येशू ख्रीष्टको सिद्धान्त सरल छ ।
म स्वर्गका पिताका सन्ततिहरूलाई येशू ख्रीष्टको सरल सिद्धान्त सिकाउने पवित्र कार्यको गवाही दिन्छु ।
हामी सबै सँग हामीहरूले प्रेम गर्ने परिवारका सदस्यहरू हुनुहुन्छ जसलाई विनाशकर्ता, शैतानको निरन्तर शक्तिहरूद्वारा प्रलोभनमा पारिएको र परीक्षा लिइएको हुन्छ, जसले परमेश्वरका सबै सन्ततिहरूलाई दु:खी बनाउन चाहन्छ।” हामी मध्ये अधिकांश सँग, निद्रारहित रातहरू छन् । जोखिममा रहेका मानिसहरूलाई हामीले हरेक असल शक्तिद्वारा संरक्षण गर्ने प्रयास गरेका छौँ । उहाँहरूका लागि हामीले प्रार्थनामा बिन्ती बिसाएका छौँ । हामीले उहाँहरूलाई प्रेम गरेका छौँ । हामीले सम्भव भए सम्म उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छौँ ।
प्राचीन समयका एक प्राज्ञ अगमवक्ता अल्माले पनि यस्तै परीक्षाहरूको सामना गर्नुभयो । उहाँले नेतृत्व र प्रेम गर्नुभएका मानिसहरूलाई प्रायश: क्रूर शत्रुद्वारा आक्रमण गरिएको थियो, तापनि दुष्टताले भरिपूर्ण संसारमा उहाँहरूले अझै पनि धर्मी सन्ततिहरू हुर्काउने प्रयास गरिरहनुभएको थियो । समय-समयमा हामीले कम मूल्यवान् हुन् भनेर सम्झिएका अनि प्रायश: अति नै कम प्रयोग गरेको शक्तिलाई अल्माले आफ्नो विजयको एकमात्र आशा हो भनेर महसुस गर्नुभयो । उहाँले परमेश्वरको सहयोगका लागि बिन्ती गर्नुभयो ।
परमेश्वरले सहयोग गर्नका लागि, उहाँले नेतृत्व गरिरहनुभएकाहरू र उहाँका विरोधीहरूद्वारा पश्चात्ताप गरिनु आवश्यक थियो भनेर अल्मालाई जानकारी थियो । परिणाम स्वरुप, युद्धका लागि उहाँले फरक दृष्टिकोण अपनाउनुभयो ।
मोर्मोनको पुस्तकले यसलाई यसरी वर्णन गर्छ: “अनि अब, जब वचनको प्रचारमा जनहरूलाई अगुवाइ गर्ने महान् प्रवृति भएकाले त्यसो गर्न जुन न्यायोचित छ—हो, जनहरूको मस्तिष्कमा तरबारले, अथवा तिनीहरूमाथि भएका जुनसुकै विषयले भन्दा पनि यसको बढी प्रभाव पार्न सक्ने शक्ति थियो—त्यसकारण अल्माले सोचे यो उचित थियो कि परमेश्वरका वचनको प्रभावकारितालाई प्रयास गर्नु पर्छ ।
येशू ख्रीष्ट र उहाँका अगमवक्ताहरूले सिकाउनुभएका सिद्धान्त परमेश्वरका वचन हुन् । सिद्धान्तका वचनहरूमा महान् शक्ति छ भनेर अल्मालाई जानकारी थियो ।
सिद्धान्त र करारको १८ औँ खण्डमा, परमप्रभुले उहाँको सिद्धान्तको आधार प्रकट गर्नुभयो:
“उहाँले यत्रतत्र सर्वत्रका सबै मानिसहरूलाई पश्चात्ताप गर्न आज्ञा दिनुहुन्छ । …
“किनकि, हेर, परमप्रभु तिमीहरूका उद्धारकर्ताले शरीरमा मृत्यु सहनुभयो; यसकारण उहाँले सबै मानिसहरूको पीडा सहनुभयो, ताकि सबै मानिसहरूले पश्चात्ताप गर्न सक्छन् र उहाँकहाँ आउन सक्छन् ।
