ख्रीष्टका वचनहरू र पवित्र आत्माले हामीलाई सत्यतर्फ अगुवाइ गर्ने छन्
यो आश्चर्यजनक योजना बुझ्नाले हामीलाई हामी परमेश्वरका सन्तति हौँ र हामी उहाँ जस्तै बन्न सक्छौँ भनेर बुझ्न सहयोग गर्ने छ ।
परमेश्वर हाम्रा स्वर्गमा रहनुहुने पिता हुनुहुन्छ । हामी उहाँका आत्मिक सन्तति हौँ र उहाँको स्वरूपमा सृष्टि गरिएका छौँ । त्यसकारण, हामी प्रत्येकमा, परमेश्वरका सन्ततिका रूपमा, उहाँ जस्तै बन्ने दैवी क्षमता छ ।
हामी यस पृथ्वीमा आउनुपूर्व हामी उहाँसँगै आत्माका रूपमा थियौँ । स्वर्गका पिताले, हाम्रा आत्मिक अभिभावकका रूपमा, हामीलाई प्रेम गर्नुहुन्छ, हाम्रा लागि उत्तम चाहनुहुन्छ र हाम्रा लागि उहाँका अमरत्व र अनन्त जीवनका सबैभन्दा महान् आशीर्वादहरू प्राप्त गर्नका लागि योजना तयार गर्नुभयो । योजनाअनुसार, हामीलाई, आत्मिक सन्ततिहरूका रूपमा, उहाँको योजना छनोट गर्न छनोटको स्वतन्त्रता दिइने छ । पृथ्वीमा आएर, हामीले परमेश्वरको उपस्थिति छोड्ने छौँ, हाम्रो नश्वर जीवनपूर्वको जीवन बिर्सने छौँ, मासु र हड्डीका शरीर प्राप्त गर्ने छौँ, आफ्नै अनुभव प्राप्त गर्ने छौँ र आस्थाको विकास गर्ने छौँ । हाम्रो मासु र हड्डीहरूको शरीरले, प्राकृतिक मानिसका रूपमा, हामी प्रलोभनमा पर्ने छौँ, अशुद्ध हुने छौँ र परमेश्वरबाट टाढा हुने छौँ र उहाँको पवित्र उपस्थितिमा फर्कन सक्षम हुने छैनौँ । हाम्रा लागि स्वर्गका पिताको असीम प्रेमका कारण, उहाँले आफ्नो जेठो पुत्र, येशू ख्रीष्टलाई हाम्रा मुक्तिदाता हुन पठाउनुभयो । उहाँको बलिदान, प्रायश्चितद्वारा, येशू ख्रीष्टले हाम्रा पापहरूबाट छुट्कारा पाउन र पुनरुत्थान हुन र अनन्त जीवन प्राप्त गर्न सम्भव बनाउनुभयो ।
म यी गौरवशाली सत्यहरूका लागि अत्यन्तै कृतज्ञ छु—जसलाई हामी पिताको मुक्तिको योजना, उहाँको कृपाको योजना वा उहाँको खुसीको महान् योजना भन्छौँ । यी महत्त्वपूर्ण सत्यहरू सिक्नाले मलाई मेरो वास्तविक पहिचान र परमेश्वरले हाम्रा लागि उत्कर्ष र अनन्त जीवनका लागि तयार पार्नुभएका महान् आशीरवादहरू पहिचान गर्न सहयोग गरेको छ । अगमवक्ता नफीले हामीलाई मार्ग देखाउनुभयो: “यसकारण, … ख्रीष्टका वचनहरूमा भोज गर; किनकि हेर, ख्रीष्टका वचनहरूले तिमीले गर्नु पर्ने सबै विषयहरू बताउने छन् ।” उहाँले थप्नुभयो, “यदि तिमीहरूले त्यो मार्गबाट प्रवेश गऱ्यौ भने, अनि पवित्र आत्माको प्राप्ति गऱ्यौ भने, तिमीहरूले गर्नुपर्ने सबै विषयहरू यसले तिमीहरूलाई देखाउने छ । आज, म मेरो किशोरावस्थामा यी महत्त्वपूर्ण शान्ति दिने सत्यहरू पत्ता लगाउन ख्रीष्ट र पवित्र आत्माका वचनहरूले मलाई कसरी सहयोग गर्योर्यो भन्ने विषय उल्लेख गर्न चाहन्छु ।
ख्रीष्टका वचनहरूले तिमीहरूले गर्नुपर्ने सबै विषयहरू अवगत गराउने छन् ।
१ नफीको पुस्तकको प्रारम्भको पदमा नफीले भने जस्तै म पनि “असल मातापिताबाट जन्मेको थिएँ ।” म जापानको नागानो सहरमा हुर्किएँ, जहाँ इमानदारिता, लगनशीलता र बिनम्रतालाई कडा प्रोत्साहन दिइयो र परम्परागत प्रथाहरू कडाइका साथ पालना गरिन्थ्यो । मेरो बुबा धेरै धार्मिक व्यक्ति हुनुहुन्थ्यो । म उहाँलाई हरेक बिहान र बेलुकी शिन्तो र बौद्ध धर्मका वेदीहरूसामु प्रार्थना गरिरहनुभएको देख्थेँ । उहाँले कसलाई र केका लागि प्रार्थना गरिरहनुभएको थियो भन्ने विषयको मलाई ज्ञान नभए पनि, मैले ईमानदारीपूर्वक प्रार्थना गर्यौँ भने कुनै नदेखिने शक्ति वा परमेश्वरले “उद्धार गर्न सक्ने” वा हामीलाई सहयोग गर्नुहुने छ भन्ने विश्वास गरेँ ।
अन्य किशोरकिशोरीहरूले जस्तै मैले पनि धेरै कठिनाइहरूको सामना गरेँ । असङ्ख्य उतार चढावहरू सहितको जीवन अनुचित थियो भनेर महसुस गर्दै मैले सङ्घर्ष गरेँ । मलाई मेरो जीवनमा मार्गदर्शनको भाव नभएको महसुस भयो । मेरो मृत्यु भए पछि यो समाप्त हुने भएकाले जीवन क्षणिक लाग्दै थियो । मुक्तिको योजनाको ज्ञान बिनाको जीवन अन्योलपूर्ण थियो ।
मैले माध्यमिक विद्यालयमा अङ्ग्रेजी सिक्न सुरु गरेको लगत्तै पछि, हाम्रो विद्यालयका सबै विद्यार्थीहरूले नयाँ करारको प्रतिलिपि प्राप्त गरे । हामीले अङ्ग्रेजी पढ्न सुरु गरेका मात्र थियौँ, हाम्रा शिक्षकले हामीलाई यो पुस्तक पढेर अङ्ग्रेजी अध्ययन गर्नु पर्छ भन्नुभयो । मैले यसलाई खोलेर यसका सामग्रीको समीक्षा गरेँ । नयाँ काररका वचनहरू मेरा लागि अत्यन्तै कठीन थिए । जापानीमा भएका शब्दहरू पनि उत्तिकै कठीन थिए । यद्यपि, म यस गिदोनको बाइबलमा बाइबलीय पाठको ठीक अघि समावेश गरिएका आत्माका प्रश्नहरू—जुन एक्लो महसुस गर्नु, आत्मविश्वासको कमी हुनु, अन्योलमा पर्नु, जीवनका परीक्षाहरूको सामना गर्नु र यस्तै अन्य प्रश्नहरूको सूचीतर्फ आकर्षित भएँ । सूचीमा भएका प्रत्येक विषयवस्तुलाई नयाँ करारका पदहरू र पृष्ठहरूको सन्दर्भतर्फ अगुवाइ गरिएको थियो । म विशेष गरी “जब तपाईं थकित हुनुहुन्छ” भन्ने कथनमा आकर्षित भएँ । त्यस सन्दर्भले मलाई मत्ती ११:२८-३०खोल्न प्रेरित गर्यो, जसमा येशूले आफ्ना शिष्यहरूलाई भन्नुभयो:
“मकहाँ आओ, सबै परिश्रम गर्ने र बोझले दबिएका, अनि म तिमीहरूलाई विश्राम दिने छु ।
“मेरो जूवा आफूमाथि लेओ र मसँग सिक; किनभने म विनम्र र कोमल हृदयको छु: अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम प्राप्त गर्ने छौ ।
“किनकि मेरो जूवा सजिलो छ र मेरो बोझ हलुका छ ।”
येशू ख्रीष्टका वचनहरू पढेको यो पहिलो पटक थियो भनेर म सम्झन्छु । मैले उहाँले भन्नुभएका सबै वचनहरू नबुझे तापनि, उहाँका वचनहरूले मलाई सान्त्वना प्रदान गरे, मेरो आत्मालाई उचाले र मलाई आशा दिए । मैले उहाँका वचनहरू अध्ययन गर्दै गर्दा, उहाँका वचनहरूको प्रभावकारिताको परीक्षण गर्नु पर्छ भन्ने मलाई महसुस भयो । त्यो दिन मैले महसुस गरेकी कहिल्यै महसुस गरेकी थिइनँ । मलाई प्रेम गरिएको मैले महसुस गरेँ । मैले येशू ख्रीष्ट परिचित हुनुहुन्छ भन्ने महसुस गरेँ ।
जब मैले अध्ययनलाई निरन्तरता दिँदा, उहाँले मसँग प्रत्यक्ष बोल्दै हुनुहुन्छ भन्ने मलाई महसुस भयो जब उहाँले भन्नुभयो: “धन्य छन् तिनीहरू जो धार्मिकताका लागि भोकाउने र तिर्खाउने गर्छन्: किनकि तिनीहरू तृप्त हुने छन् ।”
मैले त्यतिबेलाको भावनालाई राम्ररी बयान गर्न नसके पनि उहाँका वचनले मेरो हृदय भरियो । धेरै शताब्दीपूर्व अपरिचित भूमिमा मेरो लागि येशू ख्रीष्ट जिउनुभएको भए तापनि, म उहाँका वचनहरूमा मेरो सारा हृदयले भरोसा गर्न सक्छु भनेर मैले गहन रूपमा महसुस गरेँ । भविष्यमा कुनै दिन, मैले येशू ख्रीष्टका सम्बन्धमा अझै जान्न सक्ने छु भनेर मलाई आशा थियो ।
पवित्र आत्माले तपाईंलाई गर्नु पर्ने सबै चीजहरू देखाउने छ
त्यो कुनै दिन केही वर्षपछि मात्र आयो । मैले पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका धेरै समर्पित, युवा, पूर्णकालीन सुसमाचार प्रचारकहरूलाई भेटेँ । अनि मैले छिट्टै येशू ख्रीष्टलाई अनुशरण गर्ने प्रयास गरिरहेका दयालु र प्रसन्न पछिल्ला दिनका सन्तहरूको सानो समूहलाई भेटेँ । उहाँहरूमा पूर्ण भरोसा गर्न मलाई केही समय लागे तापनि, मैले पुनर्स्थापित् सुसमाचारमा त्यो प्राप्त गर्न प्रारम्भ गर्दा—येशू ख्रीष्टका वचनहरू र तिनीहरूबाट प्राप्त हुने आशा र शान्ति मैले नयाँ करारको अध्ययन गर्दा अनुभव गर्न प्रारम्भ गरेँ ।
सुसमाचार प्रचारकहरूले मलाई प्रार्थना गर्न सिकाउनुहुँदा एउटा विशेष पवित्र अनुभव प्राप्त भएको थियो । हामीले परमेश्वरलाई नामले सम्बोधन गर्नु पर्छ भनेर मैले सिकेँ । जब हामी प्रार्थना गर्छौं, हामीहरूले हाम्रो हृदयबाट बोल्नु पर्छ, हाम्रो कृतज्ञता व्यक्त गर्नु पर्छ र हाम्रा आशा र चाहनाहरू व्यक्त गर्नु पर्छ । हामीले भन्न चाहेका सबै विषय बताइसके पछि, हामी “येशू ख्रीष्टको नाममा, आमीन” भन्दै प्रार्थनाको अन्त्य गर्छौँ । येशूले हामीलाई उहाँको नाममा प्रार्थना गर्न आज्ञा दिनुभएकाले हामी यो गर्छौँ । स्वर्गका पितालाई प्रार्थना गर्दा उहाँ को हुनुहुन्छ भनेर र उहाँसँगको मेरो सम्बन्ध बुझ्न मलाई सहयोग गर्यो —कि म उहाँको प्रिय आत्मिक पुत्र हुँ । स्वर्गका पिताले मलाई चिन्नुहुन्छ र प्रेम गर्नुहुन्छ, उहाँले मसँग व्यक्तिगत रूपमा, विशिष्ट रूपमा र हामीले पवित्र आत्माद्वारा बुझ्ने तरिकामा बोल्नुहुने छ भनेर मैले बुझेँ ।
कुनै समय म वास्तवमा नै पवित्र आत्मा पहिचान गर्न सक्दिनथेँ । मैले केवल प्रार्थनाका चरणहरू अनुशरण गर्नु पर्छ अनि त्यसपछि कुनै उल्लेखनीय चीज हुने छ भन्ने सोच्नु मेरो गलत बुझाइ थियो । एक दिन, सुसमाचार प्रचारकहरूसँगको पाठका क्रममा, म विश्राम लिनका लागि बाहिर निस्किएँ । यदि येशू ख्रीष्टको सुसमाचार वास्तवमा नै सत्य थियो भने मैले मेरो जीवनमा के गर्ने भन्ने सन्दर्भमा म अझै अन्योलमा थिएँ ।
म सुसमाचार प्रचारकहरूले प्रतीक्षा गरिरहनुभएको कोठामा फर्कन लाग्दा मैले सुसमाचार प्रचारकहरू मध्येका एक जनाको आवाज सुनेँ । मैले मेरो नाम सुनेँ । ढोका खोल्नुको सट्टा, मैले ढोकाको अर्को छेउबाट त्यो आवाजलाई सुनेँ । म आश्चर्यचकित भएँ । उहाँहरू केवल स्वर्गका पितालाई प्रार्थना गरिरहनुभएको थियो । प्रार्थना गर्ने व्यक्तिले परमेश्वरले मेरो प्रार्थना सुन्नुहोस् भनी उहाँसँग बिन्ती गरिरहनुभएको थियो । उहाँको जापानी भाषा धाराप्रवाह नभए तापनि उहाँको इमानदार प्रार्थनाले मेरो मन कोमल बन्यो । उहाँहरूले किन मेरो यति धेरै चिन्ता गर्नुहुन्छ भनेर मलाई अचम्म लाग्यो । त्यसपछि मेरा लागि उहाँहरूको प्रार्थना स्वर्गका पिता र मुक्तिदाताको प्रेमको प्रतिबिम्ब थियो भनेर मैले महसुस गरेँ । त्यो प्रेमले मलाई आशा दियो अनि त्यस पछि, मैले आस्था र सत्य अभिप्राय सहित परमेश्वरलाई सोधैँ । जब मैले सोधैँ, वास्तवमा नै म परमेश्वरको सन्तति हुँ र मसँग दैवी क्षमता र गन्तव्य छ भन्नेमा मलाई आनन्दमय र शान्त अनुभूति भयो । मुक्तिको योजना मेरो हृदयको अंतस्करणसम्म पुग्यो ।
“तपाईं को … हुनुहुन्छ भन्ने सम्बन्धमा तपाईंले सोच्ने तरिकाले तपाईंले गर्ने हरेक निर्णयलाई प्रभाव पार्छ ।” यो मेरा लागि अति नै सत्य छ । मैले बप्तिस्मा लिएर र पवित्र आत्माको वरदान प्राप्त गरेर मुक्तिदाता येशू ख्रीष्टको अनुशरण गर्ने निर्णय गर्नाले मेरो जीवनलाई मैले सोचेको भन्दा बढी आशीष् दिनुभयो । जब हामी परमेश्वरसँग बप्तिस्माको करारमा प्रवेश गर्छौँ, हामी येशू ख्रीष्टको नाम आफू स्वयम् मा लिन, परमेश्वरका आज्ञाहरू पालना गर्न र बाँकी जीवनभरि उहाँको सेवा गर्न इच्छुक छौँ भनी प्रतिज्ञा गर्छौँ । यसको सट्टामा—पवित्र आत्माबाट निरन्तर निर्देशन सहित उहाँको आत्मा हामी सँग सदैव रहिरहनसक्ने छ भनेर हाम्रा स्वर्गका पिताले हामीलाई प्रतिज्ञा गर्नुहुन्छ ।
ख्रीष्ट र पवित्र आत्माका वचनहरूले “[तिमीहरूले] के गर्नु पर्छ सबै विषय”मा निर्देशन गर्नुहुने छन् भनी नफीले हामीलाई सिकाएको सन्देशमा आस्था राख्न म तपाईंलाई आमन्त्रण गर्छु । सबै विषयहरू! यो परमेश्वरको एक अविश्वसनीय उपहार हो ।
दाजुभाइहरू तथा दिदीबहिनीहरू, हाम्रा स्वर्गका पिताको मुक्तिको योजनाका लागि म कृतज्ञ छु । किनभने उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, उहाँले उहाँका एकमात्र पुत्र, येशू ख्रीष्टका माध्यमद्वारा उहाँको उपस्थितिमा फर्कने मार्ग तयार पार्नुभयो । यो आश्चर्यजनक योजना बुझेका कारण हामी परमेश्वरका सन्तति हौँ र हामी उहाँ जस्तै बन्न सक्छौँ भनेर बुझ्न हामीलाई सहयोग गर्ने छ । म यो महत्त्वपूर्ण सत्यका लागि आभारी छु । येशू ख्रीष्ट र पवित्र आत्माका वचनहरूले हामीलाई अनन्त जीवन प्राप्त गर्न अगुवाइ गर्नुहुने छ भनेर म तपाईंहरू सँग मेरो गवाही व्यक्त गर्छु । मलाई ज्ञान छ यी वचनहरू सत्य छन् । येशू ख्रीष्टको पवित्र नाममा, आमीन ।