नश्वर जीवन प्रभावकारी छ!
हामी सबैले सामना गर्ने चुनौतीहरू, मानसिक व्यथाहरू र कठीनाइहरूका बाबजुद, हाम्रा प्रिय, बुद्धिमान र पूर्ण स्वर्गका पिताले खुसीको योजनाको रचना गर्नुभएको छ ताकि हामी असफल हुने छैनौँ ।
धेरै वर्षसम्म मलाई मेरो वार्डकी एक वयस्क दिदीको घरमा गएर गृह शिक्षण गर्ने कार्यभार प्रदान गरियो । उहाँको जीवन सहज थिएन । बाल्यकालमा खेल मैदानमा भएको दुर्घटनाका कारण उहाँमा विभिन्न प्रकारका स्वास्थ्य सम्बन्धि समस्याहरू थिए र जीवनभर पीडाको अनुभव गर्नुभयो । ३२ वर्षको उमेरमा सम्बन्ध विच्छेद भएपछि, चार साना बालबालिकाहरू हुर्काउन र पालनपोषण गर्नु पर्ने अवस्थाकी, उहाँले ५० वर्षको उमेरमा पुनर्विवाह गर्नुभयो । उहाँ ६६ वर्षको हुँदा उहाँका दोस्रो श्रीमान् बित्नुभयो र विधवाका रूपमा यी दिदी थप २६ वर्ष जिउनु भयो ।
जीवनभरका चुनौतीहरूका बाबजुद, उहाँ आफ्ना करारहरूप्रति अन्त्यसम्म आस्थावान् हुनुहुन्थ्यो । यी दिदी एक उत्साही वंशावली विशेषज्ञ, मन्दिरकी परिचर र पारिवारिक इतिहास सङ्ग्रहकर्ता र लेखक हुनुहुन्थ्यो । यद्यपि उहाँ सँग अनगिन्ती कठीन परीक्षाहरूको सामना गर्नुभएको भए तापनि र कुनै प्रश्न बिना नै उहाँले यदाकदा उदास र एक्लोपना महसुस गर्नुभएको भए तापनि उहाँ सँग हर्षित मुखाकृति अनि एक अनुग्रहपूर्ण र मनोहर व्यक्तित्व थियो ।
उहाँको मृत्यु भएको नौ महिना पछि, उहाँका छोराहरू मध्येका एकले मन्दिरमा उल्लेखनीय अनुभव गर्नुभयो । उहाँका लागि उहाँकी आमाबाट एउटा सन्देश आएको थियो भनेर पवित्र आत्माको शक्तिद्वारा उहाँले बुझ्नु भयो । उहाँले उहाँसँग वार्ता गर्नुभयो तर दृष्टि वा सुन्न सकिने शब्दहरूद्वारा होइन । छोराको मस्तिष्कमा आफ्नी आमाबाट स्पष्ट रूपमा निम्न सन्देश आयो: “ नश्वर जीवन प्रभावकारी छ [मेरो जीवनमा] जे भयो किन भयो भनेर मैले अहिले बुझेको छु अनि म तिमीले यो बुझेको चाहन्छु र त्यो सबै सहित छ ।”
यो सन्देश अझै उल्लेखनीय हुन्छ जब कुनै व्यक्तिले यी दिदीले सामना गर्नुभएका र विजय प्राप्त गर्नुभएका कठीनाइहरूका सम्बन्धमा मनन गर्नुहुन्छ ।
दाजुभाइ तथा दिदीबहिनीहरू, नश्वर जीवन प्रभावकारी छ! यसलाई प्रभावकारी बनाउन योजना निर्माण गरिएको हो! हामी सबैले सामना गर्ने चुनौतीहरू, मानसिक व्यथाहरू र कठीनाइहरूको बाबजुद, हाम्रा प्रिय, बुद्धिमान र पूर्ण स्वर्गका पिताले खुसीको योजनाको रचना गर्नुभएको छ ताकि हामी असफल हुने छैनौँ । उहाँको योजनाले हामीलाई हाम्रो नश्वर जीवनका असफलताहरू माथि विजय प्राप्त गर्न मार्ग प्रदान गर्छ । परमप्रभुले भन्नुभएको छ, “यो मेरो कार्य र मेरो महिमा हो—मानिसमा अमरत्व र अनन्त जीवन ल्याउनका लागि ।”