“अनि उहाँ मृत्युबाट पुनः उठ्नुभएको छ, ताकि उहाँले सबै मानिसहरूलाई पश्चात्ताप गर्ने सर्तमा उहाँकहाँ ल्याउन सक्नुहुन्छ ।”
“अनि शिर झुकाएर हामीले उहाँको नाममा पिताको आराधना गर्नु पर्छ ।
“… तिमीहरूले पश्चात्ताप गर्नु पर्छ र येशू ख्रीष्टको नाममा बप्तिस्मा लिनु पर्छ ।”
“प्राप्त गर्ने छु भन्ने आस्थामा तिमीले उहाँको नाममा पिता सँग माग्नु पर्छ र तिमीले पवित्र आत्मा प्राप्त गर्ने छौ ।”
“अनि अब, तिमीले यो प्राप्त गरिसके पछि … तिमीले सबै विषयहरूमा उहाँका आज्ञाहरू पालना गर्नु पर्छ ।”
“आफूमा ख्रीष्टको नाम लिनु पर्छ र संयमतामा सत्य बोल्नु पर्छ ।
“अनि जतिले पश्चात्ताप गर्छन् र मेरो नाममा बप्तिस्मा लिन्छन्, जो येशू ख्रीष्ट हूँ र अन्त्यसम्म सहन्छन्, तिनीहरूले नै उद्धार प्राप्त गर्ने छन् ।”
उहाँका सिद्धान्त कसरी सिकाउनु पर्छ भनेर ती केही खण्डहरूमा मुक्तिदाताले हामीलाई उत्तम उदाहरण दिनुहुन्छ । यो सिद्धान्त भनेको नै परमप्रभु येशू ख्रीष्टमा आस्था, पश्चात्ताप, बप्तिस्मा, पवित्र आत्माको उपहार प्राप्त गर्नु र अन्त्यसम्म सहनुले परमेश्वरका सबै सन्ततिहरूलाई आशीर्वाद दिन्छ भन्नु हो ।
हामीले प्रेम गर्नेहरूलाई यी सिद्धान्तहरू सिकाउँदा, सत्य बुझ्नका लागि पवित्र आत्माले हामीलाई सहयोग गर्ने छ । सत्य सिद्धान्त सिकाउँदा हामीहरूलाई पवित्र आत्माका प्रोत्साहनहरू आवश्यक हुने भएकाले अनुमान वा व्यक्तिगत विवेचनालाई हामीले परित्याग गर्नु पर्छ ।
त्यसो गर्न कठीन हुन सक्छ जब तपाईंहरूले आफूले प्रेम गर्नुहुने व्यक्तिलाई प्रभाव पार्ने प्रयास गरिरहनुभएको हुन्छ । उहाँले सिकाइएको सिद्धान्तलाई बेवास्ता गर्नुभएको हुन सक्छ । हामी नयाँ वा सनसनीपूर्ण प्रयास गर्ने प्रलोभनमा पर्न सक्छौँ । परन्तु केवल हामी सत्य सिद्धान्त सिकाउनबाट पर नजान सतर्क र सावधान हुँदा मात्रै पवित्र आत्माले सत्यको आत्मालाई प्रकट गर्ने छ । हाम्रा शिक्षामा सरल हुन छनोट गर्नु गलत सिद्धान्तको समीपमा पुग्नुबाट टाढा रहेने एक सुनिश्चित तरिकाहरू मध्येको एक तरिका हो । शिक्षणमा सरलताका माध्यमबाट सुरक्षा प्राप्त गरिन्छ । (गलत सिद्धान्त सिकाउने) जोखिम पनि कम हुन्छ ।
सरल शिक्षणले हामीलाई पछि तिनीहरूले सामना गर्ने धूर्त प्रलोभनहरूबाट बालबालिकाहरू टाढा रहँदैमा, सामाजिक सञ्जाल, साहचार्यहरू र आफ्नै व्यक्तिगत सङ्घर्षद्वारा तिनीहरूले सिक्नुपर्ने सत्यताहरू विनास गरिनु भन्दा धेरै अगाडि, प्रारम्भ देखि नै रक्षा गर्ने सिद्धान्तलाई बाँढ्न अनुमति दिन्छ । हामीले बालबालिकाहरूलाई येशू ख्रीष्टका शिक्षाहरू बाँढ्ने हरेक अवसरको सदुपयोग गर्नु पर्छ । शिक्षणका यी क्षणहरू बहुमूल्य छन् र प्रतिरोधी शक्तिहरूको अथक प्रयासको तुलनामा अति नै न्यून छन् । कुनै बालकको जीवनमा सिद्धान्त सिकाउनका लागि बिताइएका प्रत्येक अवसरका लागि, त्यहाँ रक्षा गर्ने यी सत्यहरूलाई चुनौती दिने वा बेवास्ता गर्ने सन्देश र चित्रहरूले भरिपूर्ण अनगिन्ती प्रतिरोधी अवसरहरू छन् ।
