यता भएका पुरुष वा महिला बन्नका लागि होशियारीपूर्वक आफूस्वयम् लाई तयार पार्नुहोस् । तपाईंको जीवनमा आजैदेखि मन्दिरलाई आफ्नो जीवनको नियमित अंश बनाउने नमूनाको विकास गर्नुहोस् ।
निष्कर्ष
मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, मेरा प्रिय युवा साथीहरू, आगामी दिनहरू सम्भवत: हामीहरू सबैका लागि कठीन हुने छन् । यद्यपि, हामी अभूतपूर्व क्षणहरूको आगामी दशकमा प्रवेश गर्दै गर्दा, जिउने, हेरचाह गर्ने, आमन्त्रण गर्ने र एकत्रित गर्ने सरल सरल क्रियाकलापहरूद्वारा हामीले खुसीका सन्देशहरू बाँढ्न सक्छौँ । हामीले त्यसो गर्दा, परमप्रभुले हामीहरूलाई कदापि बिर्सन नहुने अनुभवहरू प्रदान गर्नुहुने छ ।
निष्कपट हृदय र सच्चा अभिप्रायले सहित परमप्रभुको नजिक जानुहुन्छ, जसले मुक्तिदाताका सम्बन्धमा बताउन चहनुहुन्छ र जसको ओठमा मुक्तिदाताको नाम र आत्मामा पवित्र आत्मा हुन्छ, यो भव्य र महिमापूर्ण यात्रामा संलग्न हुनेहरूलाई, तपाईंहरूले प्रशस्त रूपमा सेलेस्टियल आशीर्वादहरू पत्ता लगाउनुहोस् र अनुभव गर्नुहोस् र परमेश्वरले तपाईंलाई सुन्नुहुन्छ, तपाईंलाई चिन्नुहुन्छ र तपाईंलाई प्रेम गर्नुहुन्छ भन्ने गवाही प्राप्त गर्नुहोस् भनेर म गवाही दिन्छु । तपाईंले कदापि बिर्सन नहुने दिनहरूको अनुभव गर्नुहुने छ । येशू ख्रीष्टको नाममा, आमीन ।