जे होस्, यदि हामी “अमरत्व र अनन्त जीवन” का लागि परमप्रभुको “कार्य र … महिमा” बाट लाभान्वित हुन चाहन्छौँ भने, हामीले तालीम प्राप्त गर्ने र सिकाइने अपेक्षा गर्नु पर्छ र—यदाकदा हाम्रो चरम सीमासम्म निर्मल पार्ने अग्नि समेत पार गर्नु पर्छ । यस संसारका समस्याहरू, चुनौतीहरू र कठीनाइहरूलाई पूर्णतया बेवास्ता गर्नका लागि वास्तवमा नै नश्वर जीवनलाई प्रभावकारी बनाउन आवश्यक पर्ने प्रक्रिया अपनाउनु पर्ने हुन्छ ।
अनि त्यसैले, हामीहरूमाथि कठीन समय आउँदा हामी आश्चर्यचकित हुनु हुँदैन । हामीहरूले त्यस्ता परिस्थितिहरूको सामना गर्ने छौँ जसले हामीलाई र हामीलाई सत्य करुणा र धीरताको अभ्यास गर्न सक्षम बनाउने मानिसहरूको परीक्षा लिने छ । परन्तु हामीले हाम्रा कठीनाइहरूको सामना गर्नु पर्छ र परमप्रभुले भन्नुभएको जस्तै सम्झनु पर्छ:
“अनि जसले मेरो नामका लागि मेरा कारणमा आफ्नो जीवन अर्पण गर्छ, उसले यसलाई पुनः प्राप्त गर्ने छ, अनन्त जीवन समेत ।
“त्यसकारण, आफ्ना शत्रुहरूसँग [वा तिमीहरूका समस्याहरू, चुनौतीहरू वा यस जीवनका परीक्षाहरू]सँग नडराओ, किनकि मैले उर्दी गरेको छु …, परमप्रभु भन्नुहुन्छ, कि म तिमीहरूलाई सबै सन्दर्भमा प्रमाणित गर्ने छु, ताकि तिमीहरू मेरो करारमा रहने छौ … ताकि तिमीहरू योग्य हुन सक्छौ ।”
जब हामी हाम्रा समस्याहरूबाट विचलित हुन्छौँ वा चिन्तित महसुस गर्छौँ वा हामीले जीवनका कठीनाइहरूको हाम्रो उचित अंश भन्दा बढी प्राप्त गर्दै छौँ जस्तो महसुस गर्छौँ, तब हामी सम्झन सक्छौँ कि परमप्रभुले इस्राएलका सन्ततिहरूलाई के भन्नुभयो:
तिमीहरूलाई विनम्र तुल्याउन, परीक्षण गर्न र उहाँका आज्ञा पालना गर्ने हृदय छ कि छैन भनी बुझ्नलाई यी चालीस वर्षभरिको उजाड स्थानको यात्रामा परमप्रभु तिमीहरूका परमेश्वरले कसरी तिमीहरूलाई अगुवाइ गर्नुभयो, सो स्मरण गर ।”
जसरी लहीले आफ्नो छोरा याकूबलाई सिकाए:
“तिमीले कष्ट र धेरै दु:ख सहेका छौ । … यद्यपि … [परमेश्वर]ले तिमीलाई तिम्रा कष्टहरू तिम्रा प्रगतिका लागि पवित्र गर्नुहुने छ । यसकारण, मलाई जानकारी छ कि तिम्रा उद्धारकर्ताको धार्मिकताका कारण तिम्रो उद्धार गरिएको छ ।”
किनभने यो जीवन परीक्षाको मैदान हो र “समस्याका काला बादलहरूले हामीमाथि ढाकेका छन् ,” यो जीवनका चुनौतीहरूसँग सम्बन्धित मोसीयाह २३मा पाइने यो सल्लाह र प्रतिज्ञा यद्यपि—जसले [परमप्रभुमा] आफ्नो भरोसा राख्छ, त्यो अन्तिम दिनमा उचालिने छ ।” लाई स्मरण गर्दा उपयोगी हुन्छ:
एक युवाका रूपमा, अन्य कुनै व्यक्तिको अधर्मी क्रियाकलापहरूको परिणाम स्वरूप मैले व्यक्तिगत रूपमा ठूलो भावनात्मक पीडा र लज्जाबोधको अनुभव गरेको छु, जसले धेरै वर्षसम्म मेरो आत्मसम्मानलाई र परमप्रभुसामु मेरो योग्यताको भावनालाई असर पार्यो । यद्यपि, परमप्रभुले हामीलाई मजबुत बनाउन सक्नुहुन्छ र हामीलाई लौकिक र अक्सर चुनौतीपूर्ण यात्रा अनुभव गर्न बोलावट गरिएका कुनै पनि कठीनाइहरूमा सहयोग गर्नुहुन्छ भनेर म व्यक्तिगत गवाही दिन्छु ।
हामी पावलको अनुभव सँग परिचित छौँ:
“अनि प्रशस्त प्रकाशहरूका कारण घमण्डले म बढ्ता उचालिन नसकूँ भनेर मलाई सताउनलाई शैतानको दूत अर्थात् एउटा काँढा मेरो शरीरमा दिइयो, ताकि म मापन भन्दा माथि उच्च हुन सक्ने छैन ।
“यो मबाट हटोस् भनेर मैले परमप्रभुलाई तीन पटक बिन्ती गरेँ ।
“अनि उहाँले मलाई भन्नुभयो, मेरो अनुग्रह तिम्रा लागि पर्याप्त छ: किनकि मेरो शक्ति कमजोरीमा नै सिद्ध हुन्छ । यसकारण ख्रीष्टको शक्ति ममा बास गर्नुहोस् भनेर म बरु मेरो दुर्बलताहरूमा बढी खुसीसाथ गर्व गर्ने छु ।”
पावलको “शरीरमा काँढा” के थियो भनेर हामीलाई जानकारी छैन । उहाँले यो शारीरिक रोग, मानसिक वा भावनात्मक कमजोरी वा प्रलोभन हो भनेर वर्णन नगर्ने छनोट गर्नुभयो । परन्तु उहाँले सङ्घर्ष गर्नुभएका र सहयोगका लागि परमप्रभु सँग बिन्ती गर्नुभएका ती विवरण हामीले बुझ्नु आवश्यक छैन र अन्ततः, परमप्रभुको सामर्थ्य र शक्ति नै हो जसले उहाँलाई यसद्वारा सहयोग प्रदान गर्यो ।
पावलका लागि भएको जस्तै, म अन्ततः भावनात्मक र आत्मिक रूपमा मजबुत भएको थिएँ र अन्ततः म सदैव सुसमाचारका आशीर्वादहरूका लागि मूल्यवान र योग्य व्यक्ति थिएँ जुन परमप्रभुको सहयोगले भएको थियो भनेर धेरै वर्ष पछि मैले बुझेँ । मुक्तिदाताले मलाई अयोग्यताका मेरा भावनाहरू हटाउन र चोट पुर्याउनका लागि इमानदारिता पूर्व क्षमा प्रदान गर्न सहयोग गर्नुभयो । मुक्तिदाताको प्रायश्चितको उपहार मेरा लागि व्यक्तिगत उपहार हो र स्वर्गका मेरा पिता र उहाँका पुत्रले मलाई पूर्ण रूपमा प्रेम गर्नुहुन्छ भनेर मैले अन्तत: बुझेँ । मुक्तिदाताको प्रायश्चितका कारण, नश्वर जीवन प्रभावकारी हुन्छ ।
मुक्तिदाताले मलाई कसरी उद्दार गर्नुभयो र ती अनुभवहरूमा मेरो साथमा उभिनु भयो भनेर अन्ततः मैले बुझ्ने आशीष प्राप्त गरेँ, मेरो किशोरावस्थाको दुर्भाग्यपूर्ण अवस्था मेरो व्यक्तिगत यात्रा र अनुभव थियो भनेर म स्पष्ट रूपमा बुझ्छु, जसको सङ्कल्प र अन्तिम परिणाम तिनीहरूमाथि अनुमान गर्न सकिँदैन जसले अरूहरूको अधर्मी व्यवहारबाट पीडा भोगेका छन् र निरन्तर पीडा भोगिरहेका छन् ।
म बुझ्छु कि जीवनका—असल र खराब— अनुभवहरूले हामीलाई महत्त्वपूर्ण शिक्षाहरू प्रदान गर्न सक्छन् । नश्वर जीवन प्रभावकारी छ भनेर अहिले म बुझ्छु र गवाही व्यक्त गर्छु! मेरो जीवनका—असल र खराब—अनुभवहरूको परिणाम स्वरूप मलाई अरूहरूका कार्यहरूद्वारा पीडित भएकाहरू प्रति दया र निर्दोषहरूप्रति सहानुभूति छ भनेर म आशा गर्छु ।
मेरो जीवनका—असल र खराब—अनुभवहरूको परिणाम स्वरूप म अरूहरू प्रति दयालु हुन्छु, अरूहरूलाई मुक्तिदाताले गरेको जस्तै गरी व्यवहार गर्छु, पापीका लागि वृहत समझ छ र मसँग पूर्ण सत्य निष्ठा छ भनेर म इमानदारितापूर्वक आशा गर्छु । हामीहरू मुक्तिदाताको अनुग्रहमा निर्भर रहँदा र हाम्रा करारहरू पालना गर्दा, हामीले मुक्तिदाताको प्रायश्चितको दूरगामी प्रभावहरूको उदाहरणका रूपमा सेवा गर्न सक्छौँ ।
म नश्वर जीवन प्रभावकारी छ भन्ने अन्तिम उदाहरण बाँढ्छु ।
मेरी आमाको नश्वर जीवनको यात्रा सहज थिएन । उहाँले प्रशंसा वा सांसारिक सम्मान प्राप्त गर्नुभएन र माध्यमिक तह भन्दा माथिका शैक्षिक अवसरहरू पनि प्राप्त गर्नुभएन । बाल्यकालमा उहाँलाई पोलियो लागेको थियो, परिणाम स्वरुप उहाँको बाहिने गोडामा जीवनभर पीडा र असहजता रह्यो । वयस्क हुँदा, उहाँले धेरै कठीन र चुनौतीपूर्ण शारीरिक र आर्थिक परिस्थितिहरूको सामना गर्नुभयो तर पनि आफ्ना करारहरूप्रति आस्थावान् हुनुहुन्थ्यो र परमप्रभुलाई प्रेम गर्नुहुन्थ्यो ।
जब मेरी आमा ५५ वर्षको हुनुहुन्थ्यो, म भन्दा माथिकी जेठी दिदी, आठ महिनाकी छोरी, मेरी भान्जीलाई, मातृविहीन रूपमा छोडेर बित्नुभयो । विभिन्न कारणहरूले गर्दा, आमाले मेरी भान्जीलाई थप १७ वर्षसम्म प्रायश: धेरै कठीन परिस्थितिहरूमा पनि समग्र कार्य गरी हुर्काउनुभयो,। तैपनि, यी अनुभवहरूका बाबजुद, उहाँले खुसी र स्वेच्छाले आफ्नो परिवार, छिमेकीहरू र वार्डका सदस्यहरूको सेवा गर्नुभयो र धेरै वर्षसम्म मन्दिरका विधिका कार्यकर्ताका रूपमा सेवा गर्नुभयो । आफ्नो जीवनको अन्तिम क्षणका केही वर्षहरूमा, आमा एक प्रकारको डिमेन्सियाबाट पीडित हुनुहुन्थ्यो, प्रायः अन्योलमा हुनुहुन्थ्यो र नर्सिङ सुविधामा सीमित हुनुहुन्थ्यो । अफसोस, उहाँ एक्लै हुनुहुन्थ्यो जब उहाँको अप्रत्याशित निधन भयो ।
उहाँ बित्नुभएको धेरै महिना पछि, मैले एउटा सपना देखेँ जुन मैले कहिल्यै बिर्सिएको छैन । मेरो सपनामा, म चर्चको प्रशासन भवनको मेरो कार्यालयमा बसिरहेको थिएँ । आमा कार्यालयमा प्रवेश गर्नुभयो । उहाँ आत्मिक संसारबाट आउनुभएको थियो भनेर मलाई जानकारी थियो । मैले महसुस गरेका भावनाहरू म सदैव स्मरण गरिरहने छु । उहाँले केही पनि भन्नुभएन तर उहाँले एक आत्मिक सुन्दरता प्रशारण गर्नुभयो जुन मैले यसपूर्व कहिल्यै अनुभव गरेको थिइन र जसलाई वर्णन गर्न मलाई कठीन भइरहेको छ ।
उहाँको मुहार र अस्तित्व वास्तवमा नै आश्चर्यजनक थियो! उहाँको आत्मिक शक्ति र सौन्दर्यतालाई सन्दर्भ गर्दै मैले उहाँलाई भनेको सम्झन्छु, “आमा, हजुर अति नै सुन्दर हुनुहुन्छ!” उहाँले —पुनः नबोलीकन मलाई पहिचान गर्नुभयो । मैले मेरा लागि उहाँको प्रेम महसुस गरेँ र उहाँ खुसी हुनुहुन्थ्यो र आफ्नो सांसारिक रेखदेख अनि चुनौतीहरूबाट चङ्गाइ प्राप्त गर्नुभयो र उत्सुकतापूर्वक “एक महिमित पुनरुत्थान” को प्रतीक्षा गर्दै हुनुहुन्छ भनेर मलाई जानकारी भयो । आमाका लागि, मरणशीलता जीवन प्रभावकारी थियो—र हाम्रा लागि पनि यो प्रभावकारी छ भनेर म बुझ्छु ।
परमेश्वरको कार्य र महिमा मानिसमा अमरत्व र अनन्त जीवन ल्याउनु हो । मरणशीलताका अनुभवहरू यात्राका अंश हुन् जसले हामीलाई त्यो अमरत्व र अनन्त जीवनतर्फ अगाडि बढ्न र प्रगति गर्न अनुमति दिन्छ । हामीलाई यहाँ असफल हुन होइन तर हाम्रा लागि परमेश्वरको योजनामा सफल हुन पठाइएको हो ।
राजा बेन्यामिनले सिकाउनुभयो: “अनि अरू, तिमीहरूले परमेश्वरका आज्ञा पालना गर्नेहरूका आशीष र खुसीयालीको अवस्थाका सम्बन्धमा सोच्नु पर्छ भनेर म चाहन्छु । किनकि हेर, आत्मिक र सांसारिक दुबै, सबै विषयहरूमा उनीहरू आशीषित छन्; अनि यदि उनीहरू अन्त्यसम्म आस्थावान् बने भने उनीहरू परमेश्वरसँग कहिल्यै अन्त्य नहुने खुसीयालीको अवस्थामा बास बस्न सक्छन् भने तिनीहरूलाई स्वर्गमा ग्रहण गरिन्छ, कि । अर्को शब्दमा, नश्वर जीवन प्रभावशाली छ!
जब हामी सुसमाचारका विधिहरू प्राप्त गर्छौँ, परमेश्वरसँग करारहरूमा प्रवेश गर्छौँ र त्यसपछि ती करारहरू पालना गर्छौँ, पश्चात्ताप गर्छौँ, अरूहरूको सेवा गर्छौँ र अन्त्यसम्म सहन्छौँ, नश्वर जीवन प्रभावशाली छ, हामीले पनि परमप्रभुमा आश्वासन र पूर्ण भरोसा प्राप्त गर्न सक्छौँ भनेर म गवाही दिन्छु! हाम्रा स्वर्गका पितासँगको हाम्रो महिमित भविष्य मुक्तिदाताको अनुग्रह र प्रायश्चितले सम्भव बनाएको छ भनेर म येशू ख्रीष्टको गवाही दिन्छु । येशू ख्रीष्टको नाममा, आमीन ।