साधारण सम्मेलन
आध्यात्मिक प्रश्नहरूको उत्तर अन्वेषण गर्ने कार्य
अक्टोबर २०२४ को साधारण सम्मेलन


12:27

आध्यात्मिक प्रश्नहरूको उत्तर अन्वेषण गर्ने कार्य

सुसमाचारका हाम्रा इमानदार प्रश्नहरूले स्वर्गका पिता र येशू ख्रीष्टलाई हामीलाई उन्नति गर्न सहयोग गर्ने अवसरहरू प्रदान गर्न सक्छन् ।

मलाई जानकारी छ यो आश्चर्यका रूपमा आउन सक्छ, तर हाम्रो सौर्यमण्डलमा नौ ग्रहहरू छन् भनेर विद्यालयमा सिकाइएको समयमा म स्मरण गर्न सक्ने पर्याप्त उमेरको थिएँ । ती ग्रहहरू मध्ये एक, प्लुटो, १९३० मा यसको अन्वेषण भए पछि अक्सफोर्ड, इङ्गल्याण्डकी ११ वर्षीया भेनेसिया बर्नीले यसको नाम राखेकी थिइन् । र १९९२ सम्म, प्लुटो हाम्रो सौर्यमण्डलको सबैभन्दा टाढाको वस्तु थियो भनेर मानिन्थ्यो । यस समयमा, कक्षाकोठा र वैज्ञानिक मेलाहरूमा हाम्रो ग्रहहरूको बाल्यकालको कागजका अमूर्त नमुनाहरू प्राप्त गर्नु सामान्य थियो र प्रत्येकले परिचित सीमामा प्लुटोको स्थिति चित्रण गर्थ्यो । त्यो किनारा भन्दा पछाडि बाह्य सौर्यमण्डलमा खाली ठाउँ छ भनेर धेरै वैज्ञानिकहरूले विश्वास गरे ।

यद्यपि, खगोलविद्हरूले नियमित रूपमा ट्र्याक गर्ने एक विशेष प्रकारको धूमकेतुको उत्पत्तिका सम्बन्धमा वैज्ञानिक समुदायमा एउटा प्रश्न रहिरह्यो । अनि त्यो प्रश्न हाम्रो सौर्यमण्डलको अर्को टाढाको क्षेत्र पत्ता लाग्नुपूर्व दशकौँसम्म विद्यमान रह्यो । उहाँहरू सँग भएको सीमित ज्ञान सँगै, वैज्ञानिकहरूले ती मध्यवर्ती दशकहरूलाई महत्त्वपूर्ण प्राविधिक विकासहरू सिर्जना गर्न प्रयोग गर्नुभयो जसले थप अध्ययन र अन्वेषणका लागि सम्भव बनायो । उहाँहरूको अन्तिम सफलताले हाम्रो ग्रह क्षेत्रलाई पुन:पहिचान गर्‍यो र परिणामस्वरूप प्लुटोलाई अन्तरिक्षको नयाँ गृहका रूपमा पहिचान गरियो र हाम्रो सौर्यमण्डलमा आठ ग्रहहरू हुन पुगे ।

एक प्रमुख ग्रह वैज्ञानिक र न्यू होराइजन्स अन्तरिक्ष मिशनका प्रमुख अन्वेषकले प्लुटोलाई नजिकबाट अन्वेषण गर्ने उत्तरदायित्व पछि यस अनुभवका सम्बन्धमा यसो भन्नुभयो: हामीले हाम्रो सौर्यमण्डलको भूगोल बुझ्यौँ भनेर “हामीले सोच्योँ । हामीले बुझेनौँ । हामीले हाम्रो सौर्यमण्डलमा ग्रहहरूको सङ्ख्या बुझेका छौँ भनेर हामीले सोच्यौँ । अनि हामी गलत थियौँ ।”