तपाईंहरू मध्ये केहीले आफ्ना बालबालिकाहरू सँग मनोरञ्जन गरेर आफू नजिक ल्याउनु राम्रो हुन्छ भनेर सोच्नु भएको हुन सक्छ वा बालबालिकाहरूले तपाईंहरूका शिक्षाहरूले उत्सुक भएको महसुस गर्न सक्छन् भनेर प्रश्न गर्न सक्नुहुन्छ । यसको सट्टा, “यति थोरै समयमा र यति थोरै अवसरहरूमा, म सिद्धान्तका कुन सन्देशहरू बाँढ्न सक्छु जसले उहाँहरूलाई उहाँहरूको आस्थाका लागि अपरिहार्य चुनौतीहरूका विरुद्धमा मजबुत बनाउने छ? भनेर हामीहरूले मनन गर्नु पर्छ ।” तपाईंहरूले आज बाँढ्नु भएका सन्देशहरू (सिकाउनका लागि) हाम्रो समय सीमित छ भनेर स्मरण गराउने सन्देश हुन सक्छन् ।
येशू ख्रीष्टको सिद्धान्त बाँढ्नका लागि मेरी हजुरआमा मेरी बोमेलीको समर्पणको मैले सदैव प्रशंसा गरेको छु । उहाँ २४ वर्षको हुँदा स्विट्जरल्याण्डमा सुसुमाचार प्रचारकहरूद्वारा उहाँको परिवारलाई सिकाइएको थियो ।
बप्तिस्मा लिए पछि, मेरीले अमेरिकाका सन्तहरू सँग सम्मिलित हुने चाहना राख्नुभयो, त्यसैले उहाँले स्विट्जरल्याण्डबाट बर्लिनको यात्रा गर्नुभयो र एक महिलासँग काम गर्नुभयो जसले उहाँलाई परिवारका लागि कपडा बुन्ने काम दिनुभयो । मेरी नोकर बस्ने कोठामा बस्नुहुन्थ्यो र घरको वैठक कक्षमा आफ्नो कपडा बुन्ने उपकरण राख्नुभयो ।
त्यस समयमा, बर्लिनमा पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका सिद्धान्त सिकाउनु गैरकानुनी मानिन्थ्यो । परन्तु मेरीले आफूले सिकेका विषयहरू बाँढ्नबाट आफूलाई रोक्न सक्नुभएन । उहाँलाई काममा राख्ने महिला र तिनका साथीहरू मेरीको शिक्षा सुन्नका लागि कपडा बुन्ने उपकरण वरिपरि जम्मा हुन्थे । उहाँले स्वर्गका पिता र येशू ख्रीष्ट जोसेफ स्मिथसामु प्रकट हुनु भएको, स्वर्गदूतहरूको आगमन र मोर्मोनको पुस्तकका सम्बन्धमा बोल्नुभयो । उहाँले अल्माका विवरणहरूलाई स्मरण गर्दै, पुनरुत्थानको सिद्धान्तका सम्बन्धमा सिकाउनुभयो । उहाँले स्वर्गको अधिराज्यमा परिवारहरूको पुनर्मिलन गराउन सकिन्छ भनेर गवाही दिनुभयो ।
मेरीको पुनर्स्थापित् सुसमाचारको सिद्धान्त बाँढ्ने उत्साहले छिट्टै समस्या निम्त्यायो । लगत्तै पछि प्रहरीले मेरीलाई पक्राउ गर्यो । बाटोमा, उहाँले प्रहरीलाई न्यायाधीशको नाम सोध्नुभयो जसका अगाडि उहाँ भोलि बिहान उपस्थित हुनुपर्ने थियो । उहाँले उहाँको परिवार र उहाँ असल पिता र पति हुनुहुन्थ्यो कि हुनुहुँदैनथ्यो भनेर पनि सोध्नुभयो । प्रहरीले न्यायाधीश इमानदार र कर्तव्यपरायण व्यक्ति नभएको भनेर वर्णन गर्नुभएको छ ।
जेलमा मेरीले एउटा पेन्सिल र कागज माग्नुभयो । मोर्मोनको पुस्तकमा वर्णन गरिए जस्तै येशू ख्रीष्टको पुनरुत्थानको गवाही दिँदै, आत्मिक संसारका सम्बन्धमा चर्चा गर्दै र पश्चात्तापको व्याख्या गर्दै न्यायाधीशलाई पत्र लेखेर उहाँले रात बिताउनुभयो । न्यायाधीशले अन्तिम न्याय प्रदान गर्नुपूर्व आफ्नो जीवनका सम्बन्धमा मनन गर्न समय लिनु आवश्यक छ भनेर उहाँले सुझाव दिनुभयो । उहाँसँग पश्चात्ताप गर्नुपर्ने विषयहरू धेरै छन्, जसले उहाँको परिवारलाई गहन रूपमा दु:खी बनाउने छन् र उहाँमा ठूलो दुःख ल्याउने छन् भनेर उहाँलाई जानकारी थियो भनी उहाँले लेख्नुभएको थियो । बिहान, जब उहाँले आफ्नो पत्र समाप्त गर्नुभयो, उहाँले त्यो पत्र प्रहरीलाई दिनुभयो र उहाँलाई यो न्यायाधीशकहाँ पुर्याइदिन अनुरोध गर्नुभयो अनि उहाँ त्यसो गर्न सहमत हुनुभयो ।
पछि न्यायाधीशले प्रहरीलाई आफ्नो कार्यकक्षमा बोलाउनुभयो । मेरीले लेख्नुभएको पत्र उहाँले पुनर्स्थापित् सुसमाचारका सिद्धान्त सिकाइरहनुभएको थियो भन्ने सम्बन्धमा अकाट्य प्रमाण थियो र त्यसो गरेर उहाँले कानुन तोडिरहनु भएको थियो । यद्यपि, न्यायाधीश सँग वार्ता गरेको लगत्तै पछि प्रहरी मेरीको कोठामा फर्किए । उहाँले उहाँलाई भन्नुभयो कि सबै आरोपहरू खारेज गरिए र उहाँ जानका लागि स्वतन्त्र हुनुहुन्छ । येशू ख्रीष्टको पुनर्स्थापित् सुसमाचारको सिद्धान्तको शिक्षणले उहाँलाई जेलमा पुर्याएको थियो । उहाँले न्यायाधीशलाई पश्चात्तापको सिद्धान्त घोषणा गरेका कारण उहाँलाई जेलबाट मुक्त गरियो ।
मेरी बोमेलीको शिक्षा उहाँको उन्मुक्ति सँगै समाप्त भएन । सत्य सिद्धान्तका उहाँका वचनहरूको अभिलेख जन्मन बाँकी पुस्ताहरूमा हस्तान्तरण हुँदै गयो । भर्खरै परिवर्तन भएका व्यक्तिले पनि येशू ख्रीष्टको सिद्धान्त सिकाउन सक्नुहुन्छ भन्ने उहाँको विश्वासले उहाँका सन्ततिहरू तिनीहरूका आफ्नै सङ्घर्षहरूमा मजबुत हुने छन् भन्ने सुनिश्चित गरेको छ ।
हामीले प्रेम गर्नेहरूलाई येशू ख्रीष्टका सिद्धान्तका सम्बन्धमा सिकाउन सम्भव भएसम्म प्रयास गर्दा, कतिपयले अझै पनि प्रतिक्रिया नदिन सक्नुहुन्छ । तपाईंहरूमा दुविधाहरू उत्पन्न हुन सक्छन् । मुक्तिदाताका सिद्धान्तलाई प्रभावकारी रूपमा सिकाउनका लागि यसका सम्बन्धमा तपाईंहरू सँग पर्याप्त जानकारी छ कि छैन भनेर तपाईंहरूले प्रश्न गर्न सक्नुहुन्छ । अनि यदि तपाईंहरूले यसपूर्व नै यसलाई सिकाउने प्रयासहरू गर्नुभएको छ भने, सकारात्मक प्रभावहरू किन देखिँदैनन् भनेर तपाईं सोच्न सक्नुहुन्छ । ती शङ्काहरूको प्रतिरोध गर्नुहोस् । सहयोगका लागि परमेश्वरलाई अनुरोध गर्नुहोस् ।
“हो, र तपाईंहरूको सबै सहयोगका लागि परमेश्वरसामु पुकार गर्नुहोस्; …तपाईंहरूका हृदयको स्नेह सदासर्वदा परमप्रभुमा रहोस् ।”
अनि अब तिमीहरू विनम्र र समर्पित र विनित हुनु पर्छ; सजिलैसँग अनुरोध गरिन सकिने, धीरता र सहनशीलताले भरिपूर्ण, सबै विषयहरूमा आत्मसंयमी भएर, परमेश्वरका आज्ञाहरू पालना गर्नमा हर समयमा लगनशील भएर, तिमीहरूलाई आवश्यक परेका, आत्मिक र लौकिक दुबै विषयहरूको अनुरोध गरेर; तिमीहरूले प्राप्त गरेका वस्तुहरूका लागि परमेश्वरलाई धन्यवाद दिने हुन्छौ भन्ने म चाहन्छु ।”
यदि तपाईंहरूले प्रार्थना गर्नुहुन्छ, यदि तपाईंहरूले परमेश्वर सँग वार्ता गर्नुहुन्छ र यदि आफ्ना प्रियजनका लागि तपाईंहरूले उहाँको सहयोगको याचना गर्नुहुन्छ अनि यदि तपाईंहरूले सहयोगका लागि मात्रै नभई तपाईंहरूले चाहना गरेका विषयवस्तु तत्कालै या कदापि प्राप्त नहुँदा पनि आउने धीरता र सौम्यताका लागि धन्यवाद दिनुहुन्छ भने तपाईंहरू उहाँको नजिक आउनुहुने छ भनेर म तपाईंहरूलाई प्रतिज्ञा गर्छु । तपाईं लगनशील र सहनशील बन्नुहुने छ । अनि त्यसपछि तपाईंहरूले प्रेम गर्नेहरूलाई सहयोग गर्न र तपाईंहरूले प्रार्थना गर्नेहरूलाई शैतानको प्रयत्नबाट बाहिर ल्याउनका लागि तपाईंहरूले सम्भव भएसम्म गर्नुभएको छ भनेर तपाईंहरूले जानकारी प्राप्त गर्नुहुने छ ।
“परन्तु परमप्रभुलाई प्रतीक्षा गर्नेहरूले आफ्नो सामर्थ्यलाई नवीकरण गर्ने छन् । तिनीहरू चील जस्तै पखेटाहरू फैलाएर माथि उठ्ने छन् । तिनीहरू दौडने छन् र थाक्ने छैनन् र तिनीहरू हिँड्ने छन् र बेहोस हुने छैनन् ।”
तपाईंहरूले परिवारहरूको धर्मशास्त्रीय अभिलेखमा आशा प्राप्त गर्न सक्नुहुन्छ । हामी ती मानिसहरूका सम्बन्धमा पढ्छौँ जसले आफूहरूलाई सिकाइएका विषयहरूलाई अश्विकार गरे वा जो सानो अल्मा, मोसियाहका छोराहरू र एनोस जस्तै परमेश्वरको क्षमापनका लागि सङ्घर्ष गरिरहेका थिए । उहाँहरूका सङ्कटका क्षणहरूमा, उहाँहरूले आफ्ना मातापिताका वचनहरू, येशू ख्रीष्टको शिक्षाका वचनहरू सम्झनुभयो । स्मरणले उहाँहरूलाई बचायो । त्यो पवित्र सिद्धान्तको तपाईंको शिक्षा स्मरण गरिने छ ।
म स्वर्गका पिताका सन्ततिहरूलाई येशू ख्रीष्टको सरल सिद्धान्त सिकाउने पवित्र कार्यको गवाही दिन्छु, जसले हामीलाई आध्यात्मिक रूपमा विशुद्ध बन्न र अन्ततः सदाका लागि उहाँ र उहाँका पुत्रसँग महिमामा जिउनका लागि परमेश्वरको उपस्थितिमा स्वागत् गरिनका लागि अनुमति दिन्छ । येशू ख्रीष्टको नाममा, आमीन ।