अन्तरिक्ष अन्वेषण इतिहासको यस अवधिका सम्बन्धमा मेरा लागि उल्लेखनीय के छ भने वैज्ञानिक क्षितिजहरू विस्तार गर्ने रूपकात्मक खोज र परमेश्वरका सन्ततिहरूको रूपमा, हामीले हाम्रा आध्यात्मिक प्रश्नहरूको उत्तर अन्वेषण गर्ने यात्रा बीचमा केही समानान्तर र प्रमुख भिन्नताहरू छन् । विशेष गरी, हामीले हाम्रो आध्यात्मिक समझको सीमाका सम्बन्धमा कसरी प्रतिक्रिया दिन सक्छौँ र व्यक्तिगत विकासको अर्को चरणका लागि आफूस्वयम् लाई तयार पार्न सक्छौँ—र हामी सहयोगका लागि कसतर्फ फर्किन सक्छौँ ।

हरफमाथि हरफ

प्रश्न सोध्नु र अर्थ खोज्नु हाम्रो मरणशील अनुभवको प्राकृतिक र सामान्य अंश हो । कहिलेकाहीँ, सजिलैसँग पूर्ण जवाफहरू नहुँदा हामीलाई त्यस्तो बिन्दुमा पुर्‍याउँछ हामीलाई हाम्रो बुझाइको अन्तमा ल्याइ पुर्‍याउछ र यस्ता सीमितताहरू निराशाजनक वा भाव विह्वल महसुस गराउने हुन सक्छन् । आश्चर्यको विषय, हामी सबैका लागि स्वर्गका पिताको खुशीको योजना हामीलाई हाम्रा सीमितताहरूको बाबजुद प्रगति गर्न र सबै विषयवस्तुको पूर्ण ज्ञान बिनानै हामीस्वयम् ले प्राप्त गर्न नसक्ने कार्यहरू पूरा गर्नका लागि सहयोग गर्न रचना गरिएको हो । परमेश्वरको योजना मानवताका हाम्रा सीमितताहरूप्रति दयालु छ; हामीलाई हाम्रा मुक्तिदाता, येशू ख्रीष्ट, हाम्रो असल गोठालो हुन प्रदान गर्छ; र उहाँलाई छनोट गर्नका लागि हाम्रो छनोटको स्वतन्त्रता प्रयोग गर्न हामीलाई प्रेरित गर्छ ।

एल्डर डिएटर एफ. उक्डोर्फले सिकाउनुभएको छ कि “प्रश्न सोध्नु कमजोरीको लक्षण होइन,” बरु “यो वृद्धिको प्रणेता हो ।” सत्यताको खोजी गर्ने हाम्रो ब्यक्तिगत प्रयासहरूलाई सिधै बोल्दै हाम्रा अगमवक्ता, अध्यक्ष रसेल एम. नेल्सनले हामीलाई सिकाउनुभयो कि हामीसँग “गहन चाहना” हुनु पर्छ र “[येशू] ख्रीष्टमा आस्था राख्दै निष्कपट हृदय [र] वास्तविक अभिप्रायले सोध्नु पर्छ ।” वास्तविक अभिप्राय’ भनेको कुनै व्यक्तिले दैवीले दिइएको निर्देशनलाई अनुशरण गर्न वास्तवमा नै चाहना राख्नुहुन्छ भन्ने हो भनेर उहाँले थप सिकाउनुभएको छ ।”

ज्ञान अभिवृद्धि गर्ने हाम्रो व्यक्तिगत प्रयासले हामीलाई हाम्रा जटिल वा भिन्न प्रकारका प्रश्नहरू परीक्षण गर्न, कुनै परिणाम वा नतिजा बीचको प्रत्यक्ष सम्बन्धको परिप्रेक्ष्यमा अन्वेषण गर्न र ढाँचाहरू पहिचान गर्न अनि ज्ञानका सम्बन्धमा हाम्रा बुझाइका अन्तरालहरूलाई परिपूर्ति गर्नका लागि अगुवाइ गर्न सक्छ । जब हामी आध्यात्मिक ज्ञानको हाम्रो अन्वेषणलाई मनन गर्छौं, यद्यपि, यी विचारशील प्रक्रियाहरू यदाकदा उपयोगी हुन सक्छन्, तरपनि जब हामी स्वर्गका पिता र हाम्रा मुक्तिदाता, येशू ख्रीष्टसँग सम्बन्धित, उहाँहरूको सुसमाचार, उहाँहरूको चर्च र हामी सबैका लागि उहाँहरूको योजनालाई बुझ्न प्रयास गर्छौँ, यी तिनीहरूस्वयम् मा अपूर्ण हुन सक्छन् ।

परमेश्वर पिता र उहाँका पुत्रले हामीलाई उहाँहरूको ज्ञान प्रदान गर्ने विषयमा येशू ख्रीष्टलाई हाम्रो जीवनको केन्द्रमा रख्दै र आस्थापूर्वक तिनीहरूका उत्तरहहरू र अर्थहरू खोज्ने विषयमा पवित्र आत्माको शक्तिलाई हाम्रो व्यक्तिगत शिक्षकका रूपमा आमन्त्रण गर्नुलाई प्राथमिकता दिनुहुन्छ । उहाँहरूले हामीलाई पवित्र धर्मशास्त्रको अध्ययनमा बिताएका समर्पित समयका माध्यमबाट सत्य पत्ता लगाउन र हाम्रा दिन र समयमा आधुनिक समयका अगमवक्ता र प्रेरितहरूद्वारा प्रदान गरिएका पछिल्ला दिनमा प्रकट गरिएका सत्यको अन्वेषण गर्न आमन्त्रण गर्नुहुन्छ । उहाँहरूले हामीहरूलाई परमप्रभुको गृहमा नियमित, आराधनामा समय बिताउन र “स्वर्गबाट ​​जानकारी प्राप्त गर्न” प्रार्थनामा हाम्रा घुँडा टेक्न गम्भिरतापूर्वक माग्न आग्रह गर्नुहुन्छ । डाँडामा उहाँको उपदेश सुन्नका लागि उपस्थित भएकाहरूलाई येशूले गर्नुभएको प्रतिज्ञा हाम्रो समयमा हाम्रा लागि उत्तिकै सत्य छ, जति उहाँको सांसारिक सेवाका क्रममा थियो: “माग, तिमीहरूलाई दिइने छ; खोज, र तिमीहरूले भेट्टाउने छौ; ढक्ढक्याओ र यो तिमीहरूका लागि उघारिने छ ।” \ हाम्रा मुक्तिदाताले “स्वर्गमा रहनुहुने तिम्रा पिताले उहाँसँग याचना गर्नेहरूलाई असल वस्तुहरू प्रदान गर्नुहुन्छ” भनी आश्वासन दिनुहुन्छ ।”

परमप्रभुको सिकाउने तरीका “पङ्ङ्तिति पछि प, शिक्षामाथि शिक्षा” हो । हाम्रो वर्तमान बुझाइ र अझै प्रदान गर्न बाँकी ज्ञानका बीचको अन्तरमा हामीले “परमप्रभुलाई प्रतिक्षा गर्नुपर्ने” हुन सक्छ । यो पवित्र खाली स्थान हाम्रा लागि आध्यात्मिक उन्नति गर्ने सबैभन्दा उत्तम स्थान हुन सक्छ—त्यो स्थान जहाँ हामी “धीरताका साथ” सहन गर्न” सक्छौँ र हामीले इमन्दरितापूर्वक गरेका खोजलाई पूरा गर्न परमेश्वर सँग गारिएका पवित्र प्रतिज्ञाहरू पूरा गर्नका लागि आफ्नो शक्तिलाई नवीकरण गर्छौँ । \

स्वर्गका पिता र येशू ख्रीष्टसँगको हाम्रो करारको सम्बन्धले परमेश्वरको अधिराज्यमा हाम्रो नागरिकतालाई सङ्केत गर्छ । अनि त्यहाँ हाम्रो बसोबासका लागि हाम्रो जीवनलाई दैवी सिद्धान्तहरूमा क्रमबद्ध गर्न र आध्यात्मिक रूपमा वृद्धि गर्नका लागि प्रयास गर्नु आवश्यक छ ।

आज्ञाकारिता

मोर्मोनको पुस्तकभरि सिकाइएको एउटा प्रमुख सिद्धान्त भनेको परमेश्वरका सन्ततिहरूले आज्ञाकारिता प्रदर्शन गर्न र आफ्ना करारहरू पालना गर्ने छनोट गर्दा तिनीहरूले निरन्तर आध्यात्मिक मार्गदर्शन र निर्देशन प्राप्त गर्छन् । हाम्रो आज्ञाकारिता र लगनशीलताद्वारा हामीले ज्ञान र बुद्धि प्राप्त गर्न सक्छौँ भनेर परमप्रभुले हामीलाई भन्नुभएको छ । परमेश्वरका नियमहरू र आज्ञाहरू हाम्रो जीवनमा बाधा बन्नका लागि निर्माण गरिएका होइनन् तर व्यक्तिगत प्रकाश र आध्यात्मिक शिक्षाका शक्तिशाली प्रवेशद्वार हुन् । “परमेश्वरबाट प्रकाश उहाँको अनन्त व्यवस्थासँग सदैव अनुकूल छ” र थप “यसले उहाँको सिद्धान्तको कहिल्यै खण्डन गर्दैन भनेर अध्यक्ष नेल्सनले महत्वपूर्ण सत्य सिकाउनुभएको छ ।” उहाँका कारणहरूको पूर्ण ज्ञान नहुँदा पनि, परमेश्वरका आज्ञाहरू स्वेच्छाले पालना गर्ने तपाईंको चाहनाले तपाईंलाई उहाँका अगमवक्ताहरूको साहचर्यमा राख्छ । मोशा ५ ले हामीलाई आदम र परमप्रभुका एक स्वर्गदूत बीचको विशेष अन्तरक्रियाका सम्बन्धमा बताउँछ ।

परमप्रभुले आदम र हब्बालाई “तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरको आराधना गर्नु पर्छ र तिनीहरूका बथानका पहिले जन्मेकाहरू परमप्रभुलाई चढाउनु पर्छ” भनी आज्ञा दिएपछि, धर्मशास्त्रहरूले बताउँछन् कि, परमप्रभुका आज्ञाहरूमा “आदमआज्ञाकारी हुनुहुन्थ्यो” “धेरै दिन पछि परमप्रभुको एक स्वर्गदूत आदमकहाँ देखा परे, यसो भन्दै: तिमी किन परमप्रभुलाई बलिदान चढाउँछौ भनेर हामी पढ्छौँ? अनि आदमले उहाँसामु भन्नुभयो: परमप्रभुले मलाई आज्ञा गर्नुभएको बाहेक मलाई जानकारी छैन

आदमको आज्ञाकारिता उहाँको समझ भन्दा अग्रवर्ती थियो र उहाँले येशू ख्रीष्टको प्रायश्चितको पवित्र सङ्केत मा सहभागी हुनुभएको पवित्र ज्ञान प्राप्त गर्न आफूलाई तयार पार्नुभयो । हाम्रो विनम्र आज्ञाकारिताले, त्यसै गरी, परमेश्वरका मार्गहरू र हामी प्रत्येकका लागि उहाँको दैवी उद्देश्यले हाम्रो आध्यात्मिक विवेकका लागि मार्ग प्रशस्त गर्ने छ । आज्ञाकारी हुने हाम्रो क्षमता वृद्धि गर्ने प्रयास गर्नाले हामीलाई हाम्रा मुक्तिदाता, येशू ख्रीष्टको नजिक ल्याउँछ, किनभने उहाँका नियमहरू र आज्ञाहरूको पालना गर्नु भनेको प्रभावकारी रूपमा उहाँसम्म पुग्नु हो ।

थप रूपमा, सुसमाचारका सिद्धान्तहरू र पवित्र करारहरूको आस्थावान् रूपमा पालना गरेर हामीले यसपूर्व नै उत्तराधिकारका रूपमा प्राप्त गरेका ज्ञान र बुद्धिप्रतिको हाम्रो निष्ठा पवित्र आत्माबाट सञ्चारका भण्डारीहरू प्राप्त गर्नका लागि हाम्रो तयारीको महत्त्वपूर्ण अंश हो ।

स्वर्गका पिता र येशू ख्रीष्ट सबै सत्यको स्रोत हुनुहुन्छ र आफ्नो ज्ञानलाई उदारतापूर्वक बाँढ्नुहुन्छ । साथै, हामीसँग परमेश्वरबाट स्वतन्त्र कुनै पनि व्यक्तिगत ज्ञान छैन भन्ने विषय बुझ्दा हाम्रो भरोसा कसलाई र कहाँ राख्ने भनेर बुझ्न सहयोग गर्न सक्छ ।

गहन भरोसा

अगमवक्ता एलीशाद्वारा कुष्ठरोगबाट चङ्गाइ प्राप्त गरेका सैन्य अगुवा नामानको पुरानो करारको विवरण, मलाई विशेष मनपर्ने विषय हो । यो कथाले कसरी “सानो दासी” को दृढ आस्थाले कुनै व्यक्तिको जीवनको मार्ग परिवर्तन गर्‍यो र सबै विश्वासीहरूका लागि, उहाँ र उहाँका अगमवक्ता माथि भरोसा राख्नेहरूका लागि परमेश्वरको कृपाको पहुँच प्रकट गर्‍यो । नाम नभए पनि, यी युवतीले हाम्रो बुझाइलाई वृद्धि गर्न सहयोग गर्‍यो । अनि उनको गवाहीमा नामानको विश्वासले उहाँलाई परमेश्वरका छनोट गरिएका सेवकलाई चङ्गाइका लागि आफ्नो याचना प्रस्तुत गर्न प्रेरित गर्‍यो ।

यर्दन नदीमा नुहाउन अगमवक्ता एलीशाको निर्देशनप्रति नामानको प्रतिक्रिया प्रारम्भमा शङ्कास्पद र क्रोधित थियो । अगमवक्ताको सल्लाह पालना गर्नका लागि आज्ञाकारी बन्न उहाँलाई दिइएको आमन्त्रणले उहाँको चङ्गाइको मार्ग र परमेश्वर वास्तविक हुनुहुन्छ भन्ने आकस्मिक समझका लागि मार्ग निर्माण गर्यो ।

हामीले हाम्रा केही आध्यात्मिक याचनाहरूको व्यावहारिक रूपमा बुझ्न सकिने उत्तरहरू छन् र हाम्रा लागि अभिप्रायपूर्ण असहजता सिर्जना नगर्न सक्छ। अथवा, नामान जस्तै, हामीले अन्य आवश्यकताहरू बढी चुनौतीपूर्ण छन् र हामी भित्र कठीन र जटिल भावनाहरू सिर्जना गर्न सक्छ । अथवा, हाम्रो सौर्यमण्डलका सम्बन्धमा खगोलविद्हरूको प्रारम्भिक निष्कर्षको विवरण जस्तै, आध्यात्मिक सत्यको हाम्रो खोजमा, यदि हामी केवल हाम्रो आफ्नै सीमित बुझाइमा निर्भर रहन्छौँ भने, हामी करार मार्गबाट ​​टाढा लैजाने दु:खद र अनपेक्षित परिणाम र कम सही व्याख्याहरूमा पुग्न सक्छौँ । अनि यसका अतिरक्त, जबसम्म “सर्वशक्तिमान्” परमेश्वर, जोसँग “सबै ज्ञान र सबै समझ” छ, जसले “सबै विषयवस्तु बुझ्नुहुन्छ” उहाँको नाममा हाम्रो विश्वासद्वारा उहाँको कृपामा ज्ञान प्रदान गर्नुहुन्न भन्ने केही प्रश्नहरू रहिरहन सक्छन् ।

नामानको विवरणबाट एउटा महत्त्वपूर्ण सतर्कता यो हो कि परमेश्वरका नियम र आज्ञाहरूको पालना नगर्दा हाम्रो वृद्धि लम्बिन वा ढिलाइ हुन सक्छ । येशू ख्रीष्टलाई हाम्रो चङ्गाइको प्रमुख व्यक्तिका रूपमा प्राप्त गर्दा हामी धन्य छौँ । परमेश्वरका नियमहरू र आज्ञाहरूप्रतिको हाम्रो आज्ञाकारिताले हाम्रा मुक्तिदाताका लागि उहाँको चङ्गाइको योजनाअनुसार, हामीलाई आवश्यक पर्ने बुझाइ र उपचार प्रदान गर्नका लागि बाटो खुल्न सक्छ ।

“यो जीवन मजबुत भरोसाको अनुभव हो—येशू ख्रीष्टमा भरोसा, उहाँका शिक्षाहरूमा भरोसा, पवित्र आत्माको अगुवाइमा ती शिक्षाहरू पालना गर्ने हाम्रो क्षमतामा भरोसा, अहिले प्रसन्न हुन र उद्देश्यपूर्ण, शाश्वत अस्तित्वका लागि अनन्त सुखीका लागि भरोसा गर्नु हो भनेर एल्डर रिचर्ड जी. स्कटले सिकाउनुभयो । भरोसा गर्नु भनेको प्रारम्भ देखि अन्त्यको जानकारी नपाई स्वेच्छाले आज्ञापालन गर्नु हो (हेर्नुहोस् हितो. ३:५-७) । परिणाम प्राप्त गर्नका लागि, तपाईंहरूको आफ्नै व्यक्तिगत भावना र अनुभवमा तपाईंहरूको भरोसा हुनु भन्दा पनि बढी परमप्रभुमा तपाईंको भरोसा अधिक शक्तिशाली र अनन्त हुनु आवश्यक छ ।

एल्डर स्कटले निरन्तरता दिनुभयो: “आस्थाको अभ्यास गर्नु भनेको उहाँले तपाईं सँग के गर्दै हुनुहुन्छ र उहाँले यो कसरी गर्न सक्नुहुन्छ भनेर तपाईंले बुझ्न नसक्दा पनि परमप्रभुले बुझ्नुहुन्छ र उहाँले तपाईंको अनन्त लाभका लागि यसलाई पूरा गर्न सक्नुहुन्छ भनेर भरोसा गर्नु हो ।”

समापनको गवाही

प्रिय मित्रहरू, सुसमाचारका हाम्रा इमानदार प्रश्नहरूले स्वर्गका पिता र येशू ख्रीष्टलाई हामीलाई उन्नति गर्न सहयोग गर्ने अवसरहरू प्रदान गर्न सक्छन् भनेर म गवाही दिन्छु । आध्यात्मिक प्रश्नहरूको उत्तर अन्वेषण गर्ने—विगत र वर्तमानको मेरो मेरा आफ्नै व्यक्तिगत प्रयासले—मेरो बुझाइ र परमेश्वरको बुझाइ बीचको अन्तरलाई उहाँको आज्ञाकारिताको अभ्यास गर्न र म सँग भएको आत्मिक ज्ञानप्रति निष्ठावान् रहनका अनुमति दिएको छ ।

स्वर्गका पिता र उहाँले पठाउनुभएका उहाँका अगमवक्ताहरूमा तपाईंहरूले भरोसा राख्नाले तपाईंहरूलाई आत्मिक रूपमा उन्नति गर्न र परमेश्वरको विस्तारित क्षितिजतर्फ अगाडि बढ्न सहयोग गर्ने छ भनेर म गवाही दिन्छु । तपाईंहरूको स्थान परिवर्तन हुने छ किनभने तपाईंहरू परिवर्तन हुनुहुने छ । तपाईं जति उच्च स्थानमा हुनुहुन्छ, उति टाढा तपाईं देख्न सक्नुहुन्छ भनेर परमेश्वरलाई जानकारी छ । हाम्रा मुक्तिदाताले तपाईंलाई त्यो आरोहण गर्न आमन्त्रण गर्नुहुन्छ । येशू ख्रीष्टको नाममा, आमीन